मायोज चाउचाउ उत्पादन गरिराखेको यहाँको उग्रतारा जनागाल-१ स्थित हिमालनय स्न्याक्स् एण्ड नुडल्स् प्रालिको गोदाम घरमा सोमवार बिहान लागेको भीषण आगलागी नियन्त्रणमा आएको छ ।स्थानीय बासिन्दा, नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरीद्वारा आगो नियन्त्रण गर्ने प्रयास गरे पनि आगो फैलिदै गएपछि आगो लाग्न सुरु भएको एक घण्टा पछि भक्तपुरबाट आएको दमकलले नियन्त्रणको प्रयास गरेको थियो । दमकलले आगो नियन्त्रणमा लिन नसकेपछि थप सहयोगको लागि स्थानीय प्रशासनको पहलमा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको समेत गरी ४ वटा दमकल र खानेपानी संस्थानका केही सवारी साधनहरु सहितको पहलमा बिहान १०ः४० देखि आगो लागेको ५ घण्टापछि आगो नियन्त्रण आएको हो । आगलागीले गर्दा गोदाम भवन पूर्ण रुपमा ध्वस्त हुँनुको साथै त्यस भित्र रहेका सबै सामानहरु जलेर नष्ट भएका छन् । आगलागी सुरु हुने बित्तिकै मजदुरहरु बाहिर निस्केकाले कुनै मानविय क्षति भएन । उक्त कारखानाबाट मायोज, साकालाका बुम, हुर्रे, लेकाली लगायतका ७ नामका चाउचाउ, २ नामका चिजबल, र हाम्पर्ट्टी उत्पादन हुँदै आइरहेको छ । 'गोदाममा चाउचाउ उत्पादनका लागि चाहिने कच्चा पदार्थ, मेसिनरी पार्टपुर्जा रहेको थियो' कारखानाका प्रशासकीय अधिकृत गौतमप्रसाद गौतमले भने 'त्यही भवनमा प्रशासकिय विभाग समेत संचालन गदै आएका थियौ ।' आगो फैलिदै गएपछि वरपरका व्यापारीहरुले पसलबाट सामानहरु सुरक्षित स्थलतर्फ लगेका थिए । आगो नियन्त्रणका लागि नेपाल प्रहरीका १ सय जना, गुहेश्वरी गण दुवाकोटबाट ४० जना शसस्त्र प्रहरी, खड्गध्वज गण धुलिखेलका ७० जना नेपाली सेना आगो नियन्त्रणको लागि खटिएका थिए ।'आगलागी बारेमा हामीले अनुसन्धान थालेका छौं' जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक सुरेन्द्र प्रसाद मैनालीले भने 'आगलागीको कारण खोज्दै छौं ।'आगलागीबाट भएको क्षतिको मूल्याङ्कन भइनसकेको कारखानाका अप्रेशन विभाग प्रमुख रविन्द्र सिलवालले जानकारी दिए ।
Subscribe to:
Post Comments (Atom)
सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ
रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...
-
रोशन कार्की काठमाडौं । तारे होटल तथा विभिन्न ठाउँमा सञ्चालनमा रहेका क्यासिनो (जुवाघर) सञ्चालकले सरकारलाई बुझाउनु पर्ने कर, बक्यौता र नव...
-
रोशन कार्की काठमाडौं । नेपालको मात्रै नभएर विश्वकै अर्बपतिहरुको सुचीमा परेका चौधरी ग्रुपका अध्यक्ष विनोध चौधरीको ठगीधन्धाको विवरण आउनेक्रम...
-
रोशन कार्की काठमाडौं । तीन वर्षअघि गएको महाविनाशकारी भूकम्पबाट घरबारविहीन भएका पीडितहरुले ऋण गरेर पक्की घर बनाउने कार्यमा तीव्रता आएसँगै...
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.