Thursday, October 20, 2011

मिर्गाैला बेचिसकेका अन्तर कथा 
न पैसा, न ज्यान
मिर्गाैला बेचिसकेका

होक्से-१, काभ्रेका रामकुमार ठकुरी, २९, को अनुहारमा बिग्रँदो स्वास्थ्य र घर्कंदो बैँसले चिन्ताका गाढा धर्साहरू कोरििदएको छ । अरूको घरमा मजदुरी नगरेको दिन उनको घरमा चुलो बल्दैन । तर, गह्रौँ भारी उठाउन सक्दैनन् । गाह्रो काम परेको दिन रातभर िनिद्रा पर्दैन । शारीरकि अशक्तता बढ्दै जाँदा अब आफ्नो बिहेसमेत हुँदैन भन्ने निष्कर्षको नजिक पुगेका छन् उनी । परविारमा आडभरोसा दिने अर्को व्यक्ति छैन । बरु उनीतिरै आशाका नजर पसार्नेहरूको लर्को छ । उनीसहित घरका छ जना सदस्यले मिर्गाैला बेचिसकेका छन् । सबैभन्दा पहिले उनका बुवाले ११ वर्षअघि मिर्गौला बेचेथे । मिर्गाैला झिकिएपछि तीन वर्षपछि पिसाब बन्द भयो । त्यसपछि परविारको साथ छाडे उनले । रामकुमार भन्छन्, "सायद मिर्गाैला नबेचेको भए अलिक धेरै वर्ष बाँच्ने थिए ।" दुई दिदी, एक बहिनी, एक भाइ र भिनाजुले समेत मिर्गाैला बेचिसकेका छन् । अब मिर्गाैला बेच्न उनकी आमा मात्रै बाँकी छिन् ।

मिर्गाैला बेच्न जाँदा उनका बुबाले मद्रासको समुद्रछेउमा उभिएर खिचेको फोटो अहिले पनि उनले घरको भित्तामा टाँगेका छन् । तर, बुवाको तस्िबरमा देखिएको खुसीभन्दा विपरीत उनको घरमा यतिखेर घोर अवसाद बर्सिएको छ । चिन्ता बिर्सन रामकुमार घरीघरी मदिराको सहारा लिन्छन् । मदिराले छाडेपछि उस्तै शिथिलता, पीडा र चिन्ताले घर गर्छ । १० वर्षअघि उनले आफ्नो मिर्गाैला बेचेका कारण यो बेचैनी बेहोररिहेका छन् । होक्सेमा उनी मात्र यस्ता एक्ला पात्र होइनन् । सिंगो होक्से गाविसमा कैयौँ पात्रहरू भेट्न सकिन्छ, जसले केही हजार रुपियाँका लागि आफ्नै शरीरको एक संवेदनशील अंग काटेर दिएका छन् । अनि अहिले रुँग्ण शरीर बोकेर पश्चातापको जिन्दगी बाँचिरहेका छन् । अक्सर पश्चात्तापको पीडा बिर्सन उनीहरू रक्सीको सहारा लिन्छन् र अन्ततः रक्सीकै कारण बर्बादीको सिकार बन्छन् । १५ वर्षअघि सुरु भएको अवैध मिर्गाैलाको व्यापारले धेरैको जिन्दगीमा ग्रहण निम्त्याएको छ ।

अवैध मिर्गाैला व्यापारको शृंखलाले सिंगो होक्सेलाई बदनाम मात्रै गराएको छैन, धेरैको जिन्दगीसमेत बर्बादीतिर धकेलेको छ । तैपनि, स्थानीय बासिन्दा अहिले पनि मिर्गाैला बेच्ने कामलाई पैसा कमाउने प्रभावकारी उपाय ठानिरहेकै छन् । यतिखेर होक्सेलगायत छिमेकी गाउँहरू भारतदेखिका मानव अंग कारोबारीबीच 'बैँक अफ किड्नी'का रूपमा चिनिन्छन् । मिर्गाैला व्यापारका कारण दलालहरू मोटाउँदै गएका छन् र स्थानीयहरू आर्थिक रूपमा मात्रै होइन, शारीरकि रूपले पनि दिनदिनै कमजोर बन्दै गएका छन् ।

मिर्गाैला बेच्नेहरूको सिंगै पुस्ता नै तयार भएको छ । यही पुस्ताको कमजोर स्वास्थ्यका कारण परम्परागत स्थानीय सीप पनि नासिँदै गएर उनीहरूलाई परनिर्भर बनाएको छ । पाँचखाल-७ का मानध्वज तामाङ, ५०, लाई हेरौँ । १० वर्षअघिसम्म उनी पाखुरी खियाएर सजिलै परविार पालेका थिए । मिर्गाैला बेचेर फर्केपछि उनको ताकत घट्दै गयो । स्वास्थ्य बिग्रँदै गयो । मिर्गौला निकाल्नका लागि चिरेको ठाउँमा हुने निरन्तरको दुखाइले उनको अधिकांश समय आच्छु र ऐय्यामा बित्छ । अचेल उनी दिनभर खटेर काम गर्न सक्दैनन् । फलतः आम्दानीको स्रोत घट्दै गएको छ । कहिले त हातमुख जोर्ने समस्या हुन्छ । "अहिले यस्तो दुःख खेप्नुपर्छ भन्ने थाहा पाएको भए किन बेच्थेँ र ?" उनी भन्छन् ।

मानध्वजको भन्दा फरक छैन, होक्से-१ का गोपी सापकोटाको दैनिकी । तर, निरन्तरको मदिरा सेवनका कारण खिइँदै गएको आफ्नै शरीरप्रति भने उनलाई रत्तिभर चिन्ता छैन । बरु मिर्गाैला बेच्दा आफू ठगिएको बोधले उनलाई आजसम्म कोपररिहेको छ । भन्छन्, "पूरै पैसा पाएको भए के-के गरौँला भन्ने थियो ।" काभ्रेभर मिर्गाैला बेच्नेहरूको संख्या १ सय  ५० नाघेको अनुमान छ । पाँचखाल, होक्से र ज्याम्दी गाविसको नाम यसमा अगाडि आउँछ । होक्सेमा त मिर्गाैला नबेचिएको घर नै भेट्न मुस्िकल छ । अनुमान अनुसार होक्से गाविसकै जोरपिप्ले र शिखरापुरका मात्रै ३५ भन्दा बढीले बेचेका छन् । मिर्गाैला बेचेकै कारण गाउँमा कतिको बिहे हुन सकेको छैन भने कतिको घरपरविार विखण्डित छ । होक्सेका स्थानीय अगुवा सागर राईका अनुसार मिर्गाैला बेचेर कमजोर स्वास्थ्य भएकै कारण बिहे हुन नसकेका युवाको संख्या गाउँमा बढ्दै गएको छ । अर्कोतिर विवाहितहरूको कथा पनि दुःखान्तपूर्ण छ । जस्तो ः ध्रुव परयिार, ३५, भारतमा मिर्गाैला बेचेर फर्केपछि उनी शारीरकि रूपमा कमजोर बन्दै गए र  भनेजस्तो काम गर्न सकेनन । आर्थिक अभावले गाँजेपछि घरमा बेमेल बढ्यो ।  श्रीमतीले पनि उनको साथ छाडेर अर्कैसँग हिँडिन् । ध्रुवकी दिदी मैयाँ परयिारको चिन्ता छ, "भाइ सधैँ कोखा दुखिरहन्छ भन्छ । दुखाइ कम गर्न भन्दै रक्सी खान्छ । अब त्यसको भविष्य के होला ?"

ख्यालख्यालमै मिर्गाैला बेचिएकाहरू पनि यहाँ धेरै भेटिन्छन् । भारतीय सहर कोलकाता र मद्रास घुम्न पाउने लोभ, नयाँ कपडा लगाउन पाउने आसमै कतिका मिर्गाैला झिकिएका छन् । "सिंगो होटल नै रजिर्भ गरेर बसियो । नयाँ कपडा लगाइयो । काठमाडौँ बेस्सरी घुमियो, मस्ती गरयिो," होक्सेमा पहिलोपटक मिर्गाैला बेच्नेमध्येका एक गोपी सापकोटा सम्झन्छन् । बिरामीका कुरुवा बनेर मद्रास पुगेका उनले र्फकंदा ६० हजार लिएर फर्केका थिए । त्यही पैसाले उनको अनुहारमा केही दिन खुसी ल्याएको थियो । तर, त्यो धेरै दिन टिकेन । धुलिखेलदेखि काठमाडौँका एकसेएक अस्पताल चहारसिके । ५० हजारभन्दा बढी रुपियाँ खर्च गरसिके । कोखा दुख्न कम हुनुको साटो दिनदिनै बढ्दै छ । पाँचखालका रामबहादुर रजिाल, ३०, को मिर्गाैला थाहै नपाई बेचियो । बाबुआमाका एक्ला सन्तान उनको शारीरकि अशक्तताका कारण परविारमाथि नै चोट परेको छ । उनकी आमा रत्नाकुमारी, ६०, भन्छिन्, "हामीलाई पाल्ला भनेको छोरोको नै यस्तो हालत बनाइदिए, अपराधीहरूले । यसरी मेरो सोझो छोरालाई झुक्याउनेहरूलाई सधैँ सराप दिन्छु ।" यति भनिसकेपछि रत्नाकुमारीले धारे हात लगाइन् । भगवान् पुकारिन् । तीन सन्तानका बाबु रामबहादुरको अवस्थाको बेलिविस्तार लगाउँदालगाउँदै भक्कानिइन् ।आर्थिक समस्या टार्न मिर्गाैला बेचेको बताउनेहरू जताजतै भेटिन्छन् तर मिर्गाैला बेचेर गरबिीबाट उक्सेको बताउने कोही भेटिँदैनन् । मिर्गाैला बेच्न को जाँदैछ भन्ने सिंगै गाउँलाई पहिला नै थाहा हुन्छ । स्थानीयका भनाइमा, सुटुक्क गाउँबाट कोही हरायो भने मिर्गाैला बेच्न गएको ठाने हुन्छ । मिर्गाैला बेचेर र्फकनेहरूको सान-सौकत सुरुका केही महिना त गाउँभर िगफको विषय बन्छ । नयाँ कपडा, नयाँ जुत्ता, काँधमा ट्याग झुन्डिएको झिल्के झोला बोकेर गाउँ छिर्छन् । पैसा नसिद्धिएसम्म तिनीहरूको चुरीफुरी रहिरहन्छ । पैसा सकिएपछि घोर निराशा र दुःखमा बदलिन्छ । गोपी भन्छन्, "सबै छरछिमेक र साथीभाइलाई पैसा भइन्जेल रेस्टुराँ नै रजिर्भ गरेर मदिरा खुवाउनु सामान्य जस्तै मानिन्छ ।" उनी स्वयंले पनि यस्तै गरेका थिए । भन्छन्, "मिर्गाैला बेचेको पैसा कहाँ गयो कहाँ ?"

मिर्गाैला बेचेकै कारण ज्यान गुमाउनेहरूको संख्या पनि कम छैन । जसलाई प्रहरी प्रश्ाासन र सामाजिक संघसंस्थाहरूले थाहा पाएर पनि केही गर्न सकिरहेका छैनन् । केही वर्षअघिसम्म केही स्थानीय बासिन्दाले मिर्गाैलाको अवैध व्यापार रोक्न पहल पनि गरेका थिए । तर, त्यस अभियानले निरन्तरता पाउन सकेन । अभियानकर्तामध्ये एक सदस्य सागर राई भन्छन्, "सिंगो गाउँका बासिन्दा नै मिर्गाैला बेचेर पैसा कमाएकामा आरसि गर्न थाले भनेर हामीविरुद्ध एक भएपछि केही गर्न सकेनौँ ।" मिर्गाैला बेच्नेहरूको कहाली देखेरै पनि त्यो क्रम रोकिएको छैन । जसको पछिल्लो उदाहरण हुन्, दुई महिना पहिले मात्रै मिर्गाैला बेचेर फर्केका होक्सेका हरबिोल धिताल । पाँचखालकै बालकुमार तामाङ, ३६, हाकाहाकी भन्छन्, "भनेको जति पैसा पाए म पनि मिर्गाैला बेचिदिन्थेँ । सधैँ मजदुरी गर्नुभन्दा एउटा मिर्गाैला बेच्न पाए अनेक थोक गर्न सकिन्थ्यो ।"
                                                                                           साभार नेपाल

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...