Monday, August 28, 2017

देशमा कर छली गरेका अर्बपति चौधरी विश्वको धनी ?

रोशन कार्की पहिले पहिले नेपालकै पहाडका गाउँघरमा जिम्मुवाल, मुखिया, थरीलगायतका सामन्तहरूमा एउटा अनौठो चलन थियो । तामाको घडामा सिक्काहरू जम्मा गर्दै घरभित्र गाडिन्थ्यो । एक लाख रुपैयाँ बराबरका सिक्काहरू जम्मा भएपछि घरमुली धुरीमा गएर कुर्लन्थ्यो । ‘ल म लखपति भएँ है’ भन्दै कुर्लेको हेर्न गाउँलेहरू जम्मा हुन्थे । जो ऊ कुर्लेको हेर्न आउँदैन, ऊ सजायको भागीदार हुन्थ्यो । कुन सामन्त कतिपटक धुरीमा गएर कुल्र्या? त्यसैका आधारमा उसको प्रभाव बढ्थ्यो । ‘फलानो जिम्मुवाल यति पटक धुरीमा चढेको रे’ भन्ने आधारमा ऊ कति धनी छ ? भन्ने मूल्यांकन समाजले गथ्यो । सामाजिक चेतना र शिक्षाको विकाससँगै धुरी चढेर कुर्लने प्रचलन पहाडतिरका गाउँघरमा अब किंवदन्ती बनिसकेको छ । नयाँ पुस्ताका लागि कथा जस्तो बनेको छ । तर राजधानी काठमाडौंमा चाहिँ विनोद चौधरी नाम गरेका एकजना व्यापारीले यो प्रथाको पुनरोत्थान गर्ने प्रयास गरेका छन् । उनी ‘ल मैले अर्ब डलरको सम्पत्ति कमाए है’ भनेर कुर्लेको पनि धेरै वर्ष विते । उनको कुर्लाइलाई अन्धधुन्ध समाचार बनाउन नेपालका टाइकुन मिडियाहरूले तँछाड–मछाड गरेका छन् । गरिब मुलुकमा उदेकलाग्दो तमासा देखिएको छ । जुन मुलुकमा एक तिहाइ जनसंस्ख्या आज खायो भोलि के खाउँको अवस्थामा छन्, शरीर ढाक्ने वस्त्र नहुँदा जाडोले कठांग्रिएर मरिरहेका छन्, त्यही देशको एउटा व्यापारी मैले ४० वर्षको अवधिमा यति अर्ब डलर सम्पत्ति जम्मा गरिसके हैं भनेर कुर्लनु भावी पुस्ताका लागि यति ठूलो आश्चर्य हुनेछ कि –दास प्रथा, सती प्रथाका विषयमा वर्तमान पुस्ता जति आश्चर्यमा छ । जसको बाजे एउटा रित्तो लोटा बोकेर भारतबाट नेपाल छिरेको थियो, जो भ्याट छली, नक्कली बिल, प्रतितपत्र घोटाला, बैंकको कालोसूचीलगायतका प्रकारणमा पटक–पटक तानिएको छ । नेपालमा कमाएको रकम कुन बाटोबाट विदेशमा पु¥याएको छ ? भन्ने कुरा पारदर्शी छैन, त्यस्तो व्यक्ति ‘मैले अर्ब डलर कमाए है’ भनेर धुरीबाट कुर्लंदा नेपालको राज्य संयन्त्र तमासे बनेको छ । कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने विषयमा आवाज उठाउनुपर्ने अधिकांश मिडियाको मुख बुझो लागेको छ । उल्टै कानुन उल्लंघनलाई प्रोत्साहन हुने किसिमले व्यावसायिक मिडियाहरूले समाचार प्रवाह गरेका छन् । निमुखाको आवाज बोल्नुपर्ने मिडियाले विनोद चौधरीलाई बहादुर भन्दै समाचार तथा टिप्पणी प्रसारण÷प्रकाशन गर्नु दुर्भाग्य हो कि होइन ? उपेन्द्र महतो, प्रभाकरणशमशेर राणा, रुक्मशमशेर राणालगायत नेपालका थुप्रैले करोडभन्दाबढी फाइदा निकालेर आफ्नो आम्दानीको केही हिस्सा समाजसेवामा खर्च गरेको अर्को नाटक पनि हाम्रै देशमा मन्चन भएको छ । टाइकुन मिडियाको टेलिभिजनमा लगानी गरेर कालाधनलाई सेतोमा रुपान्तरण गर्न सफल महतो समाजसेवाको नाममा अबैध काम समेत गर्दै आएका छन् । उनको पनि यति सम्पत्ती छ भनै प्रचार गर्ने हाम्रै मिडिया हो । साँच्चै वैध सम्पत्तिकै लेखाजोखा गर्ने हो विनोद चौधरीको सम्पत्ती कर समेत बुझाउनु पर्छ तर जहिले पनि सरकारी ढुकुटीमा न कुनै कर बुझाएका छन् न नेपालको कानुनलाई मानेका छन् ? प्रत्येक वर्ष चौधरी ग्रुपको कम्पनी घाटामा जान्छ तर सोही वर्ष विश्व धनीको सूचीमा चौधरीको सम्पत्ती बढी नै रहन्छ । यसबाट के पुष्टी हुन्छ भने देशमा बुझाउनु पर्ने कर राजस्वदेखि उनले कमाएको सवै रकम विदेश लैजान्छन र देशमा कर छलीमा नम्बर १ मै परेका छन् । उनले नबिल बैंकमा गरेको लगानीको स्रोत आफ्ना नाबालक छोराहरूले कन्सलटेन्सी गरेर २० लाख डलर आम्दानी गरेको देखाउनुले नै सो स्रोत कति सही हो, आफैं प्रस्ट हुन्छ । नेपालको कानुनले सरकारी स्वीकृति विना विदेशमा लगानी गर्न रोक लगाएको छ । व्यापारिक राजनीतिमा माहिर देखिएका चौधरीले ताज ग्रुपसँग सहकार्य गर्दा अपनाएको रणनीति, नेपालमा कर छली र कानुनलाई प्रभावमा पार्ने रणनीतिसँग फोब्र्स पत्रिकाको घोषणा ढाल बन्न सक्ने उनको रणनीति कम्ती चलाखीपूर्ण छैन । नेपालको सबैभन्दा ठूलो कारोबार गर्ने सिप्रदी ट्रेडिङ कम्पनी पनि प्रभाकरशमशेरकै हो । विनोद चौधरी र डा.उपेन्द्र महतोको सम्पत्ति कति होला ? नेपालको दोस्रो ठूलो करदाता तथा सबैभन्दा बढी नाफा गर्ने एनसेल कम्पनीका २० प्रतिशत हिस्सेदार डा.महतो कै छ एनसेल विवादमा आएपछि गोप्य रुपमा उनको नाम राखिएको छ । आफुलाई विश्वको धनीहरुको सूचीमा नाम राख्न सफल भएभन्दै पार्टी नै गर्ने र आर्थिक विकासमा ठुलो योगदान पु¥याएको भन्दै प्रचार प्रसार गर्नेहरुले सरकारी ढुकुटीमा कतिको योगदान पु¥याएका छन भन्ने बारे सोच्नु पर्ने बेला आएको छ ।
सरकारले उद्योगपति, व्यवसायी र अन्य पेशा गरेर तोकिएको रकमभन्दा बढी आर्जन गरेमा र कम्पनीनै सञ्चालन गरेमा तोकिएको कर बुझाउन सरकारले पटक–पटक आह्वान गर्दा समेत कानमा तेल हाल्ने हाम्रा उद्योगपतिहरु कर बुझाउने भन्दा पनि झन छली गर्नेमा प्रतिस्पर्धानै चलेको छ । सरकारले प्रत्येक वर्ष करदातालाई करको दायरामा आउन र बाँकी बक्यौता बुझाउन विभिन्न छुटको योजना ल्याएपनि अझै सम्म संकलन हुनु पर्ने कर बुझाउन ती उद्योगपतिहरु कर कार्यालयसम्म जाने गरेका छैनन । कर कार्यालयसम्म आउन छोडेपछि आन्तरिक राजस्व विभागले कम्प्युटर सिस्टमबाट कर बुझाउने व्यवस्था मिलाएको भएपनि सो व्यवस्थालाई समेत कर तिर्नुपर्ने समुहले बेवास्ता गरेका छन् । बरु लेखापरिक्षक लगाएर कर छलीका उपायहरु तयार गर्ने गरेको पाइएको छ । देशको ढुकुटीमा जम्मा गर्नुपर्ने रकम अनेत्र जम्मा गर्ने र सरकारी कर छली गर्नेमा ‘नेपाली माडवाडी’ समुह पहिलो नम्बरमा पर्दा समेत सरकारले सो समुहमाथी कारवाही गर्ने आँट गरेको छैन् । आफुलाई विश्वको धनी व्यक्तिहरुको सूचीमा नाम पर्दा दिपावाली नै गर्ने सो समुहले नेपालमा भने कर, नक्कली विलविजक र मुल्य अभिबृद्धि कर (भ्याट) छलीको सूचीमा परेपछि सरकारले सो समुह करछलीको ‘हिट लिस्ट’ मा परेको आन्तरिक राजस्व विभागको तथ्याङकमा उल्लेख छ । सरकारले लामो समयदेखि रोगकै रुपमा रहेको कर छली कार्यलाई नियन्त्रण गर्न जस्तो सुकै कार्यक्रम ल्याएपनि सरकार कर छली नियन्त्रण गर्नमा असफल हुदै आएको छ । अर्थमन्त्रालय अन्र्तरगतका निकायहरुलाई कर छली नियन्त्रण र करको दायरामा सवैलाई आउनका लागि प्रत्येक समय आह्वान गरेपनि आफुलाई ठूलो व्यवसायी र लगानीकर्ताको रुपमा परिचय बनाएको समुह चौधरी, गोल्छा, खेतान समुहनै कर बुझाउने तर्फभन्दा पनि छली गर्ने तर्फ लागेको प्रमाणहरु फेला परेको छ । सरकारको निर्देशनमा राजस्व विभागले प्रत्येक वर्ष ‘कर दिवस’ को रुपमा विभिन्न कार्यक्रम गर्दै आएको छ । सो कार्यक्रममा यिनै समुह सहभागी हुन्छन तर कर भने बुझाउदैनन् । आफुलाई ठुलो व्यवसायी भन्दै विश्वमा परिचय बनाएको समुह ‘माडवाडी समुह’ भने अहिले सम्म कहि कतैबाट सम्मानित सूचीमा नपरे पछि सो समुह कर बुझाउने भन्दापनि छली गर्नेको सूचीमा परेको छ । आफुलाई विश्वको धनीहरुको सूचीमा पार्न सफल उद्योगी तथा चौधरी ग्रुप, नेपाल लगायत विश्व बजारमा आफ्नो पहुँच भएको भन्ने खेतान समुह, ठुलो लगानी गरेको भन्दै आएको गोल्छा समुह अहिले सम्म कर छलीकै सूचीमा परेका छ । सो समुहले आफ्नो कारोबारबाट हुने मुनाफाबाट लिइने आयकर, भ्याट, घर बहालकर, अन्तशुल्क लगायतका कर समयमा बुझाउनु पर्नेमा सम्बन्धित निकायबाट ठुला व्यवसायीलाई भन्दापनि साना व्यवसायीलाईमात्र कडाई गर्दै आएको छ । करोडौंको आम्दानी गर्ने ठूला व्यवसायीहरु कहिले कर छली, कहिले नक्कली भ्याट बिल प्रकरण त कहिले मिसम्याच प्रकरणमा राजस्वको अनुसन्धानमा परेका छन । त्यस प्रकरणमा सवैभन्दा बढी माडवाडी समुहकै लागानीमा रहेका कम्पनीहरु पहिलो पक्तिमा पर्ने गरेपनि अझै सम्म सरकारले कारवाही नगर्दा करोडौ कर चुहावट भएको छ । विभागले ठूलो आम्दानी गर्ने तर कर नतिर्ने पेशाकर्मीको फाईलमा उच्च आम्दानी गर्ने डाक्टर, इन्जिनियर, वकिल, एनजिओ, आइएनजिओमा काम गर्नेहरु र विदेशी कम्पनी तथा संस्थाहरुमा कन्सल्ट्यान्टको रुपमा काम गर्ने र व्यवसायीहरुहरुको नाम र विवरण धेरै अघिदेखि संकलन गरेपनि सो विवरणमा भएका नामावलीका कारण विभागले फाईल खोल्न समेत खुट्टा कमाएको छ । विनोद चौधरीको नाम पनि समेटेपछि उनको चर्चा परिचर्चा खुबै चलेपनि उनले आफ्नो देशमा भने कर छली गर्नेको सुचीमा परेका छन । एकै पटकमा करोडो भन्दाबढी दान दिने उपेन्द्र महतो समेत आफ्नो सम्पत्तीको कर नबुझाउने सूचीमा रहेका छन । रुसमा मल्टिबिलिनियरका रुपमा आफ्नो परिचय बनाएका महतोले नेपालमा पनि विभिन्न व्यवसायमा आफ्नो लगानी गरेका छन्, तर उनी पनि सरकारले गर्ने कर बुझाउनेको सम्मानमा अझै सम्म पर्न सकेका छैनन् । सरकारी नीति नियमलाई बेवास्था गर्दै आफ्नोमात्र व्यवसाय सञ्चालन गरेका कम्पनी, व्यक्ती र अन्य समुहलाई कारवाही गर्न सरकारले खुट्टा कमाउनु हुदैन् ।

Saturday, March 18, 2017

एनसेल भ्रष्टाचार प्रकरण : करछली छुट दिए ३३ अर्ब खर्च गर्ने योजना

रोशन कार्की काठमाडौं । एनसेलले नेपाली आकाशको प्रयोग गरि मोबाइल सेवाको नाममा हुने गरेको लुटलाई नेपाल सरकारकै उच्च पदस्थ कर्मचारीदेखि मन्त्री समेत कम्बर कसेर लागेका छन् । पछिल्लो समयमा एनसेलले नेपाल सरकारलाई बुझाउनु पर्ने ३३ अर्ब रुपैयाँ करल छुट दिने र सो बापत मोटो रकमको थैली बुझ्ने अन्तिम तयारीमा रहेको समेत आन्तरिक राजस्व विभागका एक उच्च अधिकृतले गोप्य रुपमा बताएका छन् । विभागको सो स्रोतका अनुसार खुला रुपमा एनसेलको ३३ अर्ब रुपैयाँ कर छली गरिदिएको खण्डमा करोडौ रुपैयाँ उपहार स्वरुप दिने तयारी गरेको र सोही लोभमा विभागका महानिर्देशक चुडामणी शर्मादेखि मन्त्री समेत कम्बर कसेर लागेको आरोप समेत लगाईएको छ । गोप्य रुपमा उपलव्ध गराएको विवरण अनुसार सो कम्पनीले पहिलो चरणमै कर छुट गरेको खण्डमा प्रतिव्यक्ती पद अनुसार न्यूनतम १० करोड रुपैयाँको थैली बुझाउने भएको उल्लेख छ । सो १० करोड रुपैयाँ पाउनेको सूचीको एक नम्बरमा अर्थमन्त्री कृष्णबहादुर महरा दुई नम्बरमा गृहमन्त्री बिमलेन्द्र निधि तीन नम्बरमा विभागका महानिर्देशक चुडामणी शर्मा रहेका छन् । त्यसैगरी, दोस्रो सूचीमा प्रतिव्यक्ती ८ करोड रुपैयाँको थैली अर्थमन्त्रालयका सचिब, सहसचिब र राजस्व सचिबकालागि छुट्टाएको विबरण विभागस्थीत स्रोतले जनाएको छ । एनसेलको सो विवरणमा तेस्रो सूचीमा ५ देखि ३ करोड रुपैयाँको थैली सहित सचिब, सहसचिब, राजस्व सचिबभन्दा मुनी रहेका तर सो कर छुटमा कागजात ओहोरदोहोर गर्नु पर्ने पदमा रहेकालाई छुट्टाइएको छ । (यो विभागबाट प्राप्त प्रारम्भीक विवरणमात्र हो) विभागका अनुसार एनसेलले अन्त्तमा ३३ अर्ब रुपैयाँ नै खर्च गरेर भएपनि नेपाल सरकारलाई झुकाएर छोड्ने योजनामा सो कम्पनी लागि परेको छ । तत्कालीन समयमा एनसेलको साहु कम्पनी टेलियासोनेरा आफ्नै देश स्विडेनमा भ्रष्टाचारको मुद्दामा फँसेको थियो । टेलियासोनेरामा स्विडेन सरकारको ३७ प्रतिशत सेयर भएकोले भ्रष्टाचार मुद्दामा छानबिन गर्न त्यहाँको सरकार तम्सिएको हो। भ्रष्टाचारको प्रारम्भिक छानबिनका क्रममा टेलियासोनेराको उज्बेक साझेदारको स्विडिश बैँकमा रहेको ३ करोड अमेरिकी डलर सम्पति ‘फ्रिज’ गर्ने आदेश स्विडेनको अदालतले दिएको छ । नेपाल र एनसेल कनेक्सन तत्कालीन समयमा उज्बेकिस्तानमा यही के
स मिडियामा आएर हङ्गामा भएपछि स्विडेनको आर्थिक साप्ताहिक Veckans Affärer का पत्रकार Emanuel Sidea ले काठमाडौँ आई यहाँको एनसेलमा भएको अनियमितताबारे पनि अनुसन्धानमूलक खबर छापेको थियो । सो समाचारले नेपालका मिडियाले कुनै चासो दिएको थिए । तर स्विडेनका अन्य पत्रिका, टेलिभिजनले समेत यसबारे समाचार प्रसारण गरेका थिए । तत्काल एनसेल ब्रान्डमा टेलियासोनेराको लोगो र रङसहित सञ्चालन भइरहेको मोबाइल कम्पनीको लाइसेन्स खासमा स्पाइस नेपालले लिएको थियो । सन् २००१ को सेप्टेम्बरमा स्पाइस नेपालले लेटर अफ इन्टेन्ट पाउँदा कम्पनीमा मोदी नेपाल ९५५ प्रतिशत खेतान ग्रुप ९४० प्रतिशत र स्पाइस सेल ९५ प्रतिशतको मालिक थिए । तर राजा ज्ञानेन्द्रले सक्रिय शासनको अभ्यास गरिरहेको बेला सेप्टेम्बर २००४ मा लाइसेन्स पाउँदा यो कम्पनीमा राज ग्रुपको ९५ प्रतिशत शेयर थियो जसको मालिक ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर सिंह थिए । विश्वको कडा तानाशाह भएको मुलुक उज्बेकिस्तानमा बरु पत्रकारहरुले अनुसन्धान गरी समाचार छापिरहेका छन, त्यहाँका मिडियाले यसको निरन्तर फलोअप गरिरहेका थिए । तर लोकतान्त्रिक मुलुक हाम्रो देशमा व्यापारीको पैसाले सबको मुख थुनिदिएको थियो । शक्तिको उपयोग गरी मोबाइल लाइसेन्स हत्याउने टेलियासोनेराको क्रम ज्ञानेन्द्रको पतनपछि पनि रोकिएन । ज्ञानेन्द्र पतनपछि उदायो माओवादी नेपालको नयाँ शक्तिका रुपमा । पुष्पकमल दाहाल प्रधानमन्त्री भए । उनको निकट व्यापारी अजय सुमार्गीको नाममा हेलो मोबाइलको लाइसेन्स लिएर निकै सस्तोमा नेपाल स्याटेलाइट कम्पनीको नाममा मोबाइल सञ्चालन गर्ने लाइसेन्स दिइएको थियो । गत वर्षको अप्रिलमा टेलियासोनेराले हेलो नेपालको ७५ प्रतिशत सेयर किनेर आफ्नो बनाइसकेको थियो । ज्ञानेन्द्र शक्तिमा हुँदा राजबहादुर सिंह र दाहाल शक्तिमा हुँदा अजय सुमार्गी प्रयोग गरेर टेलियासोनेराले पर्दापछाडि कति रकम क–कसलाई घुस खुवायो, त्यो अनुसन्धानको विषय बनेको छ । अनुसन्धान गर्नेले २००१ देखि २००५ बीचका एनसेलका कागजात कसरी रहस्यमय ढंगले हराएका छन् । सेयर किनबेचमा नेपालको कानुनअनुसार कर बुझाइयो कि बुझाइएन भन्ने अनुसन्धान पनि गर्न नेपाल सरकारले सकेको छैन । सोही केस अहिले ३३ अर्ब रुपैयाँको सेयर बिक्री स्वामित्वको कर सरकारी ढुकुटीमा आउनु पर्नेमा सो छुट दिन पुनः प्रधानमन्त्री पुष्पकमल दाहालकै नेतृत्वको सरकारका अर्थमन्त्री कृष्णबहादुर महरा लागि परेका छन । पहिलो चरणमा दिन भनि छुट्टाएको रकममा समेत थप गरेर भएपनि कर छुट गराएर छाड्ने तयारीमा नेपाल सरकारनै लागि परेको स्रोतको दाबी रहेको छ ।

Tuesday, December 27, 2016

हुण्डी कारोबार संलग्नबाट बरामद ६ करोड रकम गायब

प्रहरी समात्ने विभाग विना कारवाही उन्मुक्ति दिने
रोशन कार्की काठमाडौं । अस्थिर सरकारको मौका छोप्दै लामो समयदेखि प्रतिबन्धित कारोबारको अत्याधिकमात्रामा प्रयोग हुदै आएको ‘हुण्डी’ को व्यवसायलाई सरकारले अझै सम्म नियन्त्रण गर्न नसक्दा करोडौ रुपैयाँ विदेशीएको छ । सरकारी ढुकुटीमा जम्मा हुने कर समेत हुण्डीकै माध्यमले बाहिरीने क्रममा तीब्रता आएसंगै प्रतिबन्धित व्यवसाय गरेको आरोपमा विभिन्न समयमा पक्राउ परेकालाई समेत सरकारले नै उन्मुक्ति दिएको आरोप समेत लागेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले विभिन्न समयमा ३२ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको जानकारी दिएको थियो । तर, पक्राउ परेका हुण्डी कारोबारीलाई महाशाखाले अनुसन्धान तथा कारबाही गर्न राजश्व अनुसन्धान विभागलाई जिम्मा दिएपछि सो बारे कुनै कारवाही अगाडि नबढाएकै कारण हुण्डी व्यवसायीबाटै मोटो रकम लिएर उन्मुक्ती दिएको आरोप समेत विभागलाई लागेको छ । आर्थिक वर्ष २०७२/०७३ मा मात्रै अपराध महाशाखाले ३२ जना हुण्डी कारोबारी विभाग पठाएको थियो । ती हुण्डी कारोबारीमाथि कारबाही के भयो भन्ने कुनै रेकर्ड विभागमा रहेको छैन । सो हुण्डी कारोबारमा पक्राउ परेका बारे विभागमा सम्पर्पक राख्दा सो बारे केही जानकारी नभएको छोटो जवाफ दिने गरेका छना् । गएको वर्षको असोज ६ गते राजधानीका विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरी विभाग पठाएका हुण्डी कारोबारी न्युरोड खिचापोखरीमा रहेको मिलाप चन्द जैनका सञ्चालक शंकरलाल कोठारीको साथबाट प्रहरीले १८ लाख ५० हजार ९ सय ९५ रुपैयाँ सहित पक्राउ गरेको थियो । त्यस्तै नुवाकोट घरभएका नर्थ प्वाईन्ट मनि एक्चेन्जका सञ्चालक राजाराम पाण्डेको साथबाट ५९ लाख, ओम मनि एक्चेन्जका सञ्चालक ३। राकेश बैद्यको साथबाट ३ लाख १९ हजार ६ सय ८५ रुपैया,ँ खिचापोखरीको आरबी कम्प्लेक्समा रहको निलगिरी प्रालिका सञ्चालक किरणकुमार गुरुङको साथबाट ८८ लाख ३५ हजार पाँच सय रुपैयाँ, सुन्धाराको देउराली मनि एक्चेन्जका सञ्चालक नवराज गुरुङको साथबाट ३६ लाख ५३ हजार एक सय ८५ रुपैयाँ, सुन्धाराको देउराली ट्राभल्स एण्ड टुर्स प्रालिका म्यानेजर जेवाल हकको साथबाट युएस डलर सात सय ११ रुपैयाँ सहित पक्राउ गरेको थियो । त्यसैगरि, केशरी चन्दको साथबाट १६ लाख रुपैयाँ, नन्दु कुमार मरगको साथबाट दुई लाख ६६ हजार पाँच सय रुपैयाँ, एक तोला ४४ लाल सुन र एक सय ९४ तोला ८ लाल चाँदी, न्युरोडमा रहेको कंगारु एक्सप्रेस सर्भिस प्रालिका सञ्चालक रविन्द्र सुवेदी र पृथ्वीबहादुर रावतको मनि एक्सचेन्जबाट ३८ लाख ६ हजार पाँच सय रुपैयाँ सहित पक्राउ गरेर कारवाहीकालागि विभागमा बुझाएको थियो । त्यसैगरी, निकिदिभा ट्रेडर्सका सञ्चालक सुरेन्द्र गोयलको साथबाट ५० लाख ६५ हजार एक सय ५० रुपैयाँ र भारतीय एक लाख रुपैयाँ, भारत राजश्थान चरु घर भई काठमाडौं बसन्तपुर बस्ने सत्य प्रकाश शर्माको साथबाट १५ लाख १३ हजार पाँच सय रुपैयाँ, भारत राजस्थानका आकाश बेदको साथबाट १२ लाख ६६ हजार रुपैयाँ, उनी पनि निकिदिभा ट्रेडर्सका क्यासियरमा कार्यरतलाई समेत पक्राउ गरि विभाग बुझाईएको थियो । कुवँर प्रभु मनि ट्रान्सफरका सञ्चालक डिलबहादुर कुँवरको साथबाट तीन लाख ४२ हजार पाँच सय, अग्रवाल भारत राजस्थानको चुरु घर भई न्युरोडमा बस्दै एन्जल्स प्रालिका सञ्चालक शंकर लाल चनानी अग्रवालको साथबाट एक लाख ९२ हजार पाँच सय, नुवाकोटको खानिगाँउ–४ घर भई ढकाल एन्जल्स प्रालिका क्यासियर निरञ्जन ढकालको साथबाट २९ लाख ५० हजार, बर्दिया मगडागढी–९ घर भएका एन्जल्स प्रालिका क्यासियर डिल्ली बस्नेतको साथबाट एक लाख ५० हजार, तनहुँ व्यास–९ घरभई एन्जल्स प्रालिका क्यासियर अर्जुन कंडेलको साथबाट ६ लाख रुपैयाँ, गोरखा, बोर्लाङ्ग–५ घर भई टोखामा बस्दै आएको राजकुमार श्रेष्ठको साथबाट दुई लाख १२ हजार रुपैयाँ सहित पक्राउ परेका थिए । दोलखा, काभ्रे–५ का एन्जल्स प्रालिमा कार्यरत फुर्वा शेर्पाका साथबाट १२ लाख, भारतको राजस्थान, जयपुर घर भई पूर्ण लक्ष्मी ईन्टरप्राईजेजका सञ्चालक अरुण सावरथिया अग्रवालसमेत हुण्डीको कारोबार गदै गर्दा पक्राउ परेको थिए उनीहरुलाई थप कारवाहीकालागि विभाग बुझाएको भएपनि अहिले सम्म के कारवाही भयो त्यसको जानकारी विभागकै कर्मचारीलाई नभएको बताइका छन् । ओखलढुङ्ग, पोकली–४ घर भएका पूर्णलक्ष्मी ईन्टरप्राईजेजका सञ्चालक उदयकुमार शर्माको साथबाट २० लाख, नुवाकोटको महाकाली–२ घर भई न्यू मारुती ईन्टरनेश्नलका क्यारियरमा कार्यरत कृष्ण प्रसाद खतिवडाको साथबाट आठ लाख ८१ हजार पाँच सय, गोरखा, ताकुकोट–४ घरभई न्यू मारुती ईन्टरनेश्नलका क्यारियर समिर श्रेष्ठको साथबाट चार लाख ५४ हजार रुपैयाँ, रसुवाको सरमथली–७ घर भई बालाजु बस्दै आएका हम्स मनी ट्रान्सफरका क्यारियरमा कार्यरत नविन भट्टको साथबाट प्रहरीले पाँच लाख रुपैयाँ सहति गत वैशाख २९ गते सम्ममा पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले कुल १ करोड ७४ लाख ९९ हजार ६ सय ५० रुपैयाँ सहित राजस्व विभाग बुझाएको थियो । तर उनीहरुलाई विभिन्न बहानामा उन्मुक्ती समेत दिएको आरोप लगाईएको छ । पवनकुमार अग्रवाल सरावगी अनु ट्रेडिङका सञ्चालक भई हुण्डीको कारोबार गर्दै आएको अबस्थामा उनको साथबाट ६३ लाख ५० हजार रुपैयाँ, मोहनमान श्रेष्ठको बिन्देश्वरी व्याग एण्ड रेडिमेड उद्योगका सञ्चालक भई हुण्डी कारोबार गर्दै गर्दा उनको साथबाट १० लाख रुपैयाँ, एक लाख भारतीय रुपेया र विभिन्न बैकका ४९ वटा चेकहरु बरामद गरेको थियो । कुमार राई बिन्देश्वरी व्याग एण्ड रेडिमेड उद्योगमा कारोवार गर्न आएका थिए । उनको साथबाट १८ लाख रुपैयाँ, निर्दाेष प्रसाई पाथिभरा ट्रेडर्सका सञ्चालक भई हुण्डी कारोबार गर्दा उनको साथबाट १९ लाख ७१ हजार पाँच सय रुपैयाँ र विभिन्न बैंकका १० वटा चेक बरामद गरिएको थियो । राजन पौडेल माई पाथिभरा ट्रेडर्समा हुण्डी कारोवार गर्न आएको अबस्थामा उनको साथबाट ३२ लाख ५० हजार रुपैयाँ, टलबहादुर तामाङ पनि माई पाथिभरा ट्रेडर्समा कारोवार गर्न आएकै अबस्थामा ११ लाख ५० हजार रुपैयाँ सहित नियन्त्रणमा लिएको थियो । अमित खरेलको साथबाट १२ लाख, रोहित दुलालको साथबाट प्रहरीले पाँच लाख १६ हजार रुपैयाँ सहित पक्राउ गरेको थियो । आर्थिक वर्ष २०७२ र ७३ मा अपराध महाशाखाले हुण्डी कारोबार गरेको अबस्थामा पक्राउ गरेकाहरुसंगमात्र ६ करोड ६२ लाख ८९ हजार २ सय २५ रुपैयाँ बरामद गरेको थियो । त्यस्तै १ तोला सुन र १ सय ९५ तोला चाँदी पनि बरामद गरेको तथ्याङ्क महाशाखामा रहेको छ । हुण्डी कारोबारी गर्ने ३२ जना र पक्राउ परेका सबै सामानसहित अनुसन्धान गर्न अपराध महाशाखाले राजश्व अनुसन्धान विभागलाई जिम्मा दिएको थियो । तर यी हुण्डी कारोबारीका बारेमा सूचना माग्दा विभागले ठाडै अस्वीकार गर्दै उनीहरुलाई कारबाही भयो कि भएन, यिनीहरुको साथबाट बरामद गरेको पैसा कहाँ छ भनी प्रश्न गर्दा सो बारे कुनै जानकारी नभएको जनाएको छ ।

Thursday, March 24, 2016

कोक/ फ्यान्टाले मुटु रोग र क्यान्सर हुने खुलासा

रोशन कार्की काठमाडौं । जाडो समय सकिएर गर्मी मौसम आएको छ । बाहिर उखरमालौ गर्मी बढ्दै छ । राजधानीमा पानीको अभाबमा प्यास मेटाउन के पियपदार्थ पिउने गर्नु भएको छ ? छ भने तत्काल छोड्नु होस ? गर्मीयाम लाई लक्षित गरि बहुराष्ट्रिय कम्पनीहरुले बजारमा चिसा पेयपदार्थ पिउने कुलत नेपालीमा पनि परिसकेको छ । तर, गर्मी छल्न भन्दै हामीले पिउने कोकाकोला र फेन्टा जस्ता पेयपदार्थ स्वास्थ्यका लागि निकै हानिकारक भएको विभिन्न अनुसन्धानबाट पुष्टि भइसकेको छ । नेपालमा कोकाकोला र फेन्टा, स्प्राइट लगायतका नाममा ‘गुलियो विष’ मा बेचिँदै आएको छ र ती पेय पदार्थमा एक त बेलाबेलामा अखाद्य वस्तु फेला परिरहन्छन् ।
विज्ञहरूका अनुसार कोकाकोला आफैंमा मन्द विष भएको बतउदै आएका छन् । भारतमा रामदेवले कोकाकोलालाई ‘ट्वाइलेट क्लिनर’ को संज्ञा दिदै त्यस्ता पेयपदार्थ नपिउन सर्वसाधारणलाई आग्रह गर्दै आएका छन् । उनले भनेका छन्, “गर्मीमा कागती, नीम र बेलको सर्वत पिउनुस्, फलफूलको फ्रेस जुस पिउनुस्, दही र मही पिउनुस् तर कोकाकोला पटक्कै नपिउनुस् ।” रामदेवले कोकाकोलामा हुने हानिकारक रसायनका कारण मानिसलाई क्यान्सरदेखि अल्सरसम्मका रोग लाग्ने विवरण नै दिएका थिए । भारत र नेपालका ठूला मिडियाले बहुराष्ट्रिय कम्पनीको रहर लाग्दो विज्ञापनको लोभमा कोकाकोला र फेन्टाको हानिकारक पक्षबारे जनचेतना जगाउने खालका सामग्री दिंदैनन् । विश्वका धेरै अनुसन्धाताले कोकाकोलाका बारेमा नकारात्मक रिपोर्ट दिएका छन् । केही वर्षअघि हार्वर्ड स्कूल अफ पब्लिक हेल्थको अनुसन्धानबाट कोकाकोलाले मोटोपन बढाउने मात्र हैन, त्यो जीवनकै दुश्मन भएको पत्ता लागाएको छ । कोकाकोला जस्ता गुलिया हल्का पेयपदार्थ पिएकै कारण वर्षमा विश्वभर करीब पौने दुई लाख (१ लाख ८० हजार) मानिसको मृत्यु हुने गरेको छ । कोक पिएकै कारण विश्वमा हरेक वर्ष एक लाख तेत्तीस हजार मानिस मधुमेहको शिकार हुने गरेका छन् भने हरेक वर्ष ६ हजार मानिस क्यान्सरको शिकार हुने गरेका छन् । कोक जस्ता पदार्थ पिएकै कारण करीब ४४ हजार मानिस मुटुको रोगी भएर मर्ने गरेका छन् । सन् २०१३ को १९ मार्चमा डेली मेल युकेको रिपोर्ट अनुसार यो तथ्यांक अमेरिकन हार्ट एसोसिएसनको बैठकमा प्रस्तुत गरिएको थियो । अमेरिकाको प्रतिष्ठित संस्था ‘इन्ष्टिच्यूट फर हेल्थ म्याट्रिक्स एण्ड इभोलुशन ग्लोबल बर्डन अफ डिजिज् स्टडिज’ ले सन् २०१० मा भारतमा गरेको अनुसन्धानपछि के पाइयो भने भारतमा त्यस वर्ष ९५ हजार ४ सय २७ जनाको मृत्युको एउटा ठूलो कारण कोकाकोला र फेन्टा जस्ता हल्का पेय नै रहेछ प्रतिबेदन सार्वजनिक गरेको थियो । मृत्यु हुनेहरूको संख्या सन् १९९० को तुलनामा २० वर्षमा १६१ प्रतिशतले बढेको रहेछ । सो रिपोर्टका अनुसार भारतमा कोकाकोला पिउनेहरूमध्ये ७८ हजार १७ जना मानिस मुटुको बिमारबाट मरे । ११ हजार ३१४ मानिस मधुमेहका कारण निधन भएका छन् । भारतको छत्तीसगढस्थित दुर्ग, राजनन्दन गाउँ र धमतारी जिल्लाका किसानका अनुसार उनीहरूले आफ्नो धान खेतलाई कीटनाशकबाट बचाउन कोक र फेन्टाको प्रयोग गरेका थिए र त्यो सफल भएको थियो । पानीमा कोक र फेन्टा मिलाएर धान बालीमा छर्किनु कीटनाशकको प्रयोगभन्दा धेरै सस्तो र प्रभावकारी भएको किसानहरूको अनुभवबारे सन् २००४ को ३ नोभेम्बरमा बीबीसी न्यूजले नै समाचार प्रसारण गरेको थियो । कोक र फेन्टा जस्ता कार्बोनेटेड पेयपदार्थबाट डाइबिटिज, हाइपरटेन्सन र पेटमा पत्थरी हुने संभावना अत्यधिक रहेको स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताएका छन् । दिनमा दुई वा त्यसभन्दा बढी कोक पिउँदा क्रोनिक किड्नी रोग हुने खतरा बढ्न सक्ने उनीहरूको सल्लाह छ । अमेरिकी चिकित्सा अनुसन्धान पत्रिकामा सन् २००८ को जुलाई १८ मा प्रकाशित खबर अनुसार कोकाकोलामा फस्फोरिक एसिड बढी हुन्छ, जसले हाम्रो मूत्र प्रणालीमा असर पारी मिर्गौलामा समेत पत्थरीको कारण बन्न सक्छ । विश्वको चर्चित पत्रिका ‘डेली एक्सप्रेस’ का अनुसार जो मानिस हरेक दिन कोकाकोला पिउँछन, उनीहरूलाई मुटु या नसाको रोग हुने खतरा ४३ प्रतिशत हुन्छ । अनुसन्धानकर्ताले अध्ययनका दौरान के पाए भने कोकाकोला नपिउनेहरूमा हृदयघातको खतरा कम देखिएको थियो । कोकाकोला पिउनेहरूको प्रजनन् क्षमता समेत कमजोर हुन्छ । अल्कोहल नहुने भएकाले यस्ता पेयलाई हल्का पेय भनिएको हो, तर कोकाकोला यस्तो हल्का पेय हो, जसमा कार्बनडाइअक्साइड ग्यास राखिएको हुन्छ, त्यसैले यसलाई कार्बोनेटेड पेय भनिएको हो । हामीले कोक या फेन्टा खाँदा केहीबेरमै नाक या मुखबाट एकप्रकारको ग्याँस बाहिर निस्किएको या डकार आएको महसूस गर्ने गर्र्छौं । त्यो खासमा कार्बनडाइअक्साइड हो । हामीलाई थाहै छ, हाम्रो शरीरले प्राण वायु शरीरभित्र लिन्छ । रगतमा भएको ग्लुकोजसँग दहन क्रिया भएपछि त्यो शरीरका लागि हानिकारक तत्वहरू समेट्दै कार्बनडाइअक्साइडका रूपमा शरीरबाट बाहिर निस्कन्छ । कार्बनडाइअक्साइड मानव शरीरले फाल्ने बायु हो । तर, कोक मार्फत हामी त्यही कार्बनडाइअक्साइड पेटमा हुल्ने गर्छौैं । फोक्सोले काम नलाग्ने भनेर फाल्ने कार्बनडाइअक्साइड हामीले पेट, रगतहुँदै दिमागसम्म पु¥याउँछौं, सोही कारण कोक पिएपछि नाकमा जलन हुन थाल्छ । कोकमा यस्ता धेरै घातक रसायन पाइएको छ । कोकाकोलामा सोडियम मोनो ग्लूटामेट, ब्रोमिनेटेड भेजिटेबल आयल, मिथाइल बेन्जिन र एडोसल्फान जस्ता विषाक्त रसायन हुने गरेको पाइएको छ । कोकाकोलामा चिनी या कर्न सिरप अत्यधिक हुन्छ । यो नै मानिसको मोटोपन, टाइप बी मधुमेह र मेटाबोलिक सिन्ड्रोमको कारण बनिदिन्छ । यसबाट उच्च रक्तचाप, उच्च कोलस्टोरल र मुटु रोगको कारण बनिदिन्छ । यस्ता पेयमा हुने क्यारमल रंग खासमा मिथाइलिमाइडोजल रसायन हो, जसलाई प्रयोगशालामा परीक्षण गरियो । आखिर यो रसायन फोक्सो, पेट र थाइराइड क्यान्सरको कारण भएको पाइएको छ । कोकाकोलामा हुने फस्फोरिक एसिड सबैभन्दा खतरनाक तत्वहरूमा एक हो । यो नै मानिसको हाडहरूको कमजोरी र आस्टियोप्यारोसिसको कारण हो । कोकमा साइट्रिक र फस्फोरिक एसिड हुन्छ, जसलाई धेरै खाँदा हाड र दाँत कमजोर हुन जान्छ । कोकाकोलाको अर्को घातक रसायन हो, क्याफिन । यो क्याफिनकै कारण कोक पिउने बच्चामा टाउकोदुखाइ, निद्रा नलाग्नु, चिड्चिडापन आदि समस्या देखा परेको अनुसन्धानकर्ताहरूले पाए । कोकाकोलामा हानिकारक कीटनाशकको निर्धा्रित मात्राभन्दा धेरै बढी घातक रसायन हुने भएकाले यसलाई कीटनाशकभन्दा खतरनाक मानिएको हो । यसमा भएको चिनी र एसिड नै बच्चाहरूको दाँत कीराले खाने र सडेर जाने कारण हुन् । किनकि, कोकमा भएको एसिडले दाँतको इनामेल नै मेटाइदिन्छ र दाँत सिरिङ्ग हुने रोग देखा पर्छ र विस्तारै दाँत कीराले खान थाल्छ । कोकाकोलाको अर्को खराबी हो, यसले मानिसको पेटमा पेप्टिक अल्सरलाई बढाइदिन्छ । कोल्ड ड्रिंक्समा मिठासका लागि सेक्रिनको प्रयोग गरिएको छ भने त्यो झन् क्यान्सरको कारण बनिदिन्छ । कोकाकोलामा पीएचको मात्रा २.४ देखि लिएर ३.५ सम्म हुन्छ, जुन एसिड याने अम्लकै अर्को रूप हो । घरहरूमा शौचालय सफा गर्दा प्रयोग गरिने ट्वाइलेट क्लिनरको ‘पीएच’ मानक पनि कोकाकोला सरह नै हुन्छ । यही कारण कोकाकोलालाई पनि शौचालय सफा गर्न प्रयोग गर्न सकिन्छ । रामदेवले यसलाई ट्वाइलेट क्लिनर भन्नुको खास कारण यही हो, जुन विज्ञानले प्रमाणित गरिसकेको छ । सामान्य रूपमा पानीको पीएच मात्रा ७.५ को आसपास हुन्छ, जुन पिउनयोग्य हुन्छ । कोकको बोतलमा अलिकति दूध मिसाउनुस् । त्यसलाई दुई तीन घन्टा त्यसै छाडिदिनुस् । त्यसपछि तपाईं देख्नुहुनेछ, बोतलको तल्लो सतहमा सेतो फोहोरजस्तो चिज जम्मा भइरहेको हुनेछ । अनि माथितर्फ हल्का रंगको पेय पदार्थ देख्नुहुनेछ । त्यस्तो किन हुन्छ भने कोकमा रहेको फस्फोरिक एसिडले दूधको क्याल्सियमलाई बाहिर निकालिदिन्छ । यदि यही कोक पिउने हो भने त्यसले हाम्रो हाडमा रहेको क्याल्सियमलाई पनि त्यसैगरी बाहिर निकाल्ने भयो । यसरी शरीरबाट क्याल्सियम बाहिर निस्कन थाल्यो भने तपाईंको हाड के होला ? खासगरी ती बच्चाहरू जो हुर्किंदो उमेरका छन् र जसलाई अग्लो हुन र शरीरको पुष्टिका लागि क्याल्सियमको अत्यधिक खाँचो छ, उनीहरू कोकको कुलतमा लाग्दा शरीरमा भएको क्याल्सियम पनि समाप्त हुन जान्छ । अनि उनीहरू रुग्ण, रोगी र कमजोर हुन्छन् । बहुराष्ट्रिय कम्पनीहरूले विश्वमा यसरी नयाँ पुस्तालाई रोगी बनाइरहँदा राज्य भने मौन बसेको छ । अनि ठूला मिडियालाई विज्ञापनको हाड फालिएको छ, उनीहरू पनि मौन छन् । नेपालमा अनुसन्धानले यी तत्व मुसाको फोक्सो, कलेजो थाइराइडमा क्यान्सर हुने कारण बनेको देखिएको छ । अमेरिकाको नेसनल टक्सिकोलोजी प्रोग्रामले पनि २ एमआई र ४ एमआई दुवैले जनावरमा क्यान्सर उत्पन्न गराएको र यसले मानिसलाई पनि नोक्सान र्पुयाउन सक्ने बताएको छ ।

Tuesday, February 23, 2016

ओमकार ग्रुपको थप ठगीधन्दा : हातहतियारदेखि युवतीसम्मको सप्लाएर……….

पवित्र शर्मा काठमाडौं । अबैधरुपमा देशको विद्यमान आर्थिक नियमावली विपरित एक व्यक्तीले व्यवसायीक रुपमा ऋण प्रवाह गरेका छन् । पत्रपत्रिकामा विज्ञापन नै गरेर ऋण उपलव्ध गराउने छौ भन्दै अबैध कारोबार सुरु गरेको तथाकथित ओमकार ग्रुप अफ कम्पनीका मालिकले साना हातहरियार र चेलीको समेत सप्लाएर गर्ने गरेको सो कम्पनीकै एक सदस्यले गोप्य रुपमा बताएका छन् । नाम नलेख्ने सर्तमा मैतिदेबीमा रहेको सो कम्पनीका मालिक शनिसकुमार मिश्रले सुरुमा सञ्चालन गरेको चक्रिय व्याजमा ऋण प्रवाह गर्दै अहिले हातहतियार र नेपाली चेलीलाई बेश्यालयमा समेत पुर्याउने गरेको खुलासा गरेका छन् । नेपाल राष्ट्र बैंकले अवैध रुपमा ऋण लगानी गर्ने कम्पनीलाई कानुनी कारवाहीको दायरामा ल्याउन नसक्दा र अवैध रुपमा करको दायरामा नआई मनखुसी ढंगले कुनै कम्पनीले ऋण लगानी गर्ने कार्यको अनुगमन नगर्दाको फाइदा लिँदै सो कम्पनीले बैंक सरह करोडौ रुपैयाँ अवैध लगानी गर्दै आएको छ । चर्काे मिटर व्याजमा कुनै एक कम्पनीले बैंक सरहको नियम लगाएर ऋण अधिकृत समेत नियुक्त गरेर करोडौं रुपैयाँ अवैध लगानी गर्दै आएको छ । त्यसरी लगानी गर्ने कम्पनी ओमकार ग्रुफ अफ कम्पनीलाई सम्बन्धित निकायले कारबाही नगर्दा अबैध कारोबारले तीब्रता लिएको छ भने अधिकाशं चक्रिय व्याजका कारण सडकमा आएका छन् । धितो लगानीदेखि घरवालाहरुसंग बैनाबट्टाको कागज बनाई ऋण लगानीलाई निरन्तरता दिँदै आएको सो कम्पनीले फिल्ड भिजिट चार्ज भन्दै ऋण अधिकृत बलदेव सिंहलाई फिल्ड पठाउने र जानुअघि एक हजार रुपैयाँ फिल्ड भिजिट चार्जको नाममा अशुली गर्नेदेखि साइटमा मदिरापान र चेलीमाथीको अमानविय व्यवहारको समेत रकम बुझाउनु परेको एक पिडीतले बताएका छन् । भारतीय सिमामा स्थायी घर भएका मिश्रले नक्कली हातहतियार लाईसन्स बनाएर बोक्ने समेत गरेका छन् । उनले सोही नक्कली लाईसेन्स देखाएर ऋण चुक्ता गर्ने व्यक्तीलाई प्रयोग गर्न दिएका छन् । सुरुका समयमा भाष्कर नाम गरेका व्यक्तीलाई सो अबैध काममा लगाउने गरेका थिए । भाष्कर नाम गरेका ती कर्मचारीले हाल सो कम्पनी छोडेपछि सो स्थानमा लक्ष्मण नाम गरेका व्यक्तीलाई नियुक्त गरि अपहरण शैलिमा ऋण लिएकालाई नियन्त्रणमा लिने गरेको समेत ग्रुपका एक सदस्यले बताएका छन् । सो कम्पनीका मालिक मिश्रले एक लाखको दैनिक एक हजार व्याज र पाँच प्रतिशत सेवा शुल्क लिदै आएको सो कम्पनीबाट ऋण लिएका एक ऋणीले नाम उल्लेख नगर्ने शर्तमा तीव्रखबरलाई बताएका छन् । मासिक करोडौं रुपैयाँको अवैध ऋण कारोवार गर्दे आएको सो कम्पनीले ३५ जना कर्मचारी राखि आफ्mनो धन्दालाई जारी राखेको बताइएको छ । यसरी खुलेआम रुपमा अवैध ऋण कारोवार गर्ने ओमकार ग्रुप अफ कम्पनी र संचालक सनिसकुमार मिश्रका नाममा कायम रहेको सम्पत्तिमाथि छानवीन गर्ने हो भने पनि उनको ठगीबाट कमाएको अकुत सम्पत्तिको स्रोत नै चर्काे मिटर व्यजबाट गरिएको आम्दानी प्रष्ट हुने उनको कम्पनीमा कार्यरत एक कर्मचारीले बताएका छन् । ओमकार ग्रुप अफ कम्पनीका संचालक मिश्र केही वर्ष अघिसम्म घरबेटीको भाडा तिर्न नसकेर ग्यासको सिलिण्डरसमेत बिक्री गरि भाडा तिरेका निम्नवर्गिय परिबारका मान्छे हुन । अहिले मुलुकभर एक सय भन्दा बढी रोपनी जग्गा र काठमाडौंमा दुई बटा घरका साथै एक दर्जन कम्पनीहरु रहेको बताएइको छ । यस सम्बन्धमा पटक पटक सम्र्पक गर्दा उनीले फोन उठाएनन् । - See more at: http://tibrakhabar.com/?p=18907#sthash.RHy0FGSi.dpuf

६ सय रुपैयाँको लोभमा लाखौको कर छली

नेताकै कारण मेलाको नाममा अबैध कारोबार रोशन कार्की/ काठमाडौं । विभिन्न संघसस्थाको नाममा हुदै आएको व्यापार मेलाबाट दैनिक रुपमा लाखौ रुपैयाँ कर छली हुनेक्रममा तब्रता आएको छ । पछिल्लो समयमा राजधानीको भृकुटीमण्डपमा भएका २ वटा मेलाबाट मात्र न्यूनतम १० करोड रुपैयाँ कर छली भएको छ भने आफु खुशी मुल्य राखी गुणस्तरहिन सामाग्री बिक्री समेत हुदै आएको छ । प्राप्त समाचार अनुसार भृकुटीमण्डमा भएको जुत्ताचप्पल मेलाबाट मात्र ५ करोड रुपैयाँको कर छली भएको छ । सो मेलामा सत्तामा रहेकै दलका बरिष्ठ नेताहरुको लोभका कारण कर छलीमा टेवा पुगेको सोमबार एक घटनाले पुष्टी भएको छ । सोमबार दिउसो एक सुरक्षागार्ड सहित जुत्तामेलामा वा १० च ४७२० नम्बरको गाडीमा सवार नेता तथा पुर्वमन्त्रीसमेत भएकाले ६ सय रुपैयाँमा लोभ गर्दा लाखौ रुपैयाँ कर छली गर्न आयोजकलाई सहज भएको छ । सो गाडीमा सवार नेता हुन एमालेका महासचिब तथा पुर्वमन्त्री शंकर पोखरेल । उनले सिटीजन फुटवएर नामको जुत्ता लिएर पैसा नतिरी हिडेपछि जुत्ता व्यापारी मुखामुख गरेका थिए । साथमा रहेका जुत्ता मेला आयोजक जीबन नेपालीले भने उहाँसंग पैसा नमाग्नु समेत भनेपछि व्यवसायी चुप लागे पछि पुष्टी भएको छ नेताकै कारण राजस्व छलीमा टेवा पुगेको छ । यो एउटा उदाहरणमात्र हो । यसरी मेलामा गएर सितैमा सामान लिएर हिड्नेमा पत्रकारदेखि नेतासम्म रहेको एक व्यवसायीले गुनासो गरेका छन् । नाम नलेख्ने सर्तमा ती व्यवसायीले भने, पत्रकार, कर्मचारी, पुलिस प्रसाशन सवै आउछन् सितैमा जुत्ता लिएर जान्छन् । देशभर सञ्चालन हुने महोत्सव तथा मेलाबाट ठूलो मात्रामा कर छली गरेको खुलासा हुदै आएपनि सम्बन्धित निकायबाट कारवाही नगर्दा झन फैलिदै गएको छ । उपभोक्ता र सेवाग्राहीलाई प्रत्यक्ष सेवा दिनेभन्दै विभिन्न समूहबाट गरिने महोत्सव र मेलामा बिक्री गरिएका वस्तुको कर सरकारलाई नबुझाई छली गर्ने गरेको खुलासा भएका छन् । मेला तथा महोत्सवको नाममा वार्षिक रुपमा अयोजना गरि करोडौ रुपैयाँ कर छली गर्नेमा सरकारी मातहतकै निकाय अग्रपक्तिमा पर्ने गरेका छन् भने अरु दोस्रो पक्तिमा रहेका छन् । यसरी गरिने मेला महोत्सवकै नाममा देशको कर संकलनमा प्रत्यक्ष असर पुगेको छ । मेलामा राखिएका वस्तुको मूल्य आफूखुसी तोकी बिक्री गरिए पनि सरकारको ध्यान त्यसतर्फ नपुगेका कारण महिनै, महिनामा हुने मेलाबाट न्यूनतम एक करोडभन्दा माथिको मूल्य अभिवृद्धि कर ९भ्याट० र आयकर समेत छली गरेका छन् । जुत्ता मेलाको नाममा सरकारी कर छली हुदाँ समेत सम्बन्धित निकाय मौन रहेका छन् । सो मेलाका सम्बन्धमा कुरा बुझ्न खोज्दा मेला आयोजक नेपालीले फोन उठाएनन । विभिन्न महोत्सव तथा प्रदर्शनीमा भ्याट छली भएका अवैध सामग्री बिक्री हुनेसमेत गरेको छ । राजधानीलगायत मुलुकका विभिन्न जिल्लामा आयोजना हुने मेला तथा महोत्सवमा राखिने वस्तुहरू अवैध नाकाबाट आउने गरेको र भ्याट छली भएका बस्तु राखिने गरेको खुलासा भएको हो । मेलामा राखिने अधिकांश बस्तु भ्याट छली भएर आउने गरेको तथ्य खुलेपछि आन्तरिक राजस्व विभागले मेला आयोजकलाई कुनै जानकारी समेत लिने प्रयास समेत गरेको छैन । प्रचलित कानुन अनुसार कुनै पनि संस्थाले मेला तथा महोत्सवको आयोजना गर्दा भ्याटको दफा १० को ‘क’ अनुसार योग्य बस्तुहरूको प्रदर्शनी गर्दा कर कार्यालयबाट स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ । तर मेला आयोजकले त्यो स्वीकृति लिएको भने छैन । हालसम्म कुनै पनि मेला आयोजकले कर कार्यालयबाट स्वीकृति नलिई आयोजना गरिरहेका छन् । मूल्य अभिवृद्धि करको व्यवस्थाअनुसार कुनै पनि मेला तथा प्रदर्शनी भएको सात दिनभित्रमा कारोबारको विवरण पेस गरी सम्पूर्ण कर दाखिला गरी अस्थायी दर्ता खारेज गर्नुपर्ने व्यवस्था रहेको छ । तर, कुनै पनि मेला आयोजक संस्थाले भ्याटको पालना नगरेको विभागको तथ्यांकमा उल्लेख छ । - See more at: http://tibrakhabar.com/?p=19114#sthash.tt0l6ROk.dpuf

डेपुटी गभर्नरमा ज्वाइँ नपरेपछि अर्थमन्त्री पड्किए

काठमाडौं । नेपाल राष्ट्र बैंकको दुई डेपुटी गभर्नर नियुक्तिको सिफारीसमा आफ्नो ज्वाई नपरेपछि अर्थमन्त्री पड्कीएका छन् । गर्भनर चिरञ्जीबी नेपालले सिफारिस गरेको ३ जनाको नाममा आफ्नो ज्वाईको नाम नपरेपछि अर्थमन्त्री विष्णु पौडेल मन्त्रालयमै पड्किएर नियुक्ती प्रकृया रोकेको मन्त्रालय स्रोतले जनाएको छ । पुस ९ गतेदेखि रिक्त रहेको डेपुटी गर्भनर नियुक्ती हुनबाट अर्थमन्त्री पौडेल बाधक बनेको राष्ट्र बैंक स्रोतको दाबी रहेको छ । धेरैले प्रधानमन्त्री केपी शर्मा ओलीको असहमति र दुवै पदमा एमाले समर्थित कार्यकारी निर्देशकलाई ल्याउनुपर्ने अडानका कारण डेपुटी नियुक्त हुन नसकेको बताइरहे पनि अर्थमन्त्रीको ज्वाई नपरेकाले रोकिन गएको अनुमान बैंक स्रोतले लगाएको छ । तर डेपुटी गभर्नरमा आफ्ना नाताभित्रका मान्छेलाई नियुक्त गर्ने गभर्नर डा. नेपाल र अर्थमन्त्री पौडेलको स्वार्थका कारण समस्या थप कचल्टिएको रहस्य पत्ता लागेको छ ।
गभर्नर र अर्थमन्त्रीले आफ्नालाई सो पदमा ल्याउन चाहेका कारण समस्या थप कचल्टिएको हो । स्रोतका अनुसार अर्थमन्त्री पौडेल डेपुटी गभर्नरमा एक जना एमालेबाट (प्रधानमन्त्रीको सिफारिस) र अर्का एक कांग्रेस समर्थित कार्यकारी निर्देशकबाट ल्याउन चाहन्थे । तर कांग्रेस समर्थित कार्यकारी निर्देशकमध्ये गभर्नर डा. नेपालले सिफारिस गरेका तीन नाममा आफन्तको नाम नपरेपछि उनी आक्रोशित छन् । गभर्नर नेपाल चाहिँ आफ्ना प्रिय पात्र शिवनाथ पाण्डेलाई कुनै पनि हालतमा डेपुटी बनाइछाड्ने अभियानमा छन् । स्रोतका अनुसार गभर्नर नेपालले केही समयअघि राष्ट्र बैंक ऐन अनुसार आफ्नो अधिकारको प्रयोग गर्दै डेपुटी गभर्नरका लागि एमालेबाट चिन्तामणि शिवाकोटी, कांग्रेसबाट नारायण पौडेल, शिवनाथ पाण्डे, शिवराज श्रेष्ठको नाम सिफारिस गरेका थिए । उनले अर्थमन्त्रीका आफ्नो प्रिय पात्र तथा नाताले ज्वाईँ, कार्यकारी निर्देशक तथा केन्द्रीय बैंकका प्रवक्ता त्रिलोचन पंगेनीको नाम सिफारिस गरिदिएनन् । बजारमा गभर्नरबाट सिफारिस भएको लिस्टमा त्रिलोचन पंगेनीको नाम समेत रहेको भनिए पनि बाठा गभर्नरले अर्थमन्त्रीसँग पंगेनीको पारिवारिक सम्बन्ध रहेको बुझेका कारण उनको नाम सिफारिस गरेनन् । ‘गभर्नर कांग्रेस कोटाबाट समेत पाण्डेलाई डेपुटीमा ल्याइ छाड्ने अडानमा छन् भने अर्थमन्त्री चाहि ज्वाईं नाताका पंगेनीलाई जसरी भए पनि डेपुटी बनाइ छाड्ने सोंचमा छन् ।’ उच्च स्रोतले भन्यो,‘अहिले मुख्य रुपमा अर्थमन्त्री र गभर्नरको स्वार्थ आ–आफ्नै रहेको र दुवै आफन्तलाई त्यो पदमा ल्याउने प्रयासमा रहेका कारण समेत समस्या थप कचल्टिएको हो ।’ ज्वाईँ नाताका पंगेनीको नाम नपरेकै कारण अर्थमन्त्री पौडेलले केही दिनअघि गभर्नर डा। नेपाललाई मन्त्रालयमै बोलाएर सिफारिस गरिएका नामहरुमा एक नाम हटाई त्यसमा पंगेनीको नाम हालेर ल्याउन वा त्यो नसके चार नाममध्ये दुईवटा नाम एमाले समर्थितहरुको सिफारिस गर्न कडा निर्देशन दिएका थिए । तर उनको निर्देशनविपरीत गभर्नरले समेत राष्ट्रबैंक ऐनले आफूलाई दिएको अधिकार प्रयोग गरि छाड्ने अडान व्यक्त गर्दै त्यहाँबाट फर्किए । राष्ट्रबैंक ऐनले रिक्त रहेको डेपुटी गभर्नरको पदमा नियुक्त हुनसक्ने संभावित नामहरु त्यहाँ कार्यरत १६ कार्यकारी निर्देशक मध्येबाट ४ जनाको नाम सिफारिस गर्ने अधिकार गभर्नरलाई दिएको छ । गभर्नरले ४ नाम सिफारिस गरेर अर्थमन्त्रीलाई दिने र अर्थमन्त्रीले ती चारमध्ये २ नाम छनौट गरी क्याबिनेटमा अनुमोदनका लागि प्रस्तुत गरी डेपुटी गभर्नर नियुक्त गर्ने व्यवस्था छ । दुई महिनादेखि डेपुटीको कुर्सी खालि हुँदा समेत सरकारले नियुक्त गर्न नसक्नुको मुख्य जड नै यही रहेको स्रोतको भनाई छ ।

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...