रक्तचन्दनपछि कछुवाको तस्करी सुरु
रोशन कार्की
काठमाडौं, फागुन ५ । छोटो स्थलमार्गको भरपुर उपयोग गर्दै नेपाली व्यापारीले प्रतिबन्धित रक्तचन्दनको तस्करीपछि नयाँ र कसैले नसोचेको जीवको तस्करी सुरु गरेका छन् । राजमार्गमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र अवैध कारोबार गर्ने व्यवसायीबीचको गोप्य सहमतिमा नेपालको भू–भाग हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको खासा बजारतर्फ लुकाइ÷छिपाइ ‘कछुवा’ को निकासी सुरु गरेको एक उच्च स्रोतले जनाएको छ ।
चीनमा कछुवाको माग र मूल्य बढेपछि अरनिको राजमार्ग हु“दै कछुवा तस्करी हुने गरेको नाम उल्लेख नगर्ने सर्तमा एक क्यारिङ व्यवसायीले बताए । उनका अनुसार सुरÔा निकायको ध्यान रक्तचन्दनमा केन्द्रित रहेकाले तस्कर कछुवाको तस्करीतर्फ लागेका हुन् । तस्करले अरनिको राजमार्गबाट तातोपानी नाका हु“दै अन्य सामानको भित्री भागमा लुकाइ÷छिपाइ चिनिया“ बजार खासामा पठाउँदै छन् । लोपोन्मुख प्रजातिको कछुवा किनबेचमा पूर्णरूपमा प्रतिबन्धित रहको छ । कोशी टप्पुको सिमसारलगायत तराई Ôेत्रबाट कछुवाको शिकार गरी कछुवा सिधंै खासातर्फ लैजाने गरेका छन् । शिकार गरेर खासा पु¥याएका ती कछुवालाई चिनियाँ नागरिकले चिनिया“ पा“चतारे होटलमा लैजाने गरेका छन् । ती पाँचतारे होटलमा यसको मासु र सुपको माग बढ्दो छ । कछुवाको मासुबाट यौन दुर्बलता हटाउने औÈधि बनाउनसमेत प्रयोग हुँदै आएको छ ।
नेपाली व्यापारीहरू चिनिया“ व्यापारीलाई कछुवा सप्लाक्ष गर्न खासामा भेला भएको समेत स्रोतको दाबी छ । यसरी भेला भई खासामा मोलमोलाई हुने र सहमतिपछि नेपाली व्यापारीले कछुवा खासा लैजाने गरेका छन् । ती व्यपारीले एउटा कछुवालाई न्यूनतम् २० हजार रुपैयाँमा बिक्री गर्ने गरेको स्रोतको दाबी छ ।
नेपालबाट एक सातामा १ सय वटासम्म कछुवा खासा पु¥याउने गरिएको छ । तस्करले तराई Ôेत्रबाट कछुवा न्यूनतम् १ सयदेखि ५ हजार रुपैयाँसम्ममा खरिद गर्ने गरेका छन् । उनीहरूले काठमाडौंमा ल्याई अर्को तस्करलाई बेच्ने गरेका छन् । अवैधरूपमा कछुवालाई माछासँगै तराईबाट काठमाडौं ल्याउने गरेको स्रोतले बताएको छ ।

सुरक्षा निकायमा सरकारले पछिल्लो समयमा गरेको सरुवा बढुवा र अस्थिर राजनीतिको मौका उठाउँदै तस्करहरू कछुवा तस्कारीमा केन्द्रीत भएका हुन् । अघिल्लो केही वर्ष सुरक्षाकर्मी र भन्सार कर्मचारीको मिलेमतोमा हँुदै आएको रक्तचन्दन खासा निकासी हुँदै आएको छ । अर्थमन्त्रालयअन्तर्गत भन्सार विभागको मुख्य नाका भन्सार कार्यालयमा सरकारले व्यापक सरुवा गरेपछि तस्करले सबै लाइन मिलाई कछुवाको व्यापार सुरु गरेका बताइएको छ ।
उत्तरी भेगको सबैभन्दा ठूलो नाका तातोपानी भन्सार कार्यालयमा कृष्णनगर भन्सार कार्यालयका प्रमुख मिमांस अधिकारी र बागमती अञ्चल प्रहरी प्रमुखमा एसएसपी रमेश खरेललाई सरुवा गरेलगत्तै सो अवैध कारोबार सुरु भएको हो । भने यसअघि तातोपानी भन्सार कार्यालयमा रहेका प्रमुख भन्सार अधिकृत निर्मलहरि अधिकारीलाई मन्त्रालयमा तानिएको छ ।
संगठितरूपमा रक्तचन्दनको अवैध कारोबार सुरु भएपछि माओवादीका साथै सैनिक अधिकृत र भन्सार कर्मचारीको पनि संलग्नता खुलासा भएको छ । माओवादीभित्र रक्तचन्दनको कारोबारमा संलग्नता रहेको केन्द्रीयस्तरमासमेत आरोप प्रत्यारोप सुरु भए पनि यसबारे छानबिन समितिनै बनेको छ । रक्तचन्दन ओसारपसारमा सघाएको ठह¥याई नेपाली सेनाले एक प्रमुख सेनानीलाई कारबाही गरिसकेको छ । भन्सारबाटै रक्तचन्दन पाश गराएको फेला परेपछि तातोपानी भन्सारका एक खरिदार र कार्यालय सहयोगीमाथि कारबाहीको सुरु गरिएको छ ।
यसैगरी, तस्करहरूले काठमाडौं आसपासमा गोदाम गरी राखेको ठूलो परिमाणमको रक्तचन्दन नयाँ सरकार गठन हुनु पूर्वनै खासा निकासी गर्ने पूर्ण तयारीका साथ व्यापारी लागिपरेका छन् । यसअघि स–सानो परिमाणमा ओसारपसार गरिरहेको समूह पछिल्लोपटक लाइन मिलाएर ठूलो परिमाणमा रक्तचन्दन चीन पु¥याउने योजनामा रहेका छन् । करिब एक सय टन (१ लाख किलो) रक्तचन्दनका लागि सम्झौता गरिसकेको समूहले लाइन मिलाउन राजनीतिक नेतृत्वसँगको भेटलाई तीव्रता बनाएको छ ।
तस्करी, गुण्डा र अवैध कारोबारीमाथि कडाइकासाथ कारबाही गरेको छाप छोड्न सफल बागमती अञ्चल प्रहरी प्रमुख एसएसपी खरेललाई सो रुटबाट हुने कारोबारका बारेमा कडारूपमा प्रस्तुत नहुनका लागि आग्रह गर्न व्यापारी एमाओवादी, कांग्रेस, एमाले र राप्रपाका नेताकहाँ पुगेको स्रोतको दाबी छ ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.