आर्थिक विकासमा भूमिका होस् – राष्ट्रपति
रोशन कार्की
काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले गैरआवासीय नेपालीलाई नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्न आग्रह गरेका छन् । सोमबार राजधानीमा गैरआवासीय नेपाली संघ (एनआरएन) को छैटौँ विश्व सम्मेलन तथा १०औँ वार्षिकोत्सवमा सम्बोधन गर्दै यस्तो आग्रह गरेका हुन् । उनले एनआरएन सदस्यलाई नेपाली हुँ मात्र भन्ने नभई नेपाली बनेर देखाउनसमेत आग्रह गरे । उनले भने, ‘जन्मभूमिप्रतिको कर्तव्य नबिर्सी आफ्नो गच्छेअनुसार लगानी गरेर आर्थिक विकासमा टेवा पु¥याउनुहोला ।’ राष्ट्रपतिले आर्थिक, व्यावसायिक, बौद्धिक पुँजीलाई आफू जन्मेको मुलुकको विकासमा परिचालन गर्न अनुरोध गरे । आफू जन्मेको देशको आर्थिक–सामाजिक विकासमा योगदान गर्नु गैरआवासीय नेपालीको कर्तव्य भएको उनले बताए । भने, ‘नेपाल र नेपालीको हित एवं उन्नति कसरी गर्न सकिन्छ भन्ने भावनाका साथ एनआरएनका सदस्यले काम गर्नु÷गराउनु होला ।’
राष्ट्रपति यादवले उच्चशिक्षा र व्यापार व्यवसायका लागि मुलुक छाड्नु राम्रो नभएजस्तै रोजगारीका लागि जन्मभूमि छाड्नुपर्ने बाध्यता सिर्जना हुनु सुखद नभएको बताए । स्वदेशमै रोजगारी सिजर्ना गर्नुपर्नेमा उनले जोड दिए । आगामी ४ मंसिरमा हुने संविधानसभा निर्वाचनपछि मुलुकमा लोकतान्त्रिक संविधान बन्ने विश्वास दिलाउँदै राष्ट्रपति यादवले लोकतान्त्रिक विधिमा मात्रै मुलुक समृद्ध बन्ने बताए ।
उनले पहिलो संविधानसभा संविधान जारी नगरी अन्त्य भएकोमा सबैलाई दुःख लागेको उल्लेख गर्दै पहिलो संविधानसभालाई पूर्णरूपमा असफल भन्न नमिल्ने बताए । उनले विगतबाट पाठ सिकेर नयाँ सोचका साथ अघि बढ्न जरुरी भएको जनाए । उनले दोस्रो संविधानसभा निर्वाचनलाई सफल पार्न गैरआवासीय नेपालीलगायत सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । उनले देशमा शान्ति, स्थायित्व, विधिको शासन एवं आर्थिक विकास सुनिश्चित गर्ने दोस्रो संविधानसभाको महायज्ञलाई स्वतन्त्र, निष्पक्ष एवं मर्यादित बनाउन सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवीलाई एकजुट भएर लाग्न आग्रह गरे ।
विश्वसम्मेलन उच्चस्तरीय आयोजक समितिका संयोजक एवं परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेले गैरआवासीय नेपालीलाई सरकारले उच्च प्राथमिकता दिएको बताए । दोस्रो संविधानसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको तथा निर्वाचनपछि मुलुकले राजनीतिक स्थायित्व प्राप्त गर्ने बताए ।
गृहमन्त्री तथा परराष्ट्रमन्त्री घिमिरेले नेपाली नियोगमा स्थायी कूटनीतिक संयन्त्र बनाउने र संयन्त्रमा एनआरएनको प्रतिनिधित्व गराउने जानकारी दिए । सरकारले एनआरएनलाई आर्थिक कूटनीतिको दरिलो खेलाडीका रूपमा प्रस्तुत गर्न लागेको जानकारी पनि मन्त्री घिमिरेले दिए । परराष्ट्र मन्त्रालयले सबै दूतावासलाई द्विपक्षीय उद्योग वाणिज्य संघ स्थापनाको गृहकार्य सुरु गर्न निर्देशन दिइसकेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले देशमा लगानीमैत्री वातावरण भएको खण्डमा स्वदेशी तथा विदेशी लगानी भित्रिने बताए । उनले कोही–कसैले कुनै पनि क्षेत्रमा गरेको लगानीको सुरक्षा खोज्ने भएकाले सुरक्षा सरकारले दिनुपर्नेमा जोड दिए । वैद्यले भने, ‘लगानीकर्तालाई सरकारले लगानीको सुरक्षा काम गर्ने स्थानमा विनाअवरोध काम गर्न पाएको खण्डमा देशमा लगानी गर्न कुनै समस्या हुँदैन ।’ उनले ऊर्जा संकट, श्रमिक समस्यालाई सरकारले तत्काल समाधान गर्न विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । वैद्यले एनआरएनका सदस्यले नेपालमा ४५ कम्पनी स्थापना गरेको र यी कम्पनीमार्फत ३० अर्ब रूपैयाँ लगानी भएको जानकारी दिए । उनले ऊर्जा, पूर्वाधार, पर्यटन, खानी र शिक्षा तथा स्वास्थ्य नेपालका प्रमुख प्राथमिकताप्राप्त क्षेत्र भएको बताए । सन् २०१५ सम्म महासंघ, एनआरएन र सरकारले गर्नुपर्ने कामबारे पनि जानकारी दिए । मन्त्री घिमिरेले संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने र नवनिर्वाचित अध्यक्ष शेष घलेलाई संघ दर्ताको प्रमाणपत्र हस्तान्तरण गरेका छन् । एनआरएनएका संस्थापक अध्यक्ष डा. महतो, पूर्वअध्यक्ष देवमान हिराचन, प्रमुख संरक्षक भीम उदास र अध्यक्ष जीवा लामिछानेले एनआरएनको अपेक्षा, सरकारले चाल्नुपर्ने कदम र आगामी योजनाबारे जानकारी दिए ।
एनआरएन अध्यक्षमा घले
कमाण्डर पोष्ट
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) अन्तर्राष्ट्रिय समन्वय परिषद्को अध्यक्षमा अस्टे«लियाका शेष घले अत्यधिक मतले विजयी भएका छन् । कुल ८ सय २ मतमध्ये घलेले ५ सय १० मत पाएका थिए भने उनका प्रतिस्पर्धी तेन्जी शेर्पाले २ सय ८० मत पाएका थिए । त्यसैगरी, उपाध्यक्षमा भवन भट्ट ३ सय ४८ मत र टिबी कार्की ३ सय मतसहित विजयी भए । महासचिवमा कुमार पन्त ३ सय ९५ मत पाए भने अर्का प्रतिस्पर्धी राजेन कँडेलले ३ सय ६० मत पाएका थिए । सचिवमा रञ्जु थापा २ सय ७३ मतसहित विजयी भइन् । उनका प्रतिस्पर्धी पुष्पराज तिमल्सिनाले २ सय १० मत पाएका थिए । कोषाध्यक्षमा बद्री केसीले ४ सय ७४ मत पाए । प्रतिस्पर्धी अरुणकुमार श्रेष्ठले २ सय ८६ मत पाएका थिए । युवा संयोजकमा डा. राजेन्द्रप्रसाद पराजुली विजयी भए । युरोप संयोजकमा अर्जुन श्रेष्ठ र एसिया प्रशान्त क्षेत्रीय संयोजकमा गंगा राई विजयी भएका छन् । सन् २००३ मा संघ स्थापना भएयता पहिलोपटक निर्वाचन प्रक्रियामार्फत अध्यक्ष चुनिएको हो ।
शेष घले |
यसबीच, गैरआवासीय नेपाली संघ (एनआरएन)का नवनिर्वाचित अध्यक्ष घलेले पहिलोपटक निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन भए पनि एनआरएनको एकतामा कुनै कमी नआउने बताएका छन् । विजयी भएसँगै घलेले भने, ‘निर्वाचनबाट विजयी भए पनि मैले एनआरएनलाई एकताबद्धता बनाउँदै लैजानेछु, तेन्जी शेर्पाजीसँग पनि सहकार्य गरेर एनआरएनलाई नयाँ उचाइमा पु¥याउँछु ।’ चार महिनादेखि मतदाताको घरदैलोमा पुगेर एजेन्डा र उनीहरूका समस्या सुनेको बताउँदै घलेले हार–जितलाई आजैका दिनदेखि बिर्सिएर संस्थालाई एकताबद्ध बनाएर लैजाने बताए । ‘भोट दिने साथीको कुनै दलप्रति आस्था हुन सक्ला, सबै साथीले अत्यधिक मत दिएर जिताएका छन् तर मैले कुनै राजनीतिक दलका नेताका दैलो चाहारेर सहयोग मागिनँ,’ घलेले भने, ‘एनआरएन राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्छ भन्नेमा दृढ छु ।’
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.