Saturday, May 28, 2011

म्ोलम्ची आयोजनाले बृत्तचित्रका नाममा लाखौ रुपैयाँ निकासा


  काठमाडौं | मेलम्ची खानेपानी विकास समितिले विभिन्न मितिमा आयोजनाको यथार्त विवरण सार्वजनीक गर्ने उदेश्यका साथ बृत्तचित्र निमार्णकालागि रकम छुट्टाएपनि हाल सम्म आयोजनको रेकडमा एउटामात्र बृत्तचित्र फेला परेकोछ । आयोजना साचालन भएदेखि विभिन्न्ा साचार गृहको नाममा निमार्ण गर्न दिईएको बृत्तचित्रको रेकर्डनै आयोजनाले सार्वजनीक गर्न चाहेन । आयोजनाका एक कर्मचारीका अनुसार सो बृत्तचित्र निमार्ण गर्न दिएको भन्दै लाखौ रुपैयाँ नक्कली साचार गृहको नाममा रकम निकासा गरेको नाम नलेख्ने सर्तमा  बताए ।
आयोजनाबाट विभिन्न मितिमा बृत्तचित्रकोलागि रकम भुत्तानी भएको छ तर क-कस्को नाममा भुक्तानी भयो त्यो मलाई थाहा नभएको मेलम्ची खानेपानी विकास समितिका कार्याकारी निर्देशक हरिप्रसाद शर्माले बताए । यस समबन्धमा सवै जानकारी लेखालाई हुने उनले  बताए ।
आयोजाको लेखा शाखामा पछिल्लो समयमा मात्र बृत्तचित्रको भुक्तानी भएको देखिन्छ । आयोजनाले गत २२ पुसमा साचार सरोकार प्राईभेट लिमिटेडको नाममा १ लाख ३२ हजार ५ सय रुपैयाँ भुक्तानी भएको लेखामा रहेको तथ्याङ्कमा रहेको छ । अन्य बृत्तचित्रको बारेमा भने लेखा शाखाले विवरण उपलव्त्र गराउन इन्कार गरेको छ । आयोजनाले हाल सम्म विभिन्न मितिमा निमार्ण भएको बृत्तचित्र करिव ५ वटा जति भएको समितिका कार्यकारी निर्देशक शर्माले बताए । करिव १ लाख ४० हजारको दरमा उक्त बृत्तचित्रको भुक्तानी भएको आयोजनाका कर्मचारीले बताए ।
पुसमा साचार सरोकार प्राईभेट लिमिटेडको नाममा बृत्तचित्रको निमार्णका लागि भ्याटसहित ९० हजारकोमात्र भुक्तानी भएको कार्यकारी निर्देशक शर्माले बताए पनि सो लिमिटेडको नाममा लेखाले नाममा १ लाख ३२ हजार ५ सय रुपैयाँ भुक्तानी भएको छ ।

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...