सरकारले सीमावर्ती बजारमा किनमेल गरी राजस्व नतिरी सामान भित्र्याउने प्रवृत्ति नियन्त्रण गर्न निर्देशन दिएको तीन दिनपछि भन्सार प्रमुखकी पत्नीले सरकारी गाडीमा रक्सौलबाट ठूलो परिमाणमा सामान भित्र्याएकी छन् । आइतबार बिहान रक्सौल पुगेकी सुख्खा बन्दरगाहस्थित भन्सारका प्रमुख नारायण शर्माकी पत्नी किनमेल गरिएका सामानले भरिएको ना१झ ९३८ नम्बरको सरकारी गाडीमा वीरगन्ज फर्किएका थिए ।
बिहान १० बजे रक्सौल पुगेकी भन्सार प्रमुखपत्नी दिनभरिको किनमेलपछि साँझ साढे ६ बजे फर्किएकी थिइन् । आठ घन्टाभन्दा बढी समय रक्सौलमा रहँदा उनले मयुर गल्लीमा रहेको जय नेपाल साडी सोरुम, वस्त्रलोकलगायत पसलमा महँगा साडी, कुर्तासुरुवाल, सर्टिङ सुटिङका कपडा, भान्छामा प्रयोग हुने विविध प्रकारका सामान लगायत खरिद गरेकी थिइन् ।
खरिद गरिएको सामान पसलका कामदारहरूले चार खेप ओसारेर गाडीमा लोड गरेका थिए । गाडीमा सामान राख्ने ठाउँ भरिभराउ भएपछि उनी साँझ फर्किएकी थिइन् । सामानले भरिभराउ गाडी निर्वाध रूपमा वीरगन्ज भन्सार पार गरी सहर प्रवेश गरेको थियो । नाकामा तैनाथ कर्मचारी र सशस्त्र प्रहरीले गाडी रोकेर चेकजाँच गर्ने आवश्यकता देखेनन् । भारतबाट आउने अन्य निजी सवारी साधनलाई इनर्वा प्रहरी चौकीका सुरक्षाकर्मी र भन्सारका कर्मचारीले चेकजाँच गरे पनि सरकारी भएका कारण उनको गाडी रोकिएन ।
अर्थ र गृहमन्त्री उपस्थित राजस्व चुहावट नियन्त्रण उच्चस्तरीय केन्द्रीय टोलीको बैठकले सीमापारिको बजारमा किनमेल गर्ने प्रवृत्तिका कारण अर्बौं रुपैयाँ राजस्व चुहावट भएको ठहर्याउँदै संक्षिप्त प्रज्ञापनपत्रको प्रावधानलाई कडाइसाथ कार्यान्वयन गर्ने निर्णय गरिएको थियो । निर्णयअनुसार किनमेल गरिएका सामान ओसार्न सरकारी गाडी प्रयोग गर्न नदिन भन्सार विभागले शुक्रबार परिपत्र गरिसकेको छ । पारि किनमेल गरिएका १ सयदेखि ५ हजार रुपैयाँसम्मका सामानमा संक्षिप्त र सोभन्दा बढी मूल्यका सामान भए व्यापारिक सामानसरह प्रज्ञापन भरेर राजस्व असुल गर्ने भन्सार ऐनको प्रावधान कडाइ साथ कार्यान्वयन गर्न भनिएको छ । अतिरिक्त आम्दानीका लागि नाम चलेका सरकारी कार्यालय, प्रहरीका परिवार सीमा पारि बजारका आकर्षक ग्राहक मान्छिन् । तिनले एकै पटकमा पचासौं हजार रुपैयाँको किनमेल गर्ने गरेको रक्सौलका एक व्यवसायी बताउँछन् । कतिपय कर्मचारीपत्नीले राजस्व नतिरी यसरी भित्र्याइएका सामान काठमाडौं पुर्याएर आफन्तजनलाई बिक्री गरी नाफासमेत कमाउने गरेका छन् । पर्सा, बारा, रौतहटका साथै हेटौंडासम्मका सरकारी कार्यालयका कर्मचारी किनमेल गर्न सपरिवार रक्सौल पुग्छन् ।राजधानीबाट वीरगन्ज आइपुगेका अधिकारीहरू पनि सकेसम्म एकपटक रक्सौल पुगेर किनमेल गर्न चाहन्छन् । इनर्वा चौकीका एक प्रहरीका अनुसार तिनले लत्ताकपडाका साथै टेलिभिजन, पि|mज, एसीलगायत महँगा विद्युतीय उपकरण राजस्व नतिरी भित्र्याउँछन् । वीरगन्ज, जेष्ठ ९ -

No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.