कर्मचारी र सुरक्षा निकायको मिलेमतोमा रसुवागढी नाकाबाट व्यापक मात्रामा रक्तचन्दन तस्करी भइरहेको खुलासा भएको छ । यसपछि वन मन्त्रालयले तत्काल अध्ययन थाल्ने घोषणासमेत गरेको छ ।
भारतका विभिन्न स्थानबाट भित्रिएका रक्तचन्दनका कन्टेनर गल्छी, त्रिशूली, रसुवागढी नाका हुँदै चिनियाँ बजारमा तस्करी हुने क्रम बढेपछि मन्त्रालयले टोली बनाएर अध्ययन गर्न लागेको हो । रसुवागढी लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्छ । रक्तचन्दन रसुवागढी नाकाबाट केरुङ बजार हुँदै चिनियाँ बजारमा पुग्ने गरेको छ । गल्छी-त्रिशूली-रसुवागढी नाका चीन जोड्ने छोटो मार्ग भएपछि तस्करले यो बाटो प्रयोग गर्न थालेका हुन् । सिन्धुपाल्चोकको तातोपानी नाकाबाट समेत रक्तचन्दन तस्करी हुने गरेको छ ।
केही दिनअघि रसुवागढी नाकाबाट ६ टन रक्तचन्दन 'कर्मचारी र सुरक्षा निकाय' को मिलेमतोमा मध्यरातमा केरुङ निकासी भएको खुलासा भएको थियो । गल्छीबाट केरुङसम्मको बाटोमा तीन स्थानमा सुरक्षाकर्मीको चेक प्वाइन्ट भए पनि त्यहाँ त्यस्ता कन्टेनरलाई कुनै कडाइ नहुने जानकारहरू बताउँछन् । उक्त गणका चेक प्वाइन्टमा कडा निगरानी नगरेका कारण तस्करी भइरहेको जानकारहरूको भनाइ छ ।
निकुञ्जको कालिकास्थान, ब्राबल-धुन्चे, स्याफ्रुबेंसी, टिमुरेमा सेनाको चेक प्वाइन्ट छ । ती चेकप्वाइन्टमा रातदिन सेना खटिने व्यवस्था हुन्छ । स्रोतका अनुसार निकुञ्जको संरक्षणमा खटिएको सुरक्षाकर्मीको लापरबाहीका कारण रक्तचन्दन तस्करलाई सहज भएको हो । 'सेनाको लापरबाहीले रक्तचन्दन तस्करी भइरहेको पाइएको छ,' मन्त्रालयका एक सहसचिवले भने । 'रसुवागढी नाकाबाट रक्तचन्दनका साथै अन्य अवैध कारोबार बढेपछि अध्ययन गर्न लागिएको हो,' मन्त्रालयका सहप्रवक्ता यज्ञनाथ दाहालले भने ।
गत वर्ष पनि रसुवाका वन अधिकृत (डिएफओ) विष्णुकान्त मिश्रले रसुवागढी नाकाबाट रक्तचन्दन निकासी गर्न दुई कम्पनीलाई छुटपुर्जी दिएका थिए । अवैध ढंगले उनले निकासी अनुमति दिएको खुलासा भएपछि वन मन्त्रालयले रक्तचन्दन निकासी रोक्का गरेको थियो । उनले आफ्नै खातामा धरौटी जम्मा गर्न लगाएर झन्डै ८० लाख रुपैयाँ मूल्य बराबरको रक्तचन्दन निकासी अनुमति दिएपछि उनी कारबाहीमा परेका थिए ।
लाङटाङ निकुञ्जका 'चिफ वार्डेन' रामचन्द्र कँडेलले 'सेनाको सानो कमजोरी' का कारण निकुञ्जभित्र अवैध गतिविधि बढेको बताए । 'निकुञ्जभित्र ९ बजेपछि सवारीसाधन चल्न दिनु हुँदैन,' कँडेलले भने, 'तर सेनाले सिमेन्ट बोकेको गाडी भन्दै छुटकारा दिएपछि अवैध गतिविधि गर्न सहज भएको छ ।'
निकुञ्ज क्षेत्रभित्र राति ९ बजेपछि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेक सवारीसाधन ओहोरदोहोरमा रोक लगाइएको भए पनि सेनाले त्यस्ता गाडी नियन्त्रण नगरेको उनको आरोप छ । सेनाले निर्माण सामग्री भन्दै रातको समयमा पनि सवारीसाधन निर्बाध चल्न दिनु गलत भएको उनले बताए । लाङटाङ निकुञ्जको संरक्षणका लागि खटिएको 'अरिदमन गण' का गणपति रामजी थापाले भने प्रहरी नायब उपरीक्षक ओमबहादुर राना मगरमार्फत सिमेन्टको गाडी भएको जानकारी पाएपछि आफ्ना सेनाले गाडी छाडेको स्पष्टीकरण दिएका छन् ।
कँडेल भने गणपति थापाको भनाइप्रति विश्वस्त छैनन् । 'डिएसपीमाथि मेरो शंका छ,' कँडेलले प्रश्न गरे, 'रातारात गाडी छाड्दा निकुञ्जलाई किन जानकारी दिइएन ?' निकुञ्जको संरक्षणमा खटिएको अरिदमन गण नयाँ हो । उक्त गण झन्डै दुई महिनाअघि नवलपरासीबाट आएको हो ।
यसअघिको इन्द्रबक्स गण म्याग्दी सरेपछि निकुञ्जमा अरिदमन गण आएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक कृष्णप्रसाद आचार्य भने नयाँ गणसँग जैविक विविधता संरक्षणको अनुभव नभएकाले पनि यस्तो समस्या आएको हुन सक्ने बताउँछन् ।

No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.