भन्सार विभागको प्रगति निराशाजनक
तातोपानी भन्सार |
रोशन कार्की |
सरकारी तथा नीजि क्षेत्रमा राजन्ाीतिक परिवर्तनसंग कर्मचारी परिवर्तन गर्ने परिपाठीका कारण देशको आर्थिक विकासमा ठूलो धक्का लागेको छ । सरकारले समयमा आर्थिक नीति नियमलाई लागु गर्न नसक्दा र अधिकाशं निकायमा पुरानै नीति नियमबाट काम चलाउनुका कारण पनि सरकारले आफ्नो लक्ष्य अनुसारको प्रगती हासिल गर्न नसकेको सम्बन्धित निकायले जनाएको छ । यस्तैराजनीतिक बन्दहड्ता र चक्काजाम जस्ता समस्याले गर्दा सरकारको मुख्य आयस्रोतको रुपमा रहेको भन्सार राजस्व संकलन पनि विगत ५ वर्षदेखि निरन्तर ओरालो लागि रहेको छ । भन्सार विभागले आफु मातहतका कार्यलयलाई कडा निर्देशन जारी गर्दा समेत भन्सारको राजस्व संकलनमा निरन्तर गिरावट आएपछि देशको आर्थिक र प्रसाशनीक खर्चका समेत विदेशी सहयोगको आशामा राज्य बस्नु पर्ने अबस्था रहेको छ ।
विदेशी दातृनिकायबाट सहयोगमा ढिलाई गरेको खण्डमा या सहयोग प्राप्त नभएको खण्डमा देशको प्रसाशनी खर्च समेत ठप्प हुने अबस्थामा पुगेको छ । सरकार परिवर्तन संगै हुने कर्मचारी परिवर्तनले समेत यस कार्यमा अबरोध उत्पन्न भएको भन्सार विभागको ठहर रहेको छ । सरकारले समयमा बजेट सार्वजनीक गर्न नसक्दा विभागबाट ुभन्सार सुधारीकरण कार्यक्रमुसमेत ओझेलमा परेको छ । विभागले पटक-पटक लक्षित राजस्व संंकलनमा गरेका कडाईलाई समेत व्यापारी तथा पटक-पटक हुने बन्द हड्तार चक्काजाम र स्थानीय समस्याले विगत ५ वर्षदेखि विभागको प्रगती ऋणत्मक रहेको छ ।
भन्सार सुधारीकरण कार्यक्रम अन्तरगत मुलुकका मुख्य भन्सार कार्यलयमा जडान गरेको ुबृहत्त सूचना साजालु समेत विभागको सोचाई र लक्ष्य अनुसार साचालन गर्न सकिरहेको छैन ।
केन्द्रीकृत भन्सार सुधार कार्याक्रमलाई पूर्णरुपमा सफल बनाउनका लागि चरणबद्धरुपमा विभागले भन्सार कार्यलयको कार्य सम्पादननयाँ पन र जनगुनासो रहित बनाउने अभियान गएकै आर्थिक वर्षदेखि साचालनमा ल्याएपनि सो पूर्णरुपमा कार्यान्वयन हुन नसक्दा सरकारी ढुकुटीमा जम्मा हुने रकम अनेत्र जम्मा हुन गएको छ । लक्षित प्रगती प्राप्त गर्नकालागि विभागले विभिन्न उपायहरु प्रयोग गर्दासमेत लक्ष्य प्राप्तीमा पुग्न नसेकेपछि आफु मातहतका कर्मचारीलाई विभागले विभिन्न वहानामा पियनदेखि प्रमुख भन्सार अधिकृत सम्मको सरुवा गर् यो तर सो कार्यलयबाट लक्षित राजस्व संंकलनमा भने गिरावट नै आउने क्रम जारी नै रहेको छ । नयाँ भन्सार संरचना अन्र्तगत एक हजार दुई सय ७३ कर्मचारी कार्यरत रहेकामा नयाँ कर्मचारी एक सय रहेकाछन् । विभागले १२ सय ७३ जना कर्मचारी मध्येमा एकैपटकमा ६ सय कर्मचारीलाई सरुवा गरेको यो पहिलो भएको हो ।
त्यसैगरि भन्सार सुधारीकरणकै नाममा ग्ात आर्थिक वर्षको असोज महिनादेखि जडान गर्न सुरुगरेको विद्युतिय माध्यामको केन्द्रीकृत सूचना प्रणाली मुख्य भन्सार कार्यालयमा जडान भएपनि सो प्रविधिलाई लोडसेडिङको वहाना देखाई आफु अनुकुलमात्र संाचालनमा ल्याई भन्सार राजस्व चुहावट कार्यमा कर्मचारीनै संलग्न भएकाले विभागको राजस्व संकलन लक्ष्यमा गिरावट आएको त्ाथ्य सर्वजनीक भएको छ । त्यस तर्फ सम्बन्धित निकाय र अर्थमन्त्रालय मौन रहेका कारण सरकारबाट भन्सार सुधारीकरणको नाममा औपचारीकता मात्र पुर् याएको देखिन्छ ।
त्यस्तै मुलुकमा साचालनमा रहेको सवै भन्सार कार्यलयहरु समेत अन्तराष्ट्रिय मापदण्ड अनुसार नभएकाले पनि बैदेशिक व्यापारिक कारोबारमा आबरोध उत्पन्न हुन पुगेको छ । हालका सव्ौ भन्सार कार्यलयहरु पुरानो कार्यशैलिबाट साचालन भईरहेका कारण र सुचनाको यूगमा पनि हस्तलेखन कार्यले प्राथमिकता पाएकाले गर्दा नेपालका भन्सार कार्यलय अन्तराष्ट्रिय मापदण्ड अनुरुप नभएको विभागका महानिर्देशक टंकमणि शर्माले स्वीकारेका छन् । अन्र्तराष्ट्रिय मापदण्ड विपरित मुलुकका भन्सार कार्यलयहरु साचालन भएकाले भन्सार सुधारीकरणमा समस्या उत्पन्न भईरहेको छ । भन्सार सुधारीकारण अन्तरगत सम्बन्धित कार्यलयमा कार्यरत कर्मचारीको नाममा जनगुनासो आएमा तत्काल त्यस्ता कर्मचारीलाई केन्द्र तानी अनुसन्धान गर्ने र सो स्थानमा नयाँ कर्मचारी खटाउने रणनीति विभागले अगाडी सारेको भएपनि हाल सम्म सो नीति कार्यन्वयनमा ल्याउन नसक्दा भन्सार राजसव चुहावटमा नियन्त्रण आउनुको अलवा झन बृद्धि हुदै गएको छ ।
विभागले यस समस्याको समधान गर्न १ सय कर्मचारीलाई ुअतिरित्त शक्तिुको रुपमा तयारी अबस्थामा राखीए पनि ति कर्मचारी काममा प्रयोग हुन सकेको छैन । विभागले आफु मातहतका कुनै पनि कारबाही र अनुसन्धान गर्नकालागी अब उप्रान्त राजस्व विभाग र राजस्व अनुसन्धान विभागलाई नबोलाउने रणनीति विभागले अबलम्बन गर्न लागेको छ । अबैधरुपमा भन्सार राजस्व चुहावट हुने भएकाले भन्सार सुधारीकरण कार्यक्रम अन्तरगतनै यो कार्य साचालन गरेको विभागले जनाएको छ । केन्द्रीकृत भन्सार सुधार कार्याक्रमलाई पूर्णरुपमा सफल बनाउन विभाग चुकेको छ ।
मुलुकभरको भन्सारनाकाबाट चालु आर्थिक वर्षको बैशाख महिनामा लक्ष्यअनुपातमा झिनो भन्सार महशुल संकलन भएको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०६५÷०६६ देखिनै महशुल संकलनमा गिराबट आउन थाले पछि विभागको लक्षित महशुल संकलनमा पनि प्रत्यक्ष प्रभाब पर्न थालेको हो । राज्यको खर्च परिचालन गर्ने प्रमुख स्रोत राजश्व र भन्सार मुहशुल भएको हुदा यस क्षेत्रमा नै रकम संकलनमा गिरावट आउन थालेपछि सरकारको खाता ऋणात्मक हुन पुगेकोछ ।
विभागले आर्थिक वर्ष २०६६÷०६७ को बैशाख महिनामा २३ वटा भन्सार कार्यालय र भारतीय अन्तशुल्क फिर्तामा पनि लक्षित राजस्व संकलन हुन नसकेको विभागले जनाएएको छ । जसमा ६६ अर्ब १७ करोड १४ लाख ९२ हजार महसुल संकलन गर्ने लक्ष्य राखेकोमा सोही अबधिमा ६६ अर्ब ८८ करोड ७६ लाख ३२ हजार रुपैयाँ संकलन गरेको विभागको तथ्याङ्कमा उल्लेख गरिएकोछ । भने गत वर्ष सोही अबधिमा ६५ अर्ब ६२ करोड २० लाख ७ हजार रुपैयाँ असुली भएको थियो । गत वर्षको भन्दा झिनो मात्रमा बढी महशुल असुली भएको विभागको तथ्याङ्कमा रहेकोछ ।
विभागले सवैभन्दा बढी महशुल संकलन हुने त्रिभुबन विमानस्थल भन्सार कार्यालय विराटनगर विरगाज तातोपानी भैरहवा जनकपुर भन्सार कार्यालय लगाएत अन्य बाट कममात्रामा महशुल असुली भएको जनाएको छ । त्रिभुबन विमानस्थल भन्सार कार्यालयको ३० अर्ब ८२ करोड २८ लाख रुपैयाँ असुली गर्ने लक्ष्य राखेकोमा २१ दशमलव ७२ प्रतिशतले कमी आई २९ अर्ब ६९ करोड ९३ लाख ९ हजार रुपैयाँ मात्र महशुल असुली गरेको छ । विराटनगर भन्सार कार्यालयबाट विभागले बैशाख महिनाको लक्ष्य ६४ अर्ब ८८ करोड ३२ लाख ७ हजार रहेकोमा ६६ अर्ब ७८ करोड ७१ लाख ३ हजार रुपैयाँको महशुल असुली गरेको छ ।
त्यस्तै विरगाज भन्सार कार्यालयको ३३ अर्ब ८८ करोड ५० लाख १७ हजार लक्ष्य रहेकोमा ३५ अर्ब २५ करोड ९८ लाख १२ हजार रुपैया असुली गरेकोछ । भने तातोपानी भन्सार कार्यालयले भने १ अर्ब ९७ करोड ५८ लाख १९ हजार महशुल असुली गर्ने लक्ष्य राखेको भएपनि सो भन्सार कार्यालयको भने २३ दशमलब ८ प्रतिशतले कमी भई १ अर्ब ८५ करोड ८८ लाख १३ हजार रुपैयाँ मात्र असुली भएको विभागको तथ्याङकमा रहेको छ ।
विभागले उपलव्ध गराएको तथ्याङकका आधारमा अन्य भन्सार कार्यालयमा भने महशुल असुलीमा कमी आएको देखाएकोछ । त्यस्तै भारतीय अन्तशुल्क फिर्तामा चालु आर्थिक वर्ष २०६६÷०६७ को लक्ष्य २६ अर्ब रुपैयाँ रहेकोमा जीरो दशमलव ४३ प्रतिशतले कमी भई २५ अर्ब ९४ करोड ५७ लाख ६ हजार रुपैयाँ रहेको छ । भने पशुपति भन्सार कार्यालयमेचीसुनसरी राजविराज लगाएत अन्य भन्सार कार्यालयबाट पनि लक्ष्य अनुसारको महशुल असुलीमा भने झिनो मात्र सुधार भएको छ । यसरी प्रत्येक महिना महशुल असुलीमा गिरावट आउनेक्रम यथावत रहेको खण्डमा नेपाली अर्थतन्त्रमा नकारात्मक असर पर्दे जाने विभागले जनाएकोछ ।
त्यस्तैभन्सार विभागको तथ्याङक अनुसार आर्थिक वर्ष ०६६÷०६७ को एक महिनाको मात्र तथ्याङकलाई अध्ययन गर्दा पनि राजस्व संकलनमा थप÷घट हुनेक्रममा तीब्रता आएको पाईन्छ । सो अबधिमा २३ वटा भन्सार कार्यालय र भारतीय अन्तशुल्क फिर्ता सहित ७४ अर्ब ६६ करोड ५७ लाख ४० हजार महसुल संकलन गर्ने लक्ष्य राखेकोमा सोही अबधिमा ८३ अर्ब ४६ करोड १२ लाख २३ हजार रुपैयाँ संकलन गरि झिनो सुधार भएको देखिन्छ । तर समग्रहमा सो तथ्याङक अध्ययन गर्ने हो भने सो अबधिमा समेत विभागलको लक्ष्य अनुसार राजस्व संकलन हुन सकेको छैन । विभागले सवैभन्दा बढी महशुल संकलन हुने त्रिभुबन विमानस्थल भन्सार कार्यालय विराटनगर विरगाज तातोपानी भैरहवा जनकपुर भन्सार कार्यालय लगाएत अन्य बाटपनि कममात्रामा महशुल असुली हुने प्रकृया निरन्तर ओरालो लागिरहेकेा छ । त्यसमा समेत ऋणत्मक प्रगति धनात्मक हुन सकेको छैन । सोही अबधिमा त्रिभुबन विमानस्थल भन्सार कार्यालयको ३ अर्ब ७९ करोड ८८ लाख २७ हजार रुपैयाँ असुली गर्ने लक्ष्य राखेकोमा ३ अर्ब ६७ करोड ७६ लाख ५ हजार रुपैयाँ मात्र महशुल असुली गरेको तथ्याङक रहेको छ । त्यस्तै विरगाज भन्सार कार्यालयको ३८ अर्ब ४६ करोड ९२ लाख ४२ हजार लक्ष्य रहेकोमा ४३ अर्ब ८० करोड ७५ लाख ४७ हजार रुपैया असुली गरेकोछ । तातोपानी भन्सार कार्यालयले भने २ अर्ब २८ करोड २५ लाख महशुल असुली गर्ने लक्ष्य राखेमा २ अर्ब १६ करोड ८१ लाख ८९ हजार रुपैयाँ असुली गरि भन्सार राजस्व संकलनको लक्ष्यमा पुग्न सकेको छैन । यसरी गिरावट आउने भन्सार कार्यालयमा पशुपति नगर भन्सार कार्यालय ८ दशमलव ४० प्रतिशतराजविराज भन्सार कार्यालय ४४ दशमलव ४६ प्रतिशतसिराहा भन्सार कार्यालय १० दशमलब ४७ प्रतिशतजनकपुर भन्सार कार्यालय ३७ दशमलव ८४ प्रतिशतले असुलीमा गिरावट आएको जानएको छ । त्यस्तै भारतीय अन्तशुल्क फिर्तामा विभागले आर्थिक वर्ष ०६६÷०६७ को असार महिनाको लक्ष्य ३ अर्ब ४० करोड रुपैयाँ रहेकोमा ९दशमलव ६५ प्रतिशतले बृद्धि भई ३ अर्ब ५२ करोड १० लाख ३२ हजार रुपैयाँ असुली भएको तथ्याङकमा उल्लेख गरिएको छ । विभागको नयाँ भन्सार संरचना अन्र्तगत एक हजार दुई सय ७३ कर्मचारी रहेकाछन् । हालसम्म ३० ओटा मुख्य भन्सार कार्यालयएक सय ४३ ओटा छोटी भन्सार कार्यालय र एक ओटा हवाई भन्सार कार्यालय साचालनमा रहेको विभागले जनाएको छ । त्यस्तै उत्तरी सिमातर्फ ९ वटा मुख्य भन्सार नाकादक्षिणसिमातर्फ २१ ओटा भन्सार कार्यालयहरु साचालनमा रहेकाछन् ।
त्यस्सैगरि आन्तरिक राजस्व विभागको नियति समेत भन्सार विभागको संगनै मिल्दोजुल्दो रहेको छ । हाल सानाकरदाता व्यक्तिगत प्यान नम्बर १ लाख ९ हजार ५ सय ८० जनाले इन्टरनेट मार्फत कर प्रमाणपत्र लिएका छन् भने आर्थिक वर्ष २०६६÷०६७ मा विजनेश प्यान नम्बर लिनेको संख्या ५१ हजार २१ जना सहित कुल ४ लाख २१ लाख जना रहेको छ । हाल विभागले २३ वटा राजस्व कार्यालयबाट सो सेवा उपलव्ध गराएको छ ।
राजधानी दैनिकको ११ वर्ष प्रवेशको अबसरमा प्रकाशित विशेषमा प्रकाशित
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.