अर्थ

भन्सार कर्मचारीको मिलेमतोमा राजस्व चुहावट
रोशन कार्की÷राजधानी
काठमाडौं ७ फागुन
तातोपानी भन्सार कार्यलयका कर्मचारीको मिलेमतोमा नेपाली व्यापारीले खासाबाट सामान आयातीत गर्दा न्यून मुल्याङकन गरि सामान नेपाल भित्राउने गरेको खुलासा भएको छ । भन्सार विभागले मुख्य भन्सार नाकामा विद्युतिय सुचना प्रणाली जडानगरि दैनिक चुहावट हुने भन्सार राजस्वको नियन्त्रण गर्ने रणनीति लिएपनि तातोपानी भन्सार नाकाबाट भने सो प्रविधिलाई लत्याउदै भन्सारका कर्मचारी र व्यापारिको मिलेमतोमा आफु खुशी सामानको मुल्याङ्कन गरिने गरेको स्थानयि बासिन्दाले जानकारी दिएकाछन् ।
भन्सारको कर्मचारीको संग्लनातामा आयातीत सामाग्रीको मुल्याङकन र घोषणलाई आफु खुशी फरक÷फरक पारेर करोडौ रुपैयाँ दैनिक राजस्व छली गर्ने गरेको भन्सार सम्बद्ध स्रोतले नाम नलेख्ने सर्तमा राजधानीलाई बताएको छ ।
प्राप्त सुचनाका आधारमा सो नाकाबाट नेपाल भित्रने सामाग्रीको भन्सार परिसरमा ल्याई सामानको चेकजाँच गरिने प्रचलन रहेको छ । सोही अबस्थामा भन्सारका कर्मचारी र जाँचकीको साथमा व्यापारीले भनेको अनुसार सामानको न्यून मुल्याङकन गरि टिप्पणी उठाउने गरेको साना व्यवसायीले बताउकाछन् । उनीहरुका अनुसार खासाबाट नेपालमा आयात हुने अधिकाशं सामानको भन्सार मुल्याङकनलाई कम दररेटमा देखाई तेस्रो मुलुकको सामान आयात गर्ने गरेको आरोप समेत लगाएका छन् । भन्सारले दिएको जानकारी अनुसार चालु आथिक वर्ष २०६७/२०६८ को ६ महिनामा मात्र न्यून मुल्याङकन गरेको भन्दै विभिन्न व्यापारीबाट ८ करोड रुपैयाँ जरिवान गरी असुल गरेको प्रमुख भन्सार अधिकृत निर्मलहरि अधिकारीले बताए । उनका अनुसार न्यून मुल्याङ्कन गरि सामान छुटाउने कार्यमा तातोपानीका ठुला व्यापारीहरु रहुेको बताए ।
व्यापारीले भन्सारकै कर्मचारीको सहयोगमा खासाबाट नेपाल भित्राएका सामानको वास्तविक मुल्यलाई घटाई सामानको आकारप्रकार र परिमाणमा समेत गलत विवरण भरेर सामान छुटाउदै आएको अनुसन्धानबाट खुलासा भएको छ । अनुसन्धाबाट एकै प्रकारको सामान खासाबाट नेपाल भित्राउदा व्यापारी÷व्यापारीबीचमै फरक÷फरक मुल्य निर्धारण गरेको पाईएको भन्सार अधिकृत अधिकारीले बताए । चलनचल्तीको भन्सार कारोबारलाई हटाउदै भन्सार कारोबारलाई पारदर्शि बनाउने उदेश्यका साथ लागु गरेको आधुनिक प्रणालीमा परिणत गरेको छ । आचारणमा परिबर्तन नभएसम्म भन्सार राजस्ब चुहाबट नरोकिने भन्सार विभागले जनाएको छ ।

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...