भारी बोक्ने भरियालाई साढे दुई अर्ब जरिवाना !
उनी कहाँ छन् ? यसको पत्तो कसैलाई छैन । तर जहाँ भए पनि सर्लाहीका पदमबहादुर राउतले २ अर्ब ५० करोड जरिवाना तिर्नुपर्नेछ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश बालेन्द्र रुपाखेतीले हालै गरेको फैसलाअनुसार उनी दुई वर्ष जेल पनि बस्नुपर्नेछ । भ्रष्टाचारमा मुद्दा चलाएका देशका सबै अभियुक्तको बिगो जोड्दा पनि राउतको जति पुग्दैन । सर्वोच्च अदालत स्थापना भएदेखि उठ्न बाँकी बिगो र जरिवाना मात्रै साढे चार अर्ब छ । तर यी राउत एक्लैले साढे २ अर्ब जरिवाना तिर्नुपर्ने भएको छ । यतिका रुपैयाँ बिगो तिर्नुपर्ने अपराधी यी राउत को हुन् त ?
उनीविरुद्ध पेस भएको अभियोग पत्रअनुसार यिनी सामाखुसीस्थित ‘न्यु दाहाल बिजनेस इन्टर प्राइजेज’ का मालिक हुन् । यही र्फमको कागज देखाएर यिनले हिमालयन र इन्भेस्टमेन्ट बैंकबाट ३ करोड ३४ लाख ६० हजार ६ सय ३७ अमेरिकी डलर अर्थात् अढाई अर्ब नेपाली रुपैयाँ नक्कली बिल देखाएर भुक्तानी लिए । राजस्व अनुसन्धान विभागका अनुसार यही नै यिनको कसुर थियो । विभागका तत्कालीन उपमहानिर्देशक राममणि दुवाडीले १३ महिनाअघि मुद्दा दायर गरेका थिए ।
अनेक प्रमाण र साक्षी बुझेपछि न्यायाधीश रुपाखेतीले उनी दोषी ठहर्याउँदै विभागको दाबीअनुसारै फैसला गरिदिए । तर यतिका पैसा घोटाला गर्ने अभियुक्त राउतका बारे अदालत, प्रहरी र सरकारी वकिल कसैलाई पनि जानकारी छैन । ‘हामीले पनि निकै खोज्यौं,’ दुवाडी भन्छन्, ‘उनी त भरिया अरे, अन्नपूर्ण क्षेत्रतिर भारी पो बोक्छन् अरे ।’
दुवाडीका अनुसार विदेशी मुद्राको अवैध कारोबार गर्ने गिरोहले अरूको नागरिकता राखेर र्फम खोल्छन् र उसैका नाममा कारोबार गर्छन् । ‘राउतका सम्बन्धमा पनि भएको त्यही हो,’ उनी भन्छन्, ‘धेरै खोजबिन गरेपछि हामीले नारायण पौडेललाई पक्रन सफल भयौं ।’ सिन्धुपाल्चोक फुटिङका पौडेल नै उक्त डलर काण्डका मुख्य दोषी भएको विभागको अनुसन्धानले देखाउँछ । तर कागजमा उनी कहीँ मुछिएका छैनन् । अदालतको बयानमा उनले उल्टै राउतलाई चिन्दिनँ भनेका छन् । तैपनि अदालतले पौडेललाई समेत दोषी मान्दै ३ करोड जरिवाना र १ वर्ष ३ महिना जेल सजाय हुने फैसला गरेको छ । पौडेल २०६६ माघ २० गते बैंकमा पैसा साट्न जाँदा विभागको सुराकीमा परेर समातिएका थिए । त्यसबेलादेखि उनी थुनामै छन् ।
- अवैध मोबाइल बेच्ने ३ चिनियाँ पक्राउ
मोबाइल एसेम्बल गर्ने दुई कम्पनी दर्ता गरी मोबाइलको चोरी पैठारीमा संलग्न तीन चिनियाँ नागरिकलाई आन्तरिक राजस्व विभागले पक्राउ गरेको छ । चोरी पैठारी गरी भित्र्याइएका १६ करोड रुपैयाँभन्दा बढीको मोबाइल कारोबार गरे पनि राजस्व नतिरेका उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि मंगलबार राजस्व अनुसन्धान विभागको जिम्मा लगाइएको छ । मियु मोबाइल एसेम्बल कम्पनी (प्रा) लि नामको कम्पनी दर्ता गरी मोबाइलको अवैध कारोबारमा संलग्न मेलभिन भनिने मियु र आफेई नामका चिनियाँलाई आन्तरिक राजस्व विभागले सोमबार पक्राउ गरेको थियो । एसेम्बल कम्पनी दर्ता गरे पनि उनीहरूले महाबौद्धस्थित प्रधान आर्केडमा पसल खोलेर चोरी पैठारी गरी भित्र्याइएका मोबाइलको थोक कारोबार गरिरहेका थिए ।
गत जेठमा कम्पनी दर्ता गरेका उनीहरूले ४ करोड ९४ लाख रुपैयाँ बराबरको हजारौं मोबाइल सेट बिक्री गरिसकेका थिए । चीनको सीमावर्ती बजार खासामा पसल सञ्चालन गरिरहेका उनीहरूले त्यहाँबाट मोबाइल ओसारेर राजधानीमा थोक कारोबार गरिरहेका थिए । मियु नेपाली युवतीसँग बसोवास गरिरहेका थिए । टेली इलेक्टि्रकल एसेम्बल कम्पनी नामको कम्पनी दर्ता गरेर अवैध कारोबारमा संलग्न ली वाङलाई आन्तरिक राजस्वको २ नम्बर कार्यालयले पक्राउ गरेको हो । कम्पनी नवीकरणका लागि उनले पेस गरेको कर चुक्ताको प्रमाणपत्र कीर्ते भएको आशंकामा उद्योग विभागले जानकारी गराएपछि बबरमहलस्थित २ नम्बर कर कार्यालयले आइतबार उनलाई नियन्त्रणमा लिएको हो । उनले न्युरोडको पाकोस्थित ताम्राकार हाउसबाट कारोबार गरिरहेका थिए । २०६५ सालमा दर्ता भएको यो कम्पनीले ११ करोडभन्दा बढीको कारोबार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । मूल्य अभिवृद्धि कर ऐन (भ्याट) अन्तर्गत थुनामा राख्ने अधिकार नभएका कारण उनीहरूलाई भन्सार चोरी पैठारीअन्तर्गत कारबाही गर्न राजस्व अनुसन्धान पठाएको विभाग स्रोतले जनाएको छ । 'थुनामा नराख्दा भाग्ने सम्भावना भएका कारण उता पठाइएको हो,' एक जना अधिकारीले भने ।

हेलम्बु अब 'गुम्बा गाउँ’
कुनै वेला स्याउका लागि प्रख्यात सिन्धुपाल्चोकको हेलम्बु गाउँ अहिले गुम्बा गाउँका रूपमा चिनिन थालेको छ । केही वर्षअघिदेखि स्याउ फल्न छाडेपछि गुम्बाहरूले भरिएको हेलम्बुलाई 'गुम्बा गाउँ' भन्न थालिएको हो ।
'हेलम्बुलाई स्याउको गाउँ होइन, अब गुम्बाको गाउँ भन्नु ठीक हुन्छ' हेलम्बुका बासिन्दा भन्छन् । यहाँ साना-ठूला ३० भन्दा बढी गुम्बा छन् । एक वर्षमा मात्र यहाँ आठवटा गुम्बा थपिएका छन् । स्याउ फल्न छाडेपछि नयाँ परिचय बनाउन गाउँलेले गुम्बा निर्माणमा जोड दिएको स्थानीयवासी बताउँछन् । 'अब हेलम्बुलाई गुम्बाहरूको गाउँ भनेर चिनाउने अभियानमा छौँ,' तार्केघ्याङ गुम्बा संरक्षण समूहका अध्यक्ष कुइसाङ लामाले, 'ह्योल्मो समुदायको बाहुल्य रहेको हेलम्बुमा गुम्बालाई सुरुमा धर्म र संस्कारसँग जोडिन्थ्यो भने अहिले धार्मिक पर्यटनसँग जोड्न थालको छौँ ।' तिब्बतीयन संस्कृति रहेको हेलम्बुमा बुद्धिस्ट पर्यटकलाई आकषिर्त गर्न सकिने सम्भावना रहेको उनले बताए ।
अहिले गाउँमा आएको बजेट पर्यटक लोभ्याउन स्थानीयबासीले गुम्बामा खर्च गर्न थालेका छन् । गुम्बाभित्रका बुद्धका मूर्ति तथा आकृति मन लोभ्याउने खालका छन् । हालै मात्र यहाँको पुरानो चिरी गुम्बा जीर्णोद्धार गरेर आकर्षक बनाइएको छ । राष्ट्रपति रामवरण यादवले दुई साताअघि यहाँ आएर गुम्बाको उद्घाटन गरेका थिए । चन्दा संकलन गरेर सामूहिक प्रयासमा मात्र होइन, व्यक्तिगत लगानीमा समेत गुम्बा बनाउने क्रम सुरु भएको छ ।
पछिल्लो समयमा यहाँका युवा वैदेशिक रोजगारीमा जाने क्रम बढेकाले आर्थिक स्तर राम्रो भएका कारण निजी स्तरमा पनि गुम्बा निर्माण हुन थालेको हो । यहाँका एउटै गुम्बामा पाँच लाखदेखि एक करोड रुपैयाँसम्म लगानी भएको छ । स्थानीय ह्योल्मो भाषामा गुम्बालाई 'घ्याङ' भनिन्छ । हेलम्बुको मेलम्चीघ्याङ, तार्केघ्याङ, घ्याङगुल, नाखाते गाउँ गुम्बाले भरिन थालेका छन् । एकै टोलमा तीनवटासम्म गुम्बा छन् । यहाँका केही गुम्बा अत्यन्तै पुराना छन् । चिरिघ्याङ हेलम्बुको सबैभन्दा पुरानो गुम्बा हो । यो गुम्बा ६ सय ७५ वर्ष पुरानो भएको बताइन्छ । त्यतिवेलै ५० लाख रुपैयाँभन्दा बढी खर्चेर बनाइएको तार्केघ्याङ गुम्बाको ०२८ सालमा तत्कालीन राजा महेन्द्रले उद्घाटन गरेको स्थानीयबासी बताउँछन् । शाहीकालमा गुम्बा निर्माणका लागि राजपरिवारबाट जग्गा उपलब्ध गराइएको थियो । हेलम्बुका केही पुराना गुम्बामा बौद्ध शिक्षासमेत सञ्चालन गरिँदै आएको छ । गुम्बा संरक्षणका लागि भने सरकारबाट खासै सहयोग नपाएको स्थानीयवासीको गुनासो छ । सरकारले सहयोग नगरेपछि निजी खर्चमा गुम्बा संरक्षण गरिँदै आएको छ । 'यहाँका गुम्बा हामीले नै संरक्षण गर्दै आएका छौँ । सरकारले कुनै सहयोग गरेको छैन,' संरक्षण समूहका अध्यक्ष लामाले भने ।

No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.