भन्सारमा घूस दर दोब्बर वृद्धि
वीरगन्ज स्थलमार्ग भई मुलुक प्रवेश गर्ने मालवाहक ट्रकबाट सीमास्थित भारतीय भन्सारले अवैध रूपमा असुल्ने रकममा दोब्बर वृद्धि भएको छ । केहीअघि रक्सौल भन्सारले घूसको दर ह्वात्तै बढाएकाले सामानको लागत वृद्धि भएको व्यवसायीले बताएका छन् । विभिन्न ७१ वस्तुमा रक्सौल भन्सारले निर्धारण गरेको दर एजेन्टबाट प्राप्त भएको छ ।
भारतीय एजेन्टका अनुसार भन्सारमा दिनुपर्ने घूस रकम जोडेर गाडीको भाडा निर्धारण गरिने भएकाले ढुवानी लागत वृद्धि भएको छ । 'भारतीय भन्सारले घूस लिए पछि व्यवसायीको लागत बढ्ने भएकाले आमनेपाली उपभोक्तामाथि यसको भार पर्छ,' तिनले थपे, 'भारतीय कर्मचारीले घूस खाएको रकम आमनेपालीले तिर्नुपर्छ ।'
रक्सौल भन्सारले दैनिक करिब ५० लाख भारतीय रुपैयाँ (भारु) अवैध रूपमा असुल्ने गरेको व्यवसायीको दाबी छ । भारतीय भन्सारबाट 'परिमार्जित' दररेट अनुसार ठेला, बयलगाडा, ट्रक र रेलबाट आउने हरेक वस्तुको छुट्टाछुट्टै दर निर्धारण गरिएको छ । ससानो परिमाणमा खाद्यान्न, चिनी, तेल, कपडा लगायत सामान भित्र्याउँदा प्रतिठेलागाडा ५ सय भारु, बयलगाडाको ८ सय भारु असुल्ने गरिएको छ । प्रतिट्रक आलुको २ हजार, प्याजको ३ हजार र मकैको ३ हजार ५ सय भारु निर्धारण गरिएको छ । उद्योगको मेसिनरीमा समेत बिजक मूल्य एक प्रतिशत असुल्न थालेको सम्बद्ध व्यवसायीले बताएका छन् । प्रतिट्रक कोइला आयात गर्दा ३ हजार भारु घूस दिनुपर्छ ।
यहाँ भित्र्याइने सामान भन्सार क्षेत्र पुग्नुअघि नै एजेन्टले निर्धारित घूस रकम अधिकृत (बाबु) लाई दिन्छन् । 'वस्तु अनुसार पैसा बुझेपछि सादा कागजको टुक्रामा मिति र नम्बर लेखेर दिन्छन्,' एजेन्टले भने, 'जाँचपासको समयमा ट्रक चालकले त्यही कागजको टुक्रा कर्मचारीलाई दिएपछि सामान नेपाल भित्र्याउन दिइन्छ ।'
मुलुक भित्रिने ६० प्रतिशत वस्तु यहाँबाट आउँछ । वीरगन्ज नाकाबाट प्रत्येक दिन करिब एक हजार मालवाहक सवारी भित्रिन्छन् । प्रत्येक सवारीले भारतीय भन्सारमा वस्तु अनुसार घूस रकम बुझाउनुपर्छ । भारतीय भन्सारको अवैध असुलीले नेपालको व्यापारलाई निरुत्साहित गरेको उद्योगीले गुनासो गरेका छन् । 'पटक पटक समस्याबारे अवगत गराउँदा पनि सुनवाइ भएको छैन,' वीरगन्ज उद्योग वाणिज्य संघका एक पदाधिकारीले भने ।
वीरगन्जमा रहेको नेपालका लागि भारतीय महावाणिज्य दूतावासमा समेत उद्यमी व्यवसायीले समस्या अवगत गराएका छन् । गत असोज ३ मा दूतावासमा द्विपक्षीय व्यापार सहजीकरणका लागि भएको बैठकमा यय क्षेत्रका उद्यमीले भारतीय भन्सारको अवैध असुलीबारे महावाणिज्य दूत अशोक अग्रवालको ध्यानाकर्षण गराएका थिए । अवैध असुलीको समस्या यथाशीघ्र हल गरिने प्रतिबद्धता गरिए पनि झन्डै २ महिना बितिसक्दा पनि कुनै पहल नभएको उद्यमीले गुनासो गरेका छन् । निर्यातमा समेत अवैध असुली हुने गरेको उद्योगीले बताएका छन् । नेपाली व्यापारीले भारत निर्यात गर्दा एउटा फाइलको ४० हजार रुपैयाँ बिनाबिलको कस्टममा बुझाउन बाध्य छन् । 'निर्धारित पैसा नदिए फाइल अगाडि सर्दैन,' एक पीडित निर्यातकर्ताले भने । उनका अनुसार एउटै सामान फरक पाँच वटा र्फमलाई बिक्री गर्दा पाँच वटा फाइलको २ लाख रुपैयाँ बुझाउनुपर्छ ।

No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.