Thursday, June 2, 2011

भन्सार नाकामा पूनःदस्तुरी असुली हुन थाल्यो




रोशन कार्की
काठमाडौं \ भन्सार विभागले पछिल्लो समयमा कुनै पनि नाकामा दस्तुरीको माध्यामबाट रकम असुली गर्ने कार्यमा पूर्णरुपले नियन्त्रण भएको जनाएपनि तातोपानी भन्सार नाकामा भने यस दस्तुरी प्रथा पूनः साचालनमा आएको छ । विगतका दिनमा विभिन्न व्यापारीक फारमको नाममा नाकामौ बसि प्रति ट्रक १ हजार देखि २० हजार सम्मको रकम असुली हुने गरेकोमा हाल आएर सो नाकाहुदै नेपाल प्रबेश गर्ने प्रति मालवहाक ट्रकसंग न्यूनतम २ हजार ५ सय देखि ५० हजार सम्मको रकम असुली गदैृ आएको सम्बन्धित व्यवसायीहरुले बताए ।
सरकारले राजमार्गमा हुने सिन्डिकेट प्रथाको खरेजी गरेको भएपनि लामो समयदेखि मनोमानी रुपमा तातोपानी नाकाहुदै चीनको खासा आवात÷जावत गर्ने मालवहाक भ्यान साचालनमा सिन्डिकेट कायमै रहेकोछ । सो सिन्डिकेटकै कारण नाकाभन्दा केहि मिटर टाडाबसी दस्तुरी वापत रकम असुली गर्ने गरेको पिडित व्यवसायीले नाम नलेख्ने सर्तमा  टेलिफोनमार्फत बताएकाछन् । भन्सार नाकाभन्दा १० किलोमिटर तल रहेको मालवहाक कन्टेनर भ्यानको पार्किङस्थलबाट सो दस्तुरी संकलन हुने गरेको व्यवसायीहरुले बताए ।
न्ााकाका कर्मचारीको मिलेमतोमा गोप्यरुपले संकलन गर्दे आएको सो दस्तुरी असुली गर्नेलाईनै भनेर साँझको समयमा मात्र मालवहाक कन्टेनर भ्यानलाई राजधानी जाने अनुमति भन्सार कार्यालयले दिने गरेको आरोप समेत ति व्यवसायीको रहेकोछ । भन्सार प्रज्ञापन- पत्र सहित भन्सार छुटेका कुनै पनि कन्टेनर भ्यानलाई सिधै राजधानी नआई दशकिलो भन्ने स्थानमा रोकी तोकीएको रकम दिएपछिमात्र सो भ्यानहरु राजधानी छुट्ने गरेको छ । प्रज्ञापन- पत्र लिएर सिधै काठमाडौं आएमा विचबाटोमै भन्सार राजस्व छली गरेर गाडी आएको भन्दै गाडी नम्बर राजस्व कार्यलयमा टिपाउने र दुःख दिने गरेको गुनासो समेत पिडित व्यापारीको रहेकोछ ।
दैनिक तातोपानी भन्सार नाकाबाट ६० वटा मालवहाक कन्टेनर भ्यान छुट्ने गरेको छ । सो ट्रकमध्ये स्याउ लसुन र विस्कुट लिएर नेपाल प्रबेश गरेको गाडीसंग २ हजार ५ सय रुपैयाँ असुली गर्ने गरिएको छ भने विद्युतिय सामाग्री तयारी पोशाक लिएर आएका ट्रकसंग भने मनोमानी रुपमा दस्तुरी असुलीगर्ने रहर् य खुलेको हो । हाल तातोपानी नाकाबाटमात्र ठूलो कन्टेनर भ्यान ८ सय ६४ सानोभ्यान ४३ र आइचरभ्यान ६७ वटा साचालनमा रहेकाछन् ।
त्यसैगरि तातोपानी नाकाबाट चीनको खास बजारमा आफ्नो सामान लिन जाने मालवहाक भ्यान लिए वापत नेपाल ट्रक कन्टेनर संघले गाडी भाडा वाहेक न्यूनतम १६ हजार रुपैयाँ कमिशन लिने गरेको समबन्धित व्यवसायीहरुले जनाएका छन् । लामो समयदेखि मालवहाक कन्टेनर भ्यानहरुको एकाधिकार जमाएर बसेको नेपाल ट्रक कन्टेनर
व्यवसायी संघले विभिन्न वहाना बनाएर ढिलो गाडी छुटाउने भएकाले बध्य भएर उनीहरुले मागेको रकम बुझाए मात्र कन्टेनर भ्यान खासा बजार लैजान पाउने गरेको दुखेसो व्यापारीहरुले गरेकाछन् ।
मौसमका समानहरु हुन्छन् उनीहरुको गाडी वाहेक अन्यको गाडी प्रयोग गर्न पाईदैन त्यसैले संघका पदाधिकारीले भनेको मुल्य र  कमिशन बुझाएरमात्र गाडी लैजान दिने गरेको एक व्यापारीले बताए ।
व्यवसायीका अनुसार संघले आफु खुशी खासादेखि काठमाडौं सम्मको एकतर्फ गाडी भाडा ७५ हजार तोकेका छन् । अन्य विकल्प नभएकाले तोकिएको भाडा तिरेर पनि गाडी पाउन सकेको छैन् । विभिन्न शिर्षक÷उपशिर्षकको नाममा रकम असुली गरिदै आएको व्यवसायीको भनाई रहेकोछ । संघले कमिशन लिनका लागिनै कन्टेनर भ्यानहरु क्यू प्रणालीमा छुटाउन थालेपछि व्यवसायीसंग प्रति गाडी १६ हजार कमिशन असुलेर मात्र गाडी छुटाउने गरेको व्यवसायीहरुले आरोप लगाएकाछन् । यस समबन्धमा सो संघका अध्यक्ष राजकुमार पौडेल भ ने यो आरोप मात्र भएको बताए । हामीले कमिशन लिएको होईन हामीले १ हजार दुर्घटना शुल्क ५ हजार विमा शुल्क र १० हजार सहकारी शुल्क उठाएको हो कमिशन होइन अध्यक्ष पौडेलले बताए । उनलॆ भने यो व्यवसायीहरुले बुझेर पनि कमिशन उठाएको आरोप लगाएको मात्र हो ।
जिर्णबाटो निमाार्णगर्न व्यवसायीको नाममा खुलेका सस्थाहरुले चासो नदिने तर दशैतिहार जाडो र गर्मीको मौसममा आउने सामानमा विभिन्न नाममा कमिशन उठाउने गरेको व्यवसायीहरुले बताए ।

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...