कला

अर्काको पैसामा रेजिना र शोभितको मस्ती   
काठमाडौं। 'बाघको छालामा स्यालको रजाइँ' भन्ने नेपाली उखान अहिले निर्देशक शोभित बस्नेत र नायिका रेजिना उप्रेतीले चरितार्थ गरेका छन्। धादिङ गजुरीकी रेजिना चेतना टेलिफिल्मबाट नेपाली रजतपटमा देखापरेकी हुन् भने नायक बन्न महवानपुरबाट राजधानी छिरेका शोभित कर्णवीर चलचित्रबाट निर्देशक बनेका हुन्।


alt
आकर्षक अनुहार र सेक्सी फिगर भएका कारण रेजिनाले थुपै्र चलचित्रमा अभिनय गर्ने अवसर पाइन्। तर आफूमा भएको क्षमता देखाउन नसकेकाले हो वा अरु केहीले गर्दा हो, उनी चलचित्रका कारणभन्दा बाहिरी कारण चर्चामा आइरहेकी छन्। आफूलाई नेपाली चलचित्रमा पहिलोपल्ट मौका दिएका शोभित बस्नेतसँगको उनको अन्तरंग सम्बन्धले हरेक समय चर्चा पाइरहेको छ। कहिले शोभितलाई रेजिनाले बीच सडकमा कुटेको त कहिले शोभितले रेजिनालाई आफ्नो अफिसमै कुटेको घटनाले सञ्चारमाध्यममा ठाउँ पाउने गरेको छ। छोरा सलोन बस्नेत नायक बन्ने उमेर भइसके पनि शोभितको रेजिनासँग मात्र होइन, सुनिता गन्धर्व, रुश्मा राईलगायतको थुपै्र नायिकासँग नाम जोडिँदै आएको छ। पैसाका लागि जे पनि गर्न तयार शोभितले अहिले एउटा नयाँ 'मुर्गा' फेला पारेका छन्। उनी हुन्, काठमाडौं मलमा रहेको ग्यालेक्सी रेस्टुरेन्टकी साहुनी कविता श्रेष्ठ। कवितासँग सुरुमा रेजिनाको खुबै राम्रो दोस्ती थियो। रेजिनाकै कारण शोभितले कविता श्रेष्ठ चिनेका हुन्। लामो समयदेखि चलचित्र बनाउने भनेर घोषणा गरे पनि पैसा नभएका कारण बनाउन नसकेकी रेजिनाले कविता श्रेष्ठलाई पैसा हाल्न लगाएर आफू निर्माता भएको घोषणा गरिन्। रेजिनाले बनाएको उक्त चलचित्र बरदानको सुटिङ सकिसकेको छ। रेजिनाकै कारण राजेश हमाल, करिश्मा मानन्धरलगायतका नाम चलेका कलाकारले बरदानमा अभिनय गरेका थिए। बरदानको शुभमुहूर्तमा चलचित्र उद्योगका नाम चलेका सबै कलाकारको उपस्थिति थियो। रेजिना पनि चलचित्र बनाउन सक्ने भएकोमा नायक राजेश हमाल खुसी भएका थिए। तर उनकै एक सहयोगीले 'रेजिनाले आफ्नो पैसाले चलचित्र नबनाएको, पैसा चाहिँ ग्यालेक्सी रेस्टुरेन्टकी साहुनी कविता श्रेष्ठले लगानी गरेको' बताइदिएपछि राजेश आश्चर्यमा परेका थिए। तर आफूलाई निर्माता बनाउन सहयोग गर्ने कवितासँग रेजिनाको सम्बन्ध अहिले बिग्रिएको छ। बरदान सुटिङका क्रममा रेजिनाले 'राम्रै हर्कत' देखाएपछि कविताले अबदेखि रेजिनालाई आफूले निर्माण गर्ने चलचित्रमा नखेलाउने भएकी छन्। गत बिहीबार आफ्नो ग्यालेक्सी रेस्टुरेन्टमा आयोजित नयाँ चलचित्र घोषणा गर्दा कलाकारको लिस्टमा रेजिनाको नाम समावेश थिएन। बरदानको सुटिङकै बेला कविताले रेजिनालाई आफ्ना कुनै पनि चलचित्रमा नखेलाउने निधो गरेकी थिइन्। कन्यादानबाहेक शोभितले निर्देशन गरेका हरेक चलचित्रमा रेजिनाले अभिनय गरेकी छन्। कविता श्रेष्ठको निर्माण र शोभितको निर्देशन रहने नयाँ चलचित्र प्लानमा रेजिनाको ठाउँ रुश्मा राई र राजेन्द्र खड्गीकी छोरी रागिनी नायिका बनेका छन्। शोभितले यसअघि पनि मिसन लभ इन सिक्किममा रुश्मा राईलाई नायिका बनाएका थिए। 'नयाँ र राम्री केटी देख्नै नहुने निर्देशक' को छवि बनाएका शोभितले रुश्मालाई मिसन लभ इन सिक्किम चलचित्रमा हेलिकोप्टरबाट झार्न लगाएका थिए। रुश्माले हेलिकोप्टरबाट हामफलेको कुराले चर्चा पाए पनि चलचित्र भने असफल बनेको थियो। त्यसो त शोभितको आफ्नै भाइ जयकिशन बस्नेतसँग पनि राम्रो सम्बन्ध छैन। बरदान चलचित्रबाट जयकिशनलाई निकालेपछि उनको नयाँ चलचित्रको निर्देशन शोभितले नपाउने भएका छन्। धूम चलचित्रमा शोभितले रकम हिनामिना गरेपछि भाइसँग सम्बन्ध बिग्रिएको हो। आफ्नो भाइ मात्र होइन, शोभितको निर्माता विजयराज दलीसँग पनि सम्बन्ध राम्रो छैन। आफ्नी प्रेमिका रेजिनालाई एक्सन नायिका बनाउन शोभितले आफूलाई चिनो चलचित्रमा पैसा लगानी गर्न लगाएर डुबाएको दलीको आरोप छ। चिनो एक सातासम्म हलमा टिक्न नसकेको चलचित्र हो। रेजिना चिढ्याउनकै लागि शोभितले नयाँ नायिका लिने गर्छन्। कन्यादान चलचित्र निर्माणका क्रममा पनि शोभित र रेजिनाबीच झगडा थियो। त्यसबेला रेजिनाले शोभितलाई बानेश्वरमा रहेको एउटा हलको प्रांगणमै कुटेकी थिइन्। त्यसलगत्तै शोभितले कन्यादानमा रञ्जना शर्मा र सुनिता गन्धर्वलाई नायिका लिएका थिए। नेपाली नायिकाहरूमध्ये सुनिता गन्धर्व आर्थिक रूपले धेरै सक्षम मानिन्छिन्।



सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...