राजस्व नतिरी भारतीय सवारी चलाउने बढे
भन्सार राजस्व नतिरी भारतीय नम्बर प्लेटका सवारीसाधन चलाउनेको संख्या जिल्लामा निकै बढेको छ । यस्ता सवारीको राजस्व नतिर्नेमा सभासददेखि जिल्लाका प्रमुख दलका नेतासमेत छन् । भन्सार कार्यालयले कडाई गर्न नसक्दा बर्षेनी सरकारलाई आउने करौडौ रुपैया राजस्व गुम्दै आएको छ । बर्षौदेखि जिल्लाभित्र निर्वाध प्रयोग हुँदै आएका भारतीय नम्बर प्लेटका जीपबारे सम्बन्धित निकायले चासो देखाएको छैन ।
भारतबाट सस्तो मुल्यमा खरिद गरी ल्याइने सवारी साधन जिल्लाभित्र निर्वाध चल्दै आएका छन । उनीहरुले महिनामा ८/१० पटक मात्र भन्सार राजस्व तिरी बाकी समय त्यतिकै चलाउने गरेका छन् । कांग्रेस सभासद कृष्ण यादवले भारतीय जिप लिएर राजधानी जाने बेलामा मात्र राजस्व तिर्ने गरेको गौर भन्सार कार्यालयले जनाएको छ । उनले खरिद गरेको भारतीय जीपको नम्बर प्लेटसमेत राखिएको छैन ।

माघमा उनले पुसकै अस्थायी नम्बर प्लेट राख्दै आएका छन् । सभासद यादवले भने नियमानुसार राजस्व तिर्दै आएको दाबी गरे । जिल्लाभित्र चल्ने यस्ता सवारी साधन विवाह, उत्सवलगायतका प्रयोजनमा भाडामा चलाउने गरेको पाइन्छ । त्यस्ता सवारी बाहिर जाँदा मात्र एक दिनको ४ सय ५२ रुपैया भन्सार राजस्व तिर्ने गरिएको छ । गौर भन्सार कार्यालयका अनुसार दैनिक भारतीय नम्बरका सवारीबाट १० देखि ११ हजार राजस्व असुली हुने गरेको छ । जिल्ला भित्र चल्नेयस्ता सवारी संख्याको तुलनामा यो राजस्व निकै कम हो ।
भन्सार अधिकृत लक्ष्मणसिंह श्रेष्ठले निकै कमले भारतीय सवारीको भन्सार राजस्व तिर्ने गरेको बताए । उनले भने 'संख्या यकिन छैन । भित्रभित्र लुकाएर चलाइएकाले थाहा नभएको होला ।' सशस्त्र प्रहरी सीमा सुरक्षा बलका प्रमुख हृदयनारायण मण्डलले भन्सार नतिरी चलाउने सवारी साधनहरुलाई चेकजाच कडा पारेको बताए । उनले भने 'हामीले भन्सार तिरेको हेरेर मात्र छाड्ने गरेका छौ ।'पछिल्लो समयमा वीरगन्ज र आसपासका क्षेत्रमा भारतीय नम्बरका गाडीको प्रयोग बढेको पाइएको छ । भारतीय नम्बरका गाडी प्रयोगले राजस्व चुहावट भइरहेको छ । राजस्व नतिरी गाडी प्रयोग गर्ने चलन बढ्दै गएको भन्सार कर्मचारीहरू बताउँछन् ।
प्रभावशाली व्यक्तिले भारतीय नम्बरको गाडी चढ्ने गरेकाले नियन्त्रणमा समस्या आएको प्रहरी अधिकारीहरू बताउँछन् । नाम उल्लेख नगर्ने सर्तमा एकले अधिकृतले भने, समात्नासाथ माथिल्लो निकायबाट दबाब आउँछ ।' भारतीय नम्बरका कार, जिप, बस, ट्याक्टर, ट्रक प्रयोग गर्दा दैनिक ४ सय रुपैयाँ शुल्क तिर्नुपर्छ । मोटरसाइकलको एक सय, तीनपांग्रे सवारीको ३ सय, ट्याक्टरको २ सय र ट्रेलरसमेत भए ४ सय रुपियाँ राजस्व तिर्नुपर्छ । कडाइ नभएका कारण निकै कम राजस्व उठ्ने गरेको वीरगन्ज भन्सारका प्रवक्ता हरिहर पौडेलले बताए । उनले भने, 'गाडीको संख्या बढे पनि राजस्व भने घट्दो छ ।' भारतीय नम्बरका गाडी अस्थायी पैठारीअन्तर्गत शुल्क बुझाएर एक वर्षमा ३० दिनसम्म मुलुकभित्र चलाउन सकिन्छ । सीमावर्ती बजारसम्म किहान आएर बेलुकी र्फकनका लागि शुल्क तिर्न नपर्ने छुट दिइएको छ । भारतसँग सीमा जोडिएका ठाउँमा राजस्व नतिरी वर्षौंसम्म भारतीय नम्बरका गाडी प्रयोग गर्ने चलन छ । राजनीतिक दलका स्थानीय नेता, तस्कर र व्यापारीले यस्ता गाडीको बढी प्रयोग गर्ने गरेका छन् । बोलेरो, टाटा सुमो, स्कार्पियोजस्ता महँगा गाडीहरूको सहरमा प्रयोग हुने गरेको देखिन्छ । ग्रामीण भेगमा ९५ प्रतिशत भारतीय नम्बरको सवारीसाधन प्रयोगमा रहेको नगरदाहा गाविस पूर्वअध्यक्ष सोेधा यादवले बताए । 'अवैध कारोबार बढी हुने पर्साको प्रत्येक गाउँटोलमा भारतीय नम्बरको गाडी जोसुकैले देख्न सक्छन्,' उनले भने । पछिल्लो समयमा गाँजा अफिम खेती र खाद्यान्न तस्करीबाट आम्दानी बढेपछि धेरैजसो हुनेखानेले गाडी राख्न थालेको स्थानीय एमाले नेता अरविन्द सिंहको भनाइ छ । यस्ता अधिकांश गाडी चोरीको हुने गरेको पोखरियाका धर्मेन्द्र चौरसियाको दाबी छ । वास्तविक मूल्यभन्दा झन्डै एक चौथाइ मात्र पर्ने भएकाले गाउँमा सबैको रोजाइमा भारतीय नम्बरका गाडी पनर्ेे गरेका छन् ।

No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.