‘चिनियाँ कम्पनीले काम छोड्दैमा मेलम्ची रोकिँदैन’
रोशन कार्की
काठमाडौं, असोज १२ । कुनै पनि ठेकेदार कम्पनीले ठेक्का तोड्दैमा मेलम्ची आयोजनाको निर्माण कार्य नरोकिने एसियाली विकास बैंकले जनाएको छ । सो आयोजनाको मुख्य लगानीकर्ताका रूपमा रहेको एडीबीका दÔिण एसिया विभागका महानिर्देशक जुआन मिरान्डाले सो कुरा बताएका छन् । महानिर्देशक मिरान्डाले कुन ठेकेदार कम्पनीले के गर्छ, तोकिएको समयमा काम सम्पन्न हुन्छ कि हुँदैन भन्ने अनुगमन मात्र एडीबीले गर्ने उल्लेख गर्दै सन् २०१६ भित्र मेलम्ची आयोजना सम्पन्न हुने दाबीसमेत गरे । उनले भने, ‘समयसीमाभित्र मेलम्चीको पानी काठमाडौंमा आइपुग्नेछ, सन् २०१५ को अन्त्य वा २०१६ को सुरुमा आयोजना सम्पन्न भई काठमाडौंमा पानी आइपुग्नेछ ।’ महानिर्देशक मिरान्डाका अनुसार परियोजनामा जुनसुकै समस्या आए पनि त्यसलाई समाधान गरेर चार वर्Èभित्र परियोजना सम्पन्न गर्ने लक्ष्य लिएको बताए । मेलम्ची आयोजनाको मुख्य सुरुङ निर्माणलगायत आयोजनाका भौतिक पूर्वाधार निर्माणका लागि चिनिया“ कम्पनी चाइना १५ रेल्वे ब्युरो कर्पोरेसनले ठेक्का लिएको थियो । तर सो कम्पनीले विभिन्न समस्या देखाउँदै एकतर्फीरूपमा ठेक्का सम्झौता तोडी आयोजनाबाट बाहिरिएको थियो । सो कम्पनी बाहिरिएको केही दिनमै एडीबीले आयोजना सफल बनाउने प्रतिबद्धता जनाएको छ ।

एडीबीका दÔिण एसिया विभागका महानिर्देशक जुआन मिरान्डा |
२ दिने नेपाल भ्रमणमा आएका एडीबीका दÔिण एसिया विभागका महानिर्देशक मिरान्डाले भने, ‘नेपाल सरकार सकारात्मक रहुञ्जेलसम्म मेलम्ची परियोजना असफल पार्न हामी दिनेछैनौं, पुरानै लागतमा परियोजना नसकिन सक्छ, तर थप कोÈ जुटाएर भए पनि एडीबीले परियोजना समयमै सम्पन्न गर्छ ।’
चिनियाँ कम्पनीले ठेक्का तोडेपछि अब चा“डो सुरुङ निर्माणका लागि नयाँ अन्तर्राष्ट्रिय टेन्डर आहृवान गर्ने महानिर्देशक मिरान्डाले जानकारी दिए । अब एडीबी र नेपाल सरकारले गुणस्तर सुनिश्चितताका लागि कुनै किसिमको सम्झौता नगरी नयाँ टेन्डर आहृवान गर्ने उनले बताएका छन् । उनले ठेक्का तोड्ने चिनिया“ कम्पनीबारे भने केही बताउन चाहेनन् । १० करोड अमेरिकी डलर लागतमा निर्माण गरिने सो परियोजनाको जल निर्मलीकरण केन्द्र, पाइपलाइन विस्तारलगायतका लागि १२ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण दिन एडीबीले यसअघि नै सहमति जनाइसकेको थियो । सोहीअनुसार सन् २००९ मा भएको सम्झौताअनुसार पा“च वर्Èभित्र सिन्धुपाल्चोकको हेलम्बु गाविसस्थित मेलम्चीको रिवर्मादेखि काठमाडौंको सुन्दरीजलसम्म २६ दशमलव ५ किलो मिटर सुरुङ निर्माण गर्ने जिम्मा लिएको चाइना रेल्वे–१५ ले हालसम्म साढे ६ किमि मात्र खनेको छ भने अन्य सबै काम बाँकी रहेको मेलम्ची आयोजनाले जनाएको छ । पूर्वसम्झौताअनुसार सुरुङ निर्माणसहित ‘फिनिसिङ’ गरी सरकारलाई बुझाउनुपर्ने रहेको छ । ठेक्का सम्झौताअनुसार सन् १०१३ डिसेम्बरसम्ममा कम्पनीले सुरुङको सबै काम पूरा गरी फिनिसिङसमेत गरिसक्नुपर्ने उल्लेख छ ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कृष्णप्रसाद आचार्यले चिनिया“ ठेकेदार कम्पनीस“गको सम्झौता रद्द भइसकेकाले सरकारले तत्काल नया“ टेन्डर खुलाउने प्रक्रिया सुरु गर्न लागेको बताए । यसपटक एकै समयमा इच्छुक कम्पनीले आर्थिक, प्राविधिक प्रस्ताव पेस गरी टेन्डर हाल्न सक्ने कार्यकारी निर्देशक आचार्यले जानकारी दिए । यसअघि फरक÷फरक समयमा प्रस्ताव माग्ने गरेको थियो । चिनियाँ कम्पनीले ३३ प्रतिशत भुक्तानी लगी १२ प्रतिशत मात्र काम गरेको समितिले जनाएको छ ।
चिनियाँ कम्पनीले कम मूल्यमा ठेक्का लिएको भए पनि परामर्शदाता, इन्जिनियरको असहयोगको कारण देखाउ“दै सरकारस“गको सम्झौता तोडेको थियो । सम्झौता रद्दपछि सरकारले ठेकेदार कम्पनीले बैंक अफ काठमान्डूमा राखेको ६२ लाख डलर र १४ लाख युरोको दुईवटा छुट्टाछुट्टै बैंक ग्यारेन्टी र हिमालयन बैंकमा रहेको ६६ लाख डलरबराबरको बैंक ग्यारेन्टी रोक्का गरेको छ ।
सरकार र चाइना रेल्वे–१५ ब्युरो कर्पोरेसन, चाइना सिएमआई इन्जिनियरिङ कर्पोरेसनबीच २००९ फ्रेबुअरी १९ मा भएको सम्झौताअनुसार निर्माणको काम सम्पन्न भएको भए २०१४ भित्र मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आइपुग्ने थियो ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.