Tuesday, January 16, 2018
चौधरी समूहको ठगी उदांगो हुदाँपनि सरकार कारबाही गर्न सक्दैन…..
रोशन कार्की
काठमाडौं । विश्वका अर्बपतिहरूको सूचीमा परेका विनोद चौधरी र उनी संलग्न रहेको सिजी कम्पनीको नाममा अर्बौं रुपैयाँ ठगी गरिरहदा समेत सम्बन्धित निकायले कारबाही गर्ने सकेको छैन । सो कम्पनीले बीमा समितिदेखि खुद्रा व्यापारसम्ममा ठगी गर्दै आएको समाचार सार्वजनिक हुदाँ समेत नेपाल सरकारले अहिले सम्म छानविन समेत गर्ने आँट गरेको छैन । प्राप्त विवरण अनुसार बीमा समितिले लामो अनुसन्धान पश्चात् गरेको निर्णयबाट चौधरी ग्रुपको ठगी धन्दा सार्वजनिक भएको हो ।
कहिले करोडौँ करोड राजस्व छलेको (भ्याट छलेको) भन्दै चौधरी समूहसँग सम्बन्धित कम्पनीहरूको नाम सार्वजनिक हुने गर्दछन् भने कहिले गलत रिपोर्ट बनाई इन्सुरेन्स कम्पनीबाट गैरकानुनी ढंगमा करोडौँ रूपैयाँ लिएर ठगी गरेको सार्वजनिक भएपछि चौधरी समूहले कसरी रकम कमाएको रहेछ भन्ने कुरा सार्वजनिक हुन पुगेको छ । जसरी राजेन्द्र खेतानले हिमालयन फुड्सका नाममा एभरेष्ट इन्सुरेन्सबाट ठगी गरेको कुरा सार्वजनिक भएपछि अहिले उनी गुमनाम हुन पुगेका छन् बदनामीसँगै, त्यसैगरी चौधरी समूहको पनि यो ठगी धन्दा उजागर भएपछि उनीहरूको ठगी धन्दासँगै बेइज्जति पनि भएको छ ।
बीमा समितिले युनाइटेड इन्सुरेन्स कम्पनीलाई कारवाही गर्नुका पछाडि चौधरीका कम्पनीहरू जोडिएका छन् । समितिले अग्नि बीमा कारोवारमा समेत युनाइटेड इन्सुरेन्सलाई रोक लगाएको छ भने गलत प्रक्रियाबाट दिएको रकम उठाउन समेत निर्देशन दिएको छ । चौधरी समूहलाई अग्नि बीमा दावीवापत ६० करोड रूपैयाँ प्रक्रिया नपु¥याई युनाइटेड इन्सुरेन्स कम्पनीले भुक्तानी गरेको पुष्टि भएपछि बीमा समितिले कारोबार केही समय रोकेपनि अहिले विना कारबाही कारोबार सूचारु भएको छ । बीमा दावी गर्ने सिजी इम्पेक्स, इओएल र सिजी इलेक्ट्रोनिक्स गरी तीन वटा कम्पनीलाई युनाइटेड इन्सुरेन्सले ६० करोड रूपैयाँ भुक्तानी गरेको थियो । यी तीनैवटा कम्पनी चौधरी समूहको पूर्ण स्वामित्वका कम्पनीहरू हुन् भने भुक्तानी गर्ने युनाइटेड कम्पनी पनि चौधरी समूहसँग नै सम्बन्धित छ । उक्त इन्सुरेन्स कम्पनीमा चौधरी समूहको २६ प्रतिशतभन्दा बढी सेयर रहेको छ ।
२६ प्रतिशतमध्ये चौधरीको १५ दशमलव ६ र सिजी फुड्सको १० दशमलव ७५ प्रतिशत सेयर रहेको छ । युनाइटेड इन्सुरेन्समा चौधरी र रविभक्त श्रेष्ठ दुई ठूला सेयरधनी मालिक हुन् । रविभक्तको एनइ समूहको १४ दशमलव ३३ र स्वयम् रविभक्तको १० दशमलव ६३ प्रतिशत अनि उनकै २ दशमलव ७ प्रतिशत सेयर रहेको छ । यस इन्सुरेन्स कम्पनीले डेढ वर्षअघि चौधरीका सिजी इम्पेक्स, इओएल र सिजी इलेक्ट्रोनिक्सलाई उक्त रकम भुक्तानी गरेको थियो । सो रकम अग्नि बीमा अन्तर्गत हालसम्मको सबैभन्दा ठूलो रहेको बीमा समितिका कर्मचारीहरू बताउँछन् । युनाइटेडले ५८ करोड ५७ लाख ७० हजार ६ सय ३२ रूपैयाँ चौधरीका कम्पनीका प्रतिनिधि नरोत्तम कुमार मेहतालाई हस्तान्तरण गरेको थियो ।
यी दुई कम्पनीबीच बीमा दावी र भुक्तानी गर्दा इन्सुरेन्सले विदेशी सर्भेयरको प्रयोग नगरी अनियमित कार्य गरेको बीमा समितिले निष्कर्ष निकालेको छ । विदेशी सर्भेयरको प्रयोग नगरी स्वदेशी सर्भेयरका रूपमा टिसा इन्जिनियरिङ कन्सल्टेन्सीका सूर्यप्रसाद जोशी र नेपाल क्प्लेक्स व्यूरोका राजन काफ्लेले संयुक्तरूपमा सर्भेयर गरेका थिए । सोही प्रतिवेदनका आधारमा यति ठूलो रकम इन्सुरेन्सका तत्कालीन कार्यकारी प्रमुख नीरविक्रम रायमाझीले हस्तान्तरण गरेका थिए ।
उनी नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरबाट अवकाश प्राप्त उच्च अधिकारी हुन् र अहिले गभर्नर बन्नेमा उनको नाउ पनि चर्चामा आएको थियो । सतुंगलमा रहेको चौधरी समूहको सिजी इम्पेक्स, इओएल प्रालि र सिजी इलेक्ट्रोनिक्समा विद्युत सर्ट भई आगलागी भएको भन्दै इन्सुरेन्स दाबी गरेको थियो । सो उद्योगमा आगोलागेपछि आगो निभाउन भित्र कोही कसैलाई पनि जान दिएको दिएन । कर छुट गर्नकै लागि फोहोरमा आगो लगाउदाँ आगोनियन्त्रण बाहिर गई उद्योगभित्रै लाग्न गएको एक कर्मचारीले बताएका छन् । सो आगोलागीबाट ७० करोड १५ लाखको नोक्सानी भएको प्रचार गरिएको थियो ।
Subscribe to:
Post Comments (Atom)
सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ
रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...
-
एनसेलको ‘लुट’ प्रकरण स्वीडीश पत्रिकामा काठमाडौ, २६ असोज। नेपाली मोवाइल सेवा प्रदायक कम्पनी एनसेलको हामीले विज्ञापनजन्य खवर मात्र पढ्...
-
सरकार र ग्यास उद्योगीबीच अवैध सम्झौता रोशन कार्की काठमाडौं । ऐन–कानुनको बेवास्ता गर्ने अभिव्यक्ति दिने एलपी ग्यास उद्योग र सरकारब...
-
उद्योग वाणिज्य महासंघमा तीब्र विवाद पहिलो केन्द्रीय बैठकमा २९ सदस्य अनुपस्थित रोशन कार्की÷राजधानी काठमाडौं १ असार व्यवसायीहरुको छाता स...

No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.