पुराना व्यापारीका मतियार संगठित बनेर फेरि रक्तचन्दन कारोबार थालेका छन्। जिल्लास्थित सुरक्षा निकायका प्रमुख फेरबदल भएको मौका छोपी यो सातामात्र दर्जनौं टन रक्तचन्दन खासा पुर्याइएको छ।
चीनमा बढ्दो रक्तचन्दन मागले भाउ आकाशिएपछि कारोबारी संगठित भएका हुन्। २ सय युवाको समूह अहिले चन्दन कारोबारमा सक्रिय भएको स्रोतले बतायो। यतिबेलाका मुख्य कारोबारी युवा नै विगतका चन्दन व्यापारीका सहयोगी हुन्।
असुरक्षा, घट्दो माग, खस्किंदो मूल्यलगायत कारणले पुराना व्यापारीले तीन वर्षअघि व्यापारबाट हात झिकेका थिए। चन्दन व्यापारमा घाटा व्यहोर्नु पर्दा केही व्यापारी टाटसमेत पल्टिएका थिए। बीचमा थामिएको रक्तचन्दन कारोबार चीनमा यसको भाउ तेब्बर बढेपछि नयाँ युवा सक्रिय भएका हुन्। दक्षिणी भारतबाट नेपाली सीमा आइपुग्दा ३ हजारमा किनमेल हुने प्रतिकिलो चन्दन खासामा ९ हजार रुपैयाँमा दनादन बिक्री भइरहेको छ।
पछिल्लो पाँच महिनायता चन्दन खासा पुग्न थालेको हो। यसबीचमा ठूलो परिमाणमा चन्दन खासा पुगिसकेको छ। चिनियाँ व्यापारी चन्दन लिन खासासम्म आइपुग्ने गरेका छन्। तीन वर्षअघि हजारौं टन चन्दन खासा पुगेको थियो। बिहीबार रातिमात्र झण्डै आठ टन रक्तचन्दन तातोपानी नाका हुँदै खासा लगिएको प्रत्यक्षदर्शीले बताए। १५-२० मोटरसाइकलमा चढेका युवाले स्कर्टिङ गर्दै चन्दन बोकेको ना २ ख ३१५ नम्बरको कन्टेनर तातोपानी पुर्याएका थिए। रकम असुल्ने युवाहरुले यसको जानकारी पाएपछि कसैलाई सुइको नदिइ कोदारी उच्च मावि आसपासमा लुकाइएको चन्दन शुक्रबार बिहानीपख खासा तारिएको छ।
रक्तचन्दन बीचमै गायब भएको भन्दै युवाहरुले नाका केहीबेर तनावग्रस्त बनाएका थिए। इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोली घरको झ्याल, ढोकाका चौकोस बोकेको कन्टेनर खोलेर तनाव मत्थर बनाउँदै फर्केको थियो। यसको दुई दिन अघिमात्र ११ टन चन्दन खासा पुर्याएको स्रोतले बतायो। अरनिको राजमार्गमा तैनाथ सशस्त्र र जनपद प्रहरीका डेढ दर्जनबढी सुरक्षा युनिट पार गर्दै चन्दन सहजै खासा पुग्ने गरेको छ। स्थानीय प्रत्यक्षदर्शीका अनुसार चन्दन बोकेको गाडी आउँदा प्रहरी ढाँट खुल्ने गरेको छ भने सुरक्षा जाँच एकाकएक फितलो हुने गरेको छ।
कारोवारी समूहबीच नैकुरा नमिल्दा चैत ३० गते मात्र प्रहरीले साढे सात छन रक्तचन्दन बरामद गरेको थियो। ५० हजारदेखि ५ लाख रुपैयाँसम्म उठाएर १ सय ६० जना युवाहरुको समूहले ल्याएको चन्दन उनीहरुकै सुराकीपछि बरामद भएको थियो। चन्दन बरामद भएपछि नोक्सानी व्यहोरेका युवाबीच रुवाबासी गर्दै भागदौड मच्चिएको थियो। घटनालगत्तै यो समूहले राजमार्गमा आतंक मच्चाउन थालेपछि प्रहरीले नै दुबै समूहलाई एकै ठाउँमा राखेर 'घाटा उठाउन केही पटकलाई चन्दन नसमात्ने' बाचा गर्दै सहमति गराएको थियो। बाह्रबिसे इलाका प्रहरीका तत्कालीन इन्सपेक्टर हेरम्ब शर्माले दुवै समूह मिलाउने भूमिका खेलेका थिए।
बाग्मती अञ्चल प्रहरी प्रमुख एसएसपी प्रेम चन्दले रक्तचन्दन कारोवारी सक्रिय हुन थालेको स्वीकार गरे। 'डिएसपी फेरबदल भएको मौका छोप्न खोजेको देखिएको छ,' उनले भने। लगातार चन्दन खासा गइरहेको चर्चा आफूसम्म आइपुगेको जानकारी दिंदै उनले भने, 'फेरिएका सबै डिएसपीलाई यसबारे स्पष्ट निर्देशन दिइसकेको छु।' उनले प्रहरीको मिलेमतोमा चन्दन कारोबार भएको पाइए कसैलाई नछोड्ने दाबी गरे।
सुरक्षा निकायको ध्यान अन्यत्र केन्द्रित भएको, सार्वजनिक बिदा, पर्व, उत्सव परेको जस्ता समय पारेर चन्दन खासा लैजाने गरिएको छ। यतिबेला साताको तीन पटकका दरले कन्टेनरमा चामल, भूजियाले छोपेर चन्दन कारोवार भइरहेको व्यापारी स्रोतले बतायो। 'वर्षाको बाढी, पहिरोको मौकामा खासा निकासी गर्न दुई महिनालाई पुग्ने गरी राजधानीमा चन्दन भण्डारण गरेर राखिएको छ,' सुत्रले भने। एएसपी चन्दले तस्कर सक्रिय हुन थालेकाले राजमार्गलाई उच्च निगरानीमा राखिएको बताए।

No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.