नक्कली स्टिकर प्रयोगगरी मदिरा उद्योगद्वारा राजस्व छली
रोशन कार्की
काठमाडौं । सरकारले लक्षित राजस्व र कर संकलनमा कडाइ गर्दे सम्बन्धित निकायलाई निर्देशन दिएपछि व्यवसायीले नयाँ नयाँ तरिकाबाट राजस्व छली गर्ने गरेको रह¥य सार्वजनिक भएको छ । राजस्व संकलनमा गरेको कडाइबाट समेत सरकारलाई बुझाउनु पर्ने राजस्व नबुझाइ नक्कली स्टिकर र स्टिकरलाई फोटोकपी गरी राजस्व कर्मचारीकै संलग्नतामा राजस्व छली गर्ने गरेको खुलेपछि आन्तरिक राजस्व विभागले मदिरा उत्पादन गर्ने डिष्टलरीमाथी अनुसन्धान सुरु गरेको छ ।
आन्तरिक राजस्व कार्यालयका कर्मचारीसँग मिलेमतो गरी करोडौं रुपैयाँ राजस्व छलीगर्ने सात वटा डिष्टलरी उद्योगमाथि आन्तरिक राजस्व विभागले अनुसन्धान सुरु गरेको छ । ती डिष्टीलरीले अन्तशुल्क नक्कली स्टीकर, फोटोकपी स्टीकर प्रयोग गरेको र नम्बर नै नभएका अन्तशुल्क स्टीकरहरू मदिराका बोतलमा टाँसेर करछली गरेको फेला पारेपछि छानबिन प्रक्रिया अगाडि बढाएको विभागले जनाएको छ । विभागका कर्मचारी र अन्तशुल्क स्टीकर सप्लाई गर्नेको मिलेमतोमै राजस्व छलीगर्ने काम भएकाले सो बारे छानविन गरेको विभागको एक उच्च स्रोतले जनाएको छ ।
स्रोेतका अनुसार डिष्टीलरीहरूले तीन प्रकृतिका नकक्ली अन्तशुल्क स्टीकर प्रयोग गरी करोडौं रुपैयाँ राजस्व छली गरेको पारम्भीक अनुसन्धानबाट देखिएको विभागले जनाएको छ । अझै सम्म कति राजस्व छली गरेको हो भन्नेबारे अनुमान समेत गर्न कठिन भएको अनुसन्धानमा सहभागी एक सदस्यले बताए । नाम नछाप्ने सर्तमा विभागका एक उच्च अधिकारीले भने,‘दुई चार कार्टुन फेला परेको भरमा अहिले नै यति नै राजस्व छली भएको बताउन नसकिने भएकाले यतिनै कर छली गरेको छ भन्न कठिन छ ।’

विभागले सबै विधि अपनाएर छानबिन गरिरहेको दाबी गरेको छ । विभागले अन्तशुल्कका स्टीकरनै नक्कली प्रयोग गरी मदिरा उत्पादन गरी बिक्री बितरण गर्ने उद्योगमा सिलबन्दी गरी कारबाही अगाडि बढाएको जनाएको छ । उद्योगका संचालकहरू र सम्बन्धित आन्तरिक राजस्व कार्यालयका कर्मचारीलाई समेत सोधपुछका लागि विभागमा बोलाइ सकिएको भएपनि सो बारे गोप्य राखिएको छ ।
यसरी अन्तशुल्क छली र नक्कली स्टिकर प्रयोगगर्नेमा शारदा डिष्टीलरी जनकपुर, धनुषा डिष्टीलरी जनकपुर, रेन्बो डिष्टीलरी रुपन्देही, दोभान डिष्टीलरी पाल्पा, आशवित्र डिष्टीलरी, त्रियुगा डिष्टीलरी धरान, पूर्वान्चल डिष्टीलरी, अन्नपूर्ण डिष्टीलरी बिराटनगर विभागले सिलबन्दी गरी कारबाही अनुसन्धान गरेको छ ।
विभागले डिष्टीलरीमा खटिने कर्मचारीलाई बोलाएर छानबिन सुरु गरेको थियो । नक्कली स्टीकर, फोटोकपी स्टीकर र नम्बर नै नभएका स्टीकर प्रयोग भएको फेला परेपछि मदिरा उद्योगले ठूलो मात्रामा राजस्व छली गर्दै आएको विभागको अनुमान रहेकोे छ । आन्तरिक राजस्व कार्यालयका कर्मचारी अन्तशुल्क स्टीकर टाँस गर्न प्रत्येक मदिरा कम्पनीमा खटिएका हुन्छन् । तर कर्मचारीको रोहबरमा स्टीकर टाँस हुने भएकाले नक्कली स्टीकर प्रयोगमा उद्योगसंग सञ्चालकमात्र दोषी हुन सक्दैनन् । डिष्टीलरी उद्योग र कर्मचारीले मिलेर नै नक्कली अन्तशुल्क स्टीकर टाँस्ने कार्य हुदै आएको छ ।
उद्योग सञ्चालले एक दिनमा न्यूनतम १ सय बोतल मदिराको बोटलमा टाँस गर्ने स्टिकर २५ वटामामात्र टाँसेर बाँकी ७५ वटा बोटलमा नक्कली स्टिकर टाँस्ने गरेको अनुसन्धानमा खुल्न आएको छ । ७५ वटा बोतलमा नक्कली स्टिकर टाँस्नकालागि राजस्व कर्मचारी संचालकहरूको सहभागीतामा हुने गरेको छ । सो नक्कली स्टिकर टाँस गरेको रकमलाई कर्मचारी र सञ्चालकलाई दामासायी रुपमा भागबण्डा गर्ने गरेका छन् । पछिल्लो समयमा सो अबैध कारोबारमा सञ्चालक र राजस्व कर्मचारीको संलग्नता देखिन आएपछि कर्मचारीलाई बचाउनकालागि विभागकै एक समुह सकृय भएको स्रोतको दाबी रहेको छ ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.