Sunday, May 29, 2011

तनहुँमा व्यावसायीक केराखेती

तनहुँको घाँसीकुवा गाविस- ५ स्थित गैह्राथोकमा ४५ रोपनी क्षेत्रफलमा व्यावसायिकरूपमा केराखेती गरिएको छ । व्यासज्योति साधक परिवार नामक धार्मिक संस्थाले जग्गा खरिद गरी केराखेती गरेको हो । उक्त स्थानलाई आध्यत्मिक तथा प्राकृतिक संरक्षणस्थलको रूपमा विकास गर्ने उद्देश्यले व्यावसायिक रूपमा केराखेतीलाई अघि बढाइएको पुजारी हेरम्वर सेढाइले जानकारी दिनुभयो ।
उक्त क्षेत्रमा स्थानीय माल्वु जातका केरा लगाइएको र केरा उत्पादन भएर पनि बिक्री गर्न थालिएको उहाँले बताउनुभयो । उहाँका अनुसार काँचो केरा प्रतिदर्जन रु १५ मा बिक्री हुँदै आएको छ ।
यसरी केरा बिक्रीबाट आएको पैसाले उक्त स्थानमा गणेश मन्दिर, सत्संग भवन, होमकुण्डली निर्माणलगायतका भौतिक संरचनाका लागि खर्च गरिने बताइएको छ । उक्त केराखेतीबाट वाषिर्क पाँच लाखभन्दा बढीको केरा उत्पादन हुने अपेक्षा गरिएको छ ।
केरा खेतीका लागि बढी मिहनत गर्नुनपर्ने र आम्दानी पनि राम्रो हुने भएकाले तनहुँमा यसखेतीतर्फ कृषकको आकर्षण बढ्न थालेको पाइन्छ ।                                                       १५ जेठ, तनहुँ ।

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...