खर्चको हिसाबकिताब
तत्कालीन राजा वीरेन्द्रको वंशै सखाप हुने गरी १९ जेठ ०५८ को साँझ भएको हत्याकाण्डको १० वर्ष बितिसकेको छ। यसबीचमा २ सय ३७ वर्ष लामो इतिहास बोकेको राजसंस्थासमेत इतिहास भएकोे पनि चार वर्ष पूरा भइसकेको छ। आमजनताको पहुँचभन्दा सधैँबाहिर रहने गरेकाले राजसंस्था जनताका नजरमा जहिल्यै रहस्यको केन्द्र पनि थियो। खासगरी त्यसका सदस्यहरूको जीवनशैली र सम्पत्तिका बारे जनतामा बढी रुचि थियो।
स्वर्गीय राजा वीरेन्द्र र उनको परिवारका नाममा देश-विदेशमा रहेका सम्पत्तिबारे अनेकथरी चर्चा आउने गरेको सन्दर्भमा सरकारद्वारा गठित नेपाल ट्रस्टको कार्यालयले शाही परिवारको सम्पत्तिबारे जानकारी दिने जोकोहीलाई पनि पुरस्कार दिने घोषणा यसै साता गरेको छ।
राजसंस्थाको समाप्तिसँगै दरबारभित्रका खजानाहरू तितरवितर भए। नारायणहिटी छाडेर नागार्जुन पुगेका पूर्वराजा ज्ञानेन्द्र र निर्मलनिवास सरेका पूर्वयुवराज पारस शाहसँगै करबि तीन सय वर्षको राजपरम्परामा स्वामित्व सर्दै आएका ऐतिहासिक महत्त्वका वस्तुहरू पनि कता सरे, सारिए भन्ने यकिन तथ्यांक सरकारसँग छैन। राजकाज र दरबारयिा ढर्राका विवरणहरू खोज्ने क्रममा यसपल्ट स्वर्गीय राजाको परिवारका लागि स्वदेश तथा विदेशमा भएकोे काज, किरिया र धार्मिक कार्यको खर्चको विवरणका दस्तावेजहरू भने प्राप्त भएका छन्।

दुनियाँलाई स्तब्ध पार्ने त्यस घटनामा ज्यान गुमाएका तत्कालीन शाही परिवारका लागि तत्कालीन राजा ज्ञानेन्द्रले ३३ लाख ८२ हजार ८ सय २७ रुपियाँ ३ पैसा राज्यकोषबाट खर्च गरेका रहेछन्। यस रकमले स्वर्गीय राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, निराजन र धीरेन्द्र शाहको १३ दिनको काजकिरयिा र वर्षदिनको धार्मिक कार्य सम्पन्न गरिएको थियो भने भारतका विभिन्न छ ठाउँमा नारायणहिटीबाटै ब्राह्मणसहितको टोली पठाएर अस्तु सेलाउने र श्राद्ध गर्ने काम भएको थियो। शाही परिवारका सदस्य भए पनि श्री ५ को पदवी खोसिएका धीरेन्द्रको किरयिा र संस्कार खर्च राज्यकोषबाटै भएको देखिन्छ तर दरबार काण्डमा परेकी तत्कालीन अधिराजकुमारी श्रुतिको काजकिरयिा खर्च यसमा समावेश छैन। त्यसैगरी, सोही काण्डमा ज्यान गुमाएका तत्कालीन अधिराजकुमारीहरू शान्ति सिंह, शारदा शाह, कुमार खड्गविक्रम शाहको आर्यघाटको बाहेक अन्य संस्कारमा दरबारले राज्यकोषको रकम खर्च गरेको थिएन। दरबार काण्डमै परेकी अविवाहित शाहज्यादी जयन्ती शाह -अधिराजकुमार वसुन्धरा र हेलेन शाहकी छोरी)का लागि पनि तत्कालीन दरबारले खर्च गरेको देखिँदैन।
राजदरबारको लेखासम्बन्धी प्राप्त विवरण अनुसार २३ लाख १२ हजार ८ सय २७ रुपियाँ ३ पैसा पहिलो किस्तामा खर्च भएको छ। २० जेठ ०५८ मा भएका वीरेन्द्र, ऐश्वर्य, निराजन र धीरेन्द्र शाहको शवयात्रा तथा सैनिक अस्पतालको भेन्टिलेटरमा राखेर मुलुकको राजा घोषणा गरिएका दीपेन्द्रको २२ जेठको शवयात्रादेखि आर्यघाटको अन्तिम संस्कार एवं थापाथलीको कालमोचनघाटमा गरिएको किरयिामा लागेको १३ दिनको खर्च यसमा समावेश छ। यस अवधिमा राजा वीरेन्द्रका नाममा ८ लाख ७४ हजार ४ सय ५८ रुपियाँ ९१ पैसा र रानी ऐश्वर्यका नाममा ३ लाख ९ हजार १ सय ५० खर्च रुपियाँ गरिएको छ। दीपेन्द्रको किरयिाका लागि ५ लाख ९० हजार ९७ रुपियाँ ५८ पैसा, निराजनको ३ लाख १३ हजार ९ सय २६ रुपियाँ ९० पैसा तथा धीरेन्द्रको क्रियामा २ लाख २५ हजार १ सय ९३ रुपियाँ ८८ पैसा खर्च लागेको छ। श्रुतिको अन्तिम संस्कारका लागि आर्यघाटमा भएको २३ हजार ३ सय ९१, शान्ति सिंहका लागि २० हजार ४ सय ८५, शारदाका लागि २० हजार ५ सय ४५ र खड्गविक्रमका लागि २० हजार ७ सय ८५ रुपियाँ पनि राज्यकोषबाट बेहोरिएको थियो।
राजाको निधन भएको ११औँ दिनमा राजाकै भेषभूषा र श्रीपेचसमेत लगाई हात्तीमा चढाएर सुसारे र सहयोगीसहित एक ब्राह्मणलाई बिदा गरिएको थियो। दरबारको रेकर्ड हेर्दा उमेरले वृद्ध भइसकेका काट्टो खाने ब्राह्मणलाई सिँगारपटार र लुगाफाटोबाहेक वीरेन्द्र र दीपेन्द्रको काट्टोबापत ४० हजार १२ रुपियाँ दस्तुर दिइएको थियो। जसमा उनलाई चढाइएको हात्ती फिर्ता गरेबापत २० हजार २, घोडाबापत २ हजार २, जमिन दानबापत ५ हजार २, घरदानबापत १० हजार २, दासदासीबापत १ हजार २ र सेफमा राख्नका लागि २ हजार २ रुपियाँ भागबन्डा गरी दिइएको थियो। हात्ती चलाएबापत माउते र सहयोगीलाई पनि उत्ति नै अर्थात् ४० हजार रुपियाँ भाडा दिइएको रेकर्डले देखाएको छ।
रेकर्ड अनुसार १३औँ दिनसम्म ब्राह्मणहरूलाई तत्कालीन राजा वीरेन्द्रका नाममा राज्यकोषबाट ८६ हजार ८ सय ९९ रुपियाँ दक्षिणा दिइएको छ। त्यसैगरी, ऐश्वर्यका नाममा ३८ हजार ६ सय ८५, दीपेन्द्रका नाममा ७२ हजार ६ सय ७५, निराजनका नाममा ३८ हजार ४ सय ७० र धीरेन्द्रका नाममा २९ हजार ९ सय ५७ रुपियाँ नम्बरी पण्डित र अन्य पुरोहितहरूलाई दान गरिएको छ। दक्षिणा पाउनेहरूमा तत्कालीन बडागुरुज्यू केशरीराज पाण्डे, नायब बडागुरुज्यू माधव भट्टराई, गुरुज्यू जनार्दनराज पाण्डे, तीर्थराज आचार्य, मूल पुरोहित रमेशप्रसाद पाण्डेलगायतका छन्। वीरेन्द्रको १३ दिनको काममा बडागुरुज्यूलाई १५ हजार १ रुपियाँ दक्षिणा दिइएको छ भने मूल पुरोहितलाई घर, जमिन, सेफमा राख्ने रकम, दासदासीबापतको रकम गरी ६ हजार ५ सय चार रुपियाँ। दरबारले वीरेन्द्र, ऐश्वर्य र दीपेन्द्रका नाममा मात्र कार दान गरेको छ। शय्या दान अन्तर्गत गरिएका तीनवटा कार मूल पुरोहित रमेशप्रसाद पाण्डेको भागमा परेका थिए।
राजा वीरेन्द्रको किरयिा बसेबापत किरयिापुत्री ब्राह्मणलाई २५ हजार १ रुपियाँ दिइएको छ। यसैगरी, ऐश्वर्यको किरयिापुत्रीलाई ८ हजार १, दीपेन्द्र, निराजन र धीरेन्द्रका किरयिापुत्री ब्राह्मणलाई क्रमश: १८ हजार २ -दुई जनालाई), १५ हजार २ -दुई जनालाई) र १५ हजार २ -दुई जनालाई) रकम दिइएको छ। शव बोकेर आर्यघाट पुर्याउनेहरूका लागि ५७ हजार ६ सय ९६ रुपियाँ खर्च गरिएको छ। जस अनुसार वीरेन्द्रको शव बोक्नका लागि ३२ जना ब्राह्मण खटिएका थिए भने ऐश्वर्य, दीपेन्द्र र निराजनले शव बोक्नका लागि क्रमश: २६, ३१ र १७ ब्राह्मणहरू खटाएका थिए। राजाको शव बोक्ने प्रत्येकलाई ६ सय १ रुपियाँका दरले पैसा दिइएको छ। वीरेन्द्रको वाषिर्क काममा दरबारको ढुकुटीबाट लगभग १५ तोलाजति सुन र १ हजार ८ सय तोला चाँदीका सामान दान गरिएको छ।
राजदरबारका उपआचार्य नरेन्द्रराज भट्टराईको नेतृत्वमा कविराम बस्नेत र पुजारी मुकुन्दप्रसाद अधिकारीको टोली भारतका तीर्थस्थलमा गई हत्या गरिएका शाही परिवारको श्राद्ध गरेर फर्किएको थियो। यसका लागि तत्कालीन राजा ज्ञानेन्द्रले ७ पुस ०५९ मा एक लाख रुपियाँ खर्च निकासीको हुकुम प्रमांगी गरििदएका थिए। भारतको पुनपुन, फल्गुतीर्थ, विष्णुपादुका, अक्षयबट, मणिकणिर्का घाट र पिचासमोचनीमा उनीहरू श्राद्ध गरिएको थियो।
वीरेन्द्र, ऐश्वर्य र निराजनको वाषिर्क श्राद्धको तिथि ६ असार ०५९ मा परेको थियो। त्यसदिन श्राद्ध र दानको काम सकिएपछि शाही लगानीमा सञ्चालित पाँचतारे सोल्टी होटलबाट खानेकुरा मगाइएको थियो। कागजात अनुसार यसबापत सोल्टी होटलले पठाएको २ लाख ५३ हजार १ सय २५ रुपियाँको बिलको भुक्तानी दिइएको थियो। त्यसैगरी, ८ असार ०५९ मा परेको दीपेन्द्रको वाषिर्क तिथिका दिन सोही होटलबाट ५६ हजार २ सय ५० र ९ असारमा परेको धीरेन्द्रको वाषिर्कीका लागि २७ हजार २ सय ७० रुपियाँको गरी जम्मा ३ लाख ३६ हजार ६ सय ४५ रुपियाँको खाना खुवाइएको देखिन्छ।
एक दशक बिते पनि रहस्यकै गर्भमा रहेको दरबार हत्याकाण्डबारे छिटपुट विवरणसहित केही पुस्तकहरूसमेत प्रकाशित भएका छन्। दरबार हत्याकाण्डलाई राजनीतिक षड्यन्त्र भन्दै सार्वजनिक अभिव्यक्ति दिने नेताहरूले त्यसयता राज्यको बागडोर सम्हालिसकेका पनि छन्। तर, यस घटनाको सत्यतथ्यबारे गहिरो अनुसन्धानको प्रतीक्षा गर्नुबाहेक जनतासँग भने कुनै विकल्प बाँकी छैन।
ज्ञानेन्द्रले के-के दिए ?
स्वर्गीय राजा वीरेन्द्रको वर्ष दिनको काममा दानका लागि तत्कालीन राजा ज्ञानेन्द्रले केही सामानहरू आफ्नातर्फबाट दिएका थिए । मृतक आफन्तले सबैभन्दा धेरै मन पराउने र प्रयोग गर्ने सामानहरू दानका रूपमा दिने प्रचलन अनुसार ज्ञानेन्द्रले यी सामानहरू दिएका थिए । 'स्व श्री ५ महाराजाधिराज वीरेन्द्र वीरविक्रम शाहको वाषिर्क श्राद्धका लागि भित्रबाट बक्सेका सामानहरू' भन्दै दरबारको लेखा श्रेस्तामा उल्लेख भए अनुसार कोट, इष्टकोट, थ्री पिस सुट, ज्याकेट, बि्रफकेसदेखि जुत्तादेखि भित्री पोसाकसम्म र नेपालको कानुनले निषेध गरेको हात्तीको पुच्छरको वाला सिगार, पावरवाला चस्मा पनि ज्ञानेन्द्रले आफ्ना दाजुका नाममा दान दिएका छन् । पूर्वरानी कोमलले भने वीरेन्द्रका लागि युनिभर्सल घडी र टाइपिन दान गरेकी छन् । र, ऐश्वर्यले मन पराउने सामान भन्दै उनले एउटा भ्यानिटी केस पनि दान गरेकी थिइन् । रेकर्डमा निराजनका लागि दैनिक उपभोगका सामानहरूका अतिरिक्त किटक्याट चक्लेट र शिखर चुरोट दान गरेको देखिन्छ । दीपेन्द्रको वाषिर्क श्राद्धमा उनैले लगाउने गरेको 'डी' अक्षर लेखिएको १ तोला ९ आना १ दाम सुनको सिक्री तीन तोलाको सुनको ब्रासलेट, मार्लबोरो लाइट चुरोट पनि राजपरिवारले राज्यकोषमा खर्च नजनिने गरी दान गरेको थियो ।
बेरुजू ......................................
दरबार हत्या-काण्डमा परेका शाही परिवारका सदस्यहरूको काजकिरियाका लागि छुट्याइएको जम्मा रकममध्ये एक सय रुपियाँको हिसाब देखिएको छैन । पूर्वराजा ज्ञानेन्द्रका पालामा गरिएको लेखापरीक्षण प्रतिवेदनमा सो कुरा उल्लेख छ । वाषिर्कीका लागि तत्कालीन राजा ज्ञानेन्द्रले १४ जेठ ०५९ मा हुकुम प्रमांगी गरी ६ लाख, २७ जेठमा ३ लाख, २४ असारमा ४ लाख ७० हजार रुपियाँ निकासा गरिदिएका थिए । प्राप्त कागजात अनुसार रानी ऐश्वर्यको किरिया खर्च अन्तर्गत लागेको खर्चमा एक सय रुपियाँको हिसाब नदेखिएको हो ।
दक्षिणा पाउने शाही नातेदारहरू
तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, दीपेन्द्र, निराजन र धीरेन्द्र शाहको किरयिा सकेपछि १३ दिनको दिन शाही नातेदारहरूमध्ये नाता, उमेर हेरी दक्षिणाको बाँडफाँट गरिएको रेकर्डमा देखिएको छ । ३ सय ५५ रुपियाँका दरले चारै जना स्वर्गीयजनका नाममा १ हजार ४ चार २० रुपियाँ दक्षिणा पाउनेहरूमा प्रेरणा शाह -हाल सिंह), शीताष्मा शाह, दिलाशा शाह, पूजा शाही, ज्वाइँ राजीव शाही, तत्कालीन कुमार मोहनबहादुर शाही, ज्योत्स्ना बस्नेत र उनका पति सिंहबहादुर बस्नेत छन् । योभन्दा ५० रुपियाँ कमका दरले १ हजार २ सय २० पाउनेमा तत्कालीन राजाकी कान्छी बहिनी शोभाका छोरा हिमवानबहादुर शाही, छोरी मनु शाही, तोरणजंगबहादुर सिंह, श्रीमती हनी सिंह, पूर्वराजदूत झरेन्द्रनारायण सिंह, रविशमशेर जबरा -दरबार काण्डमा प्रत्यक्षदर्शीमध्येका एक), विमला राज्यलक्ष्मी सिंह, महेश्वरकुमार सिंह -काण्डमा घाइते) आदि छन्। यसैगरी, २ सय ५५ रुपियाँका दरले १ हजार २० रुपियाँ पाउनेहरूमा कपिलशमशेर राणा -अन्नपूर्ण होटलका मालिक), सिर्जना राणा, किशोरबहादुर सिंह आदि छन् । १३ औँ दिनमा दिइएकै दक्षिणा रकम असार ०५९ मा सम्पन्न वर्षदिनको काममा पनि दिइएको छ। दरबारकाण्डमा गोली लागेकी पूर्वराजाकी बहिनी शोभाराज्यलक्ष्मी शाहीको नाम भने दक्षिणा पाउनेको सूचीमा छैन। गोली लागी घाइते भएकी उनी उपचारको क्रममा रहेकीले उपस्थित थिइनन्। त्यसैगरी, सोही काण्डमा गोली लागेर पनि बाँच्न सफल भएका कुमार गोरखशमशेरलाई अरूको संस्कार कार्यमा दक्षिणा दिएको विवरण उल्लेख नभए पनि धीरेन्द्र शाहको वर्षदिनको काममा भने ५५ रुपियाँ दक्षिणा पाउनेको सूचीमा नाम लेखिएको छ ।

No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.