Wednesday, November 12, 2014
ग्रिनहिल सिटी अपार्टमेन्टका विरुद्ध १५० वटा मुद्दा
ROSHAN KARKI
काठमाडौं । राजधानीमा विभिन्न नाम दिइ निमार्ण भएका अपार्टमेन्टले लोभलाग्दा सुबिधा दिने भने पनि भित्र रह¥य भने समस्या नै समस्याले भरिएको पाईएको छ । यस्तै समस्याको पोकाभित्र फरक समस्या लिएर निमार्ण भएको राजधानीबाट नजिकै रहेको काठमाडौंको मुलपानीमा निर्माण गरेको ‘ग्रिनहिल सिटी’ नामको अपाटमेण्टको रह¥य भने नितान्न भिन्न रहेको छ ।
सो अपाटमेण्टले जग्गा लिनु भन्दा अगाडि देखिनै जिल्ला अदालत, पुराबेदन अदालत पाटन र सर्वोच्च अदालतमा गरि सो अपाटमेण्ट विरुद्ध १५० वटा मुद्दा दर्ता भएको छ । अदालतले सो मुद्दाको फैसला नहुदै निमार्ण गरिएको अपाटमेण्ट अहिले मुद्दैमुद्दाको भारी बोकेर लगानीकर्ताले अपार्टमेन्ट बिक्रीमा रहेको विज्ञापन गरेको छ । खरिदकर्तालाई सेवा सुविधा र अन्यभन्दा फरक रहेको भन्दै गरेको विज्ञापन अनुसार सो अपाटमेण्ट फरक रहेको पाईएको छ । अन्य अपाटमेण्टमा जग्गा मुद्दा नभएको तर सो अपाटमेण्टमा ४२ वटा मुद्दा विचाराधिनमा रहेकै अबस्थामा हातैमा लालपुर्जाको लोभलाग्दो विज्ञापन गरेपनि हाल मुद्दा फैसला नभएसम्म अपार्टमेण्ट निमार्णकर्ताले कसैलाई पनि लालपुर्जा दिने सक्ने कानूनी आधार छैन ।
यसरी आफ्नो स्वामित्वमा नभएको जग्गामा अपाटमेण्ट बनाएर लालपुर्जा हातैमा भन्दै विज्ञापन गरेर उपभोक्ता ठगी गरि आफ्नो लगानी उठाउने रणनीतिका अनुसार अपार्टमेण्ट मालिक भेषराज लोहनी लागि परेको समेत खुलेको छ ।
जग्गा खरिदसंगै चलेको विवाद अहिले जिल्ला अदालतमा विचाराधिन रहेको छ । जग्गाधनीलाई झुक्याएर रकम नभएको बैंकको चेक थमाएर जग्गा आफ्नो नाममा पार्न सफल तीनकुनेमा रहेको ओमकार रियल इस्टेट एण्ड हाउजिड कम्पनी (प्राइभेट) लिमिटेडका शान्तिराम न्यौपाने चन्द्रप्रसाद चौलागाई, भरतप्रसाद चौलागाई र ग्रिनहिल सिटीका मालिक भेषराज लोहनीका विरुद्ध ठगी र जालसाधिको मुद्दा दायर गरेका छन् ।
जग्गाधनी विजयमणी आचार्य दीक्षित, दुर्गादेबी आदि (दिक्षित), अभय भरतमणी र अरुण दीक्षितले चौलागाई र लोहनीका विरुद्ध ठगी मुद्दा दाहेर गरेको अदालत स्रोतले जनाएको छ । जग्गाठगहरुले दीक्षित परिबारको मुलपानी वडा नम्बर ८ ख मा रहेको कित्ता नम्बर ९०, १३८, १३९, १४०,१४१, १४३, १४८, १५०, १३३, १३६, १३७, ८८, ९१ र ९२ बाट १०२ रोपनी जग्गा ठगी गरेको जनाईएको छ ।
यसरी ठगी गरि रातारात अपाटमेण्ट बनाई खरिद गर्नकालागि अहिले सो हिल सिटीले मंहगोमा झुटो विज्ञापन सर्वाजनिक गरेको छ ।
बैंक व्यालेन्स नै नभएको चेक दिई सो ठग समुहले अरुण दीक्षितको नाममा सि, ३८ १३६७०२० को नम्बर भएको चेक राष्ट्यि बाणिज्य बैंकको चेकबाट ५ करोड, सोही बैंककै अर्को चेक दुर्गादेवी आदीको नाममा २ करोड ५० करोड, विजयमणी आचार्य दीक्षितको नाममा सोही बैककै २ करोड ५० लाख रुपैयाँको चेक दिएको तर सो खातामा रकम नभएको बैंकले जनाएकपछि आदि परिबारले चेक बाउन्स गराई मुद्दा दायर गरेको जनाइएको छ ।
यसरी परेको मुद्दामा तत्कालिन जिल्ला न्यायाधिश महमद आजादले पैसा तिर्न नपर्ने भन्दै फैसला गरेको दुखेसो समेत दिक्षित परिबारले गरेका छन् ।
बलजफत व्यक्तीगत जग्गा लिई अपाटमेन्ट निमार्णगरि अन्धधुन्ध फ्ल्याट बिक्री गर्ने कार्यामा तीब्रता आएसंगै अपाटमेन्ट खरिदकर्ता समेत पछिल्लो समयमा ठगीने सम्भाबना बढ्दै गएको छ ।
यसैबिच, काठमाडौंको मुलपानीमा रहेको जग्गामा निमार्ण भईरहेको ‘ग्रीनहिल सिटी’ अपार्टमेन्ट निमार्णसंगै ४२ वटा मुद्दालाई लुकाएर बिक्री खुल्ला गरेको छ । जुन अपाटमेन्ट निर्माण भएको जग्गा खरिद गर्दादेखिनै परेको मुद्दाको किनारा नलाग्दै सो अपाटमेन्ट निमार्णकर्ताले समेत बाँकी जग्गाको रकम नदिई अनियमिकता गरेको खुलासा भएको छ ।
उपत्यकामा (अपार्टमेन्ट), सामुहिक आवास (हाउजिङ) भवन निर्माण तथा बिक्री कम्पनीहरुबाट आफूहरु ठगिएको भन्दै उजुरी गर्नेहरुको संख्यामा वृद्धि भई रहेको अबस्थामा सरकारले सो बारे गम्भीर रुपमा नलिएका कारण पनि अपाटमेण्टको नाममा ठगी कार्यामा तीब्रता आएको छ ।
हाउजिङ र अमार्टमेन्टको व्यवसायिक कारोेवार गर्ने कम्पनीहरुले पहिल्यै पैसा उठाउने तर काम समयमा नगरेपछि उपभोक्ताहरु मर्कामा पर्ने गरेका छन् ।
आफूहरु ठगिएको भन्दै उजुरी गर्नेहरुको संख्या अहिले १ हजार नाघेको छ । अपार्टमेन्ट र हाउजिङ कारोवारमा ठगीको समस्या देखिन थालेपछि सरकारले आवास सम्बन्धी जाँचवुझ आयोग गठन गरेको लामो समय वितिसक्दा समेत समस्या समधान हुनुको साटो झन मौलाएको छ । शहरी विकास मन्त्रालय अन्तर्गत गठन गरिएको आयोगमा उजुरी दिने क्रममा झन तीब्रता आएको छ । जाँबुझ आयोगका अनुसार अपार्टमेन्ट र हाउजिङमा बिविध समस्याहरु देखिए पनि आफ्नो अधिकारभन्दा बाहिरको जग्गामा समेत निमार्ण गरि अन्धधुन्ध बिक्री गरिएका छन् । अधिकांश समस्याहरु पहिल्यै भुक्तानी गरेका तर अपार्टमेन्टमा बस्न नपाएकाहरुको छ । ५÷७ वर्ष भइसक्दा पनि अपार्टमेन्ट नपाएकाहरुले उजुरी दिनेको भीड बढ्दै गएको छ ।
आयोगका अनुसार दोस्रो समस्या पैसा दिइसकेको तर निर्माणको काम बीचमा रोकिएर अलपत्र परेका छन् । बिज्ञापन गरेर जग्गा देखाएर पैसा लिएको तर अपार्टमेन्ट निर्माण नगर्नेहरुका विरुद्धमा पनि उजुरी परेका छन् । एउटै फ्लाट दुई ठाँउमा बेचेको पनि उजुरी परेका छन् । आयोगका अनुसार एउटालाई बेचेको फ्लाट एवं जग्गाको लालपुर्जा नदिएर सोही लालपुर्जा कम्पनीले अरुको नाममा बनाएर बैंकमा राखेर पैसा लिएको समेत उजुरी परेका छन् ।
केहीमा भवन तयार भएर उपभोक्ता बसेका छन् तर लालपुर्जा पाउन सकेका छैनन् । जग्गा र साइड देखाएर पैसा उठाएको तर वर्षौदेखि अपार्टमेन्ट नबनाएको घटनाको बारेमा उजुरी परेको छ । आयोगमा परेका उजुरी अनुसार सम्झौता अनुसारको सुविधाहरु पनि उपलब्ध नगराइएको गुनासाहरु रहेका छन् । तीन वेडरुम भनेर पैसा लिएको तर २ वेडरुम दिएको घटनाहरु पनि आएका छन् ।
आयोगले १९–२० वटा कम्पनीले उपभोक्तालाई ठगी गरेको उजुरी परेका छन् । कतिपय कम्पनीले मापदण्ड अनुसार भवन निर्माण नगरेको पनि आयोगले जनाएको छ । गैरकानुनी रुपमा अरुको जग्गा देखाएर ठगी गर्नेहरु पनि यस्ता कार्यमा लागेको हँुदा समस्या परेको छ ।
सरकारले सुन तस्करलाई कारवाही गर्न सकेन
ROSHAN KARKI .
काठमाडौं । नेपाली भुभागको प्रयोग गरि लामो समयदेखि भन्सार कर्मचारी र व्यवसायीहरुको मिलिमतोमा हुदै आएको सुन तस्करी कार्यमा नियन्त्रण आउनुको साटो झन मौलाउदै गएको छ ।
अस्थिर राजनीतिको फाइदा उठाउदै चीनको स्वशासीत क्षेत्र तिव्वतको खासा बजार हुदै नेपाल दैनिक रुपमा सुन आयात हुने गरेको छ । यस कार्यमा सम्बन्धित भन्सार नाकाका कर्मचारी, सुरक्षाकर्मी र अन्य समाजसेवी भन्न रुचाउनेहरुको प्रत्यक्ष संलग्नतामा सुन नेपाल ल्याउने गरेको पाइएको छ ।
नेपालको बाटो हुँदै बहुमूल्य धातु सुनको तस्करी तीन वर्षयता ह्वात्तै बढेको छ । तिब्बतबाट आएको सुन सीधै भारत जाने र त्यहाँका व्यापारीले सस्तोमा किन्न पाउने भएकाले विगद ३ वर्षदेखिनै नेपाललाई ‘ट्रान्जिट प्वाइन्ट’ को रुपमा समेत लिइएको छ । सुरक्षा निकायले आकलझुकल सुन बरामद गरेपनि दैनिक तातोपानी भन्सार नाकाबाटमात्रै ५ सय किलोग्रामको हाराहारीमा सुने नेपाल भित्रने गरेको छ । दिउसो, विहान र रातीको समय बनाएर सुन तस्करहरुले सिन्धुपाल्चोकको तातोपानी भन्सार नाका र रसुवाको भन्सार नाकाबाट सुन नेपाल भित्राउने गरेको सुरक्षाकर्मीको रेकर्डमा उल्लेख छ । तर सुरक्षा निकायकै भनाइ अनुसार दैनिक एक सय देखि ३ सय किलोभन्दा बढी सुन भारततर्फ तस्करी हुने गरेको प्रतिबेदन तयार गरेको छ । नेपालमामात्र तस्करीको सुन २ सय किलोसम्म खपत हुने गरेको छ ।
तिब्बती व्यापारी र भारतीय व्यापारीका लागि नेपाली सुन व्यवसायीहरु बिचौलियाको भूमिकामा रहेको र खासादेखि काठमाडौं सम्म ल्याइदिने जिम्मा समेत तीनै व्यापारिहरुले लिने गरेको स्रोतको भनाई रहेको छ । नेपाली व्यापारीले नै तस्करीको सुन नेपालमा बिक्री वितरण गर्ने समेत गरेका छन् । पछिल्लो समयमा त्रिभुवन विमानस्थल र खासाबाट ३० किलो सुन बरामद भएपछि सो सुन ओसार÷प्रसार गर्नमा प्रयोग गरिएका भरियाले दिएको बयान अनुसार नेपाली व्यापारिहरु यस अबैध कार्यमा सकृय रहेको समेत खुल्न आएकोे छ । वास्तविक तस्कर भने प्रहरीले अहिलेसम्म फेला पार्न सकेको छैन ।
पछिल्ला दिनमा बिस्कुट आकारका किलो किलोकै परिमाणमा बरामद हुन थाले पछि सो कार्यमा सरकारी कर्मचारी र सुरक्षाकर्मीकै संलग्नतामा हुने गरेको अनुमान लगाउन सकिन्छ । नेपाल बाट भारततर्फ सुन लैजान नेपाली व्यवसायीहरुले सरकारी निकायमा जहाँ मिलाउनुपर्ने ती सबै ठाउँमा मिलाएर सिमा कटाउने गरेका छन् । त्रिभुवन विमानस्थलबाट अवैध तरिकाले सुन भियाउन कठिन भएकाले पनि तस्करहरुले तिब्बतको नाका प्रयोग गर्न थालेका हुन । नेपालमा धेरै पहिलेदेखि सुन तस्करी हुने गरेको छ । पहिले दुबई, थाइल्यान्ड र मलेसियाबाट सुन ल्याइन्थ्यो । हङकङबाट पनि धेरै पटक तस्करी भएको थियो । विमानस्थलमा सुरक्षामा केही कडाइ हुन थालेपछि चीनको तातोपानी नाकाबाट प्रयोग बढेको हो । उच्च तहको मिलेमतोमा नीतिगत रुपमै सहज बनाएर र भन्सारमा ‘सेटिङ’ मिलाएर तस्करी हुँदै आएको प्रहरीले निष्कर्ष निकालेको छ ।
खासा नै किन रु
बैंकले सुन बेच्ने भए पनि व्यवसायीको आवरणमा तस्करहरु खासाबाट काठमाडौं हुँदै भारत पठाउन सक्रिय छन् । जानकारका अनुसार एक किलो सुन तस्करी गर्न सके ३ लाख रुपैयाँभन्दा बढी नाफा हुने भएकाले तस्करले तिब्बत र हङकङको सुन काठमाडौं ल्याउन खासा काठमाडौं स्थलमार्ग प्रयोग गरिरहेका छन् । १० वर्षअघि ७ सय ४५ ग्राम सुन बरामद भएको थियो । २३ पुस २०५८ मा काठमाडौं आउँदै गरेको बा२च १४३७ नम्बरको कारबाट इलाका प्रहरी कार्यालय बाह्बिसेले सुन बरामद गरे पछि सो नाकाबाट अबैधरुपमा सुन नेपाल भित्रने गरेको प्रमाणित भएपनि हाल सम्म सुन तस्करलाई नेपाल सरकारले कारबाही भने गर्न सकेको छैन ।
क्रिस्चियनका नाममा डलर ल्याउँदै निजी बैंक खातामा थुपार्दै
काठमाडौं । मुलुकमा जति जति बेला धार्मिक र राजनीतिक द्धन्द्ध हुन्छ त्यतिबेला केहि लुटुवा व्यक्तिहरुले व्यक्तिगत लाभ लिने गर्छन, यस्तै भएको छ यतिबेला नेपालमा । संविधान भन्दा भन्दै मुलुकले एक दशक पुर्याउन आँटेको छ तर हाल सम्म पनि संविधान हात लागेको छैन । यहि बीचको समयमा क्रिश्चियन धर्मालम्बीका केहि पास्टरहरुले भने ठुलै रकम आफ्नो पंजामा पारेका छन । नेपालमा रकम दिएर धर्म परिवर्तन गर्दे आएको आरोप खेपी रहेका क्रिस्चियनका केहि लिडरहरुले ठुलो धनराशी जोडेको समाचार प्राप्त भएको छ ।
विशेषगरी सम्पन्न मुलुकबाट सामाजिक सेवा र धर्म प्रचारको नाममा आएको डलर आफ्नै निजी खातामा राख्ने गरेको खुलासा भएको छ । केही वर्ष अघि एक छाक खान र चप्पल लगाउन समेत धौ धौ पर्ने व्यक्तिहरु क्रिस्चियन धर्मालम्बीमा पसेपछि रातारात करोडपति बने लगत्तै यस्ता कुराहरु क्रिस्चियन जगतले नै पर्दाफास गरेका हुन् । गरिब, शिक्षा, स्वास्थ्य र दीनदुखीहरुका नाममा नेपाल आउने डलर अधिकाशं पास्टरहरुले व्यक्तीगत बैंक खातामा राख्ने गरेको खुलासा विभिन्न चर्चका प्रतिनिधिहरुले गरेका छन् । प्राप्त समाचार अनुसार केही वर्ष अघि फुटपाथमै रमाएका सुन्दर थापा काठमाडौं छिरेपछि केही वर्ष भौतारीदै हिडेका थिए । भौतारीदै हिड्ने क्रममा एकाएक सामखुशी स्थित आशिष चर्च स्थापना गरि करोडौंको मालिक भएका छन् । विशेषगरी अमेरिका पुगेपछि रातारात धनी हुने र आफुलाई फाइदा हुने काममा लागेको स्रोतको भनाई रहेको छ । गरिव, असाहय, बुढाबुढी र धर्म प्रचार÷प्रसारका नाममा विदेशबाट आउने डलरलाई थोरै खर्च गरेर बढी मात्रामा रकम आफ्नो बैंक खातामा राख्ने गरेको सो चर्चका एक प्रतिनिधिले बताए । चर्चभित्रै धर्मका नाममा लुट गर्ने, भु माफीयाका रुपमा चर्चित थापा अहिले ‘पास्टर’ समेत हुन ।
उनले राजनीतिक दलहरुको संरक्षणमा जग्गा, अन्य व्यक्तीको सम्पत्ती हड्प्ने कार्यमा संलग्न हुदै करोडपति बनेको बुझिएको छ । विभिन्न समयमा आउने जग्गा, सम्पत्ती र क्रिस्चियनकै विवादमा थापाले आफ्नो श्रीमतीलाई अगाडि सारी आफु भने भित्रभित्रै अबैध रुपमा समस्या समधान गर्नै भन्दै रकम असुली गर्ने कार्यमा समेत सकृय रहेको स्रोतको भनाई छ । थापा पोखरा निवासी हुन् । यसैगरी, केही वर्ष अगाडि गोर्खाबाट काठमाडौं आएका अर्का ढोगी क्रिस्चियन कृष्ण परियारको सम्पति पनि अकुत छ । चुडिएको चप्पल लगाएर काठमाडौं छिरेका परियार पनि थापाकै झै ललितपुरको सातदोवाटोमा रहेको चर्च ‘नवजीवन’ मा प्रबेश गरेर पास्टर बनेका व्यक्ति हुन् । पुर्व प्रधानमन्त्री तथा एमाओवादीका बरिष्ठ नेता डा। बाबुराम भट्टराईको दाहिने हात हुँ भन्दै सवैसाधारण देखि सोही चर्चमा समेत दादागिरी देखाउने परियारले करोड भन्दाबढी सम्पत्ती संकलन गरेको स्रोतको भनाई छ ।
आफुलाई प्रभावशाली माओवादीको रुपमा समाज र क्रिस्चियन जगतमै शक्ति प्रर्दशन गरेर हाल सम्ममा ललितपुरको ग्वार्कोमा ६ आनामा ३ तले घर, नख्खीपोटमा रहेको ८ आना जग्गामा साढे ३ तले घर र दमैटारमा ३ रोपनी जग्गा सहित विभिन्न बैंकमा सुन र पैसा बचत गरेको सोही चर्चका एक प्रतिनिधिले बताएका छन् । एक छाक समेत खान नपाउने परियार एकाएक करोडौंको मालिक बनेका उनले अहिले सम्म सम्पत्ती कर समेत बुझाएका छैनन् । लतिलपुरमै रहेको आइजेपाइनर नामको नीजी विद्यालयमा आफ्नो छोरालाई पढाएका छन् । सो विद्यालयमा परियारले मासिक २५ हजार रुपैयाँ बुझाउदै आएका छन् ।
गरिव र असाहायका नाममा विदेशबाट डलर ल्याउने र सोही रकम लक्षित क्षेत्रमा खर्च नगरि आफ्नै बैंक खातामा जम्मा गर्दै गएका थापा र परियार एक उदाहरण मात्र हुन । धर्मका नाममा समाजमा आतंक मञ्चाउने र धर्ममा लागेकालाई पनि विभिन्न बहानामा रकम असुली गर्दै आएका थापा र परियार कारबाही हुनबाट भने मुक्त रहेका छन् ।
- See more at: http://tibrakhabar.com/?p=6878#sthash.qhP6n848.dpuf
कमिशन लिएर आइजीपी अर्यालले नयाँ प्रहरी पोशाक लागु गरेको आरोप
रोशन कार्की
काठमाडौं । नेपाल प्रहरीमा पछिल्लो समयमा आएर आफु कसरी पैसा संकलन गर्ने भन्ने उदेश्यका साथ प्रहरी प्रशासन संम्हालन आएको प्रहरी प्रमुखले शान्ति सुरक्षाभन्दा पनि अकुत संम्पत्ती आर्जन गर्ने नयाँ नयाँ तरिका खोजी गरेको रह¥य खुलेको छ । प्रहरी प्रधान कार्यलयबाट प्राप्त समाचार अनुसार प्रहरी महानिरिक्षकले ठूलो कमिशन लिएर नयाँ प्रहरी पोशाक लागु गरेपछि सो रह¥यको खुलासा भएको हो । नेपाल प्रहरीमा एक पछि अर्को योजना बनाउदै अनियमिकता गर्ने कार्य नियन्त्रण हुनुभन्दापनि झन मौलाउदै गएको छ । ‘मुस्कान सहितको सेवा’ को नारा दिएर सुरक्षामा खटाइएको प्रहरीको भने पछिल्लो समयमा आएर आफैदेखि दिक्क मान्दै डिउटी गरेका छन् । कारण नयाँ प्रहरी प्रमुखले काठमाडौंबाट सुरु गरेको ‘पोशाक’ लगाउनु पर्दा आफुलाई प्रहरीभन्दा अन्य सुरक्षाकर्मी भएको भन्दै निराश भएको प्रहरीहरुले जनाएका छन् । गत संविधानसभाको निर्वाचनमा म्यादी प्रहरीलाई दिएको पोसाक नै हाल कायम गरेपछि प्रहरी क्षेत्रमै नैराश्यता भएको छ ।
प्रहरी प्रधान कार्यालयका प्रमुख प्रहरी महानिरिक्षक (आइजीपी) उपेन्द्रकान्त अर्यालले नयाँ प्रहरी पोशाक लागु गरेपछि विवादमा तानिएका छन् । नेपाल प्रहरीका लागि गत चैत महिनामा टेण्डर अव्हान गरि ३ महिनापछि १ लाख मिटर कटन सर्टको कपडा २ लाख मिटर निलो चुस्ता कपडा २५ हजार मिटर उलन सर्टको कपडा २० हजार थान झुल २० हजार थान उलन ब्यांकेट र २० हजार थान उलन जर्सी खरिद कम्पनीका ठेकेदारसँग भित्री साँठगाँठ गरि प्रहरी प्रधान कार्यालयको खरिद शाखा मार्फत खरिद गरिएको यी सामाग्री मार्फत आइजीपी उपेन्द्रकान्त अर्यालले करिव १ करोड कमिशन लिएको आरोप लगाइएको छ । रातारात खरिद गरिएको उक्त पोसाकले अहिले प्रहरीभित्र नै चर्चा परिचर्चा सुरु भएको छ ।
प्रहरीले प्रवृत्ति बदल्नमा ध्यान दिनुभन्दा पनि पोसाक बदलेको छ । उसको पोसाकको रंग गाढा निलो छ, झण्डै कालो नै देखिन्छ । कालो रंग न्याय सत्य र उज्यालोको प्रतिक नभएको मानिदै आएको छ । प्रहरीले खलनायकको जस्तो पोसाकमा सर्वसाधरणको सुरक्षामा खटिएको देख्दा आम सर्वसाधरणले प्रहरी हुन वा अन्य निक्र्याैल गर्न अन्योलमा परेका छन् ।
सर्वसाधरण मात्रै होइन नेपाल प्रहरीले प्रयोग गर्दै आएको कालोमा हल्का निलो रंगको पोसाक प्रहरी आफैलाई पोलीसीङ गर्न समेत असहज भएको बताउन थालेका छन् । ‘यो डे«सले हामीलाई पोलीसीङ गर्न असहज भएको एक उच्च सुरक्षाकर्मीले नाम नछाप्ने सर्तमा बताए । ती अधिकारीले भने ‘ हामीलाई अहिले दिएको पोशाकले हौसाला बढाउने भन्दापनि घटाउने कार्य भयो ।’
हाल आफूले लगाउदै आएको पोसाक पहिलेको पोसाक भन्दा कमसल रहेको प्रहरीवृत्तमै खैलाबैला मञ्चिएको छ । ‘हामीलाई सर्वसाधरणले हेर्ने दृष्टिकोणमा समेत व्यापक फरक आएको पाएको छु, जुन पहिला सम्मान थियो त्यो समेत छैन ।’ एक प्रहरीले भने । म्यादी प्रहरीले पनि संविधानसभाको निर्वाचनमा त्यहि पोशाक लगाएका थिए । अर्का उच्च प्रहरी अधिकृतने भने ‘अहिले सर्वसाधरणले हामीलाई कुनै कम्पनीको सेक्युरीटी गार्डको दर्जामा राखेर हेरेका छन् ।’ राज्यको जिम्मेवार अंगको जनविश्वास समेत हालको पोसाकले घटेको भन्दै विरोध समेत गरेका छन् ।
सुरक्षामा खटिने सामान्य प्रहरी कर्मचारीले मात्रै सो पोसाकमा सुरक्षामा खटिएको देखिन्छ । तर उच्च तहका प्रहरी अधिकारीले भने सो पोसाक लगाएको देखिएको छैन । यसबाट उच्च अधिकारीलाई समेत चित्त नबुझेको प्रष्ट हुन्छ । एकातर्फ परिवर्तन गरेको पोशाकका कारण आलोचनामा परेका आइजीपी अर्याले अर्कोतर्फ त्यही पोशाकको टण्डरबाट करोडभन्दा बढी रकम लिएको आरोप प्रहरी प्रशासन भित्रबाटै लगाइएको छ । प्रहरी प्रधान कार्यालयको खरिद शाखामार्फत गरिएको यो सामाग्रीमा आईजीपी अर्यालले ८० लाख अग्रीम कमिसन लिएर टेण्डर स्वीकृत गरेको प्रहरी प्रधान कार्यालयस्थित उच्च स्रोतले जनाएको छ । कार्तिक १ गतेदेखि प्रहरीलाई वितरण गरिएको हरियो चुस्ता कपडा कमसल गुणस्तरको भएको, घाममा पोल्ने र जाडोमा चिसो हुने कपडा भएको, सिलाई रफ भएको, लगाएको दुई हप्तामा नै सिलाई उध्रिने र च्यातिने गरेको प्रहरीहरुले गुनासो गर्न थालेका छन् ।
निलो चुस्ता कपडाको सिलाईको ठेक्कामा पनि आईजीपीले कमिसन लिएको अरोप लगाइएको छ । आईजीपी अर्यालले बर्षको ३ करोड खरिद प्रकरणबाट मात्रै असुली गर्न प्रशासनका डिआईजी श्यामबहादुर खड्कालाई आदेश दिएको हेडक्वाटरमा चर्चा चलेको छ । आईजीपी अर्यालले ३ बर्षे कार्यकालमा खरिद शाखाबाट मात्रै नौ करोड असुल्ने नीतिमा रहेको दाबी स्रोतको रहेको छ ।
आइजीपी अर्यालले ठेकेदारसँग मिलेर रकम असुली गर्दा समेत आईजीपी अर्यालको आर्थिक अपराध र भ्रष्टाचारजन्य कार्यमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तदारुकताका साथ छानविन अनुसन्धान गर्ने आट गरेको छैनत । अर्कोतिर, आईजीपी अर्यालले सामान खरिदको भ्रष्टाचार र कमिसन चक्करलाई सार्वजनिक खरिद ऐन २०६३ र नियमावली ०६४ अनुसार कागजात दुरुस्त बनाएर राख्न, अख्तियार र महालेखाले कागजी रुपमा कुनै अनियमितता नमेटाउन महालेखाका भ्रष्ट भनेर कहलिएका पूर्वसहसचिव द्वारिका अर्याललाई करारमा लेखा परामर्शका रुपमा नियुक्ति दिए पछि भ्रष्टाचार र अनियमितता ढाकछोप गर्न थप बल पुगेको प्रहरी बृत्तमा चर्चा चलेको छ ।
- See more at: http://tibrakhabar.com/?p=6958#sthash.9SWl9cEH.dpuf
Subscribe to:
Posts (Atom)
सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ
रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...
-
रोशन कार्की काठमाडौं । तारे होटल तथा विभिन्न ठाउँमा सञ्चालनमा रहेका क्यासिनो (जुवाघर) सञ्चालकले सरकारलाई बुझाउनु पर्ने कर, बक्यौता र नव...
-
रोशन कार्की काठमाडौं । नेपालको मात्रै नभएर विश्वकै अर्बपतिहरुको सुचीमा परेका चौधरी ग्रुपका अध्यक्ष विनोध चौधरीको ठगीधन्धाको विवरण आउनेक्रम...
-
रोशन कार्की काठमाडौं । तीन वर्षअघि गएको महाविनाशकारी भूकम्पबाट घरबारविहीन भएका पीडितहरुले ऋण गरेर पक्की घर बनाउने कार्यमा तीव्रता आएसँगै...