चेम्वर अध्यक्षका लागि फेरी एक पटक राजेशकाजी भिड्ने
काठमाडौं । नेपालको सबैभन्दा पुरानो व्यवसायिक संगठन
नेपाल चेम्वर अफ कमर्शका पदाधिकारीवीच विवाद भएको छ । उनीहरुको विवादका
कारण चेम्वर भवनमा प्रहरीले हस्तक्षेप समेत गर्नुपरेको छ । चेम्वरको ६० औं
वार्षिक साधारणसभा गर्ने विषयमा चेम्वर अक्ष्यक्ष सुरेश बस्नेत र महासचिव
कमलेशकुमार अग्रवालवीच विवाद भएको हो । अग्रवालले महासचिवको हैसियतमा चैत ५
गते सूचना जारी गर्दै चेम्वरको वार्षिक साधरणसभा चैत २५ गते गर्ने र २६
गते पदाधिकारीको निर्वाचन गर्ने जानकारी दिएका थिए ।
चेम्वरका पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठ, उनलार्इ फेरी एकपटक अध्यक्ष बनाउने बहुमत पक्षको पहल, बस्नेतले पनि पेश गरेका छन् दावेदारी
त्यसको तीन दिनपछि शुक्रवार चेम्वर अध्यक्ष बस्नेतले सूचना जारी गर्दै महासचिव अग्रवालले जारी गरेको सूचना गैरकानूनी भएको दावी गरेका छन् । उनले चैत २५ र २६ गतेको वार्षिक साधरणसभा प्रक्रिया पुरा नगरी आव्हान गरेको भन्दै गैरकानूनी भएको दलील समेत दिएका छन् । माहोल आफ्नो पक्षमा बनाउने गरी नयाँ सदस्यता वितरणमा विवाद भएपछि चेम्वरमा लफडा सुरु भएको हो । चेम्वर अध्यक्ष बस्नेत एकपटक चेम्वर अध्यक्षमा चुनाव लडेर दोहोरिन चाहेका छन्, उनको विरोधमा रहेको समूहले चेम्वरका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठलाई फेरी एकपटक अध्यक्ष बनाउने गृहकार्य गरेका छन् ।
श्रेष्ठलाई, लोकमान गोल्छा, कमलेशकुमार अग्रवाल, राजेन्द्र अर्याल, सुरेन्द्रवीर मालाकार लगायत पदाधिकारीमा भएका दुई तिहाईले समर्थन गरेका छन् । बस्नेतलाई परशुराम दाहाल, सन्तोष पाण्डेलगायतको समर्थन छ । चेम्वरमा झण्डै १३ सदस्यलाई भोटिङ्ग राइट्स छ, साधरणसभा र पदाधिकारी चयन गर्ने भएपछि थप सदस्यता वितरणको तयारी भैरहेको थियो । सदस्यता पाउनका लागि चैत ४ गते साढे पाँच बजेभित्र आवेदन दिनुपर्ने थियो । तर बस्नेत पक्षले ठमेल, बौद्ध लगायतका क्षेत्रबाट सदस्यता दावी गर्दै मुठ्ठाका मुठ्ठा फाइल साढे पाँच बजेपछि चेम्वरमा बुझाइएको थियो ।
समय सकिएपछि दिएका आवेदनलाई रद्द गर्ने सम्भावना भएपछि विवाद भएको थियो । विवादपछि भएको धर्ना र अन्सनका कारण प्रहरीले सुरक्षा दिनु परेको स्रोतले बतायो । सदस्यता वितरणमा लफडा भएपछि चेम्वर अध्यक्षले साधरणसभा स्थगित गर्नेगरी सूचना जारी गरेका हुन् । बस्तेले सूचनामा बार्षिक साधारणसभाको कार्यसूची राखेर बोलाइएको बैठकमा गणपुरक संख्या नपुगेको र बैठक नै नबसेको र कुनै पनि निर्णय नभएको जिकिर गरेका छन् । उता अग्रवाल पक्ष भने बस्नेतको निर्देशनमा बैठक बोलाइएको, उनैको अध्यक्षतामा बसेको बैठकले साधरणसभाको मिति तय गरेको जानकारी दिएका छन् । अध्यक्षले गतल प्रचार गरेको दावी समेत महासचिव अग्रवालको छ ।
नेपाल चेम्वर उद्योग वाणिज्य महासंघपछिको सबैभन्दा शक्तिशाली व्यवसायिक संस्था हो । चेम्वरमा झण्डै ५० जना कर्मचारी छन् भने वार्षिक डेढ करोड रुपैयाँ चेम्वरले आम्दानी गर्दछ । चेम्वरका जमल र सोल्टीमोडमा दुईवटा भब्य भवन पनि छन् । त्यसबाहेक चेम्वर अध्यक्ष हुँदा सरकार र अन्य संघसंस्थामा प्रभुत्व समेत स्थापित गर्न सकिन्छ । यही कारण चेम्वर अध्यक्षका लागि निक्कै प्रतिश्पर्धा हुने गरेको छ ।

No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.