Tuesday, March 11, 2014

अस्पताल क्याविन नम्बर २५
रोशन कार्की

सयम ठिकै थियो । फागुन १४, २०७० को दिन । आफ्नै काम र व्यस्थताका कारण सो दिन बेलुका ८ बजे कोठामा पुगेको थिए । सदा झै त्यसदिनपनि मेरो सानो परिबार खाना पकाएर मलाई नै कुरेर बसेका थिए । तीनकुने स्थित कोठामा श्रीमती ईश्वरी, छोरा मनिष र छोरी नीशा । सदा झै त्यसदिन अलि ढिला नै कोठमा पुगेको थिए । खाना अरुका दिनभन्दा ठिक ३० मिनेट ढिला । सो दिन सवैजना एकैसाथ खाना खाइयो, प्राधिकरणको विजुली थिएन रातको ११ बजे आउने सेडुल । चार्जर बत्तीको भरमा बेलुका १० बजेसम्म आफ्नो काम गरे । निद्रा लाग्यो सुते । 
२०७० फागुन १५ गते विहान २ बजे एकाएक छोरा मनिष निद्रामै बेजेडसंग काम्न थाल्यो । सकुशल सुतेको छोरो एकाएक काम्ने, टाउको माथितिर लैजाने क्रमसंगै बेहोस भएको थियो । सो दिनकोभन्दा अगाडि त्यस्तो नभएको एकाएक त्यस्तो भएपछि अब के गर्ने र के नगर्ने भन्ने बारे सो समयमा दिमागले काम गर्न पनि छोड्दो रैछ । एकातर्फ श्रीमती रुने अर्कोतर्फ छोरी रुने । रातको समय । एक्लोले के गर्ने नगर्ने सोच्नै सकेन । यस्तै अबस्थामा जे होला नहोला भन्दै बोकेर अस्पताल ल्याइयो । कोठाबाट बोकेर तीनकुने स्थित मेन रोडमा ल्याएपछि ट्याक्सीमा राखी २ बजेर २९ मिनेट २ सेकेन्डमा मीनभवनस्थित सिभिल सर्भिस हस्पीटलको इर्मेजेन्सीमा भर्ना गरेर उपचार गर्दा समेत छोराको होस खुलेको थिए । जव ५, १० मिनेटको उपचारसंगै बान्ता गरेपछि होस खुल्यो । बोल्न थाल्यो र सोध्यो मलाई किन यहाँ ल्याएको ? इर्मेजेन्सी वार्डमा डाक्टर नर्सहरुको अथक प्रयास जारी थियो । होस खुलाउन । तर लामो समय लागेन । होस खुल्न । इर्मेजेन्सीको उपचारपछि अन्य के कारणले यस्तो भयो भनेर खोजी हुन थाल्यो । रगत, पिसावको परिक्षण भयो । केही खरावी भेएिन । सो परिक्षणपछि टाउकाको परिक्षण गर्न मलाई भनियो । मैले सोही अनुसार अस्पतालको काउन्टरमा गएर पैसा बुझाए र रकम बुझाएको रसिद संगै लगेपछि मात्रै टाउकाको परिक्षण भयो । रातको समय खल्तीमा जम्माजम्मी १५ सय रुपैयाँ । तर अन्य नीजि अस्पतालकोभन्दा सस्तो भएकाका कारण उपचार सुरु गरियो । टाउकाको परिक्षणपछि थाहा भयो । जुकाको खपटा टाउकोमा पुगेको रैछ । सुरुकै अबस्थामा भेटिएकोमा डाक्टरबाट सहानुभुती दिनु भयो । तपाईको बच्चाको अबस्थामा कुनै गम्भीर र चिन्ता लिनु नपर्ने । तर ३ वर्षसम्म नछुटाई औषधिभने सेवन गर्नु पर्ने पनि जानकारी दिए । यति गरुनजेलसम्म विहानका ४ बजी सकेको थियो । चेकजाँचपछि ७२ घण्टा भर्ना गरेर उपचार गर्नु पर्ने सल्लाहा अस्पतालबाट जानकारी भयो । खल्ती कमजोर भएका कारण जनरल वाडमा भर्ना गर्ने त भनियो तर त्यहाँ विरामीलाई उपयुक्त वातावरण नभएपछि तत्कालै सारियो क्याविन नम्बर २५ मा । 
छोरालाई इर्मेजेन्सी वार्डमा भर्ना गरेर उपचार गरे अबस्थामा मलाई अस्पतालको विल बुझाउन ठुलै रकम लाग्ने भयो । पहिलो चरणमा मैले काम गरेको सस्था कमाण्डर पोष्ट दैनिकका कार्यकारी निर्देशक डोलेन्द्र थापालाई पटकपटक फोन गरे तर उनले सो फोन रिसिव गरेनन् । किनकी मैले त्यो अफिसबाट तलवनै लिनु पर्ने भएकाले सो रकम माग गरेको थिए तर त्यो रकम दिने त परै जाओस् कुनै चासो नदिएपछि त्यस्ता निर्देशकसंग कुनै सरोकार राख्नुको महत्व देखिन । आपत्त परेको बेला पाउने तलव समेत दिन नसक्ने यस्ता मालिकले किन मिडिया मालिक हुँ भन्दै हिड्नु । बरु कमडलु बोकेर माग्न हिड्नु राम्रो हो । अब यस्ता व्यक्तिले समाजमा कुनै अर्थ छैन किनकी आफु मिडिया मालिक हुँ भनेर नाक फुलाउनु पर्ने । यस्तो बेला त शत्रुले समेत सहयोग गर्दछन् । तर मलाई निर्देशक डोलेन्द्रले बदलाको भाबनाले लिएपछि अब मैले चाही किन निर्देशक या मिडिया मालिककोे रुपमा हेर्ने र ? 
उपचारकै क्रममा सो अस्पतालका कार्याकारी निर्देशक डा. विमल थापा र मिडिया मालिक भन्ने थापाबीच ठूलो भिन्नता पाए । सो अस्पतालमा । 
सुरुमा मैले न सो अस्पतालमा आफ्नो परिचय दिए न अहिलेनै दिएको छु औपचारीक रुपमा । अस्पतालको क्याविन दिनको १ हजार रुपैयाँ शुल्क । क्याविनमा सारेपछि एउटा बेड र एउटा सोफा मात्र छ । ओड्ने पनि छैन् । क्याविन सार्नुअगाडि केही नर्ससंग चर्काचर्कीपनि पर्यो । कारण भुइ सफा गरि रहेको अबस्थामा नहिड्न र जहाँ हो त्यही रोकिन निर्देशात्मक भनाई आएपछि परेको थियो चर्काचर्की । आफु औषधि र अन्य सामान लिएर विरामी राखेको कोठामा जानलाग्दा एकाएक सो उर्दी आएपछि भयो चर्काचर्की । मलाई सो अस्पतालको भुईसंग कुनै सरोकार छैन । किनकी मेरो छोरो अस्पतालको बेडमा रहेको अबस्थामा भुई सफा गरेको अबस्थामा नहिड्नु भन्नु र सो स्थानमा हिड्नु मेरो गल्ती हो या अस्पतालका ती नर्सहरुको गल्ती हो अझै छुटाउन सकेको छौन मैले । 
नर्ससंगको चर्काचर्कीपछि मैले सो अस्पतालमा खटिएका नर्सहरुको बारेमा जानकारी गराउनु सचेत नागरिकको धर्म सम्झेर प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिब कृष्णहरि बाँस्कोटालाई फोन गरि जानकारी गराए । बाध्य भएर फोन गर्नु पर्ने अबस्था आयो । सचिब बाँस्कोटासंग फोन बार्ताभयो । उहाँले अस्पतालका कार्यकारी निर्देशक डा. विमलकुमार थापालाई फोन गर्नु भएछ । उहाँ विहानै क्याविन नम्बर २५ मा आउनु भयो र जानकारी लिनु भयो । ७२ घण्टामा उहाँ पटकपटक आउनु भयो । उहाँले उपचारकालागि कुनै कसुर बाँकी नराख्न निर्देशन दिनुभयो । हो उपचार गरेपछि शुल्क तिर्नुपर्छ त्यो मैले तिरेकै थिए । जति विल आयो त्यही अनुसार रकम बुझाउदै आए तर क्याविनमा सोचे अनुसारको सुविधा नहुनु र भुई सफागरेपछि नसुकुनजेलसम्म हिड्न नपाउनुले कता कता मलाई बिद्रोहको अबस्थामा ल्याइपुर्याएको हो । अस्पतालमा रमाइलो गर्न कोही पनि आउदैनन् । कोही विरामी भेट्न आउछ त कोही विरामी लिएर आउछन् । यस्तो अबस्थामा हिड्नै प्रतिबन्ध लगाउनु उचीत होइन । हामी यस देशका चौथो अंगका रुपमा रहेका पत्रकार भन्नेले त यस्तो अबस्था भोग्नु पर्छ भने अरुको अबस्था कस्तो होला । 
म प्रायः आफ्नो कामका लागि कहिल्यै पनि परिचय नदिने व्यक्ती हुँ किनकी शुल्क तिरेर काम गर्नु पर्ने भएपछि किन म यस्तो हुँ भनेर परिचय दिनु परो र । यहाँ अन्य पत्रकार मित्रहरु चिया पसल, मम पसलदेखि फुटपथमा पसल राख्नेलाई समेत प्रेस पास देखाउने गरेका र बार्गेनिड गर्ने गरेका उदाहरण थुपै रहेका छन् । तर मैले जटिल अबस्थामा समेत म पत्रकार हुँ भनेर परिचय दिने गरेको छैन् । 
तर पहिलो पटक मैले उच्च पदस्थ कर्मचारीलाई फोन गरेको यो पहिलो पटक हो । किनकी मैले क्याविनमा दिनको १ हजार रुपैयाँ बुझाउनु पर्ने भएपछि र क्याविनमा एउटा सोफा र एउटा बेडमा भएपछि क्याविनको अबस्था देखाउनकालागि मैले सो फोन गरेको हँु किनकी मेरो मनमा लागेको थियो क्याविन भनेपछि विभिन्न सुविधा होला भन्ने र त्यो मेरो सोचाइ मात्र रैछ । क्याविन भनेको छुटै ट्वाइलेटमात्र रैछ अरु सवै जनरल सरहकै । यस्तो भएपछि मैले हेल्लो सरकारको समेत जिम्मेवारी लिएका र गुनासा सुन्ने काम समेत गरेर सम्बन्धि निकायमा पुर्याउने भएकाले सो फोन गरेका थिए । कि म एउटा पत्रकार हैन एउटा सेवाग्राहीको रुपमा गुनासो पोखेको थिए सचिब बाँस्कोटा समक्ष । 
मेरो फोनलाई सचिब बाँस्कोटाले बढो गम्भीर रुपमा लिएर उहाँले सम्बन्धि निकायमा गुनासो तत्कालै पुर्याउनु मात्र भएन कि आफैले यस अस्पतालका कार्याकारी निर्देशक डा.थापालाई फोन नै गरेर अबस्था बुझ्न निर्देशन दिनु भएछ । उहाँको फोनपछि तत्कालै निर्देशक डा. थापा क्याविन नं. २५ मा आफै आउनु भयो र अस्पतालको नियम र संरचना बारे बुझाउनु भयो । उहाँ मेरो छोरा क्याविन नंंं २५ मा राखिनु जेलसम्म विहान बेलुका आफै आएर अबस्था बुझ्ने काम गरि रहनु भयो । भने सचिब बाँस्कोटा शनिबार आफै अस्पताल आई विरामीका बारेमा बुझ्नु भयो । एउटा सामान्य व्यक्तिको छोराको अबस्था बुझ्नका लागि उहाँले जुन कार्य गर्नुभयो यो मेरो उहाँप्रति ठूलो ऋणी बनेको छु । यो ऋण मैले तिर्ने सक्ने अबस्थामा छैन म । किनकी ऋण भनेको रकममा गरेको भए हिसाव गरेर फिर्ता गर्न सकिन्थ्यो तर यो भावनात्मक ऋण भएकाले सो तिर्न मसंग कुनै सामान छैन । साथै यस अस्पतलका निर्देशक डा. थापाको पनि ऋण तिर्ने मसैग केही छैन । 

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...