Friday, June 17, 2011

उद्योग वाणिज्य महासंघमा तीब्र विवाद
पहिलो केन्द्रीय बैठकमा २९ सदस्य अनुपस्थित
रोशन कार्की÷राजधानी
काठमाडौं १ असार
व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ आन्तरिक विवादमा फसेको छ ।
अध्यक्ष सुरज वैद्यको कार्यशैलीप्रति अध्यक्षमा पराजित आजाद श्रेष्ठ समूहले असन्तुष्टि जनाउँदै पहिलो साधारणसभासमेत बहिष्कार गरेका छन् । कुल ६१ सदस्यीय केन्द्रीय कार्यसमितिमा २९ जनाले साधारणसभा बहिष्कार गरेका हुन् । साधारणसभा चितवनमा भएको थियो । बहिष्कारका कारण साधारणसभापछि बस्नु पर्ने केन्द्रीय समिति बैठकमा अध्यक्षलाई कोरम पुर् याउन हम्मेहम्मे परेको थियो ।
नवनिर्वाचित अध्यक्ष वैद्य समूहले महासंघमा राजनीतिकरण गरेको र एकलौटीपन लाद्न खोजेको असन्तुष्ट पक्षको दाबी छ । आफूहरुले उठाएका जायज मागलाई संस्थापन पक्षले बेवास्ता गरेपछि साधारणसभा बहिष्कार गर्नुको विकल्प नरहेको उनीहरुको भनाइ छ ।
ुसाधारणसभामा हामीले आफ्ना कुरा राख्यौं तर अध्यक्ष पक्षबाट सकारात्मक जवाफ आएन त्यहाँ एकल घमण्डी एकलौटी र मनोमानी तवरबाट निर्णय गर्न खोजियोु उपाध्यक्ष प्रदिपजंग पाण्डेले भने ुत्यसैले बहिष्कार गर्न हामी वाध्य भयौं ।
उनले संस्थापन पक्षले एकलौटी तवरबाट महासंघ साचालन गर्ने रणनीति नत्यागे हालसम्म कायम रहेको शाख गुम्ने भन्दै चिन्ता प्रकट गरे । यसले व्यवसायीहरुको मनोबल खस्किने निश्चित रहेको उनको भनाइ छ ।
महासंघ सदस्य अशोक शर्माले पहिलो साधारणसभामै गुट÷उपगुट देखिएकाले शाख गिर्नसक्नेमा आफू चिन्तित बनेको बताए । ुव्यवसायीहरुको छाता संगठनमा देखिएको यस्तो गुट÷उपगुटले देशको अर्थतन्त्रमै गम्भीर असर पार्न सक्छु शर्माले भने ।
अध्यक्ष वैद्यले आफूलाई मनमा लागेका जिज्ञासा राख्ने ठाउँ नै साधारण सभा भएकाले त्यहाँ असहमति राख्नु सामान्य विषय भएको प्रतिकि्रया दिए । उनले महासंघमा देखा परेका हरेक चुनौती समाधान गरी सवै व्यवसायीलाई एकढिक्का बनाएर अगाडि बढाउने कार्यमा कुनै कसुर बाँकी नराख्ने बताए । साधारणसभामा सामान्य मनमुटाव भएको स्वीकार्दै उनले महासंघ फुट्ने अवस्थामा भने नरहेको दाबी गरे ।



No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...