जडीबुटीमा अवैध धन्दा
सात वर्ष अस्टे्रलियामा भन्दा दुई वर्ष बाजुरामै जडीबुटी कारोबार गर्दा दोब्बर कमाइ भयो," जडीबुटी खरदिका लागि बिच्छ्याँ जाँदै गरेका कञ्चनपुरस्थित त्रिशक्ति जडीबुटी उद्योगका एक सञ्चालक निकै प्रसन्न मुद्रामा थिए। उनका अनुसार, जडीबुटीको व्यवसाय कानुनीभन्दा पनि अवैध बढी छ, जसमा जिल्ला वन कार्यालयदेखि वन विभागको उच्च तहका कर्मचारीको मिलेमतो रहन्छ।
बाजुरामा १ सय ५० भन्दा बढी प्रजातिका जडीबुटी रहेको तथ्यांक छ। जडीबुटी नै यस जिल्लाको प्रमुख आयस्रोत हो। तर, जिल्लाको त्यही स्रोतमाथि बर्सेनि करोडौँको अनियमितता भइरहेको स्रोतको भनाइ छ। जसका कारण यहाँको आर्थिक सम्पदा क्रमशः नासिँदैछ। जानकारहरू भन्छन्, यही अवस्था रहे बाजुराका वन जंगलमा केही वर्षपछि मूल्यवान जडीबुटी देख्न पाइने छैन।
एक महिनायता जडीबुटी पाइने मुख्य वन जंगलहरूमा ठेकेदारहरूको धुइरो लागेको स्थानीय बासिन्दाहरू बताउँछन्। बिच्छ्याँ, रुगिन, साप्पाटा, जुकोट, गोत्री, दहकोट, मानाकोट, पान्डुसेन, कैलाशमाडौँलगायतका गाविसमा रहेका राष्ट्रिय वनहरू जडीबुटीका भण्डार मानिन्छन्। यिनै वनहरूमा जडीबुटी संकलन तथा खरदिका लागि ठेकेदारहरूको तँछाडमछाड चलेको जिल्ला जडीबुटी व्यवसायी संघले जनाएको छ।यस वर्षका लागि कुट्की, रातो च्याउ, सतुवा, डाले चूक, जटामसी, पदमचाल, सुगन्धवाललगायत २४ प्रजातिका जडीबुटी संकलन तथा निकासीका लागि अनुमति आएको जिल्ला वन कार्यालयको कागजमा उल्लेख छ। तर, कुन प्रजातिको जडीबुटी कति परमिाणमा संकलन तथा निकासी हुँदैछ भन्नेमा निमित्त प्रमुख रेञ्जर लालबहादुर विकसमेत अनभिज्ञ छन्।
पहिलो चरणमै यहाँको जडीबुटी अवैध रूपमा संकलन भइरहेको छ। अनुमतिबिना जडीबुटी संकलन गर्न नपाउने कानुनी प्रावधान छ। तर, संकलकहरूले उक्त नियमको बेवास्ता गर्दै दुई महिनाअघिदेखि नै मूल्यवान जडीबुटीको संकलन थालेका छन्। ठेकेदारहरूले निकासीका लागि कार्यालयबाट तोकिएको परमिाणमा पुनः इजाजत-पत्र लिनुपर्ने हुन्छ। जडीबुटी ठेकेदारहरूको आग्रहमा स्थानीय बासिन्दाहरू नै बढी संख्यामा संकलन कार्यमा संलग्न हुने गरेका छन्। जडीबुटीको भण्डारका रूपमा चिनिँदै आएको बिच्छ्याँ-६ देउसैनका स्थानीय पूर्वलाल थापा भन्छन्, "हामीले त असोजमै जडीबुटी संकलन गरेर हुम्लाबाट आएका ठेकेदारलाई बिक्री गरसिक्यौँ।" जिल्लाकै सबैभन्दा विकटमा रहेको गाविस हो, बिच्छयाँ। सदरमुकामबाट यहाँ पुग्न चार दिन पैदल हिँड्नु पर्छ। यो सबै प्रक्रियाको नियमन गर्ने काम जिल्ला वन कार्यालयको हो। तर, कार्यालयका केही कर्मचारीले यसमा अनियमितता गररिहेको स्वयं ठेकेदारहरूको कथन छ। जस्तो ः कुट्कीको राजस्व प्रतिकिलो १५ रुपियाँ छ। तर, कर्मचारीले ठेकेदारबाट ३० रुपियाँ असुल्ने गरेको ठेकेदारहरूको भनाइ छ। यसरी बढी रकम दिनेले अनुमतिभन्दा बढी परमिाण निकासी गर्न पाउँछन्।
बाँकेवाटमात्रै प्रत्येक वर्ष ७० लाख किलो जडीबुटी निर्यात
बाँके जिल्लाबाट प्रत्येक वर्ष सरदर ७० लाख किलो जडीबुटी निर्यात हुने गरेको छ । नेपाल जडीबुटी सङ्घ केन्द्रीय समितिको तथ्याङ्कअनुसार जिल्लाको नेपाल-भारत सीमा नाकाबाट भारत, अमेरिका, चीन, पाकिस्तान, बङ्गलादेश, फ्रान्स, स्विजरल्याण्ड, अष्टे्रलिया, जर्मनलगायतका मुलुकमा जडीबुटी निर्यात हुने गरेको छ । ती मुलुकमा रिठ्ठा, अमला, टिम्मुर, काउलो, सतुवा, बोझो, सालनदाना, चिराइतो, प्राउनबोक्रा, सुठो, सोफनल, दालचिनी, अमरदाना, जटामसीलगायतका जडीबुटी निर्यात हुने गरेको सङ्घका अध्यक्ष मधुकर थापा क्षेत्रीले बताउनुभयो ।
सरकारले जडीबुटीसम्बन्धी पुरानो नीतिलाई संशोधन गरी सरलीकृत गरेमा जडीबुटीको उत्पादन, सङ्कलन र व्यवसायमा किसान र व्यवसायीको आकर्षण वृद्धि हुने सम्भावना देखिएको उहाँको भनाइ थियो । सङ्घले भारत र तेस्रो मुलुकमा निर्यात गर्दै आएको जडीबुटीको परिमाणलाई वाषिर्क एक करोड किलो पुर्याउने लक्ष्य लिएकाले सरकारले पनि त्यसका लागि पुरानो नीति, नियममा संशोधन गर्नु आवश्यक रहेको जडीबुटी व्यवसायी मोहम्मद याकुब अन्सारीले बताउनुभयो । मध्य तथा सुदूरपश्चिमाञ्चलका हिमाली तथा पहाडी जिल्लाबाट जडीबुटी सङ्कलन गरी नेपालगन्जमा भण्डारण गरिने र यहाँबाट अन्य मुलुकमा निर्यात हुने गरेको छ । यहाँबाट सबैभन्दा बढी भारतमा ८५ प्रतिशत जडीबुटी निर्यात हुने गरेको छ ।
सङ्घले जडीबुटी उत्पादनकर्ता, सङकलनकर्ता, निर्यातकर्ता र नीति निर्मातालाई एकै थलोमा जम्मा गरी यो व्यवसायलाई मुलुकको आर्थिक विकासको मूलधारमा जोड्ने उद्देश्यले आगामी मङ्सिर २२ देखि २६ गतेसम्म नेपालगन्जमा तेस्रो राष्ट्रिय जडीबुटी मेला तथा राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना गर्ने कार्यक्रम प्रकाशित गरेको छ । सो मेलामा सार्क क्षेत्र मुलुकका जडीबुटी व्यवसायीको जडीबुटी तथा मसलाको ८० भन्दा बढी स्टल राखिने र एक लाख बढी आम नागरिकले मेला अवलोकन गर्ने लक्ष्य निर्धारण गरिएको छ ।
जडीबुटी मेला तथा राष्ट्रिय कार्यशाला गोष्ठीबाट क्रेता र बिक्रेताबीचको सम्बन्धलाई परिष्कृत गरी नयाँ व्यापारिक बिन्दुको खोजी गरिने छ । मेला तथा राष्ट्रिय कार्यशाला गोष्ठी व्यवस्थितरुपमा सञ्चालन गर्न सङ्घका पदाधिकारीको संयोजकत्वमा विभिन्न १७ उपसमितिसमेत गठन गरि सकिएको छ । जडीबुटी व्यवसायमा बाँके जिल्लामा हाल ११० जना संलग्न रहेका छन् । २५ कात्तिक, बाँके ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.