बन्द हड्तालका कारण हस्तकला निर्यातमा कमी
रोशन कार्की
काठमाडौं । एक समय अत्याधिकरुपमा विदेशी बजारमा निर्यात हुने हस्तकलाका सामान पछिल्लो समयमा आएर गिरावट आउनेक्रममा नियन्त्रण भएको छैन् । देशमा जारी अस्थिर सरकार र बन्द हड्तालका कारण माग अनुसारको सामान समयमा पु¥याउन नसकिएका कारण हस्तकलाका साथै अन्य वस्तुको निकासीमा गिरावट आएको सम्बन्धित व्यवसायीहरुको भनाई रहेको छ । द्वन्द्वको समयमा पनि बजार थेग्न सफल हस्तकला सामग्रीको निकासीमा समस्या देखिन थालेका कारण पनि निर्यातमा गिरावट आउनेक्रममा तीब्रता भएको छ । पछिल्लो समयमा पस्मिना, धातु र हातेकागज निकासीमा गिरावट आएकाले कुल हस्तकला निर्यातमा प्रभाव परेको हो । गत वर्षको झै यस वर्षमा कम मात्रामा बन्दहड्ताल भएकाले ३ महिनामा भने केही मात्रामा हस्तकताको सामग्रीहरुको निकासीमा प्रगति भएको नेपाल हस्तकला महासंघले जनाएको छ ।
महासंघका अनुसार आर्थिक वर्ष २०६८÷०६९ को भन्दा आर्थिक वर्ष २०६९÷७० को साउन भदौ र असोजमा केही प्रगति गरेको जनाएको छ । प्राप्त तथ्याङक अनुसार २०६८÷७९ मा पस्मिना उत्पादन ३६ करोड ३८ लाख ७ हजार ६ सय ४९ रुपैयाँको निकासी भएकोमा आब २०६९÷७० मा ५५ करोड ८३ लाख ५० हजार ८ सय ८९ रुपैयाँको निकासी भएको छ । त्यसैगरी, उनीजन्य वस्तुकोमा भने गिरावट आएको छ । जहाँ ७० करोड ८९ लाख ४७ हजार ४ सय ४७ रुपैयाँ रहेकोमा यस वर्षमा सो घटेर ६० करोड ५६ लाख १६ हजार ८ सय ३० रुपैयाँको निकासी भएको छ । फेल्ट उत्पादनमा १३ प्रतिशतले वृद्धि भई २०६९÷७० मा ५३ करोड ५० लाख ११ हजार ५ सय ४७ रुपैयाँको निकासी भएको छ । सिल्कमा १० करोड ५३ लाख ९१ हजार ८ ३७ अर्थात गत वर्षको सोही अबधिकोभन्दा ३१ प्रतिशतले गिरावट आएको छ । १६ प्रतिशतले गिरावट आएको अर्को उत्पादन हो कटनका उत्पादन जुन यस वर्ष १४ करोड ६३ लाख २४ हजार ५ सय ६२ रुपैयाँको मात्र निकासी भएको छ । ढाकाका उत्पादन ३४ प्रतिशतले गिरावट आई आब २०६९÷७० मा ९ करोड ४१ लाख ९ सय ५५ रुपैयाँ रहेको महासंघले शनिबार आयोजीत एक कार्यक्रममा सार्वजनीक गरेको हो । सो तथ्याङक सार्वजनिक गर्दै महासंघले विभिन्न कारणले गर्दा सोचे अनुसारको सामाग्री विदेश निकासी गर्न नसकिएको जनाएको छ । त्यसैगरी, पस्मिना, धातुजन्य र हातेकागजको माग पहिलेको भन्दा घटेकाले समग्र निकासी प्रभावित भएकोे दाबी महासंघको रहेको छ । भारत तथा चीनमा उत्पादित पस्मिनासँग नेपालले प्रतिस्पर्धा गर्न नसकेपछि नेपाली उत्पादनको माग घटेकोे सम्बद्ध अधिकारीले बताएका छन् । यसबाट ठूलो लगानी रहेको यो उद्योगका लागि आगामी दिन अझ चुनौतीपूर्ण हुने देखिएको छ । मुलुकको कुल हस्तकला निकासीमा पस्मिनाको हिस्सा २० प्रतिशत रहेको छ । यसैगरी धातुजन्य वस्तु निकासीमा १७ प्रतिशतको उच्च कमी आएको छ । निकासी हुने हस्तकलाको कुल परिमाणमा धातु तथा हातेकागजको हिस्सा क्रमश ः १३ र ८ प्रतिशत छ । ऊनी वस्तु निकासीमा पनि कमी आएको छ । यसैगरी, कुल हस्तकला निकासीमा १३ प्रतिशत हिस्सा ओगट्ने चाँदीका गहना निर्यातमा समेत गिरावट आएको छ । पौवा चित्र र थान्का लगायत वस्तुका निकासीमा १५ प्रतिशतले गिरावट आएको छ । हाड, हाडजन्य वस्तु निकासीमा भने २३ प्रतिशतको वृद्धि रहेको छ । यो अवधिमा ८० करोड ४२ लाख ५ हजार ३ सय ८१ रुपैयाँ बराबरकोे वस्तु निर्यात भएकोे छ । प्लास्टकका वस्तु निकासी ११ प्रतिशतले वृद्धि भएको छ । छाला वस्तु निकासी ४० प्रतिशत बढेको छ ।

आफ्नै ब्रान्ड बनाएर विशेष लोगोसहित अन्तर्राष्ट्रिय बजारको खोजीमा गएको पस्मिना व्यवसायीहरुले भने यस पटक निकासीमा हुने गिरावटलाई नियन्त्रणमा लिन सकेको तथ्याङक रहेको छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्दा नेपाली पस्मिनाको निर्यात घटेको थियो । जव व्यवसायीहरुले छुट्टै चिन्ह राखी बिक्री गरेका कारण केही प्रतिशतमा निकासीमा वृद्धि भएको हो । यस अधि छिमेकी राष्ट्र चीन र भारतसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसक्दा पस्मिना निर्यातमा भारी गिरावट आएको थियो । पछिल्लो समय भारतले अन्य मुलुकबाट पस्मिना झिकाएर विभिन्न उत्पादन बनाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गरेकाले निर्यात घटेको नेपाल पस्मिना उद्योग संघका अध्यक्ष पुष्पमान श्रेष्ठले बताए ।
उनले चीन र भारत अन्तर्राष्ट्रिय बजारमा आउँदा समस्या भएको बताउदै नेपालले पनि आफ्नै ब्राण्डमा पस्मिनाको व्यवसाय सुरु गरेकाले यस वर्ष निकासीमा वृद्धि भएको बताए । संघका अनुसार नेपालले १९९० देखि अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्दै आएको छ । यसैगरी चीनले २००१ देखि अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गरेको हो । निर्यात बढाउन भारतमा ११ प्रतिशत र चीनमा १६ प्रतिशत नगद अनुदानको व्यवस्था गरिएको छ । नेपाली पस्मिना युरोप, जर्मन, अमेरिका, जापान, क्यानडा, भारत लगायत मुलुकमा निर्यात हुन्छ । पस्मिना विदेशबाहेक स्वदेशमा पनि बिक्री हुन्छ ।
स्थानीय बजारमा चिनियाँ उत्पादन सस्तो परेकाले खुद्रा पसलको समेत व्यापार घटेको व्यवसायी बताउँछन् । च्यांग्राको भुवाबाट पस्मिना तयार गरिन्छ । पस्मिनाबाट ओढ्ने, स्विटर, कम्बल, मफलर, ब्यागलगायत बनाइन्छ । अहिले पस्मिना प्रवद्र्धनका लागि संघले च्यांग्रा ब्रान्डका रूपमा नेपाली पस्मिनालाई प्रवद्र्धन गरिरहेको संघका अध्यक्ष श्रेष्ठले बताए । हालसम्म ४१ वटा देशमामा पस्मिनाको टे«डमार्क दर्ता भइसकेको छ । यसैगरी पछिल्लो समय नेपाली पस्मिनाको प्रवद्र्धन र बजारीकरणमा विश्व व्यापार संगठन (डब्लूटीओ) ले सहयोग अगाडि बढाएको छ ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.