दुगड समुह गोयल समूहलाई आउट गर्न कसरतमा
काठमाडौं । दुगड समूहको पकडमा रहेको सनराइज बैंकको यस
पटकको साधारणसभाबाट सञ्चालक समितिमा गोयल समूहलाई बाहिरको बाटो देखाउने
कसरत हुन थालेको छ । स्वतन्त्र सञ्चालक नियुक्त गर्ने विषयमा गोयल समुहसँग
विवाद भएपछि सनराइजको व्यवस्थापन डेढ वर्षअघि झन्डै राष्ट्र बैंकको हातमा
पुगिसकेको थियो । तत्कालिन अध्यक्ष तोलाराम दुगडले राजनीतिक शक्ति प्रयोग
गरेपछि विवाद मिलेको थियो ।
तोलारामको मृत्युपछि उनका भार्इ मोतीलाल दुगड अहिले बैंक अध्यक्ष छन् ।
उनले गोयल समूहलाई अलग गर्ने प्रयास थालेको बैंक स्रोतले जानकारी दियो ।
सनराइजको २६ गते हुने पाँचौ वार्षिक साधारणसभाले संस्थापक सेयरधनीका
तर्फबाट ६ जना सञ्चालक चयन गर्दैछ । अहिले सञ्चालक समितिमा दुगडसहित
श्रीनिवास सारडा, डा. भोगेन्द्र गुरगाई, इन्जिनियर बछ्राज तातेड,
श्रवणकुमार गोयल, मालचन्द दुगड, सुरेस बस्नेत र हिक्मतवहादुर माली छन् ।
सनराइजको सञ्चालक समिति: अध्यक्ष मोतीलाल दुगड, सदस्य मालचन्द दुगडफ बच्छराज तातेड, हिक्मतबहादुर माली, श्रीनिवास सारडा, डा. भोगेन्द्र गुरगाई, इन्जिनियर श्रवणकुमार गोयल र सुरेस बस्नेत (क्रमस)
सनराइजको सञ्चालक समिति: अध्यक्ष मोतीलाल दुगड, सदस्य मालचन्द दुगडफ बच्छराज तातेड, हिक्मतबहादुर माली, श्रीनिवास सारडा, डा. भोगेन्द्र गुरगाई, इन्जिनियर श्रवणकुमार गोयल र सुरेस बस्नेत (क्रमस)
डेढ वर्षअघिको रिसिइवी साँध्दै दुई समूह
सञ्चालक समितिमा दुगड, तातेड, सारडा र मालचन्द दुगड एकै समुहका हुन् । तोलारामको मृत्युपछि मोतीलाल अध्यक्ष भएसँगै उनको ठाउँमा मालचन्द सञ्चालकमा आएका हुन् । गोयलसँग गुरागाइँ, माली र वस्नेत छन् ।, माली र बस्नेत सर्वसाधरण समूहबाट सञ्चालक भएका हुन् । डेढ वर्षअघिको लडाइँमा पनि यी दुई पक्ष छुट्टिएको थियो । त्यस बेला शंकरप्रसाद दाहाल र महेन्द्रनाथ कर्मचार्यलाई विशेषज्ञ सञ्चालकमा नियुक्त गर्ने विषयमा विवाद भएको थियो । दाहालको पक्षमा दुगड र कर्माचार्यको पक्षमा गोयल समूह थियो ।
सनराइजमा सञ्चालकको विवादका कारण किशोर महर्जनले प्रमुख कार्यकारी अधिकृतबाट राजिनामासमेत गरेका थिए । दुई अर्ब चुक्ता पुँजी भएको बैंकमा संस्थापक सेयरधनीमध्ये सबैभन्दा वढी सेयर मोतीलाल दुगडको ७.२३ प्रतिशत छ । यसपछि मालचन्द दुगडको ५.४६ प्रतिशत छ । उनकै समुहका विवेक दुगड, सुरेन्द्र दुगड, वच्छराज तातेडको पनि सेयर ३ प्रतिशतभन्दा माथि छ । तोलाराम दुगडको नाममा रहेको छ प्रतिशत सेयर उनको मृत्युपछि नातीनातिना पूजा, शारदा र निधी दुगडको नाममा नामसारी गरिएको छ । श्रवण गोयलको नाममा ५.०१ प्रतिशत र कैलासचन्द्र गोयलको ५.०१ प्रतिशत सेयर स्वामित्व छ । बैंकका ०.५ प्रतिशतभन्दा वढी सेयर हुने ३६ जना सेयरधनी छन् । साधारणसभाले गत वर्ष भएको नाफाबाट चुक्ता पुँजीका ५.२६ प्रतिशत नगद लाभांस वाँड्ने प्रस्तावलाई अनुमोदन गर्दैछ । अनुमोदनपछि सेयरधनीले १० करोड ६० लाख रुपैयाँ लाभांस पाउने छन् । नेपाली कांग्रेससँग नजिक रहेका दुगड समुहको बैंक भएका कारण सनराइजको उद्घाटन तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका थिए ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.