चेम्बरमा नयाँ नेतृत्व चयनको बिबादले व्यवसायीको शिर झुक्यो
रोशन कार्की
काठमाडौं । मुलुकको सवैभन्दा पुरानो व्यवसायीकहरुको सस्था नेपाल चेम्बर अफ कमर्समा नेतृत्व विवादका कारण कार्यसमिति विहिन बनेको लामो समय वितिसक्दा समेत समधान हुन नसकि झन विवादले उग्ररुप लिने अबस्थामा पुगेको छ । निजी क्षेत्रकै पुरानो व्यवसायिक संगठन चेम्वरको ६० वर्षे इतिहासमा पहिलो पटक नेतृत्व विवादका कारण कार्यसमिति विहिन हुदाँ व्यवसायी काममा पूर्णरुपमा अबरोध पुगेको सम्बन्धित व्यवसयीहरुले बताएका छन् ।
बर्तमान कार्य समितिका अध्यक्ष सुरेशकुमार बस्नेतको कार्य शैलिप्रति असहमति जनाउदै आएका सदस्यहरुले नयाँ नेतृत्व चयन गर्ने विषयलाई लिएर उत्पन्न विवाद तिब्र हुदै गएको छ । २००९ सालमा स्थापना भएको निजी क्षेत्रको पुरानो संस्था चेम्बरमा हाल कार्यरत अध्यक्ष बस्नेत नेतृत्वको २ वर्र्षेे कार्यकाल गत वर्षनै सकिएको हो । सो कार्याकाल सकिएपनि पदाधिकारीबीच उपन्न विवादका कारण वर्षिक साधारण सभा समेत अझै टुङगो लाग्न नसक्दा दैनिकरुपमा गरिनु पर्ने काम कारवाही समेत रोकिएको छ । नयाँ नेतृत्व चयनकालागि निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी सचिवालयका कर्मचारीलाई दिएको भएपनि सो सचिबालले साधारण सभा समेत बोलाउन सकेको छैन ।
चेम्बरको प्रचलित विधान अनुसार कार्यसमितिको कार्यकाल २ वर्षको हुने, हरेक वर्ष चैत मसान्त भित्र वार्षिक साधारण सभा हुनुपर्ने र सो नभएमा कार्यसमिति स्वतः भंग भई चेम्बरको वैतनिक कार्यालय प्रमुखले दैनिक कार्य संचालनको जिम्मा लिई ३५ दिन भित्र साधारण सभा बोलाई कार्यसमितिको निर्वाचन गर्नु पर्ने प्रावधान रहेको छ । तर, सो प्रावधान अनुसार चेम्बर सचिवालयका कर्मचारीले तोकिएको समयभित्र पनि वार्षिक साधारण सभा बोलाउन सकेको छैन । बर्तमान कार्यसमितिको कार्यकाल सकिएको र साधारण सभा र निर्वाचन विधिसंवत ढंगले हुनुपर्ने माग गर्दै चेम्बरको ठूलै समूहले पटक–पटक दवाव दिदा समेत समय सिमाभित्र सस्थाको निर्वाचन हुन नसकेको सदस्य नीरज राईले बताए । चेम्बरका बरिष्ठ उपाध्यक्ष लोकमान्य गोल्छाले चेम्बरको वर्तमान कार्यसमितिको निर्वाचन गत २०६७ साल ३० चैतमा हुनु पर्नेमा अझै सम्म हुन नसेको भन्दै सस्थामा चुलिएको नेतृत्व विवादले सस्थाकै इतिहास विगारेको बताए ।

गत वर्षको चैतमै हुनु पर्ने चेम्बरको ६० औं वार्षिक साधारण सभा गत वर्षको २५ र २६ चैतमा गर्ने तय भई सार्वजनक सूचना समेत प्रकाशित भईसकेको थियो । तर सो सूचना अधिकारी नभएको भन्दै अध्यक्ष बस्नेतले एकलौटी र मनोमानी ढंगले गत ९ चैतमा सार्वजनिक सूचना प्रकाशित गरि सो साधारण सभा स्थगित गरे पछि झन विवाद बढ्दै गएको हो । विगत ६० वर्षको ईतिहास बोकेको चेम्बरले हाल यस्तो अवस्था भोग्नुपरेकोमा चिन्ता व्यक्त गर्दछन् बरिष्ठ उपाध्यक्ष गोल्छा । उनले भने,‘यो नहुनु पर्ने काम यस पटक हुन गएकोमा आम व्यवसायीको टाउको झुकेको छ ।’
गत चैतमा हुनुपर्ने साधारण सभा र निर्वाचन अध्यक्ष बस्नेतकै कारण रोकिएकाले चेम्बरको निर्वाचन विधिवत ढंगले गर्न पाऊँ भन्दै ३० जना सदस्यले जिल्ला प्रशासन कार्यालय काठमाडौमा निवेदन दिएका थिए । कुल ३९ सदस्यीय पदाधिकारीबीच ३१ जना महासचिव कमलेशकुमार अग्रवाल पक्षमा रहेको र अन्य ८ जना मात्र अध्यक्ष बस्नेत पक्षमा रहेका छन् । उनीहरुले अहिले नयाँ सदस्यता नपाउने केही व्यवसायीले पुनरावेदन अदालतमा हालेको मुद्धाको फैसला समेत भई तत्काल नयाँ कार्य समितिको चयन गर्नु गराउनु भन्ने आदेश आउदा समेत अध्यक्ष बस्नेतले सो अनुसार नगरेको पदाधिकारीहरुको आरोप रहेको छ । अध्यक्ष बस्नेतलाई पटक–पटक सम्र्पकगर्दा समेत सम्पर्कमा आउन चाहेनन् ।
२००९ साल २७ असोजमा उद्योग विभागमा दर्ता भएको चेम्बर मुलुककै उद्योग वाणिज्य क्षेत्रको पहिलो संस्था हो । चेम्बरको विधानमा विभिन्न पटक समयानुकूल संशोधन हुँदै आएको छ । पछिल्लो पटक २०६५ सालमा सम्पन्न चेम्बरको वार्षिक साधारण सभाले गरेको संशोधनलाई गत वर्षको २३ कार्तिकमा स्वीकृति प्राप्त भएको थियो । नयाँ नेतृत्व चयनको विषयलाई लिएर उत्पन्न तिब्र विवादका कारण चेम्वर भवनलाई प्रहरीले हस्तक्षेप समेत गर्नुपरेको थियो । चेम्वर ६० औं वार्षिक साधारण सभा गर्ने विषयमा चेम्वर अक्ष्यक्ष बस्नेत र महासचिव कमलेशकुमार अग्रवालवीच सूरुमा विवाद भएको थियो । सो विवाद बढ्दै गएपछि सस्था कार्यसमिति विहिन हुन पुगेको हो ।
अग्रवालले महासचिवको हैसियतमा गत वर्ष ५ चैतमा सार्वजनिक सूचना जारी गर्दै चेम्वरको आगामी वार्षिक साधरण सभा चैत २५ गते गर्ने र २६ गते पदाधिकारीको निर्वाचन गर्ने भन्दै सार्वजनिक सूचना जारी गरेका थिए । साधारण सभाको विषयलाई लिएर महासचिवले जारी गरेको सूचनाको तीन दिनपछि चेम्वर अध्यक्ष बस्नेतले छुट्टै सूचना जारी गर्दै महासचिव अग्रवालले जारी गरेको सूचना गैरकानूनी भएको दावी गदै उनले गत २५ र २६ चैतको वार्षिक साधरण सभा प्रक्रिया पुरा नगरी आह्वान गरेको भन्दै गैरकानूनी भएको दाबी गर्दै आएका छन् । चुनाबी माहोल आफ्नो पक्षमा बनाउने गरी नयाँ सदस्यता वितरणमा विवाद भएपछि चेम्वरमा व्यवसायीबीच तिब्र बिबाद भएको हो ।
चेम्वर अध्यक्ष बस्नेत पुन ः अध्यक्षमा चुनाव लडेर दोहोरिन चाहेका छन्, उनको विरोधमा रहेको समूहले चेम्वरका पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठलाई पुनः एकपटक अध्यक्ष बनाउने गृहकार्य गरिरहेका छन् । श्रेष्ठलाई, व्यवसायीहरु लोकमान्य गोल्छा, कमलेशकुमार अग्रवाल, राजेन्द्र अर्याल, सुरेन्द्रबीर मालाकार लगायत पदाधिकारीमा भएका तीन तिहाई सदस्यले समर्थन गरेका छन् । यसैगरी बर्तमान अध्यक्ष बस्नेत पक्षमा जम्मा ९ जनाको मात्र समर्थन छ ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.