नयाँ बजेट बनाउने प्रक्रिया सुरु
रोशन कार्की
काठमाडौं । आर्थिक वर्ष ०७१÷७२ को बजेट बनाउने प्रक्रिया अर्थ मन्त्रालयले सुरु गरेको छ । राजनीतिक दलहरूको असमझदारीका कारण समयमै बजेट ल्याउन सकेको थिएन जसले विकास निर्माणका काम ठप्प भएका थिए । आगामी बजेट समयमै ल्याउन राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयले काम सुरु गरेकोे अर्थ मन्त्रालयले जनाएको छ । आयोगका अनुसार आगामी साताभित्र नयाँ बजेटको प्रारम्भिक सिलिङ तोकिनेछ । बजेट निर्माणका लागि विभिन्न निकायसँग १४ स्थानमा छलफल गरिसकेको समेत आयोगले जनाएको छ । आयोग र अर्थ मन्त्रालयका बजेट निर्माण समितिले नयाँ बजेटका लागि राजनीतिक दलका नेतासँग सुझाव संकलन गरिएको जनाएको छ । चालु आर्थिक वर्षको भन्दा २० प्रतिशत बढीको बजेट निर्माण हुने अनुमान गरिएको छ । चालु आर्थिक वर्षको बजेटको आकार ५ खर्ब १७ अर्ब रूपैयाँभन्दा माथिको हुने अनुमान योजना आयोगको छ । जसअनुसार आगामी आर्थिक वर्षको बजेट ६ खर्ब रूपैयाँभन्दा बढी हुनेछ । सोबारे विकास परिषद्मा बजेटबारे छलफल भइरहेको छ । योजना आयोगले आव ०७०÷७१ देखि ०७२÷७३ सम्मको बजेटको सिलिङ १६ खर्ब १६ अर्ब रूपैयाँ तोकेकाले आगामी आवको बजेट ६ खर्बभन्दा माथिको हुने अनुमान गरिएको हो ।

अर्को साता प्रारम्भिक सिलिङ तोकिने |
आयोगले मन्त्रालयहरूको बजेटको पनि सिलिङ तोक्छ । केही मन्त्रालयसँग छलफल गरे पनि धेरै मन्त्रालयसँग छलफल नगरी चालु आव र गत आवको कार्यक्षमतालाई हेरेर सिलिङ तोकिने तयारी भइरहेको छ । ६ खर्बको हाराहारीमा बजेट बनाउनु छ तर १२ खर्ब भन्दा धेरैको माग आउने गरेको छ । आयोगका अनुसार धेरै मन्त्रालयसँग छलफल नगरी बजेटको सिलिङ तोकिँदै आएको छ । चालु आर्थिक वर्षको बजेटले निजामती कर्मचारीको तलब १८ प्रतिशतले वृद्धि गरेको थियो । संविधानसभा–२ को चुनावका लागि १६ अर्ब रूपैयाँ विनियोजन गरिएको छ । यसैबीच, अर्थमन्त्री शंकरप्रसाद कोइरालाले समयमा बजेट आउँदा अर्थतन्त्रको सूचक सकारात्मक हुने बताएका छन् । उनले समयमै बजेट ल्याउन विशेष पहलसमेत भइरहेको बताए । उनले आगामी बजेट समयमा ल्याउन अब बन्ने सरकारलाई आग्रह गरिरहेको समेत बताए । बजेट समयमा आए अर्थतन्त्र चलायमान बनाउने भएकाले यसलाई साझा दस्ताबेजका रूपमा अघि बढाउनुपर्ने उद्योग तथा वाणिज्यमन्त्रीसमेत रहेको कोइरालाले बताए ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.