सानाको नाउँमा ठूला व्यापारीको कर छली
ठूला व्यापारिक घरानाहरूले नासा र आफूले चिनेका व्यवसायीका र्फमको नाममा नक्कली भ्याट बिल छाप्ने गरेको फेला परेको छ । नक्कली भ्याट बिल प्रकरणमा अनुसन्धान गरिरहेको आन्तरिक राजस्व विभाग र मातहतका कार्यालयले गरेको छानबिनमा ठूला घरानाले साना र चिनेा व्यापारी र्फमका नाममा नक्कली बिल छाप्ने र त्यसबाट कारोबार देखाउने गरेको फेला परेको हो । ‘ठूला घरानाले साना व्यापारीहरुको नाममा रहेको र्फमको बिल छापेर त्यसमार्फत सामान किनेको देखाएका छन्’, अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘यही माध्यमबाट उनीहरुले भ्याट र राजश्व छली गरिरहेका छन् । सामान्य व्यवसायिक धर्म पनि पालना गरेकेा देखिएन ।’ नेपाल उद्योग वाणिँय महासंघका दुर्य पदाधिकारीको र्फमको नाममा मोरङ व्यापार संघका एक पदाधिकारीले नक्कली बिल छापेको महासंघका एक कार्यंसमिति सदस्यले जानकारी दिए । विभागले असोज मसान्तसम्म ३ सय ६५ र्फमको अनुसन्धान गरी ३ अर्ब ४५ करोड रुपैयाा कर निर्धारण गरेको छ । यसमध्ये भ्याट १ अर्ब ९१ करोड, आयकर १ अर्ब ५० करोड र अन्तशुल्क २ करोड छ । सबै अनुसन्धान पूरा हुादा पााच अर्ब कर निर्धारण हुने विभागको अनुमान छ ।
४६ छोटी भन्सार बन्द
सरकारले ४६ ओटा छोटी भन्सार कार्यालय पूर्णरूपमा बन्द गर्ने भएको छ । उक्त भन्सार बन्द गर्न भन्सार विभागले अर्थ मन्त्रालयमा विवरण पठाइसकेको छ । तर, मन्त्रालयबाट बन्द गर्ने स्वीकृति आउन बाँकी रहेको विभागका महानिर्देशक टङ्कमणि शर्माले बताए । पूर्व-पश्चिम राजमार्गको निर्माण र सञ्चारको विकाससँगै पुराना भन्सार कार्यालय अपायक भएका छन् । उनका अनुसार हुलाकीमार्गलाई लक्षित गरी स्थापना भएका कार्यालयहरू बन्द गर्न लागिएको हो । यस्ता कार्यालय बन्द गर्नाले राजस्वमा कुनै असर नपर्ने पनि उनले बताए ।
सरकारी तथ्याङ्कअनुसार १ सय ४३ छोटी भन्सार कार्यालय छन् । बन्द गर्न लागिएका प्राय: सबै भन्सार कार्यालय भारतसँग सिमाना जोडिएका स्थानका भएको बताइएको छ । विभागका अनुसार भारतसँग ९७ ओटा भन्सार कार्यालयमात्र स्थापना गर्ने सहमति भइसकेको छ । कहाँ-कहाँको छोटी भन्सार बन्द गर्दा राजस्व सङ्कलनमा असर पर्दैन भन्ने विषयमा ठूला भन्सार कार्यालयसँग छलफल भइरहेको विभागको भनाइ छ । विभागले बन्द गर्न लागिएका छोटी भन्सार कार्यालयको विवरण पनि मागेको छ । महानिर्देशकका अनुसार ठूला भन्सार कार्यालयको सिफारिशका आधारमा छोटी भन्सार कार्यालय बन्द गर्ने कि सञ्चालन गर्ने भन्ने टुङ्गो गरिनेछ ।
हाल ३१ ठूला र करीब ७० छोटी भन्सार कार्यालय सञ्चालनमा छन् । सञ्चालित छोटी भन्सार कार्यालयमा कर्मचारीको अभाव भएका कारण केही महीनाअघि विभागले सुब्बा तहका ३५ कर्मचारी खटाएको थियो । जम्मा छोटी भन्सार कार्यालयमध्ये ७० मात्र सञ्चालनमा आउँदा राजस्वमा समेत असर परेको शर्मा बताउँछन् । बन्द हुने भन्सार कार्यालयमध्ये केही चीनसँग सिमाना जोडिएका पनि हुन सक्ने उनको भनाइ छ । अर्थ मन्त्रालयबाट निर्णयभएपछि ठूला ३१ र छोटी ९७ गरी १ सय २८ भन्सार कार्यालय सञ्चालनमा आउने पनि शर्माले बताए ।
यसका साथै विभागले यूएसआईडीको सहयोगमा सबै ठूला भन्सार कार्यालयमा इण्टरनेट पोर्टल (आईपी) जडित क्यामरा जडान गर्ने भएको छ । यो क्यामेरा जडान भएपछि विभागमै बसेर विभिन्न स्थानमा रहेका भन्सार कार्यालयहरुका गतिविधि र काम कारबाही अवलोकन एवम् चेकजाँच गर्न सकिन्छ । महानिर्देशक शर्माले भने, 'यसपछि भन्सार कार्यालयमा भएका कामलाई चुस्त-दुरुस्त बनाउन सहयोग पुग्नुका साथै त्यहाँ भएका मालवस्तुको चेकजाँच एवम् तिनको भन्सार छुटाउने प्रक्रियालाई विभागमै बसेर हेन सकिन्छ ।'
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.