Sunday, December 3, 2017
पैसा तिर्दा कानूनबाट छुट पाउने नै हो र सरकार ?
रोशन कार्की
नेपालमा पावर भएपछि जे पनि गर्न संभव हुने रहेछ भन्ने कुराको प्रमाणित फेरी भएको छ । ‘धन हुनेलाई चैन, गरिबलाई चमेली लाग्दछ ऐन’ भन्दै गित गाएका छन् र नेपाली उखान छ, ‘ठूलालाई चैन, सानालाई ऐन ।’ सो कुरालाई गत मंगलबार प्रमाणित गरेका छन् यस देशका चतुर खेलाडीका रुपमा ख्याति कमाएका पुर्वकर्मचारी चुडामणी शर्माले ।
विशेष अदालतले मागेको १ करोड रुपैयाँ धरौटी बुझाएर निलम्बित सह–सचिव शर्मा जेलमुक्त भए । थुनछेक बयानका लागि शर्मा विशेष अदालतमा उपस्थित भएसंगै अदालतले मागेको रुपैयाँ बुझाएर उनले मुक्ति पाए साधारण तारिखमा छोडीयो । जहाँसम्म छ, शर्माले बुझाएको १ करोड रुपैयाँको स्रोत के हो भन्ने चर्चा परिचर्चा चलेको छ ।
शर्माले अदालतले मागेको धरौटी रकम बराबरको बैंक ग्यारेन्टी नेपाल इन्भेष्टमेन्ट बैंकबाट ल्याएका थिए । उनले सो रकम कुन स्रोतबाट आम्दानी गरेका थिए र कुन तबरबाट सो ग्यारेन्टी बैंकले गरेको थियो भन्ने प्रसंग उठी रहदा माथीका गित र उखानको याद आएको हो ।
कार्यालय समय सकिएपछि शर्माका आफन्त बैंक ग्यारेन्टी लिएर अदालत पुगेका थिए । के ठूला र पावर भएकालाई समयसिमाभित्र कारोबार गर्न रोक छ र ? हैन भने अन्य आरोपीतहरुलाई किन सो अबसर उपलव्ध हुदैन ? अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्छ्यौट आयोग मार्फत भ्रष्टाचार गरेको अभियोगमा शर्मा सहित तीन जना बिरुद्ध बिशेषमा मुद्दा दायर गरेको थियो ।
तीन जना मध्ये आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाल यसअघि नै अदालत उपस्थित भएर धरौटीमा रिहा भइ सकेका छन् । उनीहरुलाई पनि बिशेषले एक÷एक करोड रुपैयाँ नै धरौटी माग गरेको थियो । सो माग गरेपछि उनीहरुले बुझाएको सो रकमको आयस्रोत बारे किन कुरा उठदैन् र सो बारे किन सम्बन्धित कर निकायले रकमको स्रोत उल्लेख गर्न किन दबाब दिन सक्दैन् भन्ने विषयमा गम्भीर चासो रहेको छ ।
शर्मालाई भने मुद्दा दायर अगावै जेठ १९ गते अख्तियारले पक्राउ गरेको थियो । त्यसपछि उनी बन्दी प्रत्यक्षीकरण निवेदन लिएर उनी सर्वोच्च पुगेका थिए । निवेदनमा कर फर्छ्यौट आयोगलाई कानुनी उन्मुक्ति भएको जिकिर सहित मुद्दाको औचित्य नभएको समेत दावी गरिएको थियो । सर्बोच्चले शर्मालाई रिहा गर्दै मुद्दाको अन्तिम किनारा लगाउने जिम्मा बिशेषलाई सुम्पेएसंगै सो मुद्दालाई कमजोर बनाउने खेल शर्माका एजेण्टहरुले खेलको थिए । आज आएर १ करोड रुपैयाँ बुझाएपछि उनी थुनामुक्त त भए तर सो कृयाकलापसंगै पैसा हुनेले जे गर्दा पनि हुने रहेछ कानुन समेत नलाग्ने गलत नजिर समेत बस्न गएको छ । तत्काल आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक शर्मालाई ३ अर्ब रुपैयाँ धरौटीमा थुनामुक्त गर्ने निर्णय गरिएको थियो । आयोगले सो निर्णय गरेको थियो ।
शर्माले गरेको हिनामिनाको अनुसन्धानको परिणामका आधारमा उनलाई ३ अर्ब रुपैयाँ धरौटीमा थुनामुक्त गर्न सकिने निर्णय गरेको भएपनि बिशेष अदालतले अन्तमा १ करोड रुपैयाँमात्र माग गरि उन्मुक्ति दिएको आरोप समेत लागेको छ । तत्कालिन कर फस्र्योट आयोगमार्फत गैरकानूनी रुपमा २१ अर्ब रुपैयाँ राजश्व मिनाहा दिएको भन्दै उक्त आयोगका एकमध्ये सदस्य शर्मालाई गत जेठ १९ गते अख्तियारले नियन्त्रणमा लिएको थियो ।
राजश्व बिभागमा महानिर्देशकको रुपमा वहाल सहसचिब शर्मालाई अख्तियारले अन्ततः पक्राउ गरसंगै उनलाई छुटाउन ठुलै समुहले शक्ति केन्द्र धाएका थिए । काठमाण्डौमा रिमोटवाला आलिसान महलमा बस्ने, काठमाडांै लगायतका बिभिन्न ठाँउमा सिडिओ भएका शर्मा तत्कालिन अर्थमन्त्री रामशरण महतले उनलाई विभागको डिजीको जिम्मेवारी दिएका व्यक्ती हुन । नारायणथानमा शर्माको आलिसान निवास छ कि चान्नेचुन्नेले त यस्तो घर हुन्छ भनेर पनि कल्पना गर्न सक्दैन । उनको निवाससम्म पुग्न ६ वटा गेट पार गर्नुपर्छ ।
जो कोहीलाई प्रवेश गर्न अनुमति समेत छैन । घरमा निजी सुरक्षा गार्ड राखेका शर्माको घर २५ रोपनी जग्गामा फैलिएको छ । उनको श्रीमती चढ्ने ५० लाखको गाडी छ । पछिल्लो समयमा शर्माले आफ्नो सालीको लागि बूढानीलकण्ठमा देउवा निवास नजिकै रहेको पञ्चकन्या कोलोनीमा १२ करोडमा नयाँ घर निर्माणको ठेक्का दिएका व्यक्ती हुन ।
उनी सुनसरीको सिडिओ हुंदा पनि शर्माले सुगम ग्यासका मालिक शिव घिमिरेलाई उन्मुक्ति दिएर सिल काटिएका ग्यास बिक्रीलाई बैधानिकता दिएको आरोप उनीमाथि लागेपनि अहिले सम्म सो आरोपलाई प्रष्ट बनाने काम समेत गरेका छैनन् । त्यस प्रकरणमा शर्माले ४५ करोडौ रुपैयाँभन्दा बढी रकम लिएर गैरकानुनी कामलाई बैध बनाएर मुद्दालाई कमजोर बनाएको आरोप अझै रहेको छ । शर्मा पछिल्लो समय एनसेलको लाभकर छली प्रकरणमा पनि जोडिएका व्यक्ती हुन ।
उनले टेलियासोनरासँग आकर्षक डिल गरेर आयकर नलिई उन्मुक्ति दिलाउन विशेष भुमीका खेलि रहेको अबस्थामा अख्तियारले पक्राउ गरी मुद्दा चलाएको थियो । शर्माले आम्दानीको स्रोत देखाउने क्रममा २३ करोड रुपैयाँ किताब बेचेर कमाएको दाबी समेत गर्दै आएका छन् । नेपालमा कुनै यस्ता चल्तीका लेखक छैनन् जसले अहिलेसम्म आफ्नो किताव बेचेर २३ करोड रुपैयाँ कमाएको कुनै रेकर्ड रहेको छैन ।
सधै पावरमा रहेका शर्माले सत्ता र शक्तिलाई रिझाउन सधैं सफलता भएका थिए । पछिल्लो समय उनको संरक्षण कांग्रेस सभापति शेरबहादुर देउवा, रामशरण महत र लोकमानसिंह कार्कीले गरेका थिए । अन्ततः उनको गुह्य छवि न कुनै राजनीतिक दलका नेताहरुले बचाउन सके न त कुनै शक्तीशाली ब्यक्तीले नै । शर्मा कानुनी कारबाहीका लागी अख्तियारको फन्दामा परे । केही समय अख्तियारकै नियन्त्रणमा थुनामा राखिएको थियो ।
सबै प्रमाण जम्मा गरेर बिशेष अदालतमा मुद्दा दायर भएपछि र सर्बोच्च अदालतको आदेशबाट शर्मालाई जेलमुक्त गरिएको थियो । जब उनी जेलमुक्त भए आफ्ना एजेण्टका मार्फत आफु निर्देष भएका प्रमाण तयार गर्न लगाएर । भने बिशेष अदालतले उनलाई १ करोड रुपैयाँको धरौटी राख्न लगाएर साधारण तारिकमा छोडीएको छ ।
शक्ति र राजनीतिक दवावकै कारण पछिल्लो समय गलत नजिर समेत बस्दै गएको छ भने अदालतमाथीको भरोसा समेत जनताले मान्न छोड्दै छन् । अदालतमाथी जुन भरोसा जनताहरुको थियो त्यो भरोसा चुडामणी शर्मा र गोपालबहादुर खड्काको मुद्दामा भएको फैसलासंगै हराउदै गएको पक्कै हो ।
तत्काल सर्वोच्च अदालतबाट तारेखमा रिहा हुनका लागि चुडामणिका पक्षमा केही मिडिया मालिक र कालाकोटेहरू समेत सक्रिय रहेका थिए । त्यसका लागि चुडामणिले १५ करोड खर्च गरेको भन्ने समेत खबर बाहिर आएको थियो । अदालतदेखि अन्य ठाउँको सेटिङ मिलाउन केही वकिलहरू शक्तिकेन्द्रमा समेत धाए । अकुत सम्पत्ति आर्जन गरेका शर्माको सो सेटिङले समेत काम गर्न सकेनन ।
अख्तियारको एक महाशाखा प्रमुखको संयोजकत्वमा ४÷५ जना अनुसन्धान अधिकृत रहेको टोलीले कतिपय कागजात संकलन गरि अख्तियार पुराइसकेको थियो । उनीमाथि गम्भिर छानविन भइरहेका बेला बाहिर निस्कनका लागि १५ करोडको खेल गरेपनि अन्न्नत उनी बिशेष अदालतमा मुघा दायर समेत भयो ।
त्यसबाहेक उनलाई सहयोग गर्नेहरूलाई पनि करोडौं रकम खर्चको तयारी गरेका थिए । दर्जनौं अनियमितताको उजुरी र पत्रका बाबजुद ४ बर्ष आन्तरिक राजस्व विभागको महानिर्देशक रहेका शर्मा विरूद्ध गैरकानूनी सम्पत्ति आर्जन र करछुटको विषयमा दर्जनौ उजुरी परेका छन् ।
३० अर्ब ५२ करोड रूपैंयाको राजस्व फस्यौंट गर्दा ९ अर्ब ५४ करोड रूपैंयामात्रै राज्यकोषमा दाखिला भई अरू रकम अनियमित ढंगले मिनाहा भएको घटनामा शर्मा मुछिएका थिए । फस्यौंट भएकोबाट करिव ६९ प्रतिशत राजस्व राज्यकोषबाट गुमेको छ भने ३१ प्रतिशतमात्रै आम्दानी भएको छ । कर निर्धारणमा प्रश्न उठाई प्रशासनिक पुनरावलोकन, राजस्व न्यायाधिकरण वा अदालतमा कर विवाद जारी रहेको अवस्थामा बक्यौता हुनुपर्नेमा विनाकुनै कारण करदाताकै अटेरीले कर नउठ्ने जस्तो लापरवाहीयुक्त परिस्थितीमा समेत कर छुट दिइएको थियो ।
निजामती सेवामा प्रवेश गर्न चाहने प्रतिस्पर्धी माझ पुस्तक लेखकका रूपमा परिचित शर्मा आफै भने अत्यन्त विवादास्पद पात्र बनेका थिए । राजनीतिक पहुच र प्रभावका आधारमा एकपछि अर्को आकर्षक पदमा पुग्ने शर्मा काठमाडौंपछि सम्पत्ति शुद्धिकरण विभागको महानिर्देशक बने । त्यहाँ रहँदा अधिकृत शम्भु चालिसे १० लाख रूपैंयाँ घुस सहित पक्राउ परेको घटनामा शर्माको समेत नाम जोडिएको थियो । शर्माबाट परिचालित चालिसेले पछि भने नाटकीयरूपमा घुस प्रकरणमा आफूमात्रै संलग्न रहेको बयान दिई महानिर्देशक शर्मालाई घटनामा तानिनबाट जोगाए ।
यसरी विभिन्न आरोपमा मुछिएका शर्माले आयस्रोत नखुलेको १ करोड रुपैयाँ धरौटी अदालतमा बुझाएर निष्कने र कारबाही नहुने हो भने देशमा अनियमिकता र भ्रष्टचार नियन्त्रण हुनेभन्दा पनि झन बढ्ने पक्का भएको छ । जय होस । (साभार: जनमञ्च साप्ताहिकबाट) karkirimn@gmail.com
Subscribe to:
Post Comments (Atom)
सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ
रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...
-
रोशन कार्की काठमाडौं । तारे होटल तथा विभिन्न ठाउँमा सञ्चालनमा रहेका क्यासिनो (जुवाघर) सञ्चालकले सरकारलाई बुझाउनु पर्ने कर, बक्यौता र नव...
-
रोशन कार्की काठमाडौं । नेपालको मात्रै नभएर विश्वकै अर्बपतिहरुको सुचीमा परेका चौधरी ग्रुपका अध्यक्ष विनोध चौधरीको ठगीधन्धाको विवरण आउनेक्रम...
-
रोशन कार्की काठमाडौं । तीन वर्षअघि गएको महाविनाशकारी भूकम्पबाट घरबारविहीन भएका पीडितहरुले ऋण गरेर पक्की घर बनाउने कार्यमा तीव्रता आएसँगै...
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.