Monday, June 13, 2011

ड्राइभर हैन, बाटो फेर्नुपर्छ : थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मुलुकको राजनीतिले बाटो बिराएकाले प्रधानमन्त्री फेर्नुभन्दा बाटो बद्ल्नु उपयुक्त रहेको बताएका छन्। मुख्य राजनीतिक दलहरुले जनताको भावनाविपरीत काम गरिरहेको आरोप लगाउँदै नेता थापाले मुलुक हाँक्ने ‘ड्राइभर' फेर्नुभन्दा बाटो बद्ल्नु नै उत्तम उपाय हुने दाबी गरे।
‘ड्राइभर फेरेर अहिलेको अवस्थामा सुधार आउँदैन, हामीले त बाटो नै फेर्नुपर्छ भनेका छौ'-विराटनगर विमानस्थलमा सोमवार सञ्चारकर्मीसित कुरा गर्दै राप्रपा नेपालका अध्यक्ष थापाले भने,‘हामीविपरीत दिशामा हिँडिरहेका छौं, त्यसले मुलुकलाई गन्तव्यमा पुर्‍याउँदैन, दुर्घटनातिर लग्छ।'
उदयपुरको गाइघाटमा आयोजित एक कार्यक्रममा सरिक हुन आएका नेता थापाले मुख्य दलहरुले जनतालाई बेवकुफ र प्रजातन्त्रलाई कमजोर बनाउने काम गरिरहेको आरोप लगाए। उनले संविधानको भावनाविपरीत र जनताको अनिक्षा रहँदा पनि दलहरुले संविधान सभाको म्याद थपेर ठूलो गल्ती गरेको आरोप लगाए। प्रधानमन्त्री झलनाथ खनालको कार्यकालमा देशलाई फाइदा पुग्ने कुनै काम नभएको उनले भनाई छ। ‘देशलाई फाइदा नगरे पनि अव बेफाइदा पनि नगर्नुस'- थापाले भने,‘खनालको कार्यकाल पूरै असफल रह्‍यो, शान्ति र संविधानका लागि केही गरेनन्।'राप्रपा नेपालका अध्यक्ष थापाले यहाँस्थित नोवेल मेडिकल कलेज हस्पीटलमा उपचाररत्त नागरिककर्मी खिलानाथ ढकालको स्वास्थ्य अवस्थाबारे पुगेर जानकारी लिएका छन्। उनले नागरिककर्मी ढकालमाथि आक्रमण गर्नेले प्रजातन्त्रको आत्मामा प्रहार गरेको बताउँदै आक्रमणकारीलाई कडा कारबाही गर्न माग गरे।, राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले संविधान सभाको म्याद थपिए पनि मुख्य राजनीति दलहरुबीच फेरि अविश्वासको वातावरण सुरु भएको चिन्ता जाहेर गरे। विराटनगर विमानस्थलमा सोमबार संवाददातासित उनले भने,‘ दलहरुबीच विश्वास र अविश्वासको वातारण छ, तर साता दिनमा एउटा स्पष्ट पिक्चर आउँछ।'
                                                                                                     विराटनगर, जेठ ३०-

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...