अर्थमन्त्रीको निर्देशनले पनि रोकिएन भन्सार राजस्व चुहावट
रोशन कार्की
काठमाडौं । निर्वाचन सम्पन्न गराउने अधिकारप्राप्त मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मी नेतृत्व सरकारका अर्थमन्त्री शंकरप्रसाद कोइरालाले पटक–पटक राजस्व चुहावट नियन्त्रण गर्न दिएको निर्देशनलाई सम्बन्धित कर्मचारीले वेबास्था गर्दा भन्सार राजस्व संकलनमा गिरावट आउने क्रम जारी छ ।
अर्थमन्त्रालयले साउन महिनामा गरेको समिक्षामा भन्सार प्रशासनतर्फ लक्ष्यभन्दा कम संकलन भएको विवरण सार्वजनिक गरेको छ । सरकारले यस महिना ५ अर्ब तीन करोड ४९ लाख ६२ हजार रुपैयाँ भन्सार संकलनको लक्ष्य राखिएकोमा ४ अर्ब ६९ करोड ६८ लाख ४५ हजार रुपैयाँमात्रै संकलन भएको छ । तुलनात्मक रुपमा साउनमा आयातमा कमि आएको कारण लक्ष्यभन्दा कम भन्सार राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ ।
पैठारीमा देखिए भएको गिरावटका कारण पैठारी महसुलमा पनि लक्ष्यभन्दा कम संकलन भएको छ । भन्सारतर्फको राजस्व असुलीमा कमी आएउनुमा आयात कमभन्दापनि कर्मचारीको मिलेमतोमा हुने अबैध कारोबारबाट सामान छुटाउनु पनि मुख्य कारण भएको अर्थविद्हरुको भनाई रहेको छ । गत वर्षको सोही अवधिको तुलनामा भन्सार महशुल संकलन १७ दशमलव ७३ प्रतिशतले वृद्धि भएको थियो । राज्यको ढुकुटीमा सवैभन्दा बढी राजस्व जम्मा हुने भन्सार भएपनि सो नाकाबाट हुने कारोबारमा प्रत्यक महिना चोरी निकासीका कारण भन्सार राजस्वमा गिरावट आउने गरेको छ ।
आन्तरिक राजस्व विभागले मुख्य सहर र अन्य स्थानमा कर कार्यालयहरु स्थापना गरेर करको दायरामा विभिन्न व्यवसायीलाई आउन बाध्य पारेका कारण यस महिनामा मूल्य अभिवृद्धि कर (भ्याट) लक्ष्यभन्दा ३ दशमलव ५ प्रतिशत अर्थत ९ अर्ब २९ करोड ४९ लाख ६३ हजार रुपैयाँ संकलन भएको छ । समिक्षा महिनामा अन्तःशुल्कमा पनि लक्ष्यभन्दा ८ प्रतिशतले कमी आई २ अर्ब ९८ करोड ९२ लाख ४३ हजार रुपैयाँ संकलन भएको छ । गत वर्षको सोही अवधिको तुलनामा २४ दशमलव ४६ प्रतिशतले बढी संकलन भएको थियोे । आन्तरिक रुपमा संकलन हुने अन्तः शुल्क भन्दा आयातामा लाग्ने अन्तः शुल्कको असुली कम भएको हुनाले लक्ष्य मुताविक असुल हुन नसकेको अर्थमन्त्रालयको दाबी रहेको छ ।
आयकर ४ अर्ब ३ करोड ४१ लाख ३९ हजार रुपैयाँ असुली भएको छ । जुन लक्ष्यको तुलनामा २२ प्रतिशत र गत वर्षको दाँजोमा २९ दशमलव २२ प्रतिशतले बढी हो । रजिष्ट्रिशन दस्तुर, सवारी साधन कर र अन्य कर साउन महिनामा २ अर्ब २४ करोड ९३ लाख १० हजार रुपैयाँ संकलन भएको अर्थमन्त्रालयले जनाएको छ । साथै, गैरकर राजस्वको लक्ष्य साउन महिनामा ७२ करोड ५४ लाख ५२ हजार राखिएकोमा लक्ष्यभन्दा ९४ दशमलव ९ प्रतिशत बढी संकलन भएको छ ।

लक्ष्यभन्दा कम भन्सार राजस्व संकलन
यसैगरी, चालु आर्थिक वर्ष २०७०÷०७१ को पहिलो महिनामै समग्र राजस्व संकलनमा भने वृद्धि भएको छ । सरकारले साउन महिनामा २४ अर्ब ६७ करोड ८५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । जुन लक्ष्यभन्दा १ अर्ब ३९ कारोड रुपैयाँ संकलन हुन गएको छ । सरकारले समिक्षा महिनामा २३ अर्ब २८ करोड ९९ लाख १८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।
महिनाको राजस्व संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८ दशमलव ८७ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा सरकारले १९ अर्ब १५ करोड रुपैयाँमात्र राजस्व संकलन गर्न सफल भएको थियो । समिक्षा महिनामा सरकारले कर राजस्व लक्ष्यभन्दा ३ प्रतिशत र गैरकर राजस्व लक्ष्यभन्दा ९५ प्रतिशत बढी संकलन गर्न सफल भएको अर्थमन्त्रालयले जनाएको छ । अर्थमन्त्रालयका अनुसार गत वर्षको तुलनामा कर राजस्व २७ दशमलव ४ प्रतिशत र गैरकर राजस्व ५८ दशमलव ७ प्रतिशतले बढी संकलन भएको छ । अर्थमन्त्रालयका सचिब शान्तराज सुबेदीले साउन महिनाको राजस्व लक्ष्यभन्दा बढी असुली हुनमा सयममै बजेट जारी हुनु, राजस्व नीतिको कार्यान्वयनका लागि स्पष्ट बैज्ञानिक र व्यवस्थित कार्य योजना बनाई लागु गरेका कारण सो राजस्व संकलन भएको बताए । उनले राजस्व प्रशासनको सुधार तथा आधुनिकिकरण प्रक्रियालाई निरन्तरता दिनु, अनुसन्धानमूलक कर परीक्षण, करदातामैत्री कर प्रशासनका क्रियाकलाप, करदाता शिक्षा, जनचेतना अभिवृद्धिमा जोड र करदाता लगायत निजीक्षेत्रको सहयोग र सहकार्य आदि कुरा प्रमुख रहेकाले सो सफलता पाएको दाबी गरे ।

No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.