१ मोवाइल टावरका कारण घर जोखिमपूर्ण
२ इलोक्टी म्याग्नेटटिक किरणका कारण मानव स्वास्थ्यमा असर
३ भारतले टावरको विकिरण घटान निर्देशन
४ प्रत्यक्ष मानव जीवनमा असर पर्नेभएपछि व्यक्तिगत घरमा टावर राख्न अस्वीकार
एनसेल मोवाइल कम्पनीको टावरका कारण घर र मानवस्वास्थ्यमा प्रंत्यक्ष असर
कमाण्डर पोष्ट
काठमाडौं । आम उपभोक्तालाई मोवाइल टेलिफोन सेवा प्रदानगर्नेभन्दै प्रतिस्पर्धात्मरुमा विभिन्न स्थानमा राखिएको टावरका कारण घरहरु असुरक्षित बन्दै गएका छन् । विभिन्न टेलिफोन कम्पनीले खाली जमिन र व्यक्तिगत घरमा थोरै भाडा दिएर करोडौंको आम्दानी गर्ने टेलिफोन कम्पनीले सामान्य सुरक्षाको व्यवस्था नगर्दा राजधानी लगायत देशमा विभिन्न स्थानका घरहरु चट्टायाङ र अन्य कारण असुरक्षित हुदै गएको छ । आफुलाई मोवाइल सेवामा उच्च सेवा पु¥याउदै आएको दाबी गरेको विदेशी कम्पनीको मोवाइल ‘एनसेल’ ले बढीमात्रामा व्यक्तिगत घरमा मोवाइल टावर राखेर सम्बिन्धित घर तथा आसपासका बासिन्दालाई समेत जोखिममा पारेको छ ।
यसैगरी, अग्ला डांडाहरुमा राखिएका मोवाईल टेलिफोनका टावरले बत्ती नराख्दा हवाईयात्रा जोखिममा परेको छ । टावर राख्दा अनिवार्य रुपमा चौबिसै घण्टा बत्ती राख्नुपर्ने भएपनि ठुला र नाम चलेकै कम्पनीहरुले यसको कार्यान्वयन नगरेका कारण हवाईयात्रा असुरक्षित र जोखिमपुर्ण बन्दै गएको छ । राजधानीमा एनसेल मोवाइल प्रदायक कम्पनीले राखेको टावरमा सुरक्षाको पक्षमा कुनै चासो देखाएको छैन् ।
पछिल्लो समय मोवाइल सेवा प्रदायक संस्थाहरुबीच ग्राहकहरुलाई सहजै रुपमा सेवा उपलब्ध गराउने नाममा भएको अस्वस्थ प्रतिस्पर्धाका कारण जथाभाबि रुपमा टावरहरु निर्माण गरिंदै आएको छ । एनसेलले स्थापना गरेको टावरमा कुनैपनि बत्ती छैन् भने, जोखिमपूर्णरुपमा रहेको प्रकृतिक विपत्त चट्टयाङको जोखिम बढ्दै गएको छ । सो कम्पनीले राजधानी लगायत देशको विभिन्न स्थानमा राखेको टावरमा काम चलाउ ‘अर्थिङ’ राखेका कारण घरहरु जोखिमपूर्ण बन्दै गएको छ ।
देशमा ६ वटा टेलिफोन कम्पनीहरुले सेवा प्रदान गर्दै आएको छ । सबैले मोबाइल टेलिफोन चलाउन प्राधिकरणबाट अनुमति पाइसकेका छन् । कम्पनी पिच्छे टावर लगायत उपकरण बनाइएको र सो टावर पूर्णरुपमा असुरक्षित रहेको दाबी विज्ञहरुको रहेको छ । निजी क्षेत्रको मोबाइल फोन कम्पनी एनसेल अरु कम्पनीको भन्दा सुरक्षातर्फ ध्यान नदिएको र कम भाडा दिएर जहाँपायो त्याहाँ टावर स्थापना गरेको एक अध्यययले देखाएको छ ।
नेपालमा अहिले मोबाइल टेलिफोनका झण्डै ५ हजार वटा भन्दाबढी टावर बनिसकेका छन् । यसमा सरकारी मातहतको मोवाइल सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको भन्दा बढी एनसेलकै करिव २ हजार वटा भन्दाबढी टावर छन् । एनसेलको हालसम्ममा देशभरमा कति वटा टावर स्थापना भएको छ भनी पटक–पटक सो कम्पनीको कार्यालयमा सम्र्पक राख्दा सम्बन्धित निकायका कोही पनि सम्र्पकमा आउन चाहेनन् । भने अर्कोतर्फ सो कम्पनीद्वारा सञ्चालनमा रहेको निजी वेवसाइटमा समेत कम्पनीका बारे कुनै परिचय समेत राखिएको छैन भने सो वेवसाइटमा विभिन्न योजना सञ्चालन गरेका फोटो र विज्ञप्तिमा मात्र अपडेट गरेको छ । नेपाल दुरसञ्चार प्राधिकरणका अनुसार हरेक वर्ष एक हजार वटा मोबाइलका टावर थपिइरहेको जनाएको छ ।
यसरी मोवाइल कम्पनीले टावर बनाउँदा सहरको रुपनै बिग्री सकेको छ । सहरका हरेक अग्ला घरमा मोबाइलका टावर रहेका छन् । शहरी सौन्दर्य र मोबाइलको रेडियो तरंगले मानिसको शरिरमा पु¥याउने हानीलाई कम गर्न पनि सेवा प्रदायक कम्पनी एनसेलले कुनै चासो देखाएको छैन । आर्कोतर्फ सो सुरक्षाप्रति सरकार समेतले ध्यान नपु¥याउदा शहर लगायत गाँउ समेत असुरक्षित बन्दै गएको छ । यसैगरी, एनसेलले टावर लगायत टेलिफोनका पूर्वाधारका उपकरण विदेशबाट ठूलो मात्रामा आयात गरि रहेको छ भने एक दुईजना सरकारी कर्मचारीको मिलेमतोमा विना भन्सार आयात गरि करोडौ रुपैयाँ राजस्व समेत छली गरेको तर्फ सरकार गम्भीर नहुदाँ सरकारी ढुकुटीमा आउनु पर्ने रकम एनसेलले आफ्नै देशमा पठाएको छ ।
एनसेलले धौलागिरी अञ्चलका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका साथै विभिन्न जिल्लाका अग्ला डाडाँहरुमा राखिएका टावरहरुमा अझैसम्म न बत्ती राखिएको छ त न सो टावरमा चट्टयाङबाट जोगाउन ‘अर्थिङ’ नै जडान गरिएको छ । यसरी समान्य रुपमा दुर्घटनाबाट बचाउन र बच्न प्रयोग गर्ने अर्थिक समेत एनसेलले देखाउनकालागि मात्र जडान गरेको छ । सो कम्पनीले जडान गरेको अधिकाशं अर्थिङले काम नगरेका कारण विभिन्न स्थानका टावरहरुमा चट्टयाङ परेर वर्षेदेखि टेलिफोन सेवा अबरुद्ध भएको छ ।
आकाशमा बाक्लो बादल लाग्दा तथा मौसम खराबीको अवस्थामा जहाज तथा हेलिकप्टर टावरमा ठोक्किएर दुर्घटना हुनसक्ने भएकाले टावरमा अनिबार्य रुपमा बत्ती राख्नुपर्ने हवाईक्षेत्रसँग सम्बन्धित विज्ञहरुले बताउदै आएका छन् । सहर तथा गाँउका घरको छतमा जथाभावी ठड्याइएका टावर जनस्वास्थ्य र सुरक्षाका दृष्टिले पनि असुरक्षित रहेको प्रष्ट भएको छ । टावरका कारण मानिसको शारीरकी र मानसिक स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने अध्ययनमा देखाइएको छ । काठमाडौंको गोठाटारका एक घरधनीले आफ्नो घरमा एनसेलको टावर राख्न आएको प्रस्ताव स्वीकार नगरेपछि टावले मानिसको स्वाथ्यमा असर पु¥याउने र चट्टयाङको उच्च जोखिम हुने कुरा बाहिरीएको हो । ती घर धनीले आफ्ना नाम गोप्य राख्ने सर्तमा भने,‘म पेसाले इन्जिनियर भएको नाताले र टेलिफोनको टावर राख्दा स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल प्रभावलाई ध्यानमा राखेर उक्त निर्णयलाई अस्वीकार गरेको हो ।’ मानिसको स्वास्थ्यप्रति कुनै चासो नदिई एनसेलका कम्पनीबीच दूरसञ्चार सेवा विस्तारको होडबाजी नै चलेको छ । प्रतिस्पर्धाकै कारण आफ्नो सेवाको पहुँच विस्तार गर्न र प्रभावकारी बनाउन यी कम्पनीले बीटीएस टावरको संख्या थपिरहेका छन् ।
सहर–बजारमा घरको छतको खासै उपयोग पनि नहुने र राम्रै भाडा पाइने लोभमा कतिपय घरधनीले त्यसको असर प्रति विचारै नगरी त्यस्ता टावर ठड्याउन सहजै अनुमति दिने गरेको पाइएको छ । घरघरका छानामा छयापछयाप्ती जडान गरिएका बीटीएस टावरलगायत उपकरण मार्फत प्रवाह हुने इलेक्ट्रो म्याग्नेटिक किरणहरूले मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्न गर्दछ । मोबाइल सेवा प्रदायक कम्पनी (एमएसपी), इन्टरनेट सेवा प्रदायक (आईएसपी), डीटीएच, वायरलेस इन्टरनेट सेवा बिक्री गर्ने मात्र होइन, सामान्य घरायसी विद्युतीय उपकरण बिक्रेताहरूसमेत यसतर्फ खासै चासो राख्दैनन् ।
विदेशमा गरिएका विभिन्न प्रारम्भिक अनुसन्धानले मोबाइल फोनलगायत उपकरणका कारण क्यान्सर रोगको जोखिम बढेको देखाएका छ । यसले मानसिक समस्यामा पनि वृद्धि भएको अनुसन्धानहरूको निष्कर्ष रहेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अनुसार सहरियाहरूमा एङजाइटी, तनाव लगायत मानसिक रोगको समस्या बढी देखिने गरेको उल्लेख गरको छ । सेवा विस्तारसँगै एनसेल कम्पनीले पहुँचलाई प्रभावकारी बनाउन सेवा बढीभन्दा बढी टावर ठड्याउनु र तिनमा उच्च क्षमताका उपकरण जडान गर्नु र जडान गरेको घरको भार क्षमता कति हो त्यसको अध्ययन नगरिनु पर्ने दुर्घटनाको अर्को पाटो प्रत्यक्षरुपमा देखा परेको छ । वर्षैदेखि जडान गरेका त्यस्ता टावर राखिएको घर विस्तारै जिर्ण हुदै जाने भएकाले कुनैपनि बेला भत्कन सक्ने विज्ञहरुको भनाई रहेको छ ।
तर, नेपाल दूरसञ्चार प्राधिकरणले तिनमा जडान गरिएका उपकरणमा प्रवाह हुने तरंग ‘ईएमआर’ को सघनता सम्बन्धि निश्चित मापदण्ड न तोकेका कारण झन सहरका घरहरु असुरक्षित बन्दै गएको छ । नियमित रूपमा त्यस्ता उपकरणको सम्पर्कमा आउने व्यक्तिको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने विश्वका विभिन्न शैक्षिक तथा अनुसन्धान केन्द्रमा भएका शोध र अनुसन्धानले औँल्याइसकेका छन् । त्यस्ता अनुसन्धानले ईएमआरसँग लामो समयसम्म सम्पर्कमा रहने व्यक्तिमा क्यान्सरलगायत समस्या देखा पर्न सक्ने औँल्याएका छन् । यस्ता टावरबाट फालिने विकिरणले मानव शरीरका तन्तुहरूलाई माइक्रो वेभले खानालाई पकाए जसरी नै नष्ट गर्दै जाने जोखिम हुन्छ । अनुसन्धानले एक व्यक्तिले दिनको २५ पटकभन्दा बढी मोबाइल फोनको प्रयोग गर्नु स्वास्थ्यका हिसाबले प्रतिकूल हुने देखाएका छन् । जर्मनीमा गरिएको एक अध्ययनले त्यस्ता टावरहरूको चार सय मिटरसम्मको परिधिमा रहने व्यक्तिमा अन्य व्यक्तिको तुलनामा स्तन, कलेजो, छाला र रक्त क्यान्सरको जोखिम तीन गुणाले बढी हुने देखाएको थियो । यिनै जोखिमलाई ध्यानमा राख्दै ईएमआरका सम्बन्धमा इन्टरनेसनल कमिसन अफ नन आयोनाइजिङ् रेडिएसन प्रोटेक्सन (आईसीएनआईआरपी), फेडरल कम्युनिकेसन कमिसन (एफसीसी), इन्स्टिच्युट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियङ् (आईईई) लगायत संस्थाले मापदण्ड तोकेका छन् । यो मापदण्डलाई विभिन्न मुलुकहरूले परिमार्जन गर्दै लागू पनि गरेका छन् ।
तर नेपालमा भने सो मापदण्ड अनुसार सञ्चालन गरेको पाइदैन । प्राधिकरणले गरेको एक अनुसन्धानमा काठमाडौँ र ललितपुरमा सञ्चालनमा रहेका एनसेलको जीसीएम प्रणालीबाट प्रवाह भइरहेका इलेक्ट्रो म्याग्नेटिक रेडिएसनको नमुना परीक्षण गरएिको थियो । उक्त अनुसन्धानमा जावलाखेल, माइतीघर र सुन्धारालगायत क्षेत्रमा मोबाइल नेटवर्कको उच्च सघनताका कारण त्यस्तो विकिरण बढी रहेको पाइएको थियो ।
टावर र विकिरणका कारण मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पररिहेको अनुभवचाँहि जनस्तरमा भइरहेको पाईएको छ । कीर्तिपुर ट्याङलाफाँट र भक्तपुरका स्थानीयद्वारा बीटीएस टावरकै कारण आफ्नो स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै प्राधिकरण समक्ष गरेको उजुरी गरेपछि सो टावरका कारण असुरक्षा बढ्दै गएको प्रष्ट भएको छ । बीटीएस टावरका कारण स्वास्थ्यलगायत अन्य समस्या परेको जनाउँदै दूरसञ्चार प्राधिकरण समक्ष अहिलेसम्म दर्जन उजुरी परे पनि सो बारे प्राधिकरणले कुनै निर्णय दिन सकेको छैन । तीनमा घरका छानामा ठड्याइएका टावर तीन देखि १५ मिटर र भुइँमै खडा गरिएका टावर १५ देखि ५० मिटर उचाइको हुने गरेको छ । छिमेकी भारतमा भने त्यहाँको सरकारले यस सम्बन्धमा कडा नीति अख्तियार गरेको भएपनि नेपालमा सरकारले कुनै चासो नदिएका कारण समस्या झन बढ्दै गएको छ । भारतमा त्यहाँको सरकारले पाँच महिनाअघि देशभरका साढे चार लाख बीटीएस टावरको विकिरण प्रवाह घटाउन निर्देशन दिएको थियो । त्यसैगरी करिव २२ हजार ५ सय टावरलाई अन्यत्र सार्न समेत निर्देशन दिएको थियो । तर नेपालमा भने घरैपिच्छे टावर राख्दा समेत सरकारको ध्यान गएको पाइदैन । मापदण्ड अनुसार दुईवटा एन्टेना भएको टावर र आवासीय घरबीचको दूरी कम्तीमा ३५ मिटर टाडा हुनु पर्ने व्यबस्था भएपनि सहरमा १÷२ मिटरको दुरीमा टावर स्थापना गरिएको छ । यस मामलामा एनसेलले सहर र गाँउमा रहेका अग्लो घरमा आफ्नो टावर राखेको छ ।
त्यसैगरी, भारतमा तीन महिनाअघि मात्र राजस्थान राज्यको उच्च अदालतले विद्यार्थी र बिरामीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने जनाउँदै देशभरका मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई विद्यालय, अस्पताल, खेल मैदान र कलेज क्षेत्रमा रहेका टावर हटाउन निर्देशन दिएको थियो । त्यसैगरी कारागारभन्दा पाँच सय मिटर, ऐतिहासिक स्मारक र सम्पदाभन्दा एक सय मिटरभन्दा बढीको दूरीमा मात्र टावर ठड्याउन पनि निर्देशन गरेको थियो ।
नेपालमा भने स्कुल, सम्पदा र अस्पताल वरपर समेत त्यस्ता टावर बगेरल्ती देख्न सकिन्छन् । जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने बहस चलिरहँदा हावाहूरी, आँधीजस्ता प्राकृतिक विपत्तीका बेला तिनले निम्त्याउन सक्ने जोखिम झन् भयावह हुन सक्छ । प्राधिकरणले टावर सञ्चालन गर्दा सर्वसाधारण तथा रेडियो फ्रिक्वेन्सी सम्बन्धी पेसाकर्मीको स्वास्थ्यमा प्रभाव नपरोस् भन्नका लागि रेडियो फ्रिक्वेन्सी प्रयोग गर्दा सेवा प्रदायकले पालना गर्नुपर्ने सर्त एवं मापदण्ड सहितको ‘गाइडलाइन अन हेल्थ हजार्ड ड्यु टू वायरलेस कम्युनिकेसन’ नामक निर्देशिका बनाउन सरोकारवाला निकाय, संघसंस्था, विज्ञ तथा सर्वसाधारणको सुझाव, सल्लाह र प्रतिक्रियाका लागि सार्वजनिक आह्वान गरे पनि सो बारे अझै सम्म पूर्ण रुप लिएको छैन ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.