रक्तचन्दन तस्करीमा डीआईजी तानिने
रक्तचन्दन तस्करीको अभियोगमा दुई डीएसपीमाथि कारबाहीको सिफारीस भएको छ। प्रहरीको आन्तरिक छानबिनमा तस्करीमा मिलेमतो देखिएको भन्दै जिल्ला प्रहरी कार्यालय रसुवाका तत्कालीन डीएसपी ओम रानामगर र नुवाकोटका बालकृष्ण थापालाई कारबाहीको सिफारिस गरेको हो। गृहमन्त्रालयले भने उक्त प्रकरणमा सहसचिवको संयोजकत्वमा छानिबन बोर्ड बनाएर हालै छुट्टै अनुसन्धान थालेको छ। रसुवा नाका हुँदै रक्तचन्दन कारोबारमा संलग्न रहेको आरोपमा प्रहरी प्रधान कार्यालयले डिएसपी रानालाई दुई महिनाअघि नै सरुवा गरिसकेको भए पनि नुवाकोटका डीएसपीको भने सरुवा समेत गरिएको छैन। सोही घटनाम मुछिएका नेपाली सेनाका कर्र्णेल भने जेल गइसकेका छन्। प्रहरीको छानबिन समिति स्थलगग रुपमा गई अनुसन्धान गर्दा उनीहरूको गम्भीर लापरबाही र मिलेमतो रहेको भन्दै प्रहरी नियमावलीअनुसार कारबाही गर्न प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहलाई सिफारिस गरिएको हो। तर गृहबाट छुट्टै अनुसन्धान भइरहेकाले उनीहरूलाई कारबाहीलाई स्थगित गरिएको छ।
गृहले प्रहरी किताबखानाका महानिर्देशक नारायणप्रसाद सञ्जेलको संयोजकत्वमा गठन गरेको छानबिन समिति पनि एक हप्ताअघि रसुवा पुगी स्थलगत अनुसन्धान गरी फर्किसकेको छ। छानबिन समितिमा नेपाल प्रहरीका एसएसपी रमेश फुँयाल र राष्टिय अनुसन्धान विभागका एसएसपी राजु अर्याल छन्। समितिले रसुवाका तत्कालीन डिएसपी रानासँग लगातार चार दिनसम्म घटनाको विषयमा बयान लिएको छ। उनले तस्करीमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् तर नैतिक जिम्मेवारी भने लिएका छन्। तर घटनाको संलग्न रसुवाका तत्कालीन प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठ र नुवाकोटका डीएसपी थापासग भने बयान लिएको छैन। आफूहरूलाई सिमित म्यान्डेट भएकाले विस्तृत अनुसन्धान गर्न नमिल्ने छानबिन समितिका एक अधिकारील बताए। स्रोतका अनुसार दुई महिनाअघि रसुवा नाका हुँदै आठ टन रक्तचन्दन चीन निकासी भएको थियो। ना.३.ख २८९४ नम्बरको टकमा सात करोड २० लाख मूल्यबराबरको रक्तचन्दन निकासी भएको हो। जुन रक्तचन्दन सेनाको ब्यारेक हुदै पास भएको सेनाको छानबिनले पुष्टि गरेको छ। प्रहरीसँगको मिलेमतोमा उक्त रक्तचन्दन तस्करी हुन नसक्ने भन्दै प्रहरीले पनि छानबिन सुरु गरेको थियो। रक्तचन्दन तस्करी हुने बाटो सेनाको ब्यारेकभित्र पर्छ। कुनै पनि गाडी उक्त बाटोबाट प्रबेश गराउन सेनाको अनुमति लिनुपर्ने हुन्छ। तर ट्राफिकको रेडर्कमा उक्त टक नाका गएको देखिन्छ भने सेनाको रेकर्डमा देखिन्न। त्यसकारण सेनाकै अधिकारीको मिलेमतो भएपछि सेनाका अधिकारीलाई कारबाही गरिएको हो।
छानबिन समिति स्रोतका अनुसार सिमेन्ट भन्दै तस्करी गरिएको उक्त टक नुवाकोटमा मात्र ६ ठाउमा चेकजाच गरिएको थियो। बेत्रावती, कालिकास्थान, धुन्चे, स्याफ्रुबेशी, टिम्बुरे र रसुवागढी नाकामा प्रहरीले रक्तचन्दन बोकेको ट्रकलाई पास गराएका थिए। स्रोतका अनुसार चेकजाचमा संलग्न प्रहरीसमेत छानबिनको दायरामा छन्। हालसम्मको अनुसन्धानमा तस्करीमा प्रहरीको अप्रत्यक्ष संलग्नता देखिएको थप अनुसन्धानका लागि छानबिन समितिले प्रहरी, सेना, सिडिओलगायतका अधिकारीको कल डिटेलबाट अनुसन्धान गरिरहेको छ।
साइटिक्स कानुनअनुसार कारोबारमा प्रतिबन्ध रक्तचन्दन भारतको कर्णाटक र केरलाबाट नेपालको बाटो हँुदै केही वर्षयता चीनमा तस्करी हँुदै आएको छ। खासगरी तातोपानी नाकाबाट रक्तचन्दनको तस्करी हुँदै गरेकोमा गत वर्षबाट रसुवा नाकाबाट पनि तस्करी हुन थालेको प्रहरी अधिकारीहरू बताउँछन्। अरनिको राजमार्गबाट हुने रक्तचन्दनको तस्करीमा त प्रहरीको प्रत्यक्ष मिलेमतो देखिएपछि तीन जना प्रहरी हाल थुनामा छन् भने जगाती प्रभागका सई राजु निलम्बनमा परेका छन्।
देउवाले आफ्नो प्यानलवाट महामन्त्रीमा उम्मेदवार बनाएर पराजित भएका विमलेन्द्र निधिलाई पार्टी विभाजनका लागि अग्रसर गराएको आशंका कांग्रेस भित्र ब्याप्त छ। निधि पुन पार्टीमा फुटको नेतृत्व गरेर पार्टी सभापति बन्ने ध्याउन्नमा लागेको कांग्रेस भित्र चर्चा हुन थालेको छ। देउवाले भने आफू प्रधानमन्त्री हुन नपाएको झोक भातृ संगठनको विघटनको निर्णयमा मात्र फेरेका हुन्।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.