भ्रष्टचारको आरोपमा पक्राउ पर्ने त्रास
विभागका कर्मचारीद्वारा सरुवा माग
रोशन कार्की
काठमाडौं । अबैधरुपमा आर्थिक संकलन हुने भन्सार कार्यालयलाई समेत पछि पार्न सफल बैदेशिक रोजगार विभागका कर्मचारीहरु भ्रष्टचारको आरोपमा पक्राउ पर्ने संम्भावना बढ्दै गएपछि आफ्नो सरुवा अनेन्त्र गरीदिन आफु मातहतको निकायमा माग राख्नेको संख्या दैनिकरुपमा बढ्न थालेको छ ।
निजामति कर्मचारी अन्य स्थानमा भन्दा अध्यागमन विभाग, अध्यागमन कार्यालय एयरपोर्ट, वैदेशिक रोजगार विभाग, यातायात कार्यालय, नापी र मालपोतलगायतका कार्यालयमा जान ठूलो रकम खर्च गर्ने गरेका र खुलेआम आर्थिक लेनदेन गर्ने कर्मचारीहरू अहिले भने त्यहाँबाट सरुवा मिलाएर अन्यत्र जान समेत थालेको एक उच्च स्रोतले जनाएको छ । पछिल्लो समयमा प्राप्त जानकारी अनुसार रोजगार विभागबाट उपसचिव प्रदीप सुबेदीलगायतका केही कर्मचारीले सरुवा मिलाइसकेको विभाग स्रोतले जनाएको छ । केही सरुवाको दौडमा लागी परेका छन् । अध्यागमनका केही कर्मचारीको सरुवा भइसकेको छ ।
वैदेशिक रोजगार विभागमा बसेर अवैधरुपमा अकुत सम्पत्ति कमाएका तत्कालीन महानिर्देशकद्वय मोहनकृष्ण सापकोटा र सेवा निवृत्त भइसकेका केशरबहादुर बानियाँ, निर्देशकहरू वेदप्रसाद लेखक, काशीराज मरासिनी, कृष्ण दवाडी, कम्पनी रजिस्ट्रारको कार्यालयबाट रंगेहात पक्राउ परेका लालबाबु कवारी, हरिसिंह धामी, विश्वबन्धु रेग्मीलगायत विभागमा बसेका तर अहिलेसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीमा
परेका र अन्य कर्मचारीलाई समेत अख्तियारले नियन्त्रणमा लिने सम्भावना बढेकाले सो बाट बच्नकैलागि बैदेशिक रोजगार विभागका कर्मचारीले अनेन्त्र सरुवा मागेको बुझिन आएको छ । तत्कालिन महानिर्देशक सापकोटा पर्यटन तथा संस्कृति मन्त्रालयको प्रशासन शाखामा रहेका र ऐन कानूनको वकालत गरेपनि उनलाईपनि अख्तियारले नियन्त्रणमा लिएर अनुुसन्धान गरी रहेको छ । तत्काल उनी पहिलो संविधान सभा निर्वाचन हुँदा प्रमुख जिल्ला अधिकारी दाङमा रहेका थिए । त्याहाँबाट उनी विभागमा ल्याइएको थियो । त्यतिखेर अख्तियार सक्रिय अवस्थामा नरहेको र माओवादी नेतृत्वमा सरकार भएकाले खुलेआम सेवाग्राहीसँग पैसा मागेर अकूत सम्पत्ति कमाएको आरोप उनीमाथी लागेको छ । त्यसैगरी, अर्का दुई निर्देशक कृष्ण दवाडी र वेदप्रसाद लेखक तत्कालीन श्रममन्त्री लेखराज भट्टले उनलाई विभागमा पठाएको थियो । उनी त्याहाँबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा सरुवा मिलाएर अकुत सम्पत्ति आर्जन गरेको आरोप उनीमाथी लागेको छ । उनी अहिले नवलपरासीको प्रमुख जिल्ला अधिकारी रहेका छन् । दवाडी पनि वैदेशिक रोजगारमा बसेर अकूत कमाउनेमा पर्छन् । कवारीले पनि जिल्ला प्रशासन कार्यालय काठमाडौं र यातायात कार्यालय हुदै पुन ः वैदेशिक रोजगार विभागमा आएका थिए ।

उनलाई तत्कालीन उद्योग मन्त्रीलाई पैसा बुझाएर कम्पनी रजिस्ट्रार कार्यालयमा पुगेका कवारीलाई अख्तियारले सम्पत्तिको स्रोतको विवरण माग भएपसपछि र सो विवरण बुझाउन नसकेपछि विभागले उनलाई पनि नियन्त्रणमा लिई मुद्धा चलाई सकेको छ । निर्देशक काशीराज मरासिनी र तत्कालीन महानिर्देशक सापकोटा मिलेर मेनपावर कम्पनीसँग अबैधरुपमा रकम लिएको आरोप समेत लाग्दै आएको छ । सोही समयमा संकलन गरेको स्रोतको दाबी रहेको छ । नाम नलेख्ने सर्तमा विभागका एक कर्मचारीले दिएको जानकारी अनुसार बानेश्वरबाट विभागको कार्यालय तीनकुनेस्थित हालका कतारका श्रम सहचारी इन्द्र पाण्डेको घरमा सार्दा समेत उनले मंहगो भाडा दरमा सहमती गरेर १ करोड ६५ लाख १५ हजार कमिशन लिएको बताए ।
अख्तियारको थुनामा रहेका हालका विभागका निर्देशक रमेश मैनालीले अबैध रुपमा महानिर्देशक र अन्यलाई मिलाउने कामको नेतृत्वदायी भूमिका खेलेको समेत आरोव रहेको छ । लेनदेनकै क्रममा केही महिनाअघि तत्कलीन महानिर्देशक पूर्णचन्द्र भट्टराईले रंगेहात अधिकृत तुलसा सेढाईलाई समातेपनि उनीलाई कारवाही हुन सकेको छैन । त्यसैगरी, अर्का अधिकृत अजिता शर्माले तत्कालीन महानिर्देशक भट्टराई छँदा मैले घुस खाने काम गदिनँ भन्दै ठूला कुरा गर्ने उनी भट्टराईको सरुवासँगै उनलाई अख्तियारले नियन्त्रणमा लिएको छ । त्यस्तै, अर्का अधिकृत ज्ञानेन्द्र शर्माले विभागको विभिन्न शाखामा बसेर जबर्जस्ती घुस असुल्ने अधिकृतको रुपमा सेवाग्राहीले चिन्ने गरेका व्यक्ती हुन् ।
उनले लाखौ रुपैयाँ लिएर नमिलेका कागजातलाई समेत सदर गरेर रकम असुली गर्ने गरेको आरोप लागेको छ । अख्तियारको कारबाहीमा परेका कर्मचारी र त्यहाँ रहेका अन्यलाई पनि अकूत सम्पत्तिको आशंकामा कारबाही अघि बढाउने तयारी अख्तियारले गरेको सूचना प्राप्त भएपछि अहिले कार्यरतहरूले आफु मातहतका निकायमा जतिसक्दो चाँडो सरुवा गर्नकालागि माग गर्ने गरेका छन् । कोही कोही कर्मचारीभने सिधै श्रममन्त्रालयमा समेत गएर सचिबसंग सरुवा गर्नकालागि अनुरोध समेत गरेको स्रोतले जनाएको छ ।
अख्तियारले धरौटीमा छोडेका सबै कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन पुन ः १३ पन्ने फाराम बुझाएपछि सो विभागका कर्मचारीहरु कारवाही पर्ने डरले अनेन्त्र सरुवा माग्ने गरेका हुन् । तत्कालिन समयमा श्रममन्त्री सरिता गिरीलाई ५० लाख रुपैयाँ धुष दिएर पुणचन्द्र भट्टराईलाई हटाउन सफल भएका अन्य कर्मचारी र वैदेशिक व्यवसायीहरुकै अबैध संलग्नताका कारण अहिले अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान गरी रहेको छ ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.