Wednesday, June 1, 2011

विदेशीको धनमा सभासदको मस्ती


तीन वर्षको निर्धारित समयमा पनि संविधान बन्न सकेन। जनचाहना अनुसार समयमा संविधान नबनाएपनि यसबीचमा सभासदहरूले विभिन्न बहानामा धित मर्ने गरी विदेशको शयर गर्न भ्याएका रहेछन् भन्ने तथ्य संविधानसभा सचिवालयको कार्यालयको तथ्याङ्कले पुष्टि गरेको छ। सचिवालयको तथ्याङ्कले करिब ९१ अर्ब रुपैयाँ खर्च भएको संविधानसभामा एनजीओ र आईएनजीओले आफ्नो निजी प्रयोगशाला बनाएको पाईएको छ। तिनै एनजीओ र आईएनजिओको स्वार्थ अनुसार सभासद्ले विदेश शयरको सुअवसर पाएका तथ्य पनि तथ्याङ्कले पुष्टी गरेको छ। अझ केही टाठाबाठा र धेरै विदेश गइरहने सभासद्ले त आफ्नो विवरण संविधानसभा सचिवालयमा जानकारी समेत गराएका छैनन््। त्यहीकारण को सभासद् कति पटक कहाँ गए भन्ने पूर्ण विवरण सचिवालयसँग छैन। संविधानसभा चुनाव यता चारसय भन्दा बढी सभासदले संसद सचिवालयको सिफारिसमा विदेश शयरका लागि रातो पासपोर्ट लिएका छन्। उनीहरूमध्ये धेरैले आफ्नो व्यक्तिगत सम्पर्क, प्रभाव र पहुँचको आधारमा विदेश भ्रमण गरेका छन्। नेपालमा क्रियाशील विभिन्न संस्थाको प्रायोजनमा विदेश पुग्ने उनीहरू तिनै संस्थाको प्रभावमा राजनीतिक लविङ गर्छन् डलर खेतीको सोझो गर्दै। संविधानसभाको थपिएको एक वर्षमा मुस्किलले डेढ घण्टा वैठक बसेको सभासद्हरूको दिनचर्या स्वदेशमा हुँदा पनि अधिकांश तिनै एनजीओ र आईएनजीओको खर्चमा तारे होटलमा सेमिनार गर्नमै खर्च भयो। 
धेरै विदेश भ्रमण गर्ने सभासदः 
एमाओवादीका सीपी गजुरेल―कतार, बेलायत, द212िण कोरिया, ईन्डोनेशिया, जर्मनी, युरोप, बेल्जियम, जापान। कांग्रेस सभासद गगन थापा―कोरिया, नामिबिया, बेलायत, हङकङ, कतार, यूएई। फोरम सभासद सलमा खातुन मिकरानी―क्यानडा, बेल्जियम, बेलायत, स्वीजरल्याण्ड र अष्ट्रेलिया। फोरम सभासद विश्वनाथप्रसाद यादव―क्यानडा, अष्ट्रेलिया, बेलायत, अमेरिका, हककङ, नर्वे, जेनेभा, स्वीटजरल्याण्ड। दलित जनजातिका विश्वेन्द्र पासवान― बेलायत, हङकङ, नेदरल्याण्ड र स्वीडेन। माओवादी सभासद विनोद पहाडी―जेनेभा, द212िण कोरिया, सिंगापुर, मलेसिया एमाले सभासद सपना प्रधान मल्ल― टर्की, द212िण अफ्रिका, ईजिप्ट। एमाले सभासद अग्नि खरेल― क्यानडा, द212िण अफ्रिका, चीन, अष्ट्रेलिया विवादास्पद एमाले सभासद ल्यारक्याल लामा―बेलायत, फ्रान्स, जापान, चीन र अमेरिका। परिवार दलका सभासद एकनाथ ढकाल― कोरिया, क्यानडा, जापान। कांग्रेस सभासद रमा गुरागाईं―फिलिपिन्स, अमेरिका, पोल्याण्ड। राप्रपा सभासद प्रतिभा राणा―टर्की, जापान, अमेरिका, भियतनाम। माले सभासद तिलकबहादुर थापा―स्पेन, बेलायत, स्वीटजरल्याण्ड। कांग्रेस सभासद आरजु राणा ―अमेरिका, बेलायत, स्पेन, स्वीजरल्याण्ड। काग्रेस सभासद देवराज जोशी― अष्ट्रेलिया, अमेरिका, क्यानडा, नर्वे। 
संसद सचिवालयमा दर्ता गरेर विदेश भ्रमणमा गएका केही सभासदहरूको सूचि मात्र हो यो। सचिवालयमा दर्ता नगरीकनै विदेश शयर गरेर मोजमस्ती गर्ने सभासदको सूचि यो भन्दा पनि लामो भएपनि त्यो सचिवालयमा छैन। र सभासद्हरूले पनि सो कुरा बताउने नगरेको सचिवालयका कर्मचारीको भनाई छ। उनीहरूका अनुसार कतिपय सभासद्ले त आफ्नो दलको कार्यालय र नेतालाई समेत जानकारी नगराई विदेश भ्रमणमा निस्किएका हुन्छन। 
विदेश भ्रमण गराउने संस्था जापानी सहयोग नियोग 
जाईका, जर्मन सहयोग नियोग―जीटीजेड फेडरिक इवर्ड स्टिफ्टुङ, कोनराड इवर्ड स्टिफ्टुङ, स्वीस विकास नियोग― एसडीसी, अमेरिकी सहयोग संस्था― यूएसएड, बेलायती अन्तर्राष्ट्रिय विकास विभाग― डीएफआईडी, ईन्टरनेशनल आईडिया विवेकानन्द फाउन्डेसन, युनिफेम यी बाहेक अन्य थुप्रै आईएनजीओ र एनजीओले सभासदलाई विदेश भ्रमण गराउने गरेका छन्। तर मुख्य रुपमा भने यी विदेशी नियोग तथा अन्तर्राष्ट्रिय दातृ संस्थाले स्थानीय गैरसकारी संस्था मार्फत भ्रमणको संयोजन र सदस्यहरूको छनोट गर्छन्। साथै यिनै संस्थाले मात्रै संविधानसभाको नाममा करिब ९१ अर्ब रुपैयाँ खर्च गरेको पनि एक अध्ययनले देखाएको छ। कति भयो त खर्च संविधान लेखनका नाममा? राष्ट्रसंघीय शान्ति मिसन (अनमिन) ले आफ्नो गतिविधि सञ्चालनमा १३ अर्ब १९ करोड रुपैयाँ राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले शान्ति र संविधान निर्माणमा . १ अर्ब ७५ करोड रुपैयाँ अमेरिकी सहयोग नियोग (यूएसआईडी) ले रु. २ अर्ब ७२ करोड ५० लाख रुपैयाँ स्वीस सहयोग नियोग (एसडीसी) ले रु. २ अर्ब ७२ करोड रुपैयाँ युरोपियन युनियन (इयू) ले रु. ५१ करोड ५० लाख रुपैयाँ क्यानाडेली अन्तर्राष्ट्रिय सहयोग नियोग (सिडा) ले रु. ४७ करोड रुपैयाँ जर्मन सहयोग नियोग (जिटिजेड) ले परियोजनामा रु. १९ करोड रुपैयाँ नर्वेले रु. ४० करोड ४७ लाख। संयुक्त राष्ट्रसंघीय शान्ति निर्माण परियोजना (यूनएनपीएफएन)ले सिडामार्फत रु. २१ करोड ११ लाख रुपैयाँ नेपाली गैरसरकारी संस्थाहरूले रु. ५४ करोड १२ लाख रुपैयाँ अमेरिकी सरकार अन्तर्गतको यूएसएडले २ अर्ब १५ करोड रुपैयाँ यूएनडीपीले १ अर्ब ६४ करोड रुपैयाँ स्विजरल्यान्डले २ अर्ब ६९ करोड ६८ लाख रुपैयाँ जर्मन सरकारले १९ करोड ६ लाख रुपैयाँ सेडाले ४६ करोड रुपैयाँ रुपैयाँ कोरियन सरकारले ४० करोड ८७ लाख रुपैयाँ नर्वे सरकारले ४० करोड ८७ लाख रुपैयाँ। कति सभास्द कहाँ गए? सभासदहरूको भ्रमण सामान्यतः भ्रमण गराउने संस्थाकै इच्छामा भर पर्ने भएपनि विकसित देशहरूमै सभासदहरूको भ्रमण भएको देखिएको छ। संसद सचिवालयमा सभासदहरूले जानकारी गराएको सूचि अनुसार निम्न देशहरूमा सभासदको आकर्षण यस्तो छः अमेरिका– ४८, जापान– ४६, क्यानडा– ३४, बेलायत– ३०, भियतनाम– २९, अष्ट्रेलिया– २५, चीन, हङकङ– १८, बंगलादेश– १६, कोरिया– १२, जर्मनी– १०, थाईल्याण्ड– ९, फिलिपिन्स– ८, बेल्जियम– ८, नेदरल्याण्ड– ७, स्वीटजरल्याण्ड– ६, श्रीलंका– ६, कतार– ५, द212िण अफ्रिका– ५, ईटाली– ५, नामिबिया– ५, टर्की– ५, नर्वे– ४, स्पेन– ४, फ्रान्स– ३, मलेशिया– ३, न्युजिल्याण्ड– ३, सुडान– ३, ईन्डोनेशिया– ३, स्वीडेन– ३, यूएई – २, ताईवान – २, पोल्याण्ड – २, मेक्सिको – १, पाकिस्तान – १, सिंगापुर – १, ईजिप्ट – १, फिनल्याण्ड – १, जेनेभा – १ कुन दलका कति सभासदको विदेश भ्रमण? संविधानसभाको म्याद थप्न हुँदैन भनेर सबैभन्दा धेरै कुर्लिएका नेपाली कांग्रेसका सभासदले सबैभन्दा धेरैपटक विदेश भ्रमणमा गएको संसद सचिवालयको अभिलेखमा उल्लेख छ। नेपाली कांग्रेेस – ८४, एकीकृत नेकपा माओवादी – ६६, नेकपा एमाले – ५७, मधेसी जनअधिकार फोरम – ३६, राप्रपा – ६, तमलोपा –४, नेकपा माले – २, राष्ट्रिय जनमुक्ति पार्टी – २, नेपाल परिवार दल – २, नेपाल जनता दल – २, राप्रपा नेपाल – २, दलित जनजाति पार्टी – १, राष्ट्रिय जनशक्ति पार्टी – १, सद्भावना पार्टी – १, दलित जनजाति पार्टी – १, नेकपा संयुक्त – १, राष्ट्रिय जनमोर्चा – १, स्वतन्त्र – १

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...