Monday, January 29, 2018

उम्मेदवार बनेका व्यवसायी आर्थिक मुद्दामा केन्द्रीत 
रोशन कार्की
काठमाडौं ।
संविधान सभा भाग–१ मा घरानीय व्यवसायीहरुले विभिन्न दलको प्रतिनिधित्व गरेर पनि दलहरुलाई आर्थिक मुद्दामा एकमत बनाउन नसकेको भएपनि दोस्रो निर्वाचनमा उम्मेदवारी दिएका व्यवसायीहरु भने आर्थिक मुद्दामा केन्द्रीत हुने बताएका छन् । आर्थिक विकासका पक्षमा गैरव्यवसायीहरुले प्रतिनिधित्व गरेका कारण आर्थिक विकासमा अबरोध पुगेको भन्दै आवाज उठाउने नीजि क्षेत्रका अधिकाशं व्यवसायीहरु यस पटक पनि विभिन्न दलबाट प्रतिनिधित्व गर्ने सोचमा रहेका छन् । पहिलो निर्वाचनमा ठुला दलबाट प्रतिनिधित्व गर्ने व्यवसायीहरु यस पटक पछाडि हटेपछि नयाँ अनुहारका व्यवसायीहरुले उम्मेदवारी दिएका छन् ।
नयाँ संविधानमा आर्थिक स्वतन्त्रताको विषय स्थापित गराउन आफूहरुको उपस्थित भएको दाबी उनीहरुको रहेको छ । निजी क्षेत्रले गरे पनि अधिकांश व्यापारी उम्मेदवार व्यक्तिगत लाभका लागि राजनीतिमा आएकोमा भने कुनै  शंका छैन । मध्यम स्तरको व्यवसाय गर्ने व्यक्तिले पहिलेदेखि राजनीति, सामाजिक काम र व्यापारलाई सागै अघि बढाउादै आएका छन्, जुन स्वतन्त्र व्यापार सिद्धान्तको विपरीत हो ।
दलका उम्मेदवारमा ठूला ठेकेदार, मेनपावर कम्पनी सञ्चालक र व्यापारी देखिएका छन् । ठेकेदार र मेनपावर सञ्चालक सहजै पैसा कमाएर दललाई चन्दा दिनसक्ने हैसियत भएका व्यवसायीमा गनिन्छन् । धेरैजसो ठेकेदारले आम्दानी पनि राजनीतिक संरक्षणमै गर्दछन् । यस पटक चुनावमा विभिन्न दलबाट उम्मेदवार बनेका बिक्रम पाण्डे, जिपछिरिङ लामा, जयराम लामिछाने, जनार्दन ढकाल र बहादुरसिंह लामाहरु ‘क’ वर्गका ठेकदार हुन् । उनीहरु पहिलेदेखि नै राजनीतिमा आवद्ध रहदै आएका व्यवसायी हुन् । त्यसबाहेक साना ठेकेदार पनि उम्मेदवार बनेका छन् ।
उम्मेदवार बनेका मेनपावर कम्पनी सञ्चालकहरु एलपी सावाँ लिम्बू, तिलकबहादुर रानाभाट र टेकबहादुर गुरुङ पहिलेदेखि सम्बन्धित दलका कार्यकर्ता हुन् । हाल मधेशी जनाधिकार फोरम लोकतान्त्रिकबाट उम्मेदवार सप्तरीका हेमराज तातेड सानैदेखि कांग्रेस कार्यकर्ता हुन । घरजग्गा व्यवसायीका इच्छाराज तामाङ एमालेका पुराना कार्यकर्ता हुन  ।

अभिनाश बोहोरा, ओमप्रकाश शर्मा, दिव्यमणि भण्डारी, हिरा केसी, वीरेन्द्रकुमार कनौडिया लगायतका व्यवसायी उम्मेदवार पहिलेदेखि नै दलका कार्यकर्ता हुन् । साथै उनीहरु स्थानीय व्यापारी संगठनका नेता पनि हुन् । अन्य उम्मेदवार महेश जाजू, सुरेश प्रधान, राजकुमार गोल्छा, दामोदर आचार्य, पवित्र बज्राचार्य, चिरञ्जीवी निधि तिवारीलगायत पनि स्थानीय व्यापारी संगठनको नेतृत्वबाट माथि उठेका व्यवसायी हुन् ।
पूर्वका मेडिकल कलेज सञ्चालक बसुरुद्धिन अन्सारी एमाओवादीबाट उम्मेदवार बनेका छन् भने मध्यपश्चिमका मेडिकल कलेज सञ्चालक सुरेश कनौडिया कांग्रेस उम्मेदवार बनेका छ । अन्सारी माओवादीमा पहिलेदेखि प्रतिवद्ध कार्यकर्ता भने होइन । श्रवणकुमार अग्रवालले मधेशी जनाधिकार फोरम नेपालबाट उम्मेदवारी दोहा¥याएका छन् । केडिया अर्गनाइजेसनबाट सदस्य फेरिएर अनिल केडिया तमलोपा उम्मेदवार बनेका छन् । राप्रपा नेपालबाट उम्मेदवार एजी शेर्पा नेपाल उद्योग वाणिज्य महासंघमा कार्यकारिणी सदस्य भइसकेका व्यवसायी हुन  ।

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...