समाचार

फेरि मौलायो रक्तचन्दनको तस्करी

तातोपानी भन्सार नाका

लुकाईछिपाई तिव्बत लैजादै गरेको ८ टन रक्तचन्दन बरामद

काठमाडौं । लामो समयदेखि गुमचुप रुपमा तस्करी हुँदै आएको रक्तचन्दनको तस्करी पछिल्लो पटक तीव्र रुपमा हुन थालेको छ । आपुूलाई ठूलो उद्यमी बताउने गिरोहहरुले सो तस्करी गर्दै आएको बताइन्छ । अबैध कार्यलाई सहयोग पुर् याउने उदेश्यका साथ तातोपानीका व्यवसायहरुको संलग्नतामा खुलेको ुसिन्धु विकास बैंकुबाट ६० लाख रुपैयाँ रक्तचन्दनको खरिदगर्नकालागि निकास भएको थियो । सोही रकमबाट खरिद गरि ल्याएको सो रक्तचन्दनलाई लुकाईछिपाई शुक्रबार तिव्वतको खासा बजारतर्फ लैजादै गर्दा कमिशनको रकममा कुरा नमिलेपछि प्रहरीले ७ सय ५० टन रक्तचन्दन बरामद गरेको थियो । नेपाल उद्योग वाणिज्य महासंघको महाअधिवेशन नजिकिँदै गर्दा केही तस्करहरु सार्वजनिक भएपछि रक्तचन्दन तस्करीले उग्ररुप लिएको खुलासा भएको हो । अपराधिक कृयाकलापमा समेत संलग्न भएको आरोप लागि रहेका केही तस्करहरु हाल सामान्य रुपमा बाहिर देखा पर्न थालेदेखि नै विभिन्न स्थानमा सुरक्षाकर्मीले नियन्त्रणमा लिएको रक्तचन्दन हतियार सहित लुट्न जान समेत थालेको स्रोतले बताएको छ । भूमिगत जीवन बिताउँदै आएका र राजधानीबाट बाहिर रहेका अधिकांश तस्करीहरु महासंघ महाअधिवेशनको बहानामा राजधानी छिरेका छन् । राजधानी बाहिर रहँदा आपुनो तस्करी साजालमार्पुत तराईका जिल्लाहरुमा रहेका बन कार्यालय परिसरका रक्तचन्दनहरु हतियार सहित लुट्नको लागि एजेण्टहरु पठाएको रहस्योद्घाटन भएको छ । बिशेषगरि रक्तचन्दन जडिबुट्टी विदेशी मुद्रा अपचलनमा सिन्धुपाल्चोकका आपुूलाई समाजसेवी भन्न रुचाउने व्यापारीहरु संलग्न रहँदै आएको यस अघि नै प्रमाणित भैसकेको छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघमा आवद्ध ति तस्करहरु पछिल्लो समयमा राजधानीमा केन्द्रित भैरहँदा समेत कारवाही गर्न सरकार तयार हुनसकेको छैन् । गृह मन्त्रालयले यसअघि प्रक्राउ आदेश जारी गरेको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य बिष्णुबहादुर खत्री अहिले राजधानीमा छन् उनलाई कारवाही गर्न प्रहरी प्रशासन असफल बन्दै आएको छ । त्यसै गरि सिन्धुपाल्चोक नाकाभएर अवैध अर्थात दुई नम्बरी कारोवार गर्नेहरुको सुचिमा दुई नम्बरमै परेका राजेन्द्रकुमार श्रेष्ठ अहिले अन्य क्षेत्रमा राजश्व छली गरेर कमाएको रकम लगानी गरि आफुलाई उद्यमी एवं समाजसेवी भन्दै राष्ट्रिय दैनिकका केही संचारकर्मीहरुलाई आपुनो पक्षमा समाचार लेखाउन सफल छन् । उनी पछिल्लो समयामा अवैध डलरको कारोवार गर्ने गरेको रहस्य खुलेको छ । उनले अवैध डलर नेपालबाट चिन पर्याउँछन् अवैध डलर कारोवार गर्न सजिलो बनाउने उद्देश्यले नै उनले सिन्धु विकास बैंकको स्थापना गरेको बताइन्छ । त्यसैगरि उनले पि्रु तिब्बतको आन्दोलन चर्काउनको लागि विभिन्न बहानामा तिब्बतीयनहरुलाई शरणार्थीको रुपमा तातोपानी नाका हुँदै नेपाल भित्र्याउने गरेको बताइन्छ । प्रति तिब्बतीयन दशौ लाख सम्म लिने गरेको स्रोतले बताएको छ । उनले ति तिब्बतीयनहरुलाई तातोपानी गाविसस्थीत रहेको विभिन्न गुम्बाहरुमा पुर्याउने र् गुम्बालाई आर्थिक सहयोग गरि आफुलाई समाजसेवीको नौटंगी गर्न सफल छन् । पछिल्लो समयमा यिनै रक्तचन्दनको तस्करी गिरोहका नाइकेको निर्देशनमा अवैध रुपमा चिनबाट भित्र्याइएको हतियारसहित सर्लाही जिल्लाको बन कार्यालयको गोदाममा रहेको रक्तचन्दन लुट्न गएका थिए । राती नौ बजे पुगेको लुटेरा समुहले एकसय ७८ थान रक्तचन्दनको गोलिया लुट्न लाग्दा शसस्त्र बन रक्षकले गोली चलाई लुट्नबाट जोगाएका थिए भने उनीहरुले चाइनिज सानो हतियारबाट केही राउण्ड गोली हान्दै भागेका थिए । चन्दन लुट्न आएपछि बन कार्यालयले गृह मन्त्रालयलाई अनुरोध गरेर सुरक्षित ठाउँमा रक्तचन्दन सारिएको थियो ।
रक्तचन्दन लगाएत अबैधधन्धामा सकृयहरुको नामाबलीः-

विगतदेखि नै रक्तचन्दनको तस्करीमा संलग्नहरुमध्ये स्व। पदमबहादुर थापा विष्णुबहादुर खत्री राजेन्द्र कुमार श्रेष्ठ राम श्रेष्ठ दोर्जे लामा चन्द्र बहादुर शेर्पा सुमन खत्री छिरिङ लामा मानबहादुर लामा सोनाम लामा अर्जुन सापकोटा केदार क्षेत्री निमफुाजो शेर्पा कृष्ण क्षेत्री दिनेश श्रेष्ठ राम श्रेष्ठ लगायतका व्यक्तिहरु सकि्रय रहँदै आएका थिए र अहिलेपनि उनीहरु अवैध तस्करीमा संलग्न छन् । तातोपानी भन्सार नाकामा व्यापारी र गैरव्यापारीहरुले पूनः अबैध समानको ओसार प्रसार कार्यमा तीब्रता पारेका छन् । सोको खोजी शुरु भएको छ । को संघहरुले अबैधरुपमा रकम असुली गरेको बारेको समाचार विभिन्न साचारमाध्याममा प्रशारण÷ संप्रशरण गरेपछि दुई ठूला व्यापारी संघले रकम असुल्ली गर्ने कार्य बन्द गरेकाछन् । तर नेपाल मितेरी व्यापार संघलगाएत अन्यले भने रकम असुली गर्ने कार्य बन्द नगराएको व्यवसायीहरुले बताउदै आएकाछन् । १५ वर्ष देखी निरन्तर रकम असुली गर्दै आएको हिमालय सिमापार बाणिज्य संघ र सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले भने संकलन भएको रकमको सार्वजनीक भने गरेको छैन् । हाल सम्म संकलन भएका रकम कहा कति खर्च भए त्यसको समेत लेखाजोखा कतै देखीदैन । एक समय नेपाल चीनको भन्सार नाका तातोपानी देशकै तेस्रो चल्तिको भन्सारको रुपमा व्यस्त थियो । दिनहुू धेरै सामानहरु यो नाका भएर नेपाल भित्रन्थे । तर अहिले स्थिति फेरिएको छ । भन्सार राजश्व संकलन हुनेक्रममा भारी गिरावट आएको कारण तेस्रो स्थानबाट गिर्दे पाचौ स्थानमा अड्कीन पुगेको छ तातोपानी भन्सार नाका । नाकाबाट अबैधरुपमा नाकामा रकम संकलन गर्ने समाचार प्रकाशन÷प्रशारणगरेपछि भने नाकाबाट रकम संकलन गर्नेकार्य हाल बन्द गरेको धोषणा गरेकाछन् । व्यापारीहरुको हकहितको लागी भन्दै दैनिक रकम असुल्दै आएका व्यापारीक समुहले औपचारीक रुपमा नेपाल उद्योग बाणिज्य संघ र हिमालय सिमापार बाणिज्य संघले एक हप्ता अगाडी रकम असुल्ने कार्य कार्य बन्द त गरे हाल सम्म संकलन गरेको रकमको बारे भने सार्वजनीक गरेकाछैनन् । व्यापारीको समस्या समधान गर्ने भन्दै संकलन गरको रकम व्यवसायहरुमा परेको समस्यामा खर्च हुदैन यहा आफ्नो सामान छुटाउने कार्यमा प्रयोग गरेको आरोप व्यवसायीहरुको रहेकोछ । हाम्रो सस्था मजदुरको हकहितमा लागी पर्ने सस्था हो र आज सम्म संकलन गरेको रकम उनै मजदुरको समस्यामा खर्च गरेको नेपाल ट्रक कन्टेनर व्यवसायी संघका अध्यक्ष साङदोर्जे शेर्पाको दाबीरहेको छ । यस भनाईलाई भने सिमापारका अध्क्षय दुर्गाबहादुर श्रेष्ठ भने यो गैरव्यापारीको आरोपमात्र भएको बाताउनु हुन्छ । उहा भन्नु हुन्छ हामीले नाकामा हुने सानातिना समस्यालाई समधान गर्ने होईन हाम्रो काम सरकारलाई नीति नियम बनाउने कार्यक्रमामात्र संघले आबाज उठाउने अध्यक्ष श्रेष्ठ बताउनु हुन्छ । लामो समयदेखी रकम संकलन गरेपनि संकलन रकम कहा कति कसले खर्च गर् यो त्यस्को समेत लेखाजोखा सिमापारले गरेको छैन् । संघले संकलन गरेको सवै रकम व्यवसायीहरुको हितमा खर्च गरेको र व्यक्तिगत स्वार्थमा खर्च नगरेको अध्यक्ष श्रेष्ठको दावी रहेको छ । हामीले सवै रकमको लेखापरिक्षण गरेर राखेका छौ र बानेश्रवको बुद्धनगरमा १० करोडको भवन निमार्ण गरेको बताउनु हुन्छ । भवन बनाउनु नै व्यावसायीहरुको लागी सहयोग गरेका बताउनु हुन्छ । प्रत्येक मालबाहक गाडीबाट पाचू सय देखि ८ हजार रुपैंयाूसम्म असुली गर्छन । माओवादी निकट व्यापारीहरुले पहिलो पटक गणतान्त्रिक उद्योग बाणिज्य संघको स्थापना गरेका थिए । यस संघले पनि लामो समय रकम असुली गरेको थियो भने गएको दशै अगाडी मात्र रकम संकलन गर्न छाडेको छ । भने अन्य संघले भने रकम संकलन गर्न छोडेको छैन् । सिन्धुपाल्चोक उद्योग बाािण्ज्य संघले दशै अगाडी मात्र रकम संकलन गर्ने कार्य बन्द गरेको औपचारीक धोषणा गरेको छ भने संघले पनि के कति रकम स्ंकलन गरेको हो ल्यो भने सार्वजनीक गरेको छैन । संघका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठका अनुसार संकलन भएको सवै रकमको लेखापरिक्षण गरेर राखेका छौ र व्यापारीहरुको समस्या समधान गर्ने कार्यमा रकम खर्चभएको बताउनु हुन्छ ।
नाकामा बसेर दैनिक रकम सकलन गर्नेका अर्झै पनि नेपाल मितेरी व्यापार संघ एमाले निकटले सिन्धु व्यापार संघ काग्रेस निकट सिन्धु लोकतान्त्रिक व्यापार संघको रहेकाछन् । माओवादी र एमाले निकट संघले प्रतिकन्टेनर भ्यानबाट दैनिक ५ सय रुपैंयाू र काग्रेस निकट गैरव्यापारी फौदसिह थापाको नेतृत्वको संघले दैनिक १ हजारको दरले रकम उठाऊदै आएको छ । हामीहरुले रकम असुली गर्दै आएको नेपाल ट्रक कन्टेनर व्यवसायी संघका अध्यक्ष साङदोर्जे शेर्पा बताउनु हुन्छ । संघले दुर्घटना हुदा तत्काल १ लाख रुपैया समबन्धित गाडी धनीलाई बुझाउनु पर्छ । व्यवसायीहरुको हितमा काम गर्ने भन्नेहरुले सहयोग नगरेको कारण बाध्यभए बैधानीकरुपमा रकम असुली गरेको बताउनु हुन्छ ।
तातोपानी नाकामा मजदुर र व्यापारीको नेतृत्वमा ८ वटा समुहले गैरकानुनी रुपमा रकम असुल्दै आएका छन् । रकम असुली गर्नेमा नेपाल ट्रक कन्टेनर व्यवसायी संघ नेपाल-चीन मितेरी व्यापार संघ अखिल नेपाल मजदुर संघ सिन्धु व्यापार संघ र लोकतान्त्रिक व्यापार संघले हाल सम्म गैरकानुनी तबरबाट रकम असुल्दै आएकाछन् । तातोपानी भन्सार कार्यलयको गेटमै कार्यालय खोलेर नेपाल-चीन मितेरी व्यापार संघले प्रतिकन्टेनर १ हजार देखी ८ हजार सम्म असुल्दै आएको छ । व्यापारीका समस्या समाधानका लागि भनेर खोलिएका संघहरु नै पैसा असुल्न थालेको १५ वर्षपछि रकम उठाउन बन्द गरेको धोषणा गरेकाछन् । भन्ो अन्यले ढाटहरु झिकिएको भएपनि रकम असुल्न भने नछोडेको व्यापारीहरु बताउछन् । सुरुमा खुल्ला रुपमा रकम असुली गर्ने गरेका थिए भने अहिले गोप्य रुपमा रकम असुली गर्न थालेको आरोप व्यवसायीहरुको रहेकोछ । व्यक्तिलाई प्रसस्त फाइदा भए पनि यसबाट प्रत्यक्ष बेफाइदा चािहं सरकारलाई नै भएको छ । त्यसैलॆ ८० प्रतिशत कम भैसकेको आयातलाई बढाउन तत्कालै सरकारल कदम चाल्नै पर्छ ।

                                              अरनीको टुडेबाट साभार

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...