सिन्धु विकास बैंकमा चीनियाँ नागरिकको लगानी
रोशन कार्की
काठमाडौं, माघ १ । जनतालाई घरदैलोमा बैकिङ सेवा उपलव्ध गराउने भन्दै मुलुकभर खुलेका बैंकहरूमा विदेशी नागरिकहरूले लगानी गरेको खुल्न आएको छ । बैंकिङ क्षेत्रमा अबैधरूपमा आर्जन गरेको रकम लगानी गरी नेपालीहरूले बैंक स्थापना गरेको आरोप लागिरहेको अबस्थामा पछिल्लो समयमा भने बैंकमा शेयर स्वामित्व दिने लोभ देखाई चीनियाँ नागरिकले लगानी गरेको रह¥य खुलेको बैंकका एक शेयरधनीले बताएका छन् । कृषि र कृषकका लागि भन्दै गत २ वर्ष अगाडि सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लालाई मुख्य क्षेत्र बनाई स्थापना गरिएको सिन्धु विकास बैंकमा चीनियाँ नागरिकलाई शेयर स्वामित्व दिने भन्दै १ करोड रूपैयाँ लगानी गरेको रह¥य बाहिर आएको हो ।
लामो समयदेखि खासा व्यापारमा संलग्न रहेका सो बैंकका अध्यक्ष एंव सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले चीनको स्वसाशीत क्षेत्र तिव्वतको खासा बजारका एक स्थानीय चिनीयाँ नागरिकलाई शेयर स्वामित्वको आश्वासन दिई नेपाली १ करोड रूपैयाँ बैंकका लगानी गरेको एक सदस्यले नाम उल्लेख नगर्ने सर्तमा जानकारी दिए । ती सदस्यका अनुसार बैंक अध्यक्षले भनेबमोजिम शेयर विदेशी नागरिकलाई दिन नमिल्ने अडान अन्य सदस्यले राखेपछि सो रकम आफ्नो भएको भन्दै बैंक शेयरमा लगानी गरेको हुन् ।

ती सदस्यले भने,‘चीनियाँ नागरिकलाई शेयर स्वामित्व पनि दिन सकेनन्, पैसा पनि फिर्ता नगरेका कारण अहिले अध्यक्ष श्रेष्ठ खासा नै जान छोडेका छन् ।’ यसरी आफ्नो नागरिकलाई लोभमा पारी रकम ठगी गरेको आरोपमा अध्यक्ष श्रेष्ठलाई चिनिया“ प्रहरीले शंकास्पद घेरा राखी अनुसन्धान गरेको र उनीलाई चीनको भूभागमा भेटेको खण्डमा पक्राउ गर्नेसमेत तयारी भएको उच्च स्रोतले जनाएकोे छ ।
सिन्धुपाल्चोकको बाह्रबिसेमा मुख्य कार्यालय रहेको सो बैंकमा पछिल्लो समयमा अध्यÔले आप्mनो अनुकुल रकम निकासा गर्ने गरेको आरोपसमेत लाग्दै आएको छ । उनले सो बैंकलाई आफ्नो अनुकुल सञ्चालन गर्ने र आफूलाई चाहिएको समयमा आफैले भनेकालाई कर्जा दिनका लागि लागि नै नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेकोसमेत आरोप सदस्यहरूले लगाएका छन् । ग्रामीण एवं कृÈक समुदायको विकासको निम्ति कृयाशिल रहने भन्दै स्थापना भएको बैंकका अध्यÔ श्रेष्ठले मनपरी ढंगबाट रकम निकासा गरेपछि कृÈकहरूले ऋण पाउन छाडेका छन् । अधिकांश कृÈक एवं सो Ôेत्रमा रहेका साना तथा मझौला व्यवसायीबाट बचत संकलन गर्दै आएको बैंकले ठूलो मात्राको रकम तातोपानी नाका हु“दै चाइनिज सामान नेपालमा भित्रयाउने व्यापारीलाई मात्र निकासा गरेको आरोप समेत छ ।
राष्ट्र बैंकको नीति नियमविरुद्ध सो बैंकले मनपरी ढंगबाट ऋण लगानी गर्नुको साथै एकैपटकमा नियमविपरितको रकम निकासा गर्न समेत गर्ने गरेको बताइएको छ । नाम उल्लेख नगर्नेे सर्तमा एक कृÈकले भने,‘बैंकको स्थापना भएको छोटो समयमा नै बैंकका संचालकबाट हु“दै आएको अनियमितताका कारण सो बैंकबाट किसानले सजिलोसंग ऋण पाउन सकेका छैनन्, बरु अन्य बैंकसंग ऋण मागेको भए पाई सकिन्थ्यो ।’ कृÈकहरूको आरोपका सम्बन्धमा तथ्य बुभ्mन सो बैंकका अध्यÔ श्रेष्ठलाई सम्र्पक गर्दा उनले मोबाइल उठाएनन् ।
बैंकका अध्यÔ श्रेष्ठको योग्यता नपुगेको भन्ने विवाद पटक–पटक सार्वजनिक भै सक्दासमेत यस विषयमा नेपाल राष्ट्र बैंक भने मौन देखिएको छ । स्मरण रहोस्, अध्यक्ष श्रेष्ठले एसएलसीमात्र पास गरेका छन् । बैंकका अध्यÔ श्रेष्ठको लगानीको स्रोत र शैÔिक योग्यता प्रमाणपत्रबारे राष्ट्र बैंक र अख्तियारमा उजुरीसमेत परेको बुझिन आएको छ । उनले न्यूरोडको पिपुल्स प्लाजाको कमाई भनेर राष्ट्र बैंकमा पेश गरेको कागजात नक्कली भएको बताइएको छ । तेस्रो श्रेणीमा एसएलसी पास गरेका श्रेष्ठले सो बैंकको अध्यÔ बन्नलाई नै भारतको विहारबाट शैÔिक प्रमाणपत्र खरिद गरी ल्याएको बुझिन आएको छ । उनले मास्टर लेभलको शैÔिक प्रमाणपत्र नेपाल राष्ट्र बैंकमा पेश गरेको समेत बताइएको छ । ती सदस्यले दिएको जानकारीअनुसार अध्यÔ श्रेष्ठ एक सामान्य परिबारको सदस्य रहेका र उनले भारतबाट शैÔिक प्रमाणपत्र खरिद गर्दा मात्र भारत गएका थिए । उनका अनुसार हिन्दी भाÈासमेत थोरै बुझ्ने श्रेष्ठले बिहारबाट सो प्रमाणपत्र खरिद गर्नमात्र २ लाख ७५ हजार ९ सय ५० नेपाली रूपैया“ खर्च गरेका ती सदस्यले जानकारी दिए ।
१ सय ४८ जनाभन्दा बढी संस्थापक सदस्य रहेको सो बैकले कृषि र किसानलाई घरदैलोमा सेवा पु¥याउने भन्दै राष्ट्र बैंकबाट इजाजत लिएको भएपनि सो बैंकले राष्ट्र बैंकको मापदण्डलाई पटक–पटक लत्याउ“दै आएको आरोप छ । तातोपानी नाका भएर तस्करी धन्दा संचालन गर्दै आएका दर्जनौं व्यक्तिले शेयर लगानी गरेको सो विकास बैंक ग्रामीण एवं स्थानीय कृÈकको विकासमा भन्दा पनि तस्करी धन्दामा लगानी गर्न सकृय भएपछि सो कुन्ठा अहिले बाहिर आएको हो ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.