Monday, July 11, 2011

८ सय इन्स्पेक्टरको सरुवामा घुसको खेल
काठमाडौं, असार २७। नेपाल प्रहरीका नवनियुक्त आइजीपी रविन्द्रप्रताप शाह र स्वच्छ प्रहरी प्रशासन चाहने गृहमन्त्रालयका सचिव लीलामणि पौडेलले प्रहरीमा सुधारका लागि सरुवामा हुने गरेका हस्तक्षेप र घुसखोरी अन्त गर्ने उद्घोष गरिरहेका छन्। एकातिर आइजीपी र गृहसचिवको चाहना प्रहरीभित्र सरुवा बढुवा लगायतका कामकारबाही पारदर्शी ढंगले गर्ने छ भने अर्कोतिर ८ सय प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवामा भ्रष्ट प्रवृत्तिले उनीहरूको चाहना पूरा हुन नदिन चलखेल सुरु गरिसकेको छ। २०६८ असार २६ वा २७ गते इन्स्पेक्टरहरूको सरुवा निकाल्नका लागि गृहकार्य तीव्र गतिमा भइरहेको बताइएको छ। सरुवामा राजनीतिक हस्तक्षेप र घुसखोरी अन्त गर्न खोजे पनि उनीहरूको चाहनाविपरीत भ्रष्ट क्रियाकलाप भइरहेको प्रहरी स्रोतले बतायो।

प्रहरी संगठनलाई स्वच्छ र मर्यादित बनाउने, प्रहरीको मनोबल बढाई शान्ति सुरक्षा कायम गर्नका लागि सरुवामा काखा र पाखा नगर्न कटिबद्ध गृहसचिव र आइजीपीको चाहना पूरा हुन नदिन प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाका एसपी ठाकुर ज्ञवाली नै लागेका छन्। प्रहरी स्रोतका अनुसार इन्स्पेक्टरहरूको सरुवामा एसपी ज्ञवालीले गृहसचिव पौडेल आफ्नो सहपाठी भएको रवाफ देखाएर आइजीपीलाई समेत बाइपास गर्ने मनसायले काम गरिरहेका छन्। उनले आइजीपीसँग भन्दा एमाओवादीका अध्यक्ष प्रचण्डका भाइ तथा सभाषद् नारायण दाहाल, प्रचण्डपुत्र प्रकाश दाहाल, भतिजा समीर दाहाल र प्रहरीभित्रका चर्चित दलाल वीरेन्द्रलाल श्रेष्ठको सल्लाहमा इन्स्पेक्टर सरुवाको गृहकार्य गरिरहेका छन्। दाहालबन्धुका अलावा गृहका सरुवा बढुवामा एमाओवादीका नेता बर्षमान पुन अनन्तले समन्वय गर्दैआएकाले भ्रष्टहरूको दौडधूप संगठनतिर भन्दा यी शक्तिकेन्द्रतिर केन्द्रित रहेको बताइन्छ।

इन्स्पेक्टर सरुवामा लामो समयदेखि उपत्यकामा सोर्सफोर्स भिडाएर जरो गाडेर विभिन्न विभाग, वृत्त, प्रभाग, परिसर, ट्राफिक कार्यालय र महाशाखामा कार्यरतरुलाई काठमाडौं बाहिर खटाउनुपर्ने नीति अंगिकार गर्न दुर्गममा कार्यरतहरूको सुझाव छ। इन्चार्जबाट इन्चार्ज नदिन, सरुवामा दुर्गम स्थानमा सेकेन्डम्यान भएर काम गरेका इन्स्पेक्टरहरूलाई इन्चार्ज दिनुपर्ने, काठमाडौं उपत्यकाभित्र बसेकाहरूलाई विगतमा जस्तै सोर्सफोर्स, राजनीतिक दबाब र घुस कोसेलीपातका भरमा घुमाइफिराई काठमाडौंमै राख्नु नहुने माग सधैं पेलिएका इन्स्पेक्टरहरूको छ। यी आधारअनुसार सरुवा गरे न्यायिक, संगठनको नीतिअनुरुप र प्रहरीको प्रतिष्ठामा आँच नपुग्ने उनीहरूको छ। तर सभाषद् दाहाल र बीरेन्द्रलालको सल्लाहमा नीतिविपरीत पुनः राजनीतिक दबाब र घुस कोसेलीपातकै आधारमा संगठनको छविमा आँच पुर्यारउने ढंगले सरुवा हुन लागेको प्रहरी अधिकारीहरूको गुनासो छ।

आठ सयको संख्यामा सरुवा भए पनि नेपाल प्रहरीभित्र इन्स्पेक्टर इन्चार्ज हुने ५० वटा कार्यालय मालदार मानिन्छन्। ती कार्यालयमा सरुवा हुन विगतमा कमाउ स्थानमा रजगज गरेका इन्स्पेक्टरहरूले राजनीतिक लविङ र दलालमार्फत् घुस कोसेलीपातको समेत जोहो गरिसकेकाले इन्स्पेक्टर सरुवामा गृहसचिव र आइजीपीको नीति फेल खाने चर्चा प्रहरी प्रधान कार्यालयमा छ। ती कार्यालयमा जानका लागि न्यूनतम २ लाख रुपैयाँ घुसको कारोबार हुने गरेको प्रहरी सूत्रको भनाइ छ। इन्स्पेक्टरहरूले राजनीतिक र प्रशासनिक दबाब र घुुसकोसेली प्रयोग गरेर ताकेका स्थानहरूमा काठमाडौं उपत्यकाका दरवारमार्ग, सोहखुट्टे, जगाते, बनेपा, थानकोट, कोेटेश्वर, सानेपा, सातदोबाटो प्रभाग, गौशाला, जनसेवा प्रभागहरू छन्। त्यस्तै सीमा प्रहरी चौकी तातोपानी, बाह्रबिसे, जिल्ला ट्राफिक कार्यालयहरू चितवन, पर्सा, धादिङको गजुरी, झापा, जनकपुर, नेपालगंज, काभ्रे लगायतको प्रमुख हुनका लागि समेत भ्र्रष्टहरूको दौडधूप चलेको छ। पोखराको वडा प्रहरी कार्यालय बैदाम, इलाका प्रहरी कार्यालय रामबजार, काँकडभिट्टा, भैरहवाको बेलहिया, सालझण्डी, सुनौली, बुटवल वडा प्रहरी कार्यालय, कैलालीको मालाखेती, वडा प्रहरी कार्यालय धनगढी, पर्साका इनर्वा, श्रीपुर, बाराका सिम्रौनगढ, सिमरा, मोरङको रानी, चितवनको नारायगढ वडा, राजापुर बर्दिया र अंचलका १४ वटा गुल्म इन्स्पेक्टरका लागि आकर्षक र कमाउ कार्यालय मानिन्छन्।

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...