आन्तरिक राजस्व विभागमा अख्तियार पस्यो
रोशन कार्की
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका कर प्रशासकलाई व्यवसायीले बुझाएको विवरणका आधारमा मात्र कर असुली नगर्न निर्देशन दिएको छ । विभागले व्यवसायीले अधिकांश विवरण लुकाएर आपूmअनुकूल विवरण पेस गरेको र सोही विवरणका आधारमा कर असुली गरेको भन्ने सूचना आयोगमा पुगेपछि प्रमुख आयुक्त लोकमानसिंह कार्की विभागको केन्द्रीय कार्यालय लाजिम्पाट पुगेका हुन् । उनले निजी क्षेत्रप्रति बढी आक्रोशसमेत पोखेको एक कर्मचारीले बताए । ती कर्मचारीका अनुसार, प्रमुख आयुक्त कार्कीले कर अधिकृतहरूलाई दुई घन्टाभन्दा लामो समय निर्देशात्मक प्रवचन दिएका थिए ।
प्रमुख आयुक्त कार्कीले निजी क्षेत्रका व्यक्ति या व्यवसायीले करोडौँ मूल्यका गाडी चढ्ने, विलासिताको जीवन बिताउने तर कर, राजस्वमा छली गर्ने गरेको बारे गहिरो अनुसन्धान गर्नसमेत विभागलाई निर्देशन दिएका छन् । कर प्रशासनका सम्बन्धित कर्मचारीले व्यापारीद्वारा विभागमा दिएको विवरण मात्रै हेर्ने तर करछली गरेको पाटोमा ध्यान नदिएको भन्दै प्रमुख आयुक्त कार्कीले कर अधिकृतको आलोचना गरे ।
उनले बैंकबाट ठूलो मात्रामा कर्जा प्रयोग गर्नेलाई पनि नियमित निगरानी गर्न राजस्वका कर्मचारीलाई निर्देशन दिए । वाणिज्य बैंकमा जम्मा भएको ६० प्रतिशत निक्षेप ३४ ठूला घरानाले मात्रै प्रयोग गरेको भन्ने सूचना आएकाले ती घराना व्यवसायीले कर तिरे÷नतिरेको अनुसन्धान गर्न पनि निर्देशन दिए । प्रमुख आयुक्त कार्कीले भने, ‘नेपाल राष्ट्र बैंकले दिएको तथ्यांकअनुसार मल्टिपल बैंकिङको सुविधा उपयोग गरेर सीमित घरानाले धेरै पैसा प्रयोग गरेका छन्, यस्ता घरानाले कर तिरे÷नतिरेको खोज्नुस् ।’ एउटा व्यावसायिक घरानाले १० वटा बैंकबाट कर्जा लिएको प्रमाण आपूmसँग रहेको उनले बताए ।
करोडौँ मूल्यको कार चढ्नेले कति राजस्व तिरेको छ भनेर कर प्रशासनले हेर्न नसकेकोप्रति उनले आक्रोश पोखे । कार्कीले भने, ‘पाँच करोडको गाडी चढ्ने व्यक्तिले राज्यलाई कति राजस्व तिरेको छ ? त्यो हेर्ने जिम्मेवारी तपार्इंहरूको हो ।’ समाजमा सम्पत्तिको धाक लगाउने तर राज्यलाई कर छल्ने वर्गको संख्या ठूलो भएकाले अब कर प्रशासन सोही अनुसार आफ्नो पुरानो रणनीतिमा परिमार्जन गरी करछली गर्नेलाई तत्काल कारबाही गर्न आयुक्त कार्कीले निर्देशन दिए ।

एउटै घरानियाले धेरैथरि उद्योग व्यवसायमा हात हालेकोमा पनि उनले आलोचना गरेका छन् । उद्योग, व्यापार, सेवा क्षेत्र, बैंकिङ सबैजसो व्यवसायमा एउटै घराना संलग्न भएको भन्दै उनले आलोचना गरेका हुन् । एउटा सिमेन्ट उद्योग, एउटा बैंक र एउटा अर्को व्यापार हुनै पर्ने जस्तो व्यवहार निजी क्षेत्रका व्यवसायीले गरेको प्रमुख आयुक्त कार्कीले बताए ।
ऋापूmले अर्थ मन्त्रालयमा लामो समय बिताएको भन्दै राजस्व महाशाखा र राजस्व अनुसन्धान विभागमा गरेका कामको फेहरिस्त कर अधिकृतहरूलाई सुनाएका थिए । कार्कीले भने, ‘तपार्इंहरूले आएको विवरण मात्रै हेर्ने काम नगर्नुस्, बजार अनुगमन नै नगर्ने हो भने कर छलेको कहाँबाट भेटाउनुहुन्छ ?’ उनले नक्कली भ्याट बिलकाण्ड संयोगले पत्ता लागेको भन्दै उनले कर्मचारीको दक्षताले यस्ता घटना हालसम्म पत्ता लाग्न नसकेको पनि बताए । उनले न्यूनतम २५ प्रतिशत राजस्व छलिने गरेको दाबी गरे । स्वतन्त्र निकायबाट बजार अध्ययन गराउन उनले विभागका अधिकारीलाई निर्देशन दिएका हुन् ।
वकिल, डाक्टर, एनजिओ, आइएनजिओमा काम गर्नेलाई करको दायरामा ल्याउन पनि उनले निर्देशन दिए । वकिल र डाक्टरले करोडौँ कमाए पनि राजस्व नतिरेकाले उनीहरूलाई कारबाही गर्न निर्देशन दिए । आन्तरिक राजस्व विभागका महानिर्देशक टंकमणि शर्माले विभागले गरेको काम, प्रगति विवरण र आगामी योजनाबारे जानकारी दिएका थिए । लामो समयसम्म प्रमुख आयुक्त कार्कीले बोलिरहँदा महानिर्देशक शर्मा भने मौन बसेका थिए ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.