फोटो लेखक स्वयम् । |
विचार । दृष्टिकोण
अमित घिमिरेतस्वीरमा देखिएका असलमा भूइँमान्छे हुन् । भूइँमान्छे (कतै कुनै 'तिल' तुल्य नगनिएका मान्छे । हुँदामात्र खान पाउनेहरु । गरिखाने जमिनको सानो टुक्रा आधा वर्ष बेसौती र वुतो गरेर जीवन धान्न विवशहरु जग्गा जमिननै नभएकाहरु । साहूले मारेकाहरु श्रम शोषणमा परेकाहरु । वर्षोसम्म उही जडउरीमा हिउँदवर्षा कटाउनेहरु । भात खानलाई दशैं कुर्नु पर्नेहरु । राज्यको नजरमा नपरेकाहरु तथा राजनीतिक शक्तिले 'घण्टे नागरिक' तुल्याएकाहरु 'भोट हाल्नुको पूर्व सन्ध्यामा मात्र नागरिक भएका भोटको लागि नेता वा राजनीतिक दलले नमस्कार गरेर झुठा आश्वसन दिएका दिलासामा मख्ख पर्दै मतदान गरेका एक खिल्ली चुरोट र एक डबको जाँड वा दुईचार सय रुपैयामा भोट खसाली हाम्रो पाटी भनेर लागेका भनुँ भ्रमित बनेका निमुखाहरु गोठालोकमारो हलीहरु अनि ती सब पीडाबाट प्रताडीत भएर दिमागको नियन्त्रण गुमाएकाहरु माग्नेहरु लावारिस बेवारिसे र गुमनामहरु ।
समग्रमा पृथक मान्छे । हूल जमातमा पनि उस्को पहिचान बोध गर्न सरल हुने उस्को उपस्थिति राज्यसत्तामा भने छैन । किञ्चित मात्रामा पनि उस्ले राज्य बोध गर्न पाएको छैन अपनत्व महसुस गर्न सकेको छैन । गरिवीको महा समरमा फसेका दुई छाक खाने उपायभन्दा पर अर्को निजी सपना नभएका मान्छे महत्वकाक्षां नभएका मान्छे । खुराफात गरेर चाकडी र चाप्लुसी भजाएर आफू प्लस हुन नजान्नेहरु तस्वीरको दाँयाको छवी गुमनाम उमेरले एक आमाको हो । केही समय अगाडिदेखि सिन्धुपाल्चोक सदरमुकाम चौताराका चोक होटलपसलको द्वारमा उनी ठिङ्ग उभिएको हुन्थिन् । अचेल देखिएकी छैनन् । लाग्छ मौन ब्रत लिएकी छन् वा अमूक लाटी हुन् । पहिचान खुलेको भन्नु उनी आइमाई हुन् आकृतिका हिसावले । त्यसभन्दा पर उनी को हुन् घर कहाँ हो कोको छन् तिनका आफन्त अनि कुन त्यस्तो पीडाले यिनको दिमागीय संन्तुलन हरायो कसैलाई कुनै वास्ता छैन । मनमा हरि भएकाहरुले जुठोपूरो राम्रोनराम्रो जसले जसरी दिन्छन् हात पसारेर थापेर खानसम्म बिसे्रकी छैनन् । बाँकी कुनै अतित वर्तमान र भविष्य विहीन छिन् उनी । आम मान्छेलाई उनको फेहरिस्त को के मतलव 'बौलाई भन्छन् बस् । राज्यले सामान्य भूइँमान्छेलाई त संबोधन गर्दैन गरेको छैन भने यी त असाधारण मान्छे बौलाई ।
बायाँ दोस्रो तस्वीरका यी वृद्ध इटहरी बसपार्कमा विहानीको झिसमिसेमा कुनाकानी ठूठो चुरोट खोज्दै र सल्काउदै थिए उमेरले हजरबुबा भएका यी के यी र यी जस्ता नागरिक सधै होटलपसल डम्पीङ्साइड ढुकेर पेट भर्ने र नमूना जिन्दगी व्यतित गरिरहने मात्र हो । मानव अधिकार लैङगीय क्षेत्रीय भाषागत जतिगत नानाथरीका अधिकारका बहस चलेको क्षणमा यस्ता नागरिकहरु नाटकीय जीवन बिताइरहनु पर्ने हो
तेस्रो यी काभ्रेपलााचोकको दोलालघाटमा देखिएका अधवैंसे हुन् । यो उमेरमा राज्य विहीनताकै कारणले हो यिनी यसरी वौलाएर अर्काको दान र कृपामा जिन्दगीको सिलसिलालाई निरन्तरता दिईरहेका छन् । अनाथ यी वृद्धको हेराइ र बुझाईमा के हो लोकतन्त्र के हो मानव अधिकार अर्का रघुवीर नेपाली हुन् । सिन्धुपाल्चोक पीपलडाँडाका । गत सालको वर्षाको कारणले भत्केको झुप्रो बनाउन राज्यको हरेक निकायमा यी पुगे । तर यिनले पाएनन् केहीपनि । जेनतेन घरको गारो त उठाए बाटो चौबाटो ढुङ्गा बटुलेर वर्षा लागिसक्यो भने पनि हुन्छ मौसमले तर छानो छाउने कुनै विकल्प नै छैन यिनीसंग । कुनै एक जनाले रेष्टूराँमा तिर्ने बिल बराबरको वा यिनै पात्रहरुको फोटो देखाएर संघसंस्था चलाउनेहरुको एक दिने गोष्ठीको खर्च भए घर छाइन्थ्यो । तर रघुवीरलाई संवोधन गर्ने कसले ।
उमेरले ८४ वर्ष पार गरेका सिन्धुपाल्चोक सिम्पालकाभ्रे भीरखर्कका रुपलाल तमाङ् अनाहकैमा दाँत भाँचिने गरी कुटिए । न्याय मागें तर पएनन् केही महिना नवित्दै जीवन भर मान्द्रो डोकोडालो बुनेर कमाएको ३९ हजार चोरीए पछि पूरा एक दिन पैदल हिँडेर सदरमुकाम चौतारा जिल्ला प्रहरीमा न्यायका खातिर आए तर राज्यले सुरक्षा दिन्छु भन्ने पुलिसले यी वृद्धलाई न्यायको ठाँउमा यहाँ र उहाँको चक्कर मात्र कटायो र अन्नत निराश भएर फर्किए । कानून प्रशासन चलाउन विधिसंगत काम गर्न राजनीतिक दलको सिफारिस खोज्ने पङ्गु कानून र राज्य सत्ताका पहरेदारको काम केवल चाकडी गर्नु र दण्डहिनता मौलाउनु रुपलालहरुलाई लोकतान्त्रिक गणतन्त्रको नजराना हो जागिर भातभत्ता खान उनै नागरिकको कर र पसिनालाई प्रयोग गरेर उनै नागरिकलाई संवोधन नगर्ने किन्नरहरुकोन पुरुष न महिला अधिपतित्वमा रुपलालहरु जस्ताले अपेक्षा गर्ने के के यो राज्य रुपलालहरुको हैन
आधा शताब्दी उमेर कटाएका यी सिन्धुपाल्चोक चौताराका जेठा तमाङ् पनि घण्टे नागरिक हुन् तामसालिङ् राज्यका । अर्काको सेफ्टी टंङ्की चर्पी सफा गरेर पनि ज्यान पल्न धौधौ छ जेठा तमाङ्लाई । मजदुरले पसिना सुक्नु अगाडि मजदुरी ज्याला पाउनु पर्छ भन्ने मान्यता राख्ने राजनीतिक दलहरुको भूलभूलैया भागवण्डामा राज्यसत्ता चलेको देशमा उधारोमा चर्पी सोर्न विवश तामसालिङ् राज्यका नागरिक जेठा तमाङ् र जेठाहरु । कत्रो परिहास हो यो !
राज्य कै सबैभन्दा ठूलो परिमाणमा बजेट राख्ने शिक्षा र उस्को नीति उपरको अर्को परिहास हो यी वालबालिकाको वास्तविकता । यी कुनै चलचित्र वा विज्ञापनकालागि खिचिएका नक्कली विम्ब हैनन् । सतहका वास्तविकताहरु हुन् । विद्यालय भर्नाको याम चलेको छ । सरकारी आँकडाले शत्प्रतिशत बालबालिका भर्ना भएको सूचाङ्क देखाउँछ । के त्यसो भए यी बालबालिकाको गणना कहाँ हुन्छ त लाज लाग्नु पर्छ डलरको खेती गर्ने संघसंस्थाहरुलाई राजधानीको तारे होटलहरुमा कार्यपत्र तयार गरेर फर्जी फोटा देखाएर दाताहरुलाई गुमराहमा पारेर कतिाजेल आफै र आफ्नालाई सपार्छौ प्रश्न छ यी अवोध लालाबालाको ।
जनता यदी महान् हुन् कसैले भन्छ भने के यी नागरिकहरुले त्यो संबोधन पाउँछन मलाई सोध्न मन लाग्छ ७३डद्दटण्स बलिया हातपाखुरा भएका धन र रवाफ भएका मात्र नागरिक बाँकी वृद्धअसक्त पहूँच नभएका निर्धन गरीव विवश दिमागी हालत बिग्रेका ुपत्तुरु हुन् हैन भने किन संबोधन गर्दैन राज्य सत्ता इच्छाशक्तिमा किन्नरको संकुचन रहेकाले यहाँ फगत फाइदाफाइदामा काम हुन्छ । राजनीतिक दलहरुको पसल फाइदालागि चलेको छ । सत्ताधारी वर्दीधारी र कुसर्ीधारी अनि वल भएकाहरु रवाफ भएकाहरु र हर्रर परफ्युम महकाउनेहरुको एकछत्र लुट तन्त्र रहेछ गणतन्त्र के यी पात्रहरुले बुझेका यही मात्र हैन त
यी केवल प्रतिनिधि पात्रहरु मात्र हुन् । तपाइँ जुन राजधानी सदरमुकाम जिल्ला वा गाउँ जानुस् अनगिन्ती यस्ता राज्य विहीन र घण्टे नागरिक लाखौलाखको संङ्ख्यामा भेटिन्छ । आखिर यिनीहरु अरु झै सामान्य नागरिक हुनकालागि कुन र के तन्त्र आउनु पर्छ सवाल झन् झन् निगुढ हुँदो छ । यी वा ति हाम्रा कोही पर्दैनन् त्यसैले हामीलाई केही पर्वाह नभएको हो मान्छे भनिएका हामी मान्छेलाई नमूना बनाएर के तमासे मात्र बन्ने हो अरु व्यक्तिगत गर्न नसकिएला तर राज्यलाई उर्दी जारी गर्न त सक्छौ । दबाब दिन त सक्छौ । बजेट कनिका झै छरेर व्यक्ति दल सप्रने हाम्रो बगडे चिन्तनमा मानवत्व पलाउने कहिले आफू मात्र गुणस्तर जीवन बाँच्ने आफूआफ्नोको जय भए उन्नती प्रगति गरे अकुत कमाए जनताको कर हसुरेर जनतालाई नै दशताको सङ्लो बनाउन लगाएर उनैलाई कैद गर्न पाए पुग्ने मनोदशाले हामीलाई गाँजिरहेको यो समयमा यो एउटा प्रेरक घटना क्रमबाट पाठ पो सिक्ने हो कि
भियतनामको ठूलो रणसंङ्ग्रामबाट बाँचेर अमेरिका फर्केको एक सिपाहीले युद्ध समाप्तिपछि घर सानप्रुांसिस्कोमा फोन गर् यो । महासमरमा गएको छोरो जीवित रहेको खबरले आमाबुबापरिवार धेरै हर्षित भए । छोराले आफू छिट्टै घर फर्कने तर … भन्ने अड्काउ राख्यो । परिवारले ुतर के …ु जवाफ मागे । छोराले भने ुमसँग युद्ध लड्ने मेरो साथीलाई पनि घर लिएर आउन पाउनु पर्छु । ुत्यसमा के को फिकरी …आउँछ आओस । दुई चार महिना बस्छ रमाउँछु । छोरो बीचैमा बोल्यो ू॥तर ऊ एक दुई महिनालाई मात्र हैन जीवनभर हामीसँगै रहन्छ । किन भने विचराको युद्धका क्रममा एक हात एक खुट्टा नै गुमेको छ र उस्को आफ्नो भन्ने पनि कोही छैनन् … बिचरो कहाँ जाओस् ।ू
त्यसपछि परिवारले छोरोलाई सम्झाउँन थाले ुहेर ! बाबु तँ किन जीवनभरलाई झिल्टो भिर्ने दुस्साहस गदैछस् विकलांग थुपारेर उस्को स्याहरसुसारमा हामी किन हाम्रो जीवनलाई सधैको झिल्टोमा परिणत गर्ने ू र फोन काटियो ।
अर्को हप्ता अभिभावक कहाँ फोन गयो तर छोराको हैन पुलिसको । पुलिसले त्यही सहरमा जहाँबाट उस्को छोरोले हप्ता अगाडि फोन गरेको थियो अभिभावकलाई त्यही डाकियो झिकाइयो । '१२ तले बिल्डिङबाट हामफलेर आत्महत्या गर्ने केटाको साथबाट यो नम्बर थाहा लागेर तपाईहरुलाई डाकेका हौं लौ सनाखत गर्नुस तपाइँको कोही हो÷हैन' विष्मयकारी नेत्रले लाश हेरें अभिभावकले । बरा ! लाश उनीहरुकै सन्तानको थियो र सबैभन्दा ताज्जुब कुरो उस्को एउटा हात र एउटा गोडा पनि थिए । हो यहाँ अभिभावक राज्य सत्ता र आत्मदाह गर्ने माथि उल्लेखित यी चेहराहरुलाई गणतन्त्रले बिस्रन मिल्छ घण्टे नागरिकको उपमा दिएर कोही जवाफ देओस् । चौतारा८ सिन्धुपाल्चोक
amurtaamit@gmail.com

वायाँ देखी १२३४५६७८९१०
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.