रोशन कार्की/राजधानी
काठमाडौं, १८ चैत
म्ाुलुकभर साचालनमा रहेका भन्सार कार्यालयहरु अन्तराष्ट्रिय मापदण्ड अनुसार नभएको भन्सार विभागका महानिर्देशक टंकमणी शर्माले स्वीकारेकाछन् । हालका सव्ौ भन्सार कार्यलयहरु पुरानो कार्यशैलिबाट साचालन भईरहेका कारण र सुचनाको यूगमा पनि हस्तलेखन कार्यले प्राथमिकता पाएकाले गर्दा नेपालका भन्सार कार्यलय अन्तराष्ट्रिय मापदण्ड अनुरुप नभएको महानिर्देशक शर्माले बताए । अर्थमन्त्रालयबाट सरुवा भई भन्सार विभाग पुगेका महानिर्देशक शर्माले भन्सार कार्यलयहरु बदनाम हुनको मुख्य रहर् य भनेको कर्मचारी र व्यवसायीबीचको प्रत्यक्ष भेटका भएको उनको धारण रहेको छ । विभागले पछिल्लो समयमा सुरु गरेको भन्सार सुधारी कारण कार्यक्रमले भने केही मात्रामा भन्सारका कामकार्यमा परिवर्तन भएतापनि कर्मचारीको आचरणमा परिवर्तन नहुहदाँ यो कार्यले पनि तीब्रता नपाएको विभागले जनाएको छ ।
विभागले कुनै पनि भन्सार कार्यलयमा कार्यरत कर्मचारीको नाममा जनगुनासो आएमा तत्काल त्यस्ता कर्मचारीलाई केन्द्र तानी अनुसन्धान गर्ने र सो स्थानमा नयाँ कर्मचारी खटाउने रणनीति समेत विभागले अविलम्बन गरेको महानिर्देशक शर्माले राजधानीसंग भने । भन्सार सुधारीकरण गर्न पहिलो आफुबाटै सुधार हुनु आबश्यक भएका कारण जनगुनासो आउनासाथ हामी त्यस्ता कर्मचारीलाई केन्द्र तानी अनुसन्धान गछौं उनले भने । यस कार्यलाई सफल बनाउन विभागले १ सय कर्मचारीलाई ुअतिरित्त शक्तिुको रुपमा तयारी अबस्थामा राखीएको उनले जनाकारी दिएकाछन् ।
त्यस्तै भन्सार सुरधारीकरणकालागि हाल भन्सार बाहिर हुदै आएका कुनैपनि कार्यलाई नियन्त्रण गर्दै त्यस्ता व्यवसायलाई भन्सार प्रशासन आपुैले साचालन गर्ने समेत विभागले जनाएको छ । विभागले आफु मातहतका कुनै पनि कारबाही र अनुसन्धान गर्नकालागी अबउप्रान्त राजस्व विभाग र राजस्व अनुसन्धान विभागलाई नबोलाउने रणनीति सुमेत भन्सार विभागले अबलम्बन गर्न लागेको जानकारी महानिर्नेशक शर्माले दिएकाछन् । विभागले आफ्ना कर्मचारीको हकमा रहेका सवै प्रशासन कर्मचारीको व्यवहारलाई एक वर्षभित्रमा सुधार गरि नेपालका सवै भन्सार कार्यलयलाई अन्तराष्ट्रिय स्तरकाको मापदण्ड अनुरुपकारण साचालन गर्ने दाबी समेत महानिर्देशक शर्माको रहेको छ ।
भन्सार विभागका अनुसार हाल कर्मचारी सरुवा गरिदा सम्बन्धित क्षेत्रमा काम नगरेका कर्मचारी सरुवा हुने भएका कारण पनि भन्सार कार्यलयहरुका समस्या आउने गरेको जनाएको छ । विभागले यस्तै समस्यालाई समधान गर्नकालागि कर र राजस्वबाट सरुवा भई आएका कर्मचारीलाई तालिमको दिएर मात्र कार्यक्षेत्रमा खटाउने रणनीतिलाई विभागले भन्सा र सुधारीकरणको कार्यक्रममा थप गरेको छ । अधिकाशं कर्मचारीकै सम्बन्धमा पनि भन्सार प्रज्ञापन- पत्रको समेत जानकार नभएका कर्मचारीको सरुवा भई भन्सार कार्यलयमा आउने भएकाले त्यस्ता कर्मचारीको हकमा तत्काल भन्सार नपठाई तालिमको दिएर मात्र कार्यक्षेत्रमा पठाउनु विकल्प नभएको विभागले जनाएको छ ।
यस अधि विभागले राजस्व चुहावटमा नाकामा कार्यरत कर्मचारीको मिलेमतामा भन्सार राजस्व चुहावट हुने गरेको जनगुनासो आएपछि विभागमातहतका ६ सय कर्मचारीको सरुवा गरेको गरेको थि यो । भने त्यस्ता कर्मचारीको हकमा भने कुनै पनि अनुसन्धाननै नगरि अनेन्त्र कार्यलय सरुवामात्र गरेको थियो ।
अबैधरुपमा भन्सार राजस्व चुहावट हुने भएकाले भन्सार सुधारीकरण कार्यक्रम अन्तरगतनै यो कार्य साचालन गरेको विभागले जनाएको छ । विभागले मुलुकका मुख्य भन्सार कार्यलयमा जडान गरेको ुबृहत्त सूचना साजालु लाई बढी कृयाशिल बनाउनका लागि विभिन्न अभियान साचालनमा ल्याएको छ ।
केन्द्रीकृत भन्सार सुधार कार्याक्रमलाई पूर्णरुपमा सफल बनाउनका लागि चरणबद्धरुपमा विभागले भन्सार कार्यलयको कार्य सम्पादननयाँ पन र जनगुनासो रहित बनाउने अभियान गत आर्थिक वर्षदेखि साचालनमा ल्याएको छ । विभागको नयाँ भन्सार संरचना अन्र्तगत एक हजार दुई सय ७३ कर्मचारी रहेकाछन् । हालसम्म ३० ओटा मुख्य भन्सार कार्यालयएक सय ४३ ओटा छोटी भन्सार कार्यालय र एक ओटा हवाई भन्सार कार्यालय साचालनमा रहेको विभागले जनाएको छ । त्यस्तै उत्तरी सिमातर्फ ९ वटा मुख्य भन्सार नाकादक्षिणसिमातर्फ २१ ओटा भन्सार कार्यालयहरु साचालनमा रहेकाछन् ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.