तस्करले ‘मलाई मार्न’ गुण्डा खटाउदा........
ROSHAN KARKI |
R
ासुस्ती र आर्थिक अनियमिकता आखा सामु भएको देखे पछि मलाई पनि त्यसको भण्डाफोर गर्न मन लाग्यो । तर कसरी मेरो स्कुले जीवनमा त्यसको बारेमा कहा गएर के गर्ने मेरो दिमागले बाटो भेटको थिएन । घर नजिकै हाई स्कुल र साथमा बगेको मेलम्ची खोलामा पौडी खेल्ने र बाकी समय भलिबलमा रमाउदै स्कुल जीवन २०५० मा सकियो । त्यस समय सम्ममा कहा के र कता भन्ने थियो । एकान्त र एक्लो हुदा भ्रष्ट्रचार र अनियमिकता बारेमा घरीघरी मनस्पाटलमा आउने गरेको थियो । तर मौका मिलेको थिएन । २०५० सालमा सरस्वती माध्यामिक विद्यालय हालको सरस्वती उच्च मावि ग्याल्थुमबाट एसएलसी परिक्षा पुरा गरेपछि स्कुलले जीवन बाट अलि माथी पुगीयो । स्कुलको समयमा दाजुसंग आकालझुकल काठमाडौ आउने जानेमात्र भएको थियो । तर मनसपाटलमा भने भ्रष्ट्रचार र अनियमिकतामा मन्थन भईरहने गर्द थियो । जव एसएलसी सकेर राजधानी प्रबेश गरे देखी मैले विभिन्न माध्याममा साना ठूला समाचार लेख्न थाले । विभिन्न पत्रपत्रिकामा मैले लेखेका समाचार प्रकाशित भएपछि मनमा आट थपियो । आटलाई बलमा रुपान्तर गरि देशको भाग्य र भविश्य निर्धारण गर्ने सिहदरबार छिरे । २०५१ सालमा दिनको दुइ बजे । सिहदरबार त छिरे तर कहा जाने ? त्यो ठूलो ठाउमा । सानो उमेर देखीनै रेडियो सुनी रहने र साथमा एउटा रेडियो भैरहने भएका कारण गए रेडियो नेपालको कार्यालय तर्फ । जान त गए तर निश्चित काम गर्न भने र गएको होईन । लक्ष्य विहिन सिहदरबार गएकोमा समयले साथ दिएछ क्यारे त्यस दिन चौतारी कार्यक्रमको सुटीङ हुने रहेछ । बहाना बनाउनका लागी मैले एक छिन रेडियोको चौरमा विताए र अरु कसरी सुटीङ स्थलसम्म पुग्दछन् भन्ने चालबाजी हेरे । चालबाजीकै मौका छोपेर धेरै जनाको समुह भएको मौका छोपी छिरे रेडियोको स्टेशनमा । त्यस दिन एक छिन चौतारी कार्यक्रमको दर्शक भए । रेडियोको स्टेशन पनि अबलोकन गरे । समय वित्दै गयो । समयले पनि कोल्टे फे¥यो । रेडियोे नेपाल आउने जाने कार्य बाग्लीदै गयो । समयले साथ नै दिएको भन्नु पर्छ मलाई पत्रकार बन्नु थियो एउटै उदेश्यका साथ रेडियो नेपाल आउने जाने कार्य करिव १ वर्ष नै वित्यो । पछि रेडियोमा समाचारदाता र समाचार बाचकको माग भएको थियो । फारम लिएर भरे नामपनि निश्कियो तर विना तालिम मैले भरेको पदमा सफल हुन सकिन । सफल हुन सकिएन । पछि अब कतै तालिम लिने भन्दै राजधानीको गल्ली चाहार्न थाले । त्यस समयमा खुलेको पत्रकारिताको तालिम दिने संस्थाहरु कम थिए । कमजोर परिबारको एक सदस्य भएका कारण जहा पायो त्यहा तालिम लिने अबस्था पनि थिएन् । रेडियो आउने जाने क्रममै विहानी सेबामा कार्यरत बरिष्ठ समाचार बाचक तीर्थ भण्डारीले पनि जमलेश्वर इन्टिचियुट खोल्नु भएको थियो । मैले उहाबाटै पत्रकारीताको तालिम लिएर पुन पत्रकारितालाई व्यवसायीक रुपमा काम गर्ने भन्दै लेखन र समाचार बाचनमा ६ महिने तालिम सफल रुपमा सम्पन्न गरे । अनी सुरु भयो मेरो पत्रकारीताको यात्रा । तिर्थ भण्डारीको सहयोगमानै लामो समय सम्म रेडियो नेपालमा काम गर्न मौका पाए । यो ता भयो पत्रकारिताको सुरुबात । रेडियो नेपालमा
समाजमा भएको ढिला कामगर्दै जादा राजधानी दैनिकको प्रकाशन हुने भयो । सवै स्थानमा समाचारदाताको माग भएको थियो । मलाई आफ्नै जिल्लामा रहेर कामकार्य गर्ने मनले सिन्धुपाल्चोकका लागी राजधानी दैनिकमा निवेदन पेश गरे तत्कालनि संम्पादक पुरुषोत्तम दाहाललाई भेटे । यर्थात बताए पछि जिल्लाको संबाददातको रुपमा जिल्ला गए । अनि सुरु भयो मेरो जीवनको कहाली लाग्दो यात्रा । जिल्लामा त्यस समयमा कान्तिपूर दैनिकमा ऋषिराम पौडेल, स्पेशटाईम दैनिकमा पवित्रकुमार खड्का, हिमालय टाइम्समा ङेम्लीङ लामा, समाचारपत्र र राससमा राम केसी सकृय रहेका थिए । राजधानीको संवाददातको रुपमा जिल्ला गए । मलाई थाहा थियो कि पत्रकारको संगठन महासंघ छ भन्ने त्यही महासंघ खोज्दै जादा चौताराको टुडिखेलको छेउमा स्वर्गिय चित्रबहादुर गिरीको घरमा कार्यलय रहेको थियो । कार्यलयमा प्रबेश गरे त्यस बखत राम दाई पत्रिका पढेर बस्नु भएको थियो । औपचारिकता पुरा गरे अनी म पनि दाजुहरुको साथमा पत्रकारित गर्न जिल्ला आएको बताए । त्यस दिन औपचारीकतामा समय वित्यो । भोली पल्ट म घरमा गए । लामो समय पछि पुन चौतारामा गए । जिल्लामा सकृय सवै संग भेट गरे । सवैको राम्रो सहयोग पनि पाए । तर समय वित्दै गयो मेरो काम गर्न सस्थापनि परिबर्तान हुदै गए । विभिन्न आरोह अबरोह पार ्गर्दै मेरो चौतारा बसाई ५ वर्ष विते । भित्ताको क्यालिन्डर धेरै फेरिए । देशमा जनयुद्ध सुरु भयो । जनयुद्धकै समयमा तत्कालीन शाही सेनाका मेजर कान्छाकाजी कार्कीले चौताराको प्रेसचोकबाट माओबादीदलाई सहयोग गरेको भन्दै गिरफ्तार ग¥यो । चौताराका सवै साथीबाट सहयोग पाए आ–आफ्नो संचारमाध्यामबाट रोशन कार्की सेनाबाट पक्राउ भन्ने समाचार आयो । त्यस समयमा म पत्रकार महासंघ जिल्ला शाखाको कार्यकारी सदस्य थिए । मेरा अध्यक्ष हुनुहुथ्यो ऋषिराम पौड्याल । सेनाले पक्राउ गरेर लगेपछि मलाई हत्या गर्ने सम्मको मानशिक यातना दियो सेनाले । एक घण्टाको मानशिक यातना र १ महिनामा जिल्ला छोड्न दिएको धम्की र अब माओबादीको समाचार लेखेमा जहा भेटे पनि सुट गर्ने निर्देशनका साथ छुटे । सेनाले दिएको मानशिक यातनाबाट १ महिना सम्म मलाई सतायो । मैले सभापतिलाई घटनाको बारेमा अबगत गराए तर तत्कालीन सभापति ऋषिराम पौडेलले महासंघको एक पेज लेटरप्याड खर्च गर्न गर्न चाहानु भएन । मैले पटक–पटक कुरा राखे तर मेरो बारेमा महासंघले कुनै चासो देखाएन । त्यस समयमा त द्धन्द्धको कारण महासंघले आट गरेन भनेर चित्त बुझाए । समाचार संकलनकै क्रममा मैले आमा हेल्मुले चौतारा–काठमाडौ सम्म माईक्रोबस चलाउने भने पछि समाचार संकलन गर्न जादै गर्दा अरिनीको यातायात सेवा समितिले दोलालघाटमा गरेको बाटो अबरुद्धका समाचार छायानकन गरिरहेको अबस्थामा तत्कालीन अरनीको सचिव हालका अध्याक्ष केदार क्षेत्री नामको व्यक्तिबाट खटाईएका गुण्डाबाट हातपात भयो । साथमा रहेको मुभी क्यामेरा र क्यामेराको सवै समाग्री दिउसै लुटीयो । घटनाको बारेमा सभापति ऋषिराम पौडेललाई जानकारी गराए । तर त्यस समयमा पनि उहाले घटनाको बारेमा कुनै प्रतिकृया दिनु भएन । म त्यस समयमा पत्रकार महासंघको केन्द्रीय पार्षद थिए । उहाले म माथी भएको घटनाका बारेमा पनि महासंघको लेटरप्याड खर्च गर्नु भएन । बरु उल्टो अन्य जिल्लामा भएको घटनाका बारेमा प्रेस विज्ञप्ती प्रकाशन गर्नमा नै वित्यो । उहाको कार्यकाल । आफ्नो सदस्यले अनाहकमा पक्राउ र लुटपाट हुदा पनि महासंघलाई कुनै चासो भएन । यिता भए मैले महासंघबाट पाएको सहयोग । सुरुका दिनमा उहाहरु संगको सम्पर्क राम्रो थियो । तर कहिले देखी हो उहाहरुले सहयोग गर्न तयार भएनन् । मैले कुनै दिन पनि आर्थिक सहयोग मागीन । तर महासंघले चाल्ने र कर्तव्य भित्रको सहयोग मागे तर कहिल्यै पाईन । अमिलो मनका साथ अगाडी बढ्दै गए । चौताराको बसाई मासिक ८ सय कोठाभाडा, कामगरेका सस्थाबाट महिनामा पैसा नदिने । खाना होटलमा । लामो समय होटलको खाना महिनामा खानाको पैसा दिन नसेकेको अबस्था । मेरो नाजुक अबस्था हुदा पनि मैले तस्करहरु संग समबन्ध गास्न सकिन । साथी ज्ञानेन्द्र तिमल्सीनाबाट पटक–पटक पैसा लिए । उनले मागे पछि दिदै जानु भयो । मैले हाल सम्म उहाको पैसा फिर्ता गर्न सकेको छैन् । चौतारामा बस्दै मेरा आदरर्नीय साथीको कृपा जाग्यो । यसले पैसा दिन सम्दैन त्यो संग भएको क्यामेरा लीनु र रकम असुल गर्न कान फुके म नाम भन्ने पक्षमा छैन । साथीहरुकै रायसुझावका अनुसार म जहा खान खान्थे त्याहाबाट क्यामेरा अधिनमा लिनु भयो । तर मैले काठमाडौबाट केही रकम खोजेर दिएपछि क्यामेरा त फिर्ता दिनु भयो । तर चौतारामा बस्न मनले मानेन् । लागे राजधानी तर्फ । जिल्लाको रिपोर्टर । राजाधानीको बसाई । जीवनको. उकाली ओरालीमा कति साथीबाट सहयोग पाए । कति साथीबाट तिरस्कार । सवैलाई सहदै अगाडी बढे । अनियमिकता र भ्रष्ट्रचारको विरुद्धमा मेरो कलम चली सकेको थियो । जिल्लाको तातोपानीबाट हुने तस्करको बारेमा जव कलाम चालाउन थाले अनी केही साथीहरुमा भुइचालो जान थाल्यो । मैले प्रमाण सहित भेटको समाचार बारर्गिनीङ हैन प्रकाशन गर्दै आए । त्यसको असर म माथी पर्दै आयो । सत्यतथ्य समाचार लेख्दै र बजाउदै आए । त्यस समयमा म स्पेशटाइम र च्यानल नेपालमा काम गर्दथिए । मैले पठाएको समाचारहरु प्रथमिकताका साथ प्रकाशित र प्रशारण भएका थिए । त्यस समयमा प्रकाशन भएका समाचारको सक्कल मसंग अझै सुरक्षित नै रहेकोछ । तस्करको विरुद्धमा कलम चलाउन थाले देखीनै म एक्लो हुदै आए । धर्म र मर्म लाई ध्यानमा राख्दै मैले कलम चलाउदै आउदा पछिल्लो पट्क प्रतिबन्धित रक्तचन्दन को तस्करीको समाचार प्रशारण गर्दा भने तस्करीले ज्यान मानै धम्की दिन थाले । व्यापारीले नो नम्बरबाट पटक–पटक मार्ने धम्की आईनै रहयो । धम्कीकै कारण जिल्लाबाट काम गर्ने वातावरण नभएपछि बाध्य भएर जिल्लाबाट विस्तावित नै भए । जिल्लामा बसेर काम गर्दा साथीहरुबाट मेरो बारेमा कुनै आबाज नउठाउने देखीएपछि जिल्लाबाट विस्तापित नै हुनु परेको हो । यसको जानकारी पनि तत्कालीन सभापतिलाई जाहेर गरे । तर सभापतिबाट सुनुबाई भएन । त्यस समयमा म नेपाल वान टेलिभिजनमा कार्यरत थिए । दैनिक आउने ज्यान मार्ने धक्की र चुप बसेको महासंघका तत्कालीन कार्यसमति त्यसमा पनि सभापतिले कुनै प्रतिकृया नदिदा र प्रेशविज्ञप्ती समेत ननिकाल्दा । सोच्ने विषय भएको छ । लगातार तस्करको ज्यान मार्ने धम्की अनी तत्कालीन इलाका प्रहरी कार्यलय बाह्विसेका प्रहरी निरिक्षक युगनारायण बैधको पत्रकारीता सिकाउने फोन धम्की दुवैलाई एक्लै पार गर्दै आए । तर पनि महासंघको सहयोग पाउनबाट बन्चित रहे । किन हो यसको उत्तर अझै सम्म भेटाउन सकेको छैन् । देशमा भएको भ्रष्ट्रचार र तस्करकार्यको विरुद्धमा आवाज बुलन्द्ध बनाउदा मेरा आदरर्नीय अग्रज साथीबाट तिरस्कार नै हुनु प¥यो । तर पनि राजधानीको बसाई मसिक २ हजार रुपैया कोठाभाडा । नियमित रकम आउन ढिलाई । यस्ता समस्याले मलाई दिन प्रतिदिन सताउन थाल्यो । मलाई आर्थिक समस्या परिनै रहेको थियो । समस्याको समधानका लागी महासंघका पूर्व अध्यक्ष सुर्दशन आचार्यले सहयोग पु¥याउदै आउनु भयो । मलाई आर्थिक र अन्य भौतिक समस्या पर्दा जुनसुकै समयमा पनि सक्दो सहयोग पु¥याउनु भएको कारण भ्रष्टहरुकोबारेमा कलम चलाउदै आउन बल पुगेको छ । रक्तचन्दनको समाचार प्रशारण गरिदा जुन रुपमा मलाई तत्कालीन सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष विष्णु खत्रीबाट गुण्डा परिाचालन गरि मार्न पठाउदा कुन अबस्थामा बाचे होला त्यो कि मलाई थाहा छ कि त भगबनलाई । एक महिना सम्म लुक्दै बसेको अबस्था समेत मेरा अग्रज दाजुहरुकाट एक पल्ट समेत फोन आएन । म माथी धम्की दिनेका विरुद्धमा रेवती सापकोटा, शिव लम्सालबाट मलाई सहयोग पु¥याउनु भएको थियो । उहाहरुको सहयोगले पनि झन आट थपिदै गयो । कारबाहीको लागी हामी महासंघले पहल गर्ने छ भन्ने आशामा महिना विते । तर महासंघले कुनै चासो देखाएन । व्यापारीले भेटेमा हत्या गर्ने । आफु सदस्य भएको महासंघले नचिन्ने अबस्थामा पुगे । तर एउटा सदस्यलाई तस्करले हत्या गर्नको लागी दिनहु खोजी हुदा महासंघ निदाएर बस्यो । पैसाको लागी महासंघका अग्रज भन्न रुचाउनेहरु सदस्यको हत्यामा उत्रेकालाई सम्मान गर्न तल्लीन रहे । माओबादीले रेडियो नेपालका संवाददाता ङेम्लिङ लामालाई अपहरण गरि रामधुलाई गर्नेलाई महासंघले फुलमाला लगाएर सम्मान ग¥यो । उता ङेम्लिङ लामाले पनि महासंघबाट सहयोग पाएनन भने म तस्करहरुको चङगुलबाट बालबाल बच्दै अहिले राजधानीको सडकमा भौतारी रहेका छु । तर थाहा छैन कति खेर कहा कसले मेरो जीउमा हतियार चलाउछ । तै पनि तस्करहरुले हत्या या अपांङ बनाउने छन भन्ने डर र चिन्त मात्र रहेकाछ । तस्करहरुको हत्या गर्नको लागी तत्काल कार्यरत नेपाल वान टेलिभिजनको कार्यलय तीनकुने अस्थीत जगदम्बा टावरमा रहेको थियो । तस्करहरुबाट खटाएइका गुण्डाहरुले कार्यलय अगाडी मोटरसाईकल रोकी एक महिना सम्म खोजी भयो । तर मैले उनीहरुलाई चिन्ने तर तस्करहरुले खटाईएका गुण्डाहरुले मलाई नचिनेका कारण हत्याबात बच्न सफल भएको हो । न महासंघको सहयोग आयो न जिल्लाका अग्रज भन्ने मित्रहरुको । त्यसैले साथीहरु महासंघको सहयोगको आसामा नबस्नु नै उत्तम होला । म एउटा भुक्तभोगी यसै समाजमा बाची रहेको छु ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.