Sunday, September 24, 2017

वित्तिय अपराधको सूचीमा परेको चौधरी ग्रुपलाई किन उन्मुक्ति सरकार ?

देश लुट्ने ठूला औद्योगिक घरानामाथी किन कारबाही हुदैन ? रोशन कार्की देशको रगत चुसेर रातारात धनी बन्नकालागि ठूला औद्योगिक घरनाका सञ्चालकहरुबाट हदैसम्मको हर्कत गर्ने गरेका छन । पैसाको लोभका कारण नक्कली मुल्य अभिबृद्धि कर (भ्याट) विलदेखि लिएर देशको महत्वपूर्ण गोप्य सूचना समेत दिएर देशमाथीनै छुरा रोप्ने गरेका छन । नक्कली भ्याट विल प्रकरणमा संलग्न भएको र त्यसलाई राजनीतिक च्यानलबाट मिलाउन सत्ताका पछि लाग्ने ठूला कर्पोरेटको अति गोप्य सूची फेला परेको छ । नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो वित्तिय अपराध ‘ह्वाइट क्राइम’ को सूचीमा नेपालको मल्टिनेशनल कम्पनी भएको स्वघोषणा गर्ने ठूला कर्पोरेट घरानाहरु पहिलो नम्बरमा पर्ने गरेका छन । यो ह्वाइट क्राइममा दुई जना पूर्वसभासदका कम्पनी सवैभन्दा अगाडी रहेको छ । जो उद्योग व्यवसायीको कोटाबाट करोडौ रुपैयाँ बुझाएर समावेशी संविधान बनाउनका लागि संविधानसभामा प्रतिनिधित्व गरेका थिए । आन्तरिक राजस्व विभागले तत्कालको समयमा छानविन गर्दा ५२ ठूला कम्पनी भनिने तर कर छली गर्ने मध्ये ३१ कम्पनीले नक्कली भ्याटबाट राजस्व छलेको पुष्टी भएपनि सरकारले अहिले सम्म कारबाही गर्न सकेन । यी ३१ कम्पनीमध्ये २४ वटा कम्पनीले नक्कली भ्याट विलको कारोवार गरेर दुई अर्ब ७० करोड रुपैयाँको भ्याट र आयकर छलेको भेटिएको थियो अहिले सो छलीको भ्याट र आयकरको जरिवानामात्रै अर्बभन्दाबढी काटेको छ । ती कम्पनीले नक्कली निकासीको प्रमाणपत्र पेश गरेर सरकारसंग भ्याट फिर्ता समेत लिने गरेका छन । एकातर्फ गुणस्तहिन सामानको आयात गरेर निर्यातमा खासै उल्लेखिय काम नगरेका कम्पनीहरुले नक्कली निर्यातको प्रमाण बनाएर भ्याट फिर्ता लिनेमा समेत उनै ठुला घरानीय कम्पनीहरु अग्रपंक्तिमा रहेका छन । नक्कली भ्याट विल प्रकरणमा औद्योगिक घराना चौधरी, गोल्छा, विशाल, शंकर, वरुण डेभलपर्स, भाटभटेनी र चमेलिया जलविद्युत आयोजनाको चिनियाँ ठेकेदार कम्पनीसम्म परेका छन् । नक्कली भ्याट विल प्रकरणमा एमालेको कोटाबाट संविधानसभा सदस्य बनिसकेका चौधरी समूहका अध्यक्ष विनोद चौधरी र गोल्छा समूहका दिवाकर गोल्छाका फर्महरुबाट अबैध कारोबार र कर छलीमा माहिर रहेका छन । चौधरीलाई नेपाल कम्युनिष्ट पार्टी एमालेले संविधानसभा सदस्य बनाएको हो भने गोल्छालाई नेपाली काँग्रेसको कोटाबाट मनोनित गरिएको थियो । उनीहरुले करोडौ रुपैयाँ बुझाएर सभासद बनेका थिए । सोही समयका उच्च पदस्थ कर्मचारीको मिलिमतोमा कर छली र नक्कली भ्याट विललाई सक्कली बनाएर अर्बौको मालिक बने ।
चौधरी ग्रुप चौधरी समूह अन्र्तगतका विनोद चौधरीले नेतृत्व गरिरहेका तीनवटा कम्पनी र अरुण चौधरीले नेतृत्व गरिरहेको एउटा कम्पनी समेत अहिले सम्म कर छली गर्र्दै आएको छ । सो कम्पनीले नक्कली भ्याट विल छपाएर गैरकानूनी कार्य गर्दा समेत सरकारले कारबाही गर्न सकेको छैन । चौधरी समूहको सिजि इम्पेक्स र सिजी इलेक्ट्रोनिक्सबाट मासिक ५० करोड रुपैयाँ बराबरको नक्कली भ्याट विलबाट कारोबार गर्ने गरेको छ । चौधरी समूहकै सिजि फुड पनि नक्कली भ्याट विल प्रकरणमा छ । पाँच कम्पनीमध्ये सिजी फुडबाट पनि करोडौं रुपैयाँका नक्कली भ्याट विल प्रयोग गर्दै आएको छ । नेपाल बाहिर दर्जनौं होटल खोलेर चर्चामा आएको चौधरी समूहको सिजि इलेक्ट्रोनिक्स र सिजी इम्पेक्सले नेपालमा एलजी, सिजी कम्पनीका विद्युतीय उपकरणको बिक्री गर्दै आएका छ । उता सिजी फुड भने वाईवाइ चाउचाउको उत्पादन कम्पनी हो। सभासद् चौधरीका भाई अरुण चौधरीको अरुण इन्टरकन्टिनेन्टलको ३० करोड रुपैयाँभन्दाबढीको मासिक नक्कली भ्याट विलबाट कारोबार गर्ने गरेको छ । अरुण इन्टरकन्टिनेन्टलको नामबाट अहिले सम्म उच्च सूचीमा पर्ने गरे सरकारी ढुकुटीमा कर बुझाएको छैन । शंकर समूह छानविन गरिएका ३१ वटा फर्ममध्ये शंकर समूहको जगदम्बा स्टिलको सबैभन्दा बढी नक्कली भ्याट विल फेला परेको थियो । आन्तरिक राजस्व विभागको रेकर्डमा जगदम्बाको १ अर्ब रुपैयाँ बराबरको नक्कली भ्याट विल फेला परेपनि तत्कालिन समयमा कर्मचारीको मिलिमतोमा छुटकारा पाएको थियो । भारतबाट ४० वर्ष अघि शुन्य रुपैयाँ लिएर नेपाल आएका शंकरलाल गोल्यानका अहिले डेढ दर्जन उद्योग रहेका छन् । डेढ दर्जन उद्योगमध्ये जगदम्बा स्टिल सबैभन्दा ठूलो कम्पनी हो । वर्षमा शंकर समूहले २६ अर्ब रुपैयाँको कारोवार गर्ने दावी गोल्यानले आफ्नो वेबसाइटमा गर्दै आएको छ र तर सरकारलाई बुझाउनु पर्ने करको सूचीमा भने निकै तल रहेको छ । गोल्छा अर्गनाइजेशन दिवाकर गोल्छाको नेतृत्वमा रहेको गोल्छा समूह अन्र्तगतको हिम इलेक्ट्रोनिक्सको पनि करोडौं रुपैयाँ बराबरको नक्कली भ्याटबाटमात्र कारोबार गर्ने गरेको छ । हिम इलेक्ट्रोनिक्सको जिम्मा गोल्छा समूहका उदियमान निर्देशक शेखर गोल्छाको नेतृत्वमा रहेको छ । गतवर्ष गोल्छा समूहकै अर्को फर्म नियोटेरिक पनि राजस्वको अनुसन्धानमा दोषी पाइएको थियो । यही कम्पनीले अग्रिम मिती राखेर भ्याट विल जारी गरेपछि राजस्वले गोल्छा समूहमाथी राजस्वले छानविन गरेको थियो । सो छानविनबाट सो समुहले पनि अर्बभन्दाबढी कर छली गरेको पाइएको थियो । विशाल समूह ठूलो व्यवसायिक सञ्जाल भएको विशाल समूहको युनाइटेड डिष्ट्रिव्युटर पनि नक्कली भ्याट विल प्रकरणमा उच्च सूचीमै पर्छ । आन्तरिक राजस्व विभागले छानविनका क्रममा मल्टिनेशनल कम्पनीको सूचीमा राखेको युनाइटेड डिष्ट्रिव्युटरबाट २० करोड रुपैयाँ बराबरको नक्कली भ्याट विल फेला परेको थियो । युनाइटेड डिष्ट्रिव्युटरले भारत लगायत तेस्रो मुलुकबाट सौन्दर्य तथा दैनिक उपभोग्य सामान आयात गरेर थोक बिक्री गर्दै आएको छ । यो समूहले बैंक तथा वित्तिय संस्था, इन्सुरेन्स कम्पनी, ट्रेडिङ हाउस लगायतमा लगानी गरेको छ । विशाल समूहका अध्यक्ष जेपि अग्रवाल हुन । समूहका उपाध्यक्ष टिआर अग्रवाल र निर्मल अग्रवाल एनआईसीमा बोर्ड सदस्य छन् । उता यही समूहका उपाध्यक्ष त्रिलोकचन्द्र अग्रवाल भने बैंक अफ एशियाका अध्यक्ष छन् भने अनुज अग्रवाल बोर्ड सदस्य छन् । भाटभटेनी सुपरमार्केट गत वर्ष छोरीलाई दाइजोमा दिन ‘एअर कार्गो’ मा करोडौं रुपैयाँ खर्च गरेर मर्सिडिज वेञ्च कार झिकाएका मिनबहादुर गुरुङको स्वामित्वमा रहेको भाटभटेनी सुपरमार्केटले पनि स्थापना कालदेखि नक्कली भ्याट विलबाट कारोबार गर्दै राजस्व छली गर्दै आएको कम्पनी हो । महाराजगञ्ज र भाटभटेनीलगायत देशभर सुपरस्टोर सञ्चालन गरिरहेको भाटभटेनी सुपर मार्केटले मासिक ४० करोड रुपैयाँभन्दा बढीको नक्कली भ्याट विलबाट गर्दै आएको छ । वरुण डेभलपर्स नेपालमा पहिलोपटक फुड चेन केएफसी र पिज्जा हट भित्राएर चर्चामा आएको भारतीय लगानीकर्ता रविजैन ताजपुरीयाको कम्पनी आरजे कर्पको फर्म वरुण डेभलपर्स पनि नक्कली भ्याट विलबाट कारोबार गर्ने गरेको छ । यसैको प्यारेन्ट कम्पनी आरजे कर्पले नेपालमा पेप्सीको उत्पादक वरुण वेभरेज र केएफसी पिज्जाहटमा लगानी गरेको छ । वरुण डेभलपर्सले धापासी काठमाडौंमा पार्कभ्यु होराइजन नामका बंगला बनाएर बिक्री गरेको छ । एउटै बंगलालाई एक करोड १९ लाखदेखि दुई करोड ५३ लाखसम्म बिक्री गर्ने वरुण डेभलपर्सको २५ करोड रुपैयाँको नक्कली भ्याट विलबाट कारोबार गरेको पाइएको छ । आन्तरिक राजस्व विभागले नक्कली भ्याट बिल प्रयोग गरी कर छलेको अभियोगमा मुद्दा दायर गरेपछि राजनीतिक शक्तिको आड्मा ठूला व्यापारिक फर्म राजस्व न्यायाधिकरणको शरणमा पुगे । विभागको अनुसन्धानले ती फर्मले भ्याट छलेको फेला पारे पछि कराबाहीकोलागि प्रकृया अगाडि बनाउदाँ चौधरी समुहको नेतृत्वमा न्याष्यधिकरणमा पुगेपछि अहिले सम्म सो मुद्दामा सरकारले कुनै निर्णय गर्न सकेको छैन । ती कम्पनीलाई आयकर र अन्तः शुल्कसमेत छलेको आरोपमा थप कर निर्धारण गरिएको थियो । न्यायाधिकरण स्रोतका अनुसार भ्याट छलीमा सबैभन्दा बढी रकम चौधरी समुह, जगदम्बा स्टील शंकर ग्रुप अन्तर्गतको व्यापारिक समूह रहेको छ । जगदम्बा छड र सिमेन्ट उत्पादन गर्दै आएको छ । पेप्सी उत्पादक बरुण वेभरेज नेपालले पनि कर छली गर्दा सकारले कारबाही गर्न सकेको छैन । निर्माण व्यवसायमा संलग्न कम्पनी युनाइटेड बिल्डर्स एन्ड इन्जिनियर्सलाई विभाग पनि कारबाहीमा पर्न सकेको छैन । मुलुकका प्रमुख व्यापारिक घरानामध्ये चौधरी ग्रुप र गोल्छा समूहले सरकारी कर्मचारीकै सहयोगमा कर छली गर्दै आएको हो । ज्योति ओभरसिज टे«डर्स, सूर्य अटोमोबाइल, हिमालयन इन्टरप्राइजेज, ह्विल अटो प्रालि, बिएम इन्टरप्राइजेज, युनाइटेड बिल्डर्स लामा, श्याम सुन्दर डाँफे एन्ड केजिमी र शक्ति कमर्सियल इन्टरप्राइजेज पनि चौधरी समुहकै लाईनमा रहेर अर्बौ रुपैयाँ कर छली गर्ने कम्पनी हुन । karkirimn@gmail.com

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...