Thursday, September 13, 2012

‘सरकारीक्षेत्रमा भन्दाबढी नीजिक्षेत्रमा सुशासन छ’  
                                                                                                                    नीरज राई    
                                                                                                                   सभापति
                                                                                                   वाणिज्य तथा आयात समिति


२०५३ सालदेखी रेडीमेट तथा कस्मेटीक्सको पसल राखेरे व्यवसाय सुरु गरेका युवा व्यवसायी हुन नीरज राई । कस्मेटिक र रेडिमेट व्यवसायबाटै २०५४ सालबाट तिव्वत (खासा) बाट आयात÷निर्यात व्यवसायबाट बैदेशिक व्यापार व्यवसायमा लागेर अहिले सम्म सोही पेशमामा सकृय रहेका छन् । सुरुमा इलेक्ट्रोनिक र रेडिमेड सामानको आयात गरेका राईले  २०५५ सालबाट नेपाल हिमालय सिमापार वाणिज्य संघको कार्य समितीमा निर्वाचित भएपछि उनी हालसम्म सह–कोषाध्यक्ष को रुपमा कार्यरत छन् ।
२०५८ मा चाइना टाउन सपिङ्ग सेन्टर स्थापना गरी ५ वर्ष सम्म संस्थापक अध्यक्ष रहेका राई  नेपाल व्यापार संघको सल्लाहकार सदस्यको रुपमा विगत ३ वर्ष देखी कार्यरत छन् । अहिले उनी  नेपाल चेम्वर अफ कमर्शमा २०६७ सालबाट हाल सम्म कार्य समिती सदस्य र वाणिज्य तथा आयात समिती को  सभापतिको रुपमा कार्यारत रहेका छन् । विगत २ वर्ष देखी सेन्ट पल इन्टरनेशनल स्कुलमा संचालक समिति अध्यक्षको रुपमा रहेका राई २०५६ मा महाबौद्ध बजार व्यापार संघमा संस्थापक कोषाध्यक्ष राईसंग अहिलेको अबस्थामा आयात÷निर्यात व्यवसायमा के कस्ता समस्याहरु रहेका छन भन्ने विषयमा हिमालय टाइम्सका रोशन कार्कीले गरेको कुराकानीको मुख्यअंश........

० उद्योगपति र मजदूरबीच तत्काल सुधार गरिहाल्नुपर्ने कुराहरु के हुन् त ?

यहाँ मजदुर र उद्योगमा मात्र सुधार गरिनु पर्ने अबस्था होइन । यहाँत सवै क्षेत्रमा सुधारको खाँचो रहेको छ । अन्य क्षेत्रमा भयएका समस्याहरु भित्रनै मिल्छ मिलाउछन् । तर उद्योगमा भने सानो समस्यापनि बाहिर आउने भएकाले सवै तिरबाट समस्याका पोकोनै उद्योग व्यवसायमा देखिएको हो । तर यहाँ मजदुरपनि आफ्नो दायित्वभित्र रहेर काम गर्नेह हो भने सवै कुरा सामान्य हुन्छ । मेरो विचारमा उद्योगपति र मजदुरबीच सुमधुर सम्बन्धको विकल्प छैन जस्तो लाग्छ । किनकी उद्योगपतिले अहिलेको अबस्थामा मजदुरको पारिश्रमिकलाई बैज्ञानिक  तरिकावाट निर्धारण गरिनु पर्ने देखिन्छ । भने, मजदुरहरुले पनि उद्योगलाई आफ्नो सरह सम्झेर तोकिएको काम गर्नु पर्दछ यति गरेपछि दुई समुहबीचमा देखिएका समस्यालाई वाहिर गएर भाषणबाजी भन्दापनि समहमती र बार्ताको माध्यमबाट समधान गरिनु नै उचीत देखिन्छ ।
० निजी क्षेत्रको व्यवसायमा संस्थागत सुशासनको परिपालना कत्तिको हुदै आएको पाउनुभएको छ ?
– निजि क्षेत्रको व्यवसायमा सुशानको परिपालन सरकारी क्षेत्रकोभन्दा बढि छ । साना र मध्यम खालका व्यवसायमा सुशासनको अलि कमि भएको पक्कै हो । यसलाई हामीले क्रमस सुधार गर्दै लानु पर्दछ । यहाँ पहिलेको भन्दा अहिले सवैलाई आफु के गर्दै छु, कहाँ के बारे कुरा गरेको छु र कहाँ छु भन्नेबारे जानकारी हुने भएकाले पञ्चायत कालको झै आफुमात्र जान्ने बुझ्नेभन्ने अहंमतालाई अगालेर बस्नु उचीत हुदैन । त्यसैले समयसापेक्ष सुशासन अन्यमा परिमार्जन र सुधार गरिदै जानु पर्छ ।
० केही समयअघि मुलुकका ठूला भनिएका व्यवसायीसमेत भ्याटछलीमा संलग्न भएको कुरा सार्वजनिक भयो । यसलाई कसरी लिनुभएको छ ?
– हो केही समय अगाडी ठूला व्यवसायीबाट मुल्य अभिबृद्धि कर(भ्याट) छली भएको सरकारी निकायले सार्वजनीक गरेको छ । यसमा ठुला व्यवसायीको दोष त छ, तर राज्यले पनि यसमा यस्ता ९ीययउ ज्यभि० हरुको समयमा निगरानी गर्नु पर्दछ र व्यवसायीलाई समयमा सचेत गराउनु पर्ने हुन्छ । उनीहरुले के जानीजानी कर छली गरेको हो या होईन भन्ने विषयमा अध्ययन गरिनु पर्ने थियो । तर यसो भएन । सूचनाका आधारमा अनुसन्धान गरियो तर भ्याट छली गरेको प्रमाणीत गरेपछि अब छली नहोस भन्ने तर्फ राज्य कतिको चलाख भएको छ । कस्तो सचेतना कार्यहरु गरेको छ र गर्दैै छ । त्यसैले सरकार नै य विषयमा सकृय भएर लाग्नुको विकल्प छैन जस्तो लाग्छ ।
० तपाईंहरुले लामो समयसम्म तिव्वतमा पनि व्यापार गरि रहनु भएको छ,  अहिलेको परिवेशमा नेपाल तिब्बत व्यापारको सम्भावना कस्तो छ ?

– नेपालले चीनसंग वार्षीक ६४ अर्बको व्यापार घाटा व्यहोरीरहेको छ । चीनले अहिले विभिन्न सामानमा निर्यात छुट दिएको छ । यसलाई हामी व्यवसायीहरुले उपयोग गर्नु पर्दछ । चीनबाट सामान ल्याई नेपालमा  बनाई भारतमा निकासी गर्नु र भारतबाट सामान ल्याई प्रवद्र्धन गरी चीन पठाउन हाम्रोलागी  लाभदायी हुनेछ । तर सरकारको नीतिमा प्रष्ठता नभएका कारण लामो समयदेखि नेपालबाट चीनतर्फ  निकासी हुने नेपाली हस्तकलाका सामाग्रीमा देवदेवीको मुर्ति अंकित सामाग्री र धुप समेत निकासीमा रोक लागेको छ । नेपालमा उत्पादन हुने करिब ४ हजार बस्तुमा चीन सरकारले शुन्य भन्सार दरमा सामान निर्यात गर्न स्वीकृती दिएको छ । तर नेपाल सरकारले सो निर्यायालाई समेत लागु गर्न नसक्दा नेपाली व्यवसायीहरु मारमा परेका छन् भने वार्षिकरुपमा नेपाल–चीनबीचको व्यापारघाटामा बृद्धि  हुदै गएको छ ।
० सामाजिक उत्तरदायित्वमा कति प्रतिशत लगानी गर्नुभएको छ ?
– पक्कैपनि एउटा व्यवसायी यही देशको एक अभिन्न अंग हो भन्ने बुझ्नु जरुरी छ । किनकी हामी आमनागरिकको पहिलो कर्तव्य भनेको देशको सेवा गर्ने हो । देशलाई आर्थिक रुपमा विकसित बनाउने हो । भने व्यापार व्यवसायसंगै सामाजिक उत्तरदायित्वमा पनि केही प्रतिशत रकम खर्च गरिनु पर्छ भन्ने मेरो मान्यता हो । सोही अनुसार मैले व्यवसाय गरेको ३ वर्षदेखी विभिन्न संघ संस्थामा आबद्ध रहेको छु । म हिमालय सीमापार, चाइना टाउन, नेपाल व्यापार संघ, नेपाल चेम्बर अफ कर्मश, ओसीड नेपाल जस्ता संस्थामा बसी सामाजिक उत्तरदायीत्व बहन गरेको छु । प्रतिशत तपाई ले नै तोक्नुहोस । एउटा सस्थामा रहेर गरिने सामाजीक उत्तरदायित्वलाई ठ्याक्कै प्रतिशतमा रुपान्तरण गर्न कठिन नै होला हैन ।
० नयाँ संविधान आउछ र नेपालको औद्योगिक वातावरण मौलाउछ भन्नेमा आशावादी रहेका व्यवसायीहरु एकाएक विघटन भएपछि देशको आर्थिक विकासमा कस्तो असर परेको छ   ?
– हामी व्यवसायी लाई नयाँ संविधान आउछ र नेपालको औद्योगीक र व्यवसायीक वातावरण बन्छ भन्ने धेरै आश थियो तर नयाँ संबिधान बन्न सकेन यसले देशको अर्थतन्त्रमा ठुलो घात पु¥याएको छ । देशले राजनितिक निकास नलिएकोले अर्थतन्त्रले पनि निकास लिन सकेन त्यसैले हामी अरु देश भन्दा झन झन पछाडी हुने नै भयौँ ।

० बैङक तथा वित्तीय क्षेत्रमा यहाहरुको आकर्षण त्यति देखिएन, कारण के हो ?
–बैँक तथा वित्तिय क्षेत्रमा लगानी गर्दा कम प्रतिशतमा मुनाफा हुन्छ र लामो समय सम्म पुंजी जाम हुन्छ । व्यापारिहरुलाई आफ्नो पुँजी चलायमान राखी राख्नु पर्ने भएकाले बैंकमा सानोतीनोमा कारोबार हुदैन । ठूलौ उद्योग स्थापना गर्नकालागि बैंकको सहयोग लिने गरिन्छ ।  त्यसैले गर्दा निम्न वर्ग र मध्यम वर्गको बैंकमा लगानीको आर्कषण हुदैन ।

० तपाई लामो समयदेखि आयात÷निर्यात क्षेत्रमा सकृय भूमीका खेली रहनु भएको छ, तपाई चेम्बरको कार्या समितिमा रहेका कारण अन्य व्यवसायीमाथी भएको समस्यालाई कसरी हेर्नू भएको छ ?
– म चेम्बरको आयात÷निर्यात तथा बाणिज्य समितीको सभापतिको नाताले व्यवसायीमाथी परेको समस्यालाई विभिन्न समयमा सहिरुपमा पहल गरेका छौ । किनकी एकजना सदस्यलाई दैनिक जसो समस्या पर्ने गर्छ त्यो सरकारी तहको या व्यक्तीगत । समस्याको अबस्थालाई ध्यनमा राखी विभिन्न समयमा व्यवसायीलाई परेका समस्यालाई विषयगत मन्त्रालयको विभागमा गई समस्याको जानकारी र त्यसको हलको लागी पहल गरि रहेको छु गराई रहेका छौ ।
०कहिले मजदुर समस्या, कहिले सरकारी नीतिको अभाबका कारण नेपालमा लगानी गर्न नसकिने अबस्था आएको छ भन्ने सुनीएको छ , यर्थात के हो ?
–हो मजदुरको र सरकारी नितिले हाम्रो  देशमा लगानी गर्नको लागी वातावरण अनुकुल छैन । जब सम्म देशमा शान्ति हुदैन र देशमा राजनिती स्थिरता हुदैन तबसम्म लगानी बढाउन गाह्रो छ । जब सम्म देशमा स्थिर सरकार हुंदैन तब सम्म सरकारको निति स्थिर हुंदैन त्यसैले नेपालमा लगानी गर्न नसकिने अवस्था छ । यसकालागि व्यवसायीको तर्फबाट पटक–पटक सरकारको ध्यानाकर्षण गराएको हो तर पनि हाल सम्म लगानीमैत्री वातावरण भएका छैन । भएको लगानीपनि असुरक्षित रहेको अबस्था छ ।
०  देशमा लगानी भित्राउन व्यवसायीले र सरकारले मुख्य रुपमा के गर्नु पर्छ जस्तो लाग्छ ?    
– देशमा लगानी भित्राउन पहिलो चरणमा शान्ति सुरक्षा, स्थायी सरकार र समयानुकुल परिमार्जन सहितको व्यवसायीक नीति नियम लागु गरिनु पर्छ । सरकारले व्यवसायीलाई निराश बनाउने भन्दापनि लगानी गर्ने वाताबरण तयार गरिनु पर्छ । सरकारका नितीहरु स्पष्ट हुनु पर्दछ, साथै व्यवसायीले यस सम्बन्धमा विदेशमा व्यवसायिक जानकारी गराई स्वदेशमा लगानी गर्न प्रोत्साहन गर्नु पर्दछ । ताकी सरकार सञ्चालकहरुले व्यवसायीलाई राजनीतिका आँखाबाट नहेरी यिनीहरु भनेको देशको आर्थिक विकासमा टेवा पु¥याउने बलिया खम्बा हुन भन्ने सोच आउनु पर्छ । त्यस पछि व्यवसायीहरुसंग सरकारले लागु गर्ने कुनैपनि नीति नियमकालागि पूर्व अध्ययन र छलफल गरि ल्याउन सकेमा लगानी र अन्य बाटोहरु खुल्ने निश्चित छ ।

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...