एनसेल र हेलोले एनटीएलाई जवाफ दिएनन्
हेलोको फाइल अख्तियारमा
नीजि क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेल र हेलो नेपालको शेयर स्वामित्वको वारेमा नेपाल दुरसंचार प्राधिकरण, (एनटीए)ले दुवै कम्पनीलाई प्रष्ट पार्न निर्देशन दिएको छ। एनटीएको लाइसेन्स प्रदान गर्ने शाखाले साउन १० गते दुबै कम्पनीलाई आफ्नो शेयर स्वामित्वको बारेमा प्रष्ट पार्न पत्र काटे पनि त्यस्को जवाफ भने उनीहरुले पठाएका छैनन्।
एनटीएका प्रवक्ता कैलाशप्रसाद न्यौपानेका अनुसार भदौ ११ गते सम्म एनसेल र हेलो नेपालले जवाफ पठाएका छैनन। एनटीएमा रहेको एनसेलको फाइलमा एनसेल व्राण्ड नाम रहेको स्पाइस नेपाल अन्तर्गत रेनोल्ड्स होल्डीङ लिमिटेड चार्लस्टाउन नेविज वेष्ट इन्डीजको नाममा असी प्रतिशत र पाल्पा तानसेन नगरपालिकाका निरज गोविन्द श्रेष्ठको नाममा २० प्रतिशत शेयर छ। तर सो कुरालाई एनसेलको आफ्नै आधिकारिक वेभसाइटले भने खण्डन गरेको छ। http://ncell.com.np/ncell/about-ncell. यस वेभसाइटमा माथि उल्लेखित कम्पनीहरुको बारेमा उल्लेख छैन। बरु टेलियासोनेराको वारेमा बताइएको छ।
दुरसञ्चार क्षेत्रको नियमक निकाय एनटीए र कम्पनीहरुको दर्ता तथा शेयरहोल्डर परिवर्तनको वारेमा जानकारी गराउनु पर्ने निकाय कम्पनी रजिष्टारको कार्यालयलाई कुनै जानकारी नदिइ एनसेलले आफ्नो आधिकारीक वेभसाइटमा टेलियासोनेरा अन्तर्गत कम्पनी सञ्चालन भइरहेको वताएको छ। टेलियासोनेराले पनि स्पाइस नेपालको ६० प्रतिशत भन्दा वढी शेयर आफ्नो मातहतमा रहेको आफ्नो आधिकारीक वेभसाइट (http://www.teliasonera.com/en/about-us/markets-and-brands/nepal/) मा उल्लेख गरेको छ।
एनटीएमा रहेको हेलो नेपाल व्राण्डमा सेवा दिदै आएको नेपाल स्याटेलाईट टेलिकमको फाइलमा यसको शेयर स्वामित्वमा एयरवेल सर्भिस लिमिटेडको ७५ प्रतिशत, मुक्तिश्री टेलिकम प्रालिको १५ प्रतिशत, ललितपुरकी सम्झना अर्यालको ५ प्रतिशत, पाकिस्तान मोवाइल कम्युनिकेशन पाकिस्तानको ३ प्रतिशत र सेबा टेलिकम प्रालि बंगलादेशको २ प्रतिशत शेयर रहेको उल्लेख छ। तर बताइए अनुसार हेलो नेपालको पनि ५० प्रतिशत भन्दा वढी शेयर टेलियासोनेराले लिएको छ।
एनसेल र हेलो नेपालको स्वामित्व स्वीडीस कम्पनी टेलियासोनेराले लिएको वारेमा खवरहरु आउन थालेपछि एनटीएले पत्र काटेपनि एक महिना वित्दा समेत त्यस्को जवाफ पठाएको छैन। यस सम्वन्धमा प्रमाण सहित सत्र्चार माध्यममा थप समाचार आउन थालेपछि एनटीएले जवाफ पठाउन दुबै कम्पनीलाई ताकेता पनि गरेको छ।
एउटै प्रकृतिका दुई प्रतिष्पर्धी कम्पनीहरुको वहुमत शेयर लिएर वजारमा एकाधिकार हुने प्रकृतिको कारोवारलाई प्रतिष्पर्धा ऐन र उपभोक्ता ऐनले पनि अंकुश लगाएको छ। वहुमत शेयर क्रस होल्डीङ सम्वन्धी कानुनमा व्यवस्था नभएपनि त्यसलाई नजरअन्दाज गर्ने काम भएको विज्ञहरुको राय छ।
क्रस होल्डीङको सन्दर्भमा अमेरिकाको दुई मोवाइल सेवा प्रदायकहरुलाई त्यहाँको नियमक निकायले मर्ज हुन नदिएको उदाहरण दिदै विज्ञहरुले नेपालमा भने नियम कानुनको अभाव दरेखाएर एकाधिकार हुने वातावरण सिर्जना गर्न नहुने बताएका छन्। टेलिकम सेवा प्रदायक टी कम्पनीलाई एटी एण्ड टी -मोवाइलले गाभ्न खोजेको प्रस्तावलाई त्यहाँको नियमक निकाय एफसीसीले रोकेको थियो।
क्रस होल्डीङको विषयमा सरकारले पनि दुरसञ्चार सेवाको अनुमतिपत्र प्राप्त संस्थामा एकै व्यक्ति समुहको लगानी विभिन्न संस्थाहरुमा रहन मिल्ने वा नमिल्ने (cross holding) त्यस्तो भएमा एनटीएबाट के कसरी नियमन गर्ने भन्ने सम्वन्धमा अध्ययन गरि प्रतिवेदन पेश गर्न पूर्व कानुन सचिव माधव पौडेलको संयोजकत्वमा तीन सदस्यीय कार्यटोली गठन गरिएको थियो। एक महिनाको समय दिएर अध्ययन गर्न लगाइएको सो टोलीले करिव चार महिना वित्दा समेत एक पटक बैठक राख्न सकेको छैन। यहि बिचमा क्रस होल्डीङको बिषय अझ जोडतोडले उठेको छ।
एक महिने कार्यटोलीको तीन महिनामा पनि बैठक बसेन
पूर्वसचिव पौडेलको संयोजकत्वमा गठन भएको टोलीले करिव चार महिनामा एक पटक पनि वैठक समेत गरेको छैन। उसले प्रतिवेदनका लागि दिनुपर्ने सुझाव तयार गर्नु त परको कुरा भएको छ। पूर्व सचिव पौडेलले एनटीएबाट काम शुरु गरौ नभनेकाले आफूले काम शुरु गर्न नसकेको बताउनुभयो। यहि बीचमा एनटीएमा पनि नेतृत्व रिक्त भएपछि टोलीले काम शुरु नै गर्ने चासो पनि देखाएको छैन। एनटीएका प्रवक्ता तथा कार्यटोलीका सदस्य सचिव न्यौपानेले आफुहरुले दिनुपर्ने सुझावको खाका भने तयार गरेको वताउनुभयो। तर वैठक वसेर त्यसलाई निश्चित स्वरुप दिन भने नसकिएको स्विकार्नुभयो।

कार्यटोलीका संयोजक पौडेलले क्रस होल्डिङको विषयमा कुरा गर्दै कुनै पनि सेवा प्रदायकको वारेमा नियमक निकायले थाहा पाउनुपर्ने तर्क गर्नुभयो। उहाँले नियमक निकायको नाताले एनटीएले सेवा प्रदायकको प्रवर्दक, निर्देशकहरु, सेवा सञ्चालन कसरि हुन्छ भन्ने जानकारी पाउनुपर्ने पनि वताउनुभयो। उहाँले एनटीएलाई एनसेल र हेलो नेपालको शेयर स्वामित्व परिवर्तन वारे थाहा नभएको नहुनुपर्ने बताउनुभयो। तर एनटीए प्रशासनले आफूहरुलाई शेयर हस्तान्तरण बारे कम्पनी रजिष्टारको कार्यालयबाट कुनै जानकारी नआएको वताएको छ।
हेलो नेपालको फाइल अख्तियारमा
विवादास्पद व्यापारी अजय सुमार्गी सञ्चालक रहेको हेलो नेपालको ५१ प्रतिशत शेयर समेत टेलियासोनेराले हालै लिएको खुलासा भएपछि यसको सेवा सञ्चालनदेखि सेवा विस्तारसम्म भएका सम्पूर्ण निर्णयहरुको अनुसन्धान गर्न अख्तियारले फाइल मगाएको छ। मध्यपश्चिमका ग्रामिण इलाकामा सञ्चालनको अनुमति पाएको हेलो नेपालले राजनीतिक पहुँच प्रयोग गर्दै पश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चल सम्म सेवा विस्तारको अनुमति लिएको थियो। हेलो नेपालको पछिल्लो शेयर हस्तान्तरण सम्मको विषयलाई अख्तियारले हेर्दै गरेको अख्तियार स्रोतले जनाएको छ । अख्तियारका प्रवक्ता ईश्वरी पौडेलले हेलो नेपालको फाइल अनुसन्धानकै क्रममा रहेको बताए । काठमाडौ, १२ भदौ।

No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.