सौजन्य नागरिक डट कम |
दस वर्षअघिसम्म ट्याक्सी ड्राइभर पर्शुराम बस्नेत अहिले विराटनगरका खान्दानी व्यापारीजस्तै खातापिता छन्। गोल्छा, दुगड, विशाल र काब्रा 'ग्रुप'भन्दा उनको सानसौकत कम छैन। युथफोर्सको विराटनगर अध्यक्ष भएपछि त उनले राजनीतिक हैसियत पनि बनाएका छन्। ती व्यापारिक घरानाले विराटनगर कर कार्यालयमा वार्षिक करोडौं राजस्व बुझाउँछन्। पर्शुरामलाई भने कर कार्यालय धाउनुपर्ने झन्झट पनि छैन। उनी कर तिर्दैनन्, बरु कमिसन, हप्ता, दस्तुरी र सलामी उठाउँछन्। उनले केही वर्षदेखि मोरङमा समानान्तर अर्थतन्त्र चलाइरहेका छन्। विराटनगरका केटाकेटीदेखि सर्वसाधारण बुढापाका पनि उनलाई 'एक नम्बरको डन' ठान्छन्। नागरिक संवाददाता खिलानाथ ढकाललाई कुटेर १२ दिनदेखि 'बेपत्ता' पर्शुरामको समर्थनमा मोरङ, सुनसरी जुनसुकै ठाउँमा निस्केका जुलुसमा एउटै अनुहार देखिए। पर्शुरामका 'सहायकहरू' आफ्नो तहअनुसार जिप, कार, भ्यान, मोटरसाइकलमा हुइँकिएर जुलुसमा सामेल हुन पुगिहाल्थे। ती युवाको दैनिक खर्चबाटै पर्शुरामको आम्दानीको लख काट्न सकिन्छ। 'यामाहाको एफ जेड, पल्सर, अपाचे बाइक र कार-जिप गरेर पर्शुरामसँग झन्डै सय सवारी साधन छन्,' मोरङ व्यापार संघमा आबद्ध एक व्यापारीले भने, 'हामीलाई तेल माग्दा नम्बर टिपाउँछन्, कति गाडी रहेछ भनेर सातो जान्छ।'
मासिक लाखौं खर्च पुर्याएर उनले अथाह बचत गरेको देखिन्छ। चार वर्षयता उनले प्रशस्त अचल सम्पत्ति जोडेका छन्। तेस्रो मुलुकबाट आयातीत मोटर चढ्छन्। बंगलामा बस्छन्। विराटनगर-१६ पाञ्चाले टोलको सबभन्दा आलिसान महल पर्शुरामकै हो। उनी हुन्डाइको फुलअप्सन टुसन गाडी चढ्छन्। दुईवटै श्रीमतीलाई अलग्गै कार-जिप दिएर मिलाएर राखेका छन्।
सबै अचल सम्पत्ति उनले आफ्नो र परिवारको नाममा राखेका छैनन्। विश्वासपात्र मुकेश बुढाथोकी, मनोज खड्का, सुमन कुइँकेललगायत धेरैको नाममा घरजग्गा जोडेका छन्। 'छरछिमेकी र समाजलाई पर्शुरामकै घरजग्गा भन्ने थाहा हुन्छ, तर धेरैजसो उनको नाममा छैन,' एमाले जिल्ला कमिटी सदस्य पारुल क्षेत्रीले भने।
नागरिकले उनीसँग छुट्टिएका पुराना दादा, दर्जनौं सर्वसाधारण र छरछिमेकसँग सोधखोज गरेर उनको केही सम्पत्ति यकिन गरेको छ। उनी जग्गा, जमिन, मोटर, गाडी हुँदै उनी अहिले डिपार्टमेन्ट स्टोर, हार्डवेयर र फ्याक्ट्रीका मालिक छन्। बोर्डिङ स्कुल र 'प्लस टु' खोल्न पनि उनले जग्गा जोडिसकेका छन्। पूर्वमन्त्री बद्रीनारायण बस्नेतका छोरा किरणसिंह उनका प्लटिङ, शैक्षिक र निर्माणाधीन डिपार्टमेन्ट स्टोरका साझेदार हुन्। किरण र पर्शुराम दुवैजना क्षेत्री समाजसँग पनि आबद्ध छन्।

अकुत सम्पत्तिको स्रोत, 'सियोदेखि फालीसम्म'
माओवादी द्वन्द्वको फाइदा उठाउँदै २०६० तिर काठ तस्करीबाट सुरु भएको उनको धन्दा अहिले जताततै फैलिएको छ। बाहुबलको भरमा उनी ठेक्कापट्टाको सौदा गराउनेदेखि सीमाबाट तस्करीको लाइन खुलाउनेसम्म काम गर्छन्।
आम्दानीको महत्त्वपूर्ण र दिगो स्रोत सरकारी कार्यालयले लगाउने ठेक्का हो। कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार मोरङमा बर्सेनि एक अर्ब रुपैयाँभन्दा बढीको काम हुन्छ। 'पर्शुरामलाई सबै ठेक्कामा आठ प्रतिशत लालमोहरियाजस्तै भएको छ,' एक 'क' श्रेणीका ठेकेदारले भने। जिल्ला विकास समिति, सुनसरी-मोरङ सिँचाइ आयोजना, नगरपालिका, सडक, भवन कार्यालयमा करोडौंको विकास बजेट छ। 'किटिएको कमिसन नकबोले ठेक्का त के, टेन्डर फारम बुझाउन पनि पाइँदैन,' ती ठेकेदारले भने।
यस्तो कमिसनको मार कामको गुणस्तरमा पर्ने भन्दै सुरुसुरुमा उनीहरूले प्रहरी/प्रशासनको सहयोग मागे। यसो गर्दा पर्शुरामको आँखी भइने, तर उनलाई भने प्रहरी प्रशासनको काँडाले कोर्न पनि नसक्ने चाल पाएपछि ठेकेदारहरूले त्वम् शरणं गरिरहेका छन्।
'निर्माण व्यवसायीको अधिवेशन, भेला र मिटिङमा गैरव्यावसायिक हस्तक्षेप भयो भन्ने चार अक्षरको प्रस्ताव पास गर्दै माइन्युट लेखेर चित्त बुझाउनुपरेको छ,' ती ठेकेदारले दुखेसो गरे।
निर्माण व्यवसायीका अनुसार जलउत्पन्न प्रकोप नियन्त्रण, शान्ति मन्त्रालयअन्तर्गतको काममा कमिसन झन् बढी दिनुपर्छ। ठेकेदारले देखाएको हिसाबअनुसार पर्शुरामले ठेक्काबाट मात्र तीन वर्षदेखि वार्षिक १० करोडभन्दा बढी असुलेका छन्।
त्यसअघि पर्शुरामको एकलौटी राज थिएन। अभिषेक गिरी ज्यान मुद्दामा दुई वर्षदेखि थुना परेपछि विराटनगरमा उनको समूहको एक्लो हालिमुहाली चलेको हो। जिविसको एउटा ठेक्कामा २०६५ कात्तिक १७ गते फारम बुझाउने र रोक्ने झगडामा करण यादवको हत्या भएपछि गिरी पुर्पक्षका लागि थुनामा छन्। उनले ठेक्का मिलाइदिँदा राम्रै कमिसन आउने स्विकारेका छन्।
ठाउँसारी गर्दै हाल झुम्का कारागारमा रहेका उनले टेलिफोन कुराकानीमा भने, 'प्रहरी, प्रशासन सबैलाई मिलाएर केटाहरूलाई बाइक र पैसा किनिदिएपछि पनि हामीलाई राम्रै पैसा बच्थ्यो।'
ठेक्काको कमिसन भागबन्डा नमिलेरै गिरी र पर्शुरामको घनिष्ठता शत्रुतामा परिणत भयो। रंगेली अस्पतालको ६ करोड र धरान जाने पुलको ९ करोड रुपैयाँको टेन्डरमा कमिसन भागबन्डामा हिसाब नमिलेपछि उनीहरू अलग्गिएनन्, मात्र 'जानेदुश्मन' नै बने।
अर्का निर्माण व्यवसायीका अनुसार ती ठेक्का रोजेको ठेकेदारलाई दिलाएपछि प्राप्त रकममध्ये पर्शुरामले २५ लाख गोलमाल गरेपछि उनीहरूको झगडा परेको थियो। 'दुवै ठेक्कामा पर्शुरामले मात्र करोडभन्दा बढी हात लाएका थिए,' ती ठेकेदारले भने। ठूलामात्र हैन, केही लाखको ठेक्कामा पनि उनीहरूको चलखेल उत्तिकै छ। ठेक्का रकमअनुसार पर्शुरामले 'केटा' परिचालन गर्छन्।
'पोहोर क्याम्पसको कम्प्युटर किन्ने १० लाखको ठेक्कामा पनि पर्शुरामका थर्ड ग्रेडका केटा आएर गुण्डागर्दी गरे, हामीले प्रक्रिया नै रद्द गरायौं,' महेन्द्र मोरङ क्याम्पसका कोषाध्यक्ष दीपक नेपालले भने, 'प्रतिस्पर्धा स्वच्छ हुनुपर्छ भन्दा उल्टो हामीलाई कमिसन खुवाउन पो खोज्छन्।'क्याम्पस, अस्पताल, सरकारी कार्यालयको मसलन्दलगायत सानो रकमको ठेक्का लिन पनि व्यवसायीले पर्शुरामलाई रिझाउनुपर्ने अवस्था छ। 'प्रि-क्वालिफाई'देखि नै हस्तक्षेप हुने नेपालले बताए।
एयरपोर्टको मोटरसाइकल, नगरपालिकाका सार्वजनिक शौचालय, बसपार्कको कर उठाउने ठेक्का र कबाडीमा पनि पर्शुराम समूहकै बर्चस्व छ।
घरजग्गामा एकछत्र
ठेक्कापट्टाबाट सञ्जाल विस्तार गर्दै उनले दुई वर्षदेखि घरजग्गा कारोबारमा एकछत्र राज जमाएका छन्। देशभर जग्गाको कारोबारमा मन्दी आइरहेका बेला विराटनगर चम्केको छ।
'कति दिन्छन् थाहा छैन, प्रत्येक प्लटिङवालाले पर्शुरामलाई कमिसन दिनैपर्छ,' मालपोत कार्यालयका एक अधिकृतले भने।
जानकारका अनुसार प्लटिङवालाले आफैं ग्राहक खोजेर बेचेको कित्तामा पनि पर्शुरामलाई ५ देखि १० प्रतिशत बुझाउनैपर्छ। 'प्लटिङ, घर बिक्रीमा राखेकाको सम्पत्ति जबर्दस्ती पत्रुका भाउमा लिएका कैयौं उदाहरण छन्,' नेपाली कांग्रेस महासमिति सदस्य केदार कार्कीले भने, 'प्रहरी, प्रशासन पर्शुरामकै खल्तीमा छ, त्यसैले कोही उजुरबाजुर गर्न पनि जाँदैनन्।'
घरव्यवहारमा गाह्रोसाह्रो परेपछि डा. आइएन मल्लिकले तीनटोलियाको घर बिक्रीमा राखे। एक करोडमा घर किन्ने ग्राहक पनि उनले भेट्टाए। बैंकको केही लाख ऋण तिरेर बाँकी रकम अन्यत्र उपयोग गर्ने योजना उनले साथीभाइलाई सुनाए। पर्शुराम समूहले थाहा पाउनेबित्तिकै ग्राहक भड्काइदिए। किचलो भएको जग्गा भनेर कसैले फर्केर हेरेन। हैरान भएपछि मल्लिकले पर्शुरामलाई ४० लाखमा घर छोडे।
'त्यो घर मुकेशको नाममा पास भएको छ,' कार्कीले भने, 'बाटो हिँड्दा धमाधम रङरोगन भइरहेको देख्छु।'
विराटनगरको नामी होटल जेनियलसँगै दीपक अधिकारीको तीन कठ्ठा कम्पाउन्डको घर पोहोर पर्शुरामले जबर्जस्ती खोसेको घटना अहिले पनि टोलमा चर्चित छ। अधिकारीले व्यवहार मिलाउन घर बिक्रीमा राखेपछि १ करोड २० लाख रुपैयाँ दिने ग्राहक आइसकेका थिए। पर्शुरामले सुइँको पाइहाले। केटा तैनाथ भए। सबै ग्राहकलाई भड्काइदिए। हार खाएपछि अधिकारीले आधा मोलमा उनैलाई राजीनामा पास गरिदिए। 'कुन्डले, मुन्डले बसेर हाम्रो कब्जाको घर भनेर तर्साइदिँदा रहेछन्, अनि को ग्राहक पाउनू,' कार्कीले भने, 'यस्ता कथा टोलैपिच्छे छन्।'यतिमात्र हैन, विराटनगरको सबभन्दा चल्तीको बजार महेन्द्रचोकदेखि ट्राफिक चोकसम्म भाडामा लगाउँदासमेत पर्शुरामलाई सलामी बुझाउनुपरेको पीडित घरधनीले बताए। पर्शुरामलाई कारबाही माग गर्दै जुलुसमा उत्रेका घरधनीले पत्रिकामा नाम उल्लेख गर्ने हिम्मत भने गरेनन्।
पर्शुरामसँग उठबस भएकाहरूका अनुसार विराटनगरदेखि सुनसरीको इनरुवासम्म धेरै प्लटिङमा उनी पार्टनर छन्। 'झोराहाट गाविस, जामुनगाछीमा प्लटिङका लागि जग्गा एकीकरण भइरहेको छ,' पर्शुरामका संगातीले भने।
तस्करी अर्को कमाइ
युथफोर्स अध्यक्ष भएपछि उनी खुला सिमानामा हुने तस्करीबाट लाभ उठाउन सक्षम भएका छन्। तस्करीको लाइन खोल्नेले उनलाई महिनाबारी दिनैपर्छ।
'क्यारिङको तस्करीमात्र हैन, युथफोर्सको नाममा भन्सार तिरेर आएको गाडीसँग पनि उठ्तीपुठ्ती गर्ने उजुरी पार्टीमा प्राप्त भएको छ,' जिल्ला कमिटी सदस्य क्षेत्रीले भने, 'पार्टी अध्यक्षको संरक्षण भएकैले केही गर्न सकिएको छैन।'
पर्शुरामले तस्करीको लाइनको दररेट तलमाथि गर्नुपर्दा मूलसडकमै अवरोध गरेर सौदाबाजी गर्ने गरेका छन्। भन्सारले यसबारे पटकपटक प्रहरी, प्रशासनलाई गुनासो गरेको बताएको छ।
'हामीलाई लक्ष्य पुर्याउन धौधौ छ,' एक अधिकृतले भने, 'पार्टीकै नेताजसरी हिँड्ने उहाँहरू नै तस्करीको लाइन खोलाइदिनुहुन्छ।' यसबारे पटकपटक अनुरोध गर्दा पनि खासै सुनुवाइ नभएको गुनासो ती अधिकृतले गरे।
लाइन खोल्नेमा भने उनी एक नम्बर बनिसकेका छैनन्। विराटनगर लाइनबाट वारपार गर्ने एक नम्बर कारोबारी अस्कर मियाँका लागि पर्शुरामले काम गर्ने स्रोतको दाबी छ।
प्रहरीले पनि भन्सार तिरेको सामानमा समेत पर्शुरामले असुल्ने गरेको बताएको छ। 'विराटनगरमा बाटो छेकेर सामान जाँच गरी दुःख दिने गरेका रहेछन्, अहिले हामीले रोकेका छौं,' क्षेत्रीय प्रहरी प्रमुख डिआइजी विनोद सिंहले भने। बाहुबलमा गर्न सकिने अरू धेरै काममा उनले बेलामौकामा हात हाल्ने गरेका छन्। केही महिनाअघि इँटाभट्टावालाले भाउ बढाउने तयारी गरे। युथफोर्सले त्यसको विरोध गर्यो। जिल्लाभरिका दर्जनभन्दा बढी भट्टावालाहरू एकजुट भए।'पर्शुरामलाई रिझाएपछि युथफोर्सले लिखित सम्झौता गरेर भाउ बढाउन दिए,' कार्कीले भने, 'थन्किएको करोडभन्दा बढी इँटामा गोटा गनेर कमिसन खाएर उपभोक्तालाई मारमा पारियो।'
मुठ्ठीमा प्रहरी, प्रशासन र नेता
काठमाडौं र विभिन्न जिल्ला सदरमुकामका टोलेदादादेखि लोकल 'डन'हरूलाई प्रहरी र राजनीतिज्ञको संरक्षण हुनुलाई नौलो मानिँदैन। ज्यान हत्केलामा राखेर व्यक्ति ज्यादतिविरुद्ध गोलबद्ध युवा/विद्यार्थीका अनुसार पर्शुरामको 'किस्मत' पनि प्रहरी हाकिम र नेताको संरक्षणमै चम्केको हो।
'अहिले पर्शुरामलाई प्रहरी, प्रशासन र नेताको संरक्षण छैन,' महेन्द्र मोरङ क्याम्पसका कोषाध्यक्ष नेपालले भने, 'उनको मुठ्ठीमा कांग्रेस, एमाले र माओवादीका जिल्ला प्रमुख र धेरै नेता छन्।'
कांग्रेस र एमालेका जिल्लास्तरीय नेता कार्की र क्षेत्रीको दाबीअनुसार पर्शुराम डिआइजी, एसपी छानेर ल्याउनसक्ने हैसियत राख्थे।
संविधानसभा निर्वाचनपछि लगातार एमालेको भागमा गृह मन्त्रालय परेको फाइदा उठाएर पर्शुरामले त्यस्तो हैसियत बनाएको विश्लेषण धेरैको छ। उनी युवा संघ अध्यक्ष महेश बस्नेत हुँदै एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीको 'प्यारो' बनेको विश्वास विराटनगरबासीलाई छ।
युथफोर्सको कार्यक्रममा प्रायजसो ओलीको उपस्थिति र पर्शुरामसँगको उठबसले पार्टी कार्यकर्ता जिब्रो टोक्थे। 'पार्टीमा न खासै इतिहास भएको मानिस हो, न संगठनमा काम गर्नु, न त वैचारिक पक्ष नै हुनु,' अनेरास्ववियु केन्द्रीय सदस्य हुँदै पार्टी जिल्ला कमिटी पुगेका क्षेत्रीले भने, 'केपी कमरेड पर्शुराम कमरेडलाई असाध्यै मन पराउनुहुन्छ।'
गिरी हिरासतमा परेपछि एक्लो 'शेर' बनेका पर्शुरामले युथफोर्स अध्यक्षको हैसियतलाई भरपुर प्रयोग गरे। राष्ट्रिय नेताको उठबस देखेपछि प्रहरी, प्रशासन पनि उनको सहजकर्ताजस्तो बनेका दृष्टान्त प्रशस्त छन्।
'पर्शुरामको टेन्डर बुझाउन डिएसपी विद्यानन्द माझी आफैं पुगेको हामीले देख्यौं,' कार्कीले भने, 'कांग्रेस सभापति अमृत अर्याल, एमाले अध्यक्ष विनोद ढकाल, माओवादी प्रमुख शिवकुमार मण्डलसँगको घनिष्ठताले पर्शुरामलाई यो हैसियत बनाउन झन् सजिलो भयो।'
पर्शुरामले आफ्नो दल एमालेमात्र हैन, कांग्रेसको जिल्ला अधिवेशनमा समेत चाहेको उम्मेदवारलाई जिताउन निर्णायक भूमिका खेलेका छन्। 'हामीले पर्शुरामलाई तीन दलको शीर्षनेता ठानेका छौं,' कार्कीले भने, 'बाँडिचुँडी खाने कुरामा देशभर नभएको एकता यहाँ छ।'पोहोर एमाले अधिवेशनमा उनले 'ताण्डव' गरेर ढकाललाई जिताएपछि झन् पर्शुरामप्रति तीन अध्यक्ष गठबन्धन नतमस्तक भएको छ। अधिवेशनमा ६ सय प्रतिनिधि थिए। पर्शुराम एक्लैले ७० मत खसाल्न सफल भए। ३० मतको अन्तरले ढकाल अध्यक्ष चुनिए।
उनले धाँधली, किर्ते वा बाहुबल प्रयोग गरेर त्यत्रो मत खसालेका हैनन्। पार्टी विधानमा टेकेर ७० प्रतिनिधिको मत खसालिदिएका हुन्। 'आँखा नदेख्ने र लेखपढ गर्न नजान्नेको मत उसले रोजेको व्यक्तिले हाल्न पाउने व्यवस्था छ,' अध्यक्षका प्रत्यासी घनश्याम खतिवडाले भने, 'हाम्रा धेरै कमरेडको त्यो दिन आँखा टालियो, अनि पर्शुरामको सहायता लिनुभयो।'
जिल्ला कमिटी सदस्य क्षेत्रीका अनुसार पर्शुराम पार्टीकै अधिवेशनमा समेत भोट किन्न सफल भए। भोट बेच्न रकम बुझेकामध्ये पनि कहाँ खसाल्छन् भन्ने विश्वास नभएपछि अक्षर नचिन्ने र आँखा नदेख्ने 'नाटक' रचिएको हो। प्रहरीसँग उनको घनिष्ठता ज्यादै गहिरो छ। विराटनगरबासीले डिआइजी भिष्म उप्रेतीसँग पर्शुरामको 'दोस्ती' देख्न पाए। उप्रेतीको पालामा गठन भएको संयुक्त युवा विराट समाजको हर्ताकर्तामध्ये उनी थिए।
औपचारिक लेखपढ कम भए पनि पर्शुराम असाध्यै मृदुभाषी छन् भनिन्छ। उनले भाषणकला सिकिसकेका छन्। अपराधबाट राजनीतिक हुँदै समाजसेवी देखिन पनि प्रयास गरेको देखिन्छ। यो अभियानमा प्रहरीले सधैं पर्शुरामलाई सहयोग गरेको छ।
विराटनगर-१६ बखरी प्रहरीचौकीको भवन निर्माणमा पर्शुरामको सहयोगको अंश ठूलो छ। प्रहरीले उनको सञ्जाल बढाउन अप्रत्यक्ष सहयोग पुर्याएका तथ्यहरू फेला परेका छन्। 'थुनामा परेका अभियुक्तमध्ये दादा छुटाउन पर्शुरामलाई बोलाउने गरिन्थ्यो,' एक इन्स्पेक्टरले भने, 'उनी धरौटी जम्मा गरिदिएर आफ्नो भक्त बनाएर लिएर जान्थे।'
प्रहरीले केही वर्षदेखि उनीविरुद्ध किटानी जाहेरीसमेत लिन नमानेका थुप्रै उदाहरण छन्। घटनास्थलमा नदेखिएर योजनाकार बनेको मात्र हैन, पर्शुराम स्वयं उपस्थित घटनामा समेत उजुरी लाग्दैन।
त्यसको पछिल्लो उदाहरण १८ दिनअघि अदालत परिसरमा बन्दी गिरीमाथि सांघातिक आक्रमणको घटना हो। न्यायमूर्ति, न्यायकर्मी, कानुन व्यवसायीको अगाडि प्रहरी सुरक्षामा रहेका गिरीको टाउकोमा दस टाँका लगाउनुपर्ने गरी आक्रमण भयो।
प्रहरीले आक्रमणकारीविरुद्ध लाठीचार्ज र हवाई फायर गर्यो। त्यसलगत्तै पर्शुराम इन्सेक पूर्वाञ्चल कार्यालय पुगे। अदालतमा अपराधी छुटाउने चाल पाएर प्रतिरोध गर्न गएका निहत्था युथफोर्स कार्यकर्तालाई आक्रमण भएको निन्दा गर्दै विज्ञप्ति निकालिदिन प्रमुख सोमराज थापालाई अनुरोध गरे।
थापाले मुखभरिको जवाफ दिए, 'निहत्था व्यक्तिलाई आक्रमण गर्न जानेलाई लठ्ठी होइन, बन्दुक ठोके पनि मानवअधिकार हनन हुन्न। यस्तोमा प्रहरीले गोली नचलाएको भए मानवअधिकार हनन हुन्थ्यो।'
त्यसपछि पर्शुराम महासंघको हलमा पुगे। पत्रकार सम्मेलन गरेर उस्तै कुरा दोहोर्याए। 'अदालतमा गलत फैसला रोक्न गएका आफ्ना कार्यकर्तालाई प्रहरीले ज्यादति गर्यो भन्ने भिडियो रेकर्ड सुरक्षित छ। सबै पत्रकारले सुनेका पनि छन्,' महासंघ मोरङका सचिव गोकुल पराजुलीले भने, 'त्यो घटनामा पर्शुराम तानिएको भए पत्रकार खिलानाथले कुटाइ नै खानुपर्दैनथ्यो।'
पर्शुरामको संलग्नता वा योजनामा खुकुरी, तरबार, छुरी, भाला रोपियो भनी जाहेरी बोकेर प्रहरी कार्यालय पुग्ने धेरैले दर्ता गर्न नसकेर फर्कनुपरेको छ। त्यसमा एमालेकै स्थानीय नेता कार्यकर्तादेखि व्यवसायीसम्म छन्। सत्य मानन्धर, अशोक हुमागाई, पंकज कट्टेल, आदम परवेज, दिनेश सुवेदी, सुशील अग्रवाललगायत धेरै वर्ष मौन बसे। अहिले पर्शुराम कमजोर भएको ठानेर उनीहरूले शरीरमा खाटा बसिसकेको घाउको कथा भन्न हिम्मत गरेका छन्।
एमालेको एउटा खेमा, कांग्रेस, माओवादी, मधेसवादी मोर्चासहित आन्दोलनमा उत्रिएका १३ दलका युवाले पर्शुरामभन्दा पनि पर्शुराम प्रवृत्तिविरुद्ध सडकमा उत्रिएको बताएका छन्। पर्शुरामको कालो धन, रवाफ, मोजमस्ती, सानसौकतले समाजमा अपराधीकरण मौलाउन थालेकाले त्यसलाई रोक्न लडाइँ सुरु गरेको उनीहरूले बताए।
'कुकर्मै गरेर भए पनि उनले कमाए भन्ने हाम्रो रिस हैन। दण्डहीनताले अपराधतिर आकर्षण भयो। सबथोक छ, उनी समाजको हिरो भए,' क्षेत्री, कार्की र नेपालले छुट्टछुट्टै भेटमा चिन्ता व्यक्त गरे, 'यहाँ केटाकेटी र युवाले पर्शुरामलाई रोलमोडल बनाउलान् भन्ने चिन्ताले हामी रणमैदानमा उत्रेका हौं।'

किरण भण्डारी/नागरिक संवाददाता
विराटनगर, असार ४ -
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.